
काठमाडौँ । काठमाडौंको बौद्धबाट सुरु भएको पिज्जावल्र्ड नेपालले स्थापनाको तीनबर्षको अवधिमा तेस्रोशाखा संचालनमा ल्याएको छ । झण्डै दुई बर्ष अगाडि ललितपुरको कुमारीपाटीमा दोस्रो शाखा विस्तार गरेको पिज्जावल्र्डले पेप्सीकोला फुटबल ग्राउण्डमा तेस्रो शाखा खोलेको हो ।
पेप्सीकोला शाखाको बिहीबार कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका हुन् । करिब एक करोडको लगानीमा पिज्जावल्र्डको उक्त शाखाविस्तार गरिएको हो । स्थापना भएको छोटो अवधिमा नै ग्राहकको राम्रो रेस्पोन्स पाएकाले पिज्जाका पारखीहरूको मागलाई ध्यानमा राख्दै शाखाविस्तार गरिएको पिज्जावल्र्डले जनाएको छ ।
सेवा र स्वादमा उत्कृष्टता ल्याउन आफूहरुले मेहनत गरेको र ग्राहकहरुले त्यसलाई रुचाउँदा छोटो समय भित्रै चेन खोल्न सफल भएको संचालक उद्धव खड्का बताउँछन् ।