विकासन्युज

ओपोद्वारा नेपालमा रेनो टू एफ सार्वजनिक, मूल्य कति ?

काठमाडौं । ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनो टू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँसंस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ । ‘रेनो सिरिजको रचनात्मक स्पिरिट (भावना)लाई आफूमा समाहित गर्दै यो नयाँ समिकरणले प्रयोगकर्तालाई रचनात्मकतामा थप मार्ग प्रशस्त गर्दै नयाँ दृष्टिकोण प्रस्तुत गर्न प्रोत्साहित गर्नेछ ।’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले भने–‘यसमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले बृहत ल्याण्डस्केपदेखि संकुचित गल्ली तथा पर्याप्त सौर्य प्रकाश रहेका समुन्द्री किनारहोस् वा औँशीको अँध्यारो रात, हरेक वातावरण तथा परिस्थितीमायसले उत्कृष्ट प्रदर्शनीदिने क्षमता राख्छ ।’ ओपो रेनोटू एफमाकम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपीपोट्रेट लेन्स रहेका छन् । अहिले फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभई अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ १.७९ एपर्चर र १/२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो । ओपो रेनोटू एफले अदृतियतस्विर खिच्न सघाउनुका साथै यसमा समान भिडियो क्षमतापनि रहेको कम्पनीले जनाएको छ । फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.०का माध्यमबाट यसले जस्तो सुकै परिस्थितीमाउत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै सटिक छ । ओपोले नेपालमा रेनोटू एफलाई “लेक ग्रिन” र “स्काइ ह्वाइट” गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ । रु. ४६,९९०÷(मूल्य निर्धारण गरिएको रेनोटू एफ अक्टोबर १८ मा काठमाडौंको न्यूरोड स्थित आधिकारिक शोरुममा आयोजना गरिने फस्र्ट सेल लगतै देशभरका प्रमुख बिक्रि मार्फत उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ । सोहीदिन आधिकारिक शो(रुम मार्फत रेनो टू एफ खरिद गर्ने उपभोक्ताले नायिका स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेटी उनीद्वारा हस्ताक्षर गरिएको फोनका साथै विशेष उपहारपनि प्राप्त गर्न सक्नेछन् ।

महासङ्घको विधान संशोधनमा विवाद, ‘संशोधन प्रक्रियाले अस्थिरता ल्याउँछ’: शेखर गोल्छा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको विधान संशोधनमा विवाद भएको छ । मुलुकको परिवर्तित संरचनाअनुसार प्रादेशिक प्रतिनिधित्वसहित, संशोधनको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने, कार्यकाल, वस्तुगत क्षेत्रको मतभार सङ्ख्या, नयाँ बनेका जिल्ला नगर सङ्घ, तिनलाई सदस्यता दिन मापदण्ड परिमार्जन गर्नुपर्ने लगायत ३५ बुँदाका मस्यौदामा व्यवसायीले संशोधन माग गरेका छन् । महासङ्घको आगामी कात्तिक २७ गते बस्ने साधारणसभामा यस विषयमा छलफल गरी बहुमत सदस्यको भावनालाई सम्मान गरी विधान संशोधनको प्रक्रिया अगाडि बढाइने महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले जानकारी दिए । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका तथा सरकारलाई आवश्यक परेका बेलामा आर्थिक सुझाव दिने निकायका रुपमा महासङ्घले कार्य गर्दै आएको छ । महासङ्घको हालको विधानमा कार्यकारी अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष स्वतः आउने व्यवस्था भएको भए पनि त्यो लोकतान्त्रिक नभएको हुँदा यसको अन्त्य गरी प्रत्यक्ष निर्वाचित उद्यमी आउनुपर्ने व्यवस्थालाई विधान संशोधनको प्रमुख आधार बनाइएको छ । महासङ्घको अध्यक्षको चुनाव धेरै खर्चिलो भयो, अस्थिर भयो भनेर अध्यक्षमा प्रत्यक्ष चुनाव नगर्ने व्यवस्थाका लागि व्यवसायीले तीन वर्ष अगाडि मात्र महासङ्घको विधान संशोधन गरेका थिए । सोही विधानअनुसार तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष बनेकी थिइन् । विधानमा देखिएका केही कमजोरीलाई संशोधन गर्न गएको साधारणसभाले विधान संशोधन समिति बनाएको थियो । पदाधिकारी, जिल्ला नगरका प्रतिनिधि, वस्तुगत सङ्घ तथा पूर्वअध्यक्षलगायतको समिति बनाइएको छ । पहिलो चरणमा सुझाव माग्ने काम उक्त समितिले गरिसकेका छ । एशोसिएट र वस्तुगतले नेतृत्व गर्न पाउने कि नपाउने ? विषय पनि प्रष्ट समेट्न उद्यमीले माग गरेका छन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले संस्थाको हितमा विधान संशोधन जहिले पनि गर्न सकिने भए पनि केही गुटका स्वार्थका लागि गर्न लागिएको अहिलेको संशोधन प्रक्रियाले अस्थिरता ल्याउने विचार व्यक्त गरे । विधान संशोधन नभएमा गोल्छा अब हुने महाधिवेशनले निर्विरोध अध्यक्ष बन्ने बाटो खुल्ला हुन्छ । गोल्छा पक्षधरका व्यवसायी भने विधान संशोधनको विपक्षमा देखिएका छन् । महासङ्घका पूर्वउपाध्यक्ष भाष्कर राजकर्णिकारले स्वतः अध्यक्ष हुन पाउने व्यवस्था प्रजातान्त्रिक नभएकाले विगतमा आफूले त्यसको बिरोध गरेको बताए । उनका आनुसार नेतृत्वलाई गतिशील बनाउन नसक्ने हुँदा महासङ्घले आफ्ना सदस्यको हक, हित अधिकार तथा मुलुकको विकास र समृद्धिमा योगदान गर्न सक्तैन । विधान संशोधनको पक्ष तथा विपक्षमा नरहेका केही मध्यममार्गी व्यवसायीले महासङ्घका निषेधको राजनीति गर्न नहुनेमा जोड दिएका छन् । उनीहरुले सबै व्यवसायीलाई एकताबद्ध बनाउने गरी विधानमा व्यवस्था गर्न सकिएन भने महासङ्घमा उद्योगीका बीच फुट आउने र अर्को व्यावसायिक संस्था स्थापना हुन सक्नेमा चिन्ता गरेका छन् । रासस

