मुक्तिनाथ विकास बैंकले किन्यो भिवोर क्यापिटल, ‘भिवोर अब मुक्तिनाथ’
काठमाडौँ । भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल भएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटल लि.को जारी पूँजीमा ५१% शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो । मुक्तिनाथ विकास बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागिमुक्तिनाथ कृषिकम्पनी र पूँजीबजार (मर्चेण्ट बैंकिङ्ग) प्रवद्र्धनको लागिमुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको जनाएको छ । समावेशी वित्तीय सेवाको अलवा कृषि र पूँजीबजार क्षेत्रमापनि उत्कृष्ठ सेवा प्रदान गर्ने बंैकले लक्ष्य लिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
भुकम्पपछिकाे साढे चार वर्षमा सरकारबाट भूमिहीन १७ घरपरिवारले पाए जग्गा खरिदका लागि रकम
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काभ्रेपलाञ्चोकले भूकम्प गएको करिब साढे चार वर्षपछि जिल्लाका भूमिहीन १७ घरपरिवारलाई जग्गा खरिदका लागि रु दुई लाख रकम प्रदान गरेको छ । भूमिहीन घरपरिवारका लागि साविक ठाउँमा घर नबनाई अन्य ठाउँमा जग्गा खरिद गर्न सरकारले उपलब्ध गराउने रकम रु दुई लाख पाउनेमा २२ घरधुरीमध्ये १७ घरपरिवारलाई सो रकम प्रदान गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेपलाञ्चोकको प्रमुख सागर आचार्यले बताएका छन् । त्यसरी जग्गा खरिदका लागि रकम पाउनेमा चौरीदेउराली गाउँपालिकामा एक, मण्डनदेउपुर नगरपालिकामा दुई, धुलिखेल नगरपालिकामा पाँच, पाँचखाल नगरपालिकामा पाँच, रोशी गाउँपालिकामा एक, तेमाल गाउँपालिकामा दुई र भुम्लु गाउँपालिकामा एक घरपरिवार रहेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । अन्य पाँच घरपरिवारले भने जग्गा खरिद गर्न ठाउँ नमिलेको भन्दै ढिला गरिरहेको जनाएको छ । उनीहरुको पनि ठाउँ प्राप्त भएको भन्ने जानकारी प्राप्त हुनेबित्तिकै रकम वितरण गर्ने कार्यालयले जनाएको छ । त्यसैगरी, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जिल्लाका अन्य भूमिहीन भूकम्प लाभग्राहीलाई घर निर्माणका लागि जग्गा प्रदान गरेको छ । प्रमुख आचार्यका अनुसार जिल्लाका भूमिहीन परिवारका लागि पहिलो र दोस्रो चरणमा गरी १०४ घरपरिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्नका लागि जग्गा उपलब्ध गर्ने निर्णय भएको बताए । “सङ्घीय सांसद गङ्गाबहादुर तामाङको संयोजकत्वमा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार १०४ जनालाई पहिलादेखि बस्दै आएको घर भएकै जग्गामा घर बनाई भोगचलन गर्न पाउने गरी निर्णय भएको छ”, आचार्यले भने, “भोगचलन भएको तर आफ्नो नाममा जग्गा नभएकाहरुका लागि अब उनीहरुले त्यही ठाउँमा घर निर्माण गर्न पाउनेछन् ।” त्यसरी, पहिलाकै ठाउँमा घर निर्माण गर्न पाउने घरपरिवारमा धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, तेमाल गाउँपालिका र पनौती नगरपालिकाका गरी १०४ घरपरिवार रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेपलाञ्चोकले जनाएको छ । यसरी, भूमिहीन हुँ भनेर निवेदनसहितको विवरण पेश गर्न आउने अन्य ७० घरपरिवारको पनि विवरण केन्द्रमा पठाइसकेको र त्यहाँबाट निर्णय भएर आएपछि प्राप्त विवरणको आधारमा वितरण गर्ने प्रमुख आचार्यले बताएका छन् । रासस
