सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा भोजपुरको हेलौंछामा

<p>काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा असोज ७ गते १०२ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवाको जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंकबहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कुमार राई तथा सोही नगरपालिका वडा नं. १ का अध्यक्ष बिष्णुकुमार भुजेलले उद्घाटन गरेका हुन् [&hellip;]</p>

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा असोज ७ गते १०२ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवाको जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंकबहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कुमार राई तथा सोही नगरपालिका वडा नं. १ का अध्यक्ष बिष्णुकुमार भुजेलले उद्घाटन गरेका हुन् ।

उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मी किराना पसलका प्रोप्राइटर सन्तोष कटवाललाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

Share News