सानिमा बैंकको २१ प्रतिशत लाभांश पारित, बैठक भत्ता ५० प्रतिशत बढाएपछि सेयरधनीले गरे चर्को विरोध

काठमाडौं । सानिमा बैंकको प्रस्तावित २१.०५ प्रतिशत लाभांश पारित भएको छ । बुधबार सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेबमोजिम सेयरधनीले चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश पाउने छन् । ८ अर्ब रुपैयाँ रहेको बैंकको चुक्तापुँजी बोनस पश्चात बढेर ८ अर्ब ८० करोड रुपैयाँ नाघेको छ । साथै, संचालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । संचालक समितिको उक्त प्रस्तावलाई भने बैंकका सेयरधनीले चर्को विरोध गरेका थिए । बैठकको भत्ता ३० देखि ५० प्रतिशतसम्म बढाएपछि सेयरधनीले कार्यक्रममै विरोध गरेका हुन् । सभाले पारित गरे अनुसार बैंकले अध्यक्षलाई प्रतिबैठक भत्ता १३ हजार रुपैयाँ दिने भएको छ भने संचालकलाई १२ हजार रुपैयाँ दिने भएको छ । जुन रकम अघिल्लो वर्षको बैठकभन्दा अध्यक्षलाई ३० प्रतिशत र संचालकलाई ५० प्रतिशत बढी हो । गत आर्थिक वर्षमा बैंकले अध्यक्षलाई प्रतिबैठक १० हजार र संचालकलाई ८ हजार रुपैयाँ प्रदान गरेको थियो । “बैठक भक्ता १२ हजार हुनु धेरै होइन तर एकैचोटि ५० प्रतिशत बढाउनु धेरै हो ।” सभामा एक सेयरधनीले भने– “एकैचोटि ५० प्रतिशत बढाउनु भन्दा अहिले २० प्रतिशतको दर बढाएको भए हुन्थ्यो ।” हाल बैंकको निक्षेप १२ अर्ब २८ करोड र कर्जा सापट ८३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कुल सम्पत्ती १०९ अर्ब रुपैयाँ नाघेको छ । खुद ब्याज आम्दानी ४२० करोड र खुद नाफा २२५ करोड रुपैयाँ नाघेको छ । साथै, बैंकको सञ्चालन मुनाफा ३२२ करोड रुपैयाँ र निष्कृय कर्जा ०.०८ प्रतिशत रहेको छ ।  