चारवर्षे कार्यकाल पूरा गर्दै बिदा भए सेबोन अध्यक्ष कार्की, के के गरे सुधार
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको चारवर्षे कार्यकाल आज सकिदैछ । नेपाल सरकारको निर्णयानुसार २०७२ कात्तिकदेखि डा. कार्की चार वर्षको लागि अध्यक्षमा नियुक्त भएका थिए । बोर्डको अध्यक्षको लागि नियुक्त भई वहाली भएको दिन नै बोर्डको तर्फबाट कार्य योजना प्रस्तुत गरेको उनले आफ्नो कार्यकालको प्रगति समीक्षा यसरी गरेका छन्ः – म आउन पूर्व धितोपत्र बजारमा लगानीकर्ताहरुले कस्ता समस्या व्यहोरिरहेका थिए ? यहाँहरुलाई थाहा नै छ । प्राथमिक बजारमा शेयर आवेदन दिन लाइन लाग्नु पर्ने, बोराका वोरा आवेदन पर्ने, आफ्नो पैसा तथा वोनस एवं हकप्रद लिन पनि लाईन लाग्नु पर्ने साथै दोस्रो बजारमा पनि नामसारीलाई ३–४ महिनासम्म लाग्ने, क्लियरिङ्ग गर्न धेरै दिन लाग्ने इत्यादि समस्याहरु थिए जसले गर्दा नियामक निकायको हैसियतले आत्माग्लानी हुन्थ्यो । त्यस्तो समस्या अहिले देख्नुहुन्छ ? धेरैले त विर्सिसके । – २०६३ मा म नेप्सेको प्रमुख हुँदा प्रथमचरणको सुधार अन्तर्गत गैरमुनाफाकारी नेप्सेलाई मुनाफाकारी संस्था बनाई संचालक समितिमा ब्रोकरको सट्टा विज्ञ राख्ने, कारोबार अटोमेसन, पहिलो पटक व्रोकर शूल्कमा ५० प्रतिशत कटौती, नेप्सेसंग व्रोकर अफिसवाट कारोवारको शुरुआत, २३ व्रोकरवाट २७ थप गरी ५० पुर्याउने, सेन्सेटिभ र फ्लोट इन्डेक्सको साथै सर्किट ब्रेकरको शुरुवात इत्यादि महत्वपूर्ण सुधारका कार्यहरु भएका थिए । – बोर्डमा पदवहालीसँगै पूँजीबजारको दोस्रो चरणको सुधार, कार्ययोजना प्रस्तुत गरे अनुसार अधिकांश कार्यान्वयन भएका छन् । मेरो नेतृत्वमा बोर्डले धेरै किसिमका सुधारका कार्यहरु गरेको छ । मेरो कार्यकालमा पाँच सरकार–पाँच अर्थमन्त्रीसँग काम गर्दा पनि आर्थिक तथा वित्तीय क्षेत्रमा लामो राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव तथा विज्ञता, बैंक तथा धितोपत्र बजार संचालन साथै नियमन दुबैको अनुभव, कानुनको ज्ञान, व्यवस्थापकीय क्षमता, सुधारमा प्रतिवद्धता, लगनशिलता र इमान्दारिताको साथै बोर्ड टिमको कारणले सफल भएको भन्ने लाग्छ । मैले वहाली गर्दाको अवस्था र अहिलेको उपलब्धि हेर्दा गर्व पनि लाग्छ । – बोर्डले यस अवधिमा एककोणबाट भन्दापनि विभिन्न कोणवाट उल्लेख्य र संरचनात्मक सुधारका कामहरु गरेको छ।डिम्याटखाता अनिवार्य गरी आस्वा प्रणाली र अटोमेशनले गर्दा धितोपत्र वजार पारदर्शीर आधुनिक भई नेपाल दक्षिण एशियामा अग्रपंक्ती मध्येमा आएको, आइपिओदेखि लिष्टिंग ट्रेडिंगसम्म छ महिनावाट एक महिनामा हुने र आइपिओ वाँडफाँट तीन महिनावाट एक हप्तामा हुने व्यवस्थाले समय र लगानी लागत उल्लेख्य घटेको । आफ्नै डिम्याट खाता र वैक खतामा शेयर तथा रकम स्वतः जम्मा हुने व्यवस्था, प्राथमिक बजारमा १० कित्तासम्म आवेदन दिन पाउने, साथै आवेदकले न्यूनतम १० कित्ता पाउने व्यवस्था, आस्वामार्फत स्थानीय निकायसहित ७७ जिल्लामा पहुच, दोस्रो बजार सवै प्रदेशसहित प्रमुख आर्थिक केन्द्रहरुमा विस्तार, लगानीकर्ताको संरचना समावेशीरुपमा वृद्धि, धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईओएससीओको सदस्यतामार्फत अन्तर्राष्ट्रिय मान्यता प्राप्त सहित बोर्डको संस्थागत क्षमता अभिवृद्धि इत्यादि उपलव्धिहरु रहेका छन । मेरो नेतृत्वमा बोर्र्डले गरेका मुख्य सुधारका केही अन्य कार्यहरु निम्नबमोजिम रहेका छन् : १. प्राथमिक वजार सुधार तथा विकास क. डिम्याट खाता अनिवार्य गरी आस्वा प्रणालीपश्चात घन्टौ लाईन वस्नुपर्ने, सिमित स्थानवाटमात्र दरखास्त दिन सक्ने, लामो समयसम्म आफ्नो रकम होल्ड हुने तथा पूरा व्याज नपाउने जस्ता समस्याहरुको समाधान । ख. एक नेपाली एक डिम्याट खाताको साथै ५० को सट्टा १० कित्तासम्म आवेदन दिन पाउने, साथै न्यूनतम १० कित्ता पाउने व्यवस्थामार्फत वजार समावेशी भएको । ग. एफपिओको मूल्य निर्धारणका मापदण्ड तय तथा एकचोटी एफपिओ निश्काशन गरेपछि पाँच वर्षसम्म निष्काशन गर्न नपाउने व्यवस्था घ० अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने इत्यादि । २. दोस्रो वजार सुधार तथा विकास क. २०६४ सालको कारोवार अटोमेशनपछि २०७२ माघदेखि नामसारी राफसाफ अटोमेशनको शुरुआत गरी तीन दिनभित्र नामसारी राफसाफ हुने व्यवस्था गरिएको साथै हालै अनलाईन कारोबारको शुरुवात । ख. धितोपत्र कारोवारमा लाग्ने दलाल व्यवसायी शुल्कलाई समसामयिक वनाई ४० प्रतिशतसम्म कम गरिएको । ग. लगानीकर्ताले मार्केट डेप्थ हेर्न सक्ने व्यवस्था । घ. एक मात्र क्लियरीङ्ग बैंकको सट्टा तीन क्लियरीङ्ग बैंक थप गर्ने व्यवस्था । ङ. दोस्रोवजार विस्तार । च. विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा उपत्यकावाहिरको प्रमुख केन्द्रहरुवाट समेत आवेदन दिनसक्ने व्यवस्था इत्यादि । ३. लगानीकर्ताका प्रत्यक्ष समस्या समाधानः सूचिकृत कम्पनीहरुले प्रदान गर्ने हकप्रद तथा बोनस शेयर तथा नगद लाभांशसहितको रकम लगानीकर्ताका आफ्नैडिम्याट खाता र वैक खातामा स्वतः जम्मा हुने व्यवस्था इत्यादि । ४. ब्रोकर र मर्चेन्ट बैंकिङ्ग सेवा÷क्षेत्र विस्तार सुदृढीकरणः क. मर्चेन्ट वैंकरको पूँजीवृद्धिसहित संस्थागत परामर्शको सेवाको कार्यक्षेत्र थप र सेवासुदृढसहित काडमाडौवाहिर शाखा विस्तार । ख. धितोपत्र व्यवसायीको पूँजीवृद्धिसहित कार्यक्षेत्र (मार्जिन कारोवार) वृद्धि, सेवा र शाखापूर्वाधार सुदृढ र शाखा विस्तारको व्यवस्था । ५. बोर्डको संस्थागत क्षमता अभिवृद्धिः बोर्ड अध्यक्ष एवं कर्मचारी र संचालकमा आचारसंहिता लागू, बोर्डमा दक्ष जनशक्ति तीन गुणा थप गर्नुका साथै संस्थागत, नियमनकारी र सुपरीवेक्षकीय क्षमता अभिवृद्धि गरिएको । ६. नयाँ वित्तीय उपकरण/सेवाको व्यवस्थाः क. खुलामुखी सामूहिक लगानी योजना संचालन गर्ने व्यवस्था । ख. भेन्चर क्यापिटल, पा्रइभेट इक्युटी र हेज फण्डको संचालन गर्न विशिष्टिकृत लगानी कोषको व्यवस्था । ग. व्रोकरवाट मार्जिन कारोवार हुने व्यवस्था । ७. कानुनी संरचनाको विकास तथा सुदृढीकरणको साथै आर्थिक जरिवनासहितको कानूनी कारवाहीः क. धितोपत्र दर्ता तथा निष्काशन नियमावली, धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, विशिष्टिकृत लगानी कोष नियमावली, वस्तु विनिमय वजार ऐन र नियमावली वनाई लागु गरिएको । ख. साथै रु. १० लाखसम्मको विभिन्न किसिमको आर्थिक जरिवनासहितको धितोपत्र व्रोकर व्यवसायीहरु, कोष व्यवस्थापक र