भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइकल बम्पर उपहार

<p>काठमाडौँ । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटी मण्डपमा फेस्टिवल शपिङ मार्केट सुरु भएको छ । पूर्व प्रधानन्यायाधीस शुशीला कार्कीले एक कार्यक्रमका बीच मेलाको उद्घाटन गरेकी हुन् । मेला उद्घाटन गर्दै पूर्वप्रधानन्यायाधीस कार्कीले नेपाली उत्पादनको प्रवद्र्धनमा समय समयमा आयोजना हुने मेला तथा प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताइन् । ‘अफरै अफरको [&hellip;]</p>


काठमाडौँ । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटी मण्डपमा फेस्टिवल शपिङ मार्केट सुरु भएको छ । पूर्व प्रधानन्यायाधीस शुशीला कार्कीले एक कार्यक्रमका बीच मेलाको उद्घाटन गरेकी हुन् । मेला उद्घाटन गर्दै पूर्वप्रधानन्यायाधीस कार्कीले नेपाली उत्पादनको प्रवद्र्धनमा समय समयमा आयोजना हुने मेला तथा प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताइन् ।

‘अफरै अफरको ब्यापारिक भेला, शपिङ गर्ने यहि हो बेला’ भन्ने नाराका साथ सुरु भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथाउत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहेका छन् ।

चाडपर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रालिले फेस्टिवल मार्केट सुरु गरेको हो । फेस्टिवल मार्केट अवलोकन गर्न आउने तथा सामान किन्नेहरुलाई उपहार प्रदान गरिनेछ । दैनिक रुपमा आकर्षक उपहार बितरण गरिनुका साथै बम्पर उपहारमा एक जनालाई मोटरसाइकल प्रदान गरिने जनाइएको छ ।

राजधानीका बासिन्दा तथा चाडपर्व मनाउन उपत्यका बाहिर जाने व्यक्तिहरुलाई लक्षित गर्दै एकै ठाउँमा सहज रुपमा आवश्यक सामाग्री खरिद गर्न पाउने अवसर प्रदान गर्न फेस्टिवल शपिङ मार्केट संचालन गरिएको इभेन्ट सोलुसन प्रलिका अध्यक्ष सुनिल भण्डारीले बताए ।
फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समूह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहेको छ ।

एक्सपोको प्रवद्र्धन काठमाण्डौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य र भक्तपुर उद्योग वाणिज्य संघले एक्स्पोको प्रवद्धन गरेका छन् । फेस्टिवल सपिङ मार्केट असोज १३ गतेसम्म संचालन हुनेछ ।

Share News