संकटबाट गुज्रिरहेको हुवावेको आम्दानीमा २४ प्रतिशतले वृद्धि

शाङ्घाई । चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ । कम्पनीले आफ्नो नाफामा पनि ८७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । सुरक्षाको कारण देखाउँदै अमेरिकी प्रशासनले हुवावेका टेलिकम उपकरण प्रयोग नगर्न यसवर्ष विश्वव्यापी पहल र प्रचार गरेको थियो । गत मे महिनामा हुवावेलाई अमेरिकी बजारमा कालोसूचीमा राख्नुका साथै अमेरिकी कम्पनीका उच्च प्रविधियुक्त सामान हुवावेलाई बिक्री नगर्न दबाब दिएको थियो । संयुक्त राज्य अमेरिकाले हुवावेका सामान मार्फत चीनले गोप्य सूचनाहरु संकलन गर्न सक्ने भन्दै गम्भीर चासो र चिन्ता व्यक्त गरेको थियो । अमेरिकाले हुवावेका उत्पादनमा व्यापक कमी कमजोरी रहेका र ती भरोसायोग्य नरहेको बताउँदै आएको छ । तर हुवावेले भने अमेरिकी दाबीको निरन्तर खण्डन गरिरहेको छ । कम्पनीले जारी गरेको पछिल्लो विज्ञप्तिमा भनिएको छ, हुवावेले केबल सूचना प्रविधिको पूर्वाधार र स्मार्ट उपकरण निर्माणमा ध्यानकेन्द्रित गरेको छ, र त्यसलाई अझ गुणस्तरीय एवं परिस्कृत गर्नेतर्फ विशेष जोड दिइरहेको छ । यिनै कारणले कम्पनीले सन् २०१९ को नौ महिनाको अवधिमा निकै उचाई प्राप्त गरेको छ र निरन्तर विश्वको विश्वास जित्दै गएको छ ।

मान्छे बोक्ने मान्छेको कथा: पाथिभरा मन्दिर दर्शन गराएर मासिक १ लाख कमाइ

काठमाडौं । ताप्लेजुङका २६ वर्षीय तेन्जे शेर्पाले ४ वर्ष अघि पाथिभरा मन्दिर दर्शन गर्न गएका थिए । त्यहाँ भक्तजनहरुको विजोक देखेर उनले भरियाको काम गर्ने निधो गरे । त्यसपछि दर्शनार्थीलाई बोकेर तीर्थस्थल पाथिभरा मन्दिरसम्म पुर्याउने काम शुरु गरे । अहिले उनले हिडेर पाथिभरा मन्दिरसम्म पुग्न नसक्ने दर्शनार्थीहरुलाई काफ्लेपाटीदेखि करिब तीन घण्टाको पैदल दूरीमा पर्ने मन्दिरमा पुर्याएर दर्शन गराई पुनः काफ्लेपाटीसम्म ल्याइदिने गरेका छन् । उनले साना बच्चादेखि ९५ केजी तौल भएका दर्शनार्थीलाई बोकेर ओहोर दोहोर गराएका छन् । कहिले काँही ४-५ मिलेर पनि धेरै तौल भएका दर्शनार्थीलाई बोक्ने गरेका छन् । सिजनका बेला एकै दिनमा १५ देखि २० हजारसम्म पनि कमाई हुने गरेको उनले बताए । महिनामा १ लाखसम्म बचत गरेको उनले सुनाए । चैतदेखि जेठ र भदौदेखि मंसिरसम्मको ५ महिना मात्रै मान्छे बोक्ने काम गर्ने र बाँकी समय काठमाडौंमा रङ लगाउने काम गर्छन् उनी । सवारी साधनबाट काफ्लेपाटीमा आएर ओर्लिएपछि हिँड्न नसक्नहरुले पहेँलो पोशाकका भरियाहरुलाई खोजने गरेका छन् । उनले भने–‘हामीले किलोको १८० रुपैयाँमा मान्छे बोकेर मन्दिर दर्शन गरार्इ काफ्लेपाटी ल्याइदिने गरेका छौँँ । हिँड्न नसक्ने वृद्धवृद्धा र बालबालिकाहरुलाई पिठ्युमा बोकेर लाने ल्याउने गर्छौँ ।’ दशैँका बेला दर्शनार्थीको घुइँचो लाग्ने भएकाले पहेँलो पोशाकमा दर्शनार्थी बोक्ने भरियाहरुले मान्छे बोकेरै रोजिरोटी चलाइरहेका छन् । ६ वर्ष अघि स्थानीय होटल व्यवसायी र सुरक्षा निकायले छलफल गरी हिँड्न नसक्ने दर्शनार्थीलाई बोकेर लाने ल्याउने गर्ने व्यवस्था गरेको हो । पाथीभरा मन्दिर पुग्न काफ्लेपाटीदेखि तीन घण्टा बढी समय उकालो बाटो हिँड्नुपर्छ । पाथीभरा मन्दिर ३ हजार ७९४ मिटरको उचाइमा रहेकाले उच्च क्षेत्रको उकालो चढ्न बालबालिका, वृद्धवृद्धा र हिड्ने बानी नभएकाहरुलाई कठिन हुन्छ । यसरी उकालो चढ्न नसक्नेहरुलाई बोकेरै पाथीभरा मन्दिरसम्म लैजाने ल्याउने गरिन्छ । अहिले त्यस क्षेत्रमा दुई सय बढी भरिया छन् । उनीहरु सबैले नम्बरसहितका पहेँलो पोशाक लगाएका छन् । पाथीभरा मन्दिरमा वडा दशैँको नौरथा लागेसँगै दर्शनार्थीको चाप बढ्छ । वर्षका बाह्रै महिनामा दर्शनार्थी पुग्ने पाथीभरामा विशेष गरी दशैँका बेला सबैभन्दा धेरै दर्शनार्थी पुग्ने गरेका छन् । वार्षिक ५ लाख बढी दर्शनार्थी मन्दिरमा आउने गरेका पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले जनाएको छ । छिमेकी देशहरुबाट समेत दर्शनार्थी आउने गरेका छन् । हिँड्न नसक्ने दर्शर्थीलाई प्रतिकिलो १८० रुपैयाँ वा दुवै पक्षको समझदारी अनुरुप भाडा लिई लैजाने ल्याउने गरिएको पाथीभरा क्षेत्र विकास समितिका भरिया व्यवस्थापक डिल्लीराम भट्टराईले बताए । उनका अनुसार यो सेवा भरपर्दो तथा सुरक्षित बनाउन प्रहरी र होटल व्यवसायीले मिलेर निगरानी गर्ने गरेको बताए । भरियाले केही तलमाथि गर्लान भनेर जाँदा–आउँदा फेदीमा रहेको प्रहरी चौकीमा समेत रेकर्ड राखिने गरेको बताए । मन्दिर जाँदा ३ घन्टामा नै हिडेर पाथीभरा पुगेकी काभ्रेकी मञ्जु सापकोटाको खुट्टामा समस्या आएपछि भरिया खोजिन् र माथिलो फेदिसम्म ३ हजार तिरेर भरियालाई बोकाएर आइन् । उनले भनिन्–‘मन्दिर आउँदा बोक्न लगाउनु राम्रो हैन, तर मेरो केहि महिना अघि खुट्टा भाँच्चिएको थियो, त्यहि कारणले मन्दिरबाट माथिल्लोफेदी आउन सकिन र भरियाको प्रयोग गर्ने निदो गरेको बताइन् ।