डिपीहरुलाई कानूनी कारवाही गरिएको । ८. बास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा ल्याउने प्रोत्साहनमूलक प्याकेज र सूचिकृत कम्पनीमा सुशासन निर्देशिका लागूः क. धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गर्न प्रोत्साहन गर्न न्यूनतम दश प्रतिशतसम्म सार्वजनिक निष्काशन गर्न पाउने, प्रिमियममा यस्तो निष्काशन गर्न पाउने साथै सरकारवाट १५-२५ प्रतिशतसम्म आयकर छुट सहितको प्याकेज प्रोग्रामको व्यवस्था गरिएको । ख. सूचिकृत कम्पनीमा सुशासन निर्देशिका वनाई आव २०७५।७६ देखि लागू । ९. बोर्डलाई अन्तराष्ट्रिय मान्यता बोर्ड सन २०१७ मा धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइओएससीओको सदस्यताको साथै सन् २०१९ मा ओईसीडी आइएनएफईको नेपालको तर्फबाट पूर्ण सदस्यतासमेत प्राप्त भई यसरी बोर्डले अन्तराष्ट्रिय मान्यता पाएको । साथै वित्तीय साक्षरता सम्बन्धी पहिलो ओईसीडी सेबोन अन्र्तराष्ट्रिय सम्मेलनको आयोजना । १०. अन्य सुधार र विकास क. ओटिसीबजार कारोवार शुल्कमा ९० प्रतिशतसम्म कटौती गरी ओटिसी बजारलाइ सक्रिय÷प्रभावकारी वनाइएको । ख. धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सम्वन्धित निक्षेप सदस्य(डिपी)वाट हुने व्यवस्था । ग. वित्तीय साक्षरता अभिवृद्धि गर्न धितोपत्र बजारसम्बन्धी रेडियो नेपालसंग पाक्षिक कार्यक्रम र लगानीकर्तासंग पाक्षिक प्रत्यक्ष संवाद रेडियो कायक्रम कातिपुर रेडियोसंग हुने व्यवस्थाको साथै बोर्डमा पाक्षिक निःशूल्क लागानीकर्ता प्रशिक्षण समेत संचालन सहितका विभिन्न कार्यक्रमका व्यवस्था । घ. आव २०७४/७५ देखि बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने व्यवस्था । ङ. बोर्डको सिफारिशमा सरकारबाट बजारमा भ्याट नलाग्ने व्यवस्था । च. बोर्डले विभिन्न प्रकाशन समेत गरी सूचना प्रवाहलाई सुदृढ र व्यापक गरिएको साथै धितोपत्र व्यवसायीहरुको काम कारवाहीको अनुगमन तथा सुपरिवेक्षण गर्न सुपरिवेक्षण म्यानुअल तयारी गरी यसलाई सुदृढ गरिएको इत्यादि । तत्काल कार्यान्वयनको क्रममा रहेका कार्यहरु क. अन्तिम चरणमा रहेको वैंकको सहायक कम्पनीलाई व्रोकर लाइसेन्स दिई प्रतिस्पधात्मक सेवा प्रदान गर्ने । ख. प्रशिक्षण प्रतिष्ठान र प्रादेशिक कार्यालयको स्थापना । ग. अर्थतन्त्रको आकार र वस्तु कारोवारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी बोर्डबाट दुईवटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गरिने नीतिगत निर्णय भएअनुसार अनुमति प्रदान गरी यस्तोवजार संचालन गराउने । घ. बोर्डको संस्थागत सुधारका लागि धितोपत्र सम्बन्धी ऐन संशोधनको प्रस्ताव अर्थमन्त्रालयमार्पmत संसदमा प्रस्तुत । ङ. यसका अलवा धितोपत्र व्यवसायी (व्रोकर र मर्चेण्ट वैकिंग) नियमावली, सामूहिक लगानी कोष नियमावली, क्रेडिट रेटिङ्ग नियमावली, धितोपत्र दर्ता तथा निष्काशन नियमावली आदिमा महत्वपूर्ण संशोधन गरी प्रस्तावित संशोधन नेपाल सरकार अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको । मुख्यतः ब्रोकरलाई डिलरसिप र एड्भाईजरी सेवा प्रदान गर्नेका साथै धितोपत्र व्यवसायी गाभिने/प्राप्ति हुने, सबै नियमन संस्थामा स्वार्थ बाझिन नहुने, राईट शेयर दोव्वर भर्न पाउने, सार्वजनिक निष्काशनमा बुक विल्डङ्ग विधि अपनाउने, स्थानीयले पाउने शेयरको लकईन पिरियड घटाउने, लाईफ ईन्सुरेन्स कम्पनीले म्युचुअल फण्ड संचालन गर्न पाउने इत्यादि व्यवस्था गरिएको छ । साथै भित्री कारोबार निषेध नियमावली बोर्डबाट अर्थमन्त्रालय स्वीकृतिका लागि पठाई सकिएको छ । चुनौतीहरु क. अर्थतन्त्र र पूँजी बजारको आवश्यकता र विकास सम्बोधन गर्न निजी क्षेत्रमा थप एक स्टक एक्सचेञ्ज प्रवेश गराउने नीतिगत निर्णय भैसकेको परिेपेक्षमा नेप्सेको कर्पोरेट निजीकरण शुरुवातको साथै आधुनिक अर्को स्टक एक्स्चेञ्ज स्थापना गरी प्रतिस्पर्धात्मक, स्वस्थ र आधुनिक वजारको विकास र विस्तार गर्ने, जसवाट आधुनिक सुविधा उपलव्ध भई दैनिक रु ५ अरवको कारोवार हुनसक्ने । ख. ऋणपत्र बजारलाई आधुनिक र सक्रिय बनाउने । ग. अन्तर्राष्टिय स्तरको धितोपत्र कारोवारको टेष्टेड सफ्टवेयर प्रणाली अपनाई गैर आवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई वजारमा प्रवेश गराउने । घ. नियमन निकायसहित वजारसहभागीहरुको क्षमता अभिवृद्धि गरी नेपालको धितोपत्र वजारलाई अन्तर्राष्ट्रिय रुपमा स्तरोन्नति गराउनु नै मुख्य चुनौती रहेको छ । अव म यहाँबाट सेवा निवृत भएतापनि पूँजीबजारसहित अर्थतन्त्र, बैंकिङ्ग, लघुवित्त र सामाजिक कार्यमा मेरो विज्ञता र सेवा सर्मपित गर्ने प्रण गर्दछु । अन्त्यमा, नेपाल सरकारले मलाई काम गर्ने अवसर दिई पूँजीवजारको विकास/सुधारको लागि विशेष योगदान गर्न पाएकोमा नेपाल सरकार प्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै सहयोगको लागि बोर्ड परिवारलाई विशेष धन्याबाद दिन चाहन्छु ।
सीडीएससीले गल्ती सच्यायो : कारोबार रोक्का भएका स्क्रिपहरुको ‘सही मूल्य’ देखिन थाल्यो
काठमाडौं । मर्जर, एक्जिजिसन वा अन्य कुनै कारणले अल्पकालिन रुपमा दोस्रो बजारमा कारोबार रोक्का भएका शेयर स्क्रिपहरुको मूल्य १०० रुपैंया कायम गरेर देखाउने कदमलाई सीडीएस एण्ड क्लियरिङ लिमिटेडले ‘सच्याएको’ छ । कारोबार रोक्का भएका शेयरको दोस्रो बजारमा अन्तिम कारोबार जतिसुकै मूल्यमा भए पनि १०० रुपैंया बराबर कायम गर्दा मर्जरको क्रममा कारोबार रोक्का भएका ग्लोबल आईएमई बैंक, जनता बैंक, गण्डकी विकास बैंक, कैलाश विकास बैंक जस्ता दर्जनौं सूचीकृत कम्पनीको अन्तिम काराेबार मूल्य र अघिल्लाे अन्तिम मूल्य सीडीएससीको मेरो शेयर एप्लिकेशनमा १०० रुपैंया देखिएको थियो । बुधबारदेखि भने नेप्सेको तथ्यांकअनुसार नै अन्तिम मूल्य देखिन थालेको छ । मेराेशेयरमा देखिएकाे साे समस्याबारे विकासन्यूजले गरेकाे प्रश्नमा मंगलबारमात्रै सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले यसअघि त्यस्ता कम्पनीको मूल्य १०० रुपैंया तोक्ने व्यवस्था म्यानुअल बमोजिम नै भएको जिकिर गरेका थिए । नेपालको एकमात्र सेन्ट्रल डिपोजिटरी प्रणालको रुपमा रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सूचीकृत कम्पनीका शेयरहरु व्यवस्थापन र कारोबार भएका शेयरहरुको राफसाफ गर्ने समेत काम गर्छ । सरकारी स्वामित्व भएको नेप्सेसहित शेयर बजारका अन्य सम्वद्ध पक्षहरुको लगानीमा रहेको र धितोपत्र बोर्डको कसिलो नियमनमा रहेको यो कम्पनीकै मूल्यांकनलाई अन्य प्रयोजनका लागि आधिकारिक मानिन्छ, यस्तो अवस्थामा सीडीएससीले नै यथार्थ मूल्य देखाउन छाडेपछि लागनीकर्ताहरु भने हतोत्साहित भएका थिए । सीडीएससीले ल्याएको मेरो शेयरको नयाँ भर्सनमा केही नयाँ सुविधाहरु भने थपिएका छन् । खासगरी भारित औसत लागत गणना लागि मेरो शेयरको एप्लिकेसनमार्फत् गर्नसक्ने व्यवस्था यसमा छ । मेरो शेयरमार्फत् डेबिट इन्स्ट्रक्सन स्लिप (इडीआईएस) बाट हुने शेयरको भुक्तानीमा सम्बन्धित शेयर स्क्रिपको भारित औसत मूल्यको ‘एप्रुभल’ अनलाइनबाटै दिन सकिन्छ । पहिले परीक्षणका लागि भनेर ल्याइएको एप्लिकेसनलाई अहिले परिमार्जित भर्सनमार्फत् कार्यान्वयनमा ल्याइएको छ । नयाँ भर्सनमा प्रत्येक स्क्रिपहरुकाे काराेबारकाे इतिहास हेर्न, डिम्याट खाताकाे सबैभन्दा बढी भ्यालु भएका स्क्रिपहरुकाे अन्तिम काराेबार दिनमा भएकाे घटबढ हेर्न मिल्ने विशेषाता पनि छ ।
पूर्व अर्थमन्त्री मधुकर शमशेरको ७८ वर्षको उमेरमा निधन
काठमाडौँ । पूर्व अर्थमन्त्री मधुकर शमशेर राणाको बुधबार निधन भएको छ । ७८ वर्षको उमेरमा उनको निधन भएको हो । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा राणाको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । श्रीमति र २ छोरा रहेका राणा मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सत्ता हातमा लिएपछि गठन भएको मन्त्रिपरिषद्मा अर्थमन्त्री बनेका थिए । यता, नेपाल व्यवस्थापन संघले संस्थाका पूर्व सभापति, पूर्वअर्थमन्त्री, साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टका संस्थापक, कुशल खेलाडी, उद्यमी तथा अर्थशास्त्री प्राध्यापक जबराको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । संघद्वारा आज प्रकाशित विज्ञप्तिमा दुःखको यस घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँको निधनबाट शोक सन्तप्त परिवारजन र स्वजनहरुमा गहिरो समवेदना व्यक्त गरिएको छ । ‘संघको नेतृत्वमा रहदा उहाँले थालनी गर्नुभएका कार्यहरु, उहाँको अग्रसरतामा बनाइएका नीति तथा कार्यक्रमहरु, उहाँले दिनुभएका सामयिक राय र परामर्शहरु हाम्रा लागि सदैव मार्ग निर्देशनका रुपमा रहनेछन् ।’–विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि लेखिएको छ-‘आफ्नो जीवनका ऊर्जाशील समय नेपालको शैक्षिक उन्नयन, आर्थिक विकास,व्यवस्थापकीय सुधार र उद्यमशीलता विकासमा समर्पित गर्नुभएका पूर्वसभापति राणाको योगदान सम्बन्धित क्षेत्रको इतिहासमा स्वर्णिम अक्षरले लेखिने छ ।’
एनआरएनएमा नयाँ नेतृत्वका लागि बिहान १० बजेदेखि मतदान, ४२ पदमा ७६ को उम्मेदवारी
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि बुधबार राति स्थगित भएको निर्वाचन आज बिहान १० बजेदेखि हुने भएको छ । एनआरएनएका केन्द्रीय पदाधिकारीका लागि बुधबार राति ७ बजेदेखि मतदान गर्ने भनिएपनि भोटिङ मेशिन बिग्रिएकाले निर्वाचन रोकिएको जनाइएको छ । विद्युतीय मेसिनबाट हुने निर्वाचनमा मतदान भएको एक घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचभन समितिले जनाएको छ । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । सङ्घको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको बिहीबारनै प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने बताइएको छ । ४२ पदका लागि ७६ को उम्मेदवारी यता, गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको जानकारी दिए । मङ्गलबार साँझदेखि बुधबार अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
एनआरएनएकाे कोषाध्यक्षमा महेशकुमार श्रेष्ठलाई सापकोटाकाे समर्थन
काठमाडौ। गैरआवासीय नेपालीहरूको छाता संगठन एनआरएनएको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनका लागि कोषाध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठलाई अर्का प्रतिस्पर्धी साेम सापकाेटाले समर्थन गरेका छन् । कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका डेनमार्क निवासी सोम सापकोटाले आफ्नाे उम्मेदवारी फिर्ता लिदै श्रेष्ठलाइ समर्थन गरेका हुन् । शनिवारदेखि शुरू भएको गैर आवासीय नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि निर्वाचन भइरहेको छ । नयाँ नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा भएको छ र सहमति भएपछि फिर्ता हुने क्रम पनि जारी देखिन्छ । एनआरएनकाे नयाँँ कार्यसमितिकाे लागि आजै मतदान हुने कार्यक्रम रहेकाे छ ।
बढ्दै छ हुण्डाईकाे क्रेटा क्रेज, एसएक्सओ किने फाइदै फाइदा
काठमाडाैं । पछिल्लाे समय नेपालमा हुण्डाइकाे क्रेटा केज छ । हुण्डाईको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली बजारमा हुण्डाई क्रेटाको विभिन्न भेरियन्टहरु बिक्री वितरण गर्दै आइरहेको छ । त्यस मध्ये धेरै अत्याधुनिक फिचरहरु रहेको क्रेटा एसयुभिको टप भेरियन्ट ‘एसएक्सओ’ को मूल्य नेपाली बजारमा रु. ६१ लाख ९६ हजार तोकिएको छ । हुण्डाई क्रेटा एसएक्सओको सेफ्टि फिचरहरुको रुपमा ड्राइभर र पेसेन्जर एयरब्याग्स, एबीएस सिस्टम, ईबीडी सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, भेइकल स्ट्याबिलिटी म्यानेजमेन्ट कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लक लगायत छन् भने कम्फर्ट फिचरका रुपमा अटोमेटिक एयर कण्डिश्नर, हिटर, फ्रन्ट र रियर आर्मरेस्ट, क्लच फूटरेष्ट, किलेस इन्ट्री, १२ भोल्टको पावर आउटलेट, रियर पार्किङ्ग क्यामेरा, हाइट एडजस्ट गर्न मिल्ने ड्राइभर सिट लगायत छन् । त्यसैगरी, यस कारमा अडियो तथा भिडियो दुवै डिस्प्ले हुने १७.७७ सेन्टिमिटरको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ४ ओटा स्पिकरहरु, आउटसाइड रियर भ्यू मिरर्स र सबै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टरलाई अन्य फिचर्सका रुपमा समावेश गरिएको छ । यस कारमा प्रयोग भएको १५९१ सीसी पेट्रोल इञ्जिनले १२३ पिएसको पावर र २६० एनएमको टर्क प्रोड्युस गर्छ । त्यसैगरी ६–स्पिड गियरबक्स दिइएको यस कारले १९.६७ केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको फ्यूल ट्याङ्क क्यापासिटि ५५ लिटर रहेको छ भने यसको अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ । कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यस कारको खरिदमा रु. एक लाख ५० हजार छुट दिइएको छ । त्यसैगरी अन्य अफरहरुको रुपमा स्क्रयाच कुपन मार्फत २० हजारदेखि एक लाख रूपैयाँसम्मको थप छुटका साथै एक वर्षको इन्स्योरेन्स, यस आर्थिक वर्षको कर चुक्ता, ४ वर्षको फ्रि सर्भिसिङ्ग र ३ वर्षको वारेन्टीको व्यवस्था समेत गरिएको छ ।