कात्तिक २ र ३ गते २७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं । देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत जन्मेको छ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल), छ महिनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिएका छन् । मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरिसकेको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ । ती कार्यक्रमका लागि करिब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक रु ४०० भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ । सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको शाखा प्रमुख पराजुलीले बताएका छन् । उनले भने, “भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको छ ।” किन आवश्यक पर्छ भिटामिन ए ? बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधि क्षमता वृद्धि तथा समग्र स्वास्थ्यमा सुधार ल्याउन भिटामिन ‘ए’ आवश्यकता पर्छ । खानाबाट प्राप्त हुन नसकेका भिटामिन ‘ए’ बालबालिकालाई खुवाइने प्रमुख पराजुलीले बताए । यसैगरी, सोही दिन बालबालिकाको पेटभित्र सबै प्रकारका जुकालाई मार्न अल्वान्डाजोल खानापछि खुवाइने छ । जुकाका कारण रक्त अल्पता, एनेमिया, खाएको खाना नपच्ने हुने गर्दछ । यसैगरी, बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ । हाल पाँचवर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे तथा मोटा रहेका छन् । पाखुराको स्थितिबाट कुषोषण भएका बालबालिकालाई पोषणको आहाराका बारेमा जानकारी दिइने कार्यक्रमअन्तर्गत रहेको छ । बालभिटाले बालबालिकालाई पुड्को हुनबाट जोगाउँछ । ती राष्ट्रिय कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । रासस

चेम्बरको व्यापारिक प्रतिनिधि मण्डल नयाँ दिल्ली र गोवा प्रस्थान

काठमाडौँ । अक्टोबर १७ देखि १९ सम्म हुने रिभर्स बायर सेलर मिट २०१९ र भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ मा भाग लिन नेपाल चेम्बर अफ कमर्सको टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय प्रतिनिधि मण्डल नयाँ दिल्ली र ३८ सदस्यिय प्रतिनिधि मण्डल गोवातर्फ बुधबार विहान प्रस्थान गरेको हो । १७ वटा रोड शो विभिन्न मुलुकमा गरी १८ औं गोवा एक्स्पो रोड सो नेपालमा गर्ने क्रममा भाइब्रेण्ट गोवा टोलिले गत भदौमा नेपाल चेम्बर अफ कमर्शको सचिवालय जमलमा आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो । नयाँ दिल्लीमा हुने “रिभर्स बायर सेलर मिट २०१९” मा उद्योग, व्यापार सञ्चालनका लागि क्रेता र बिक्रेताहरुबीच समन्वय र सहकार्य गर्ने मौका मिल्ने बताइएको छ । गोवा राज्यमा भएका उद्योग एवम् व्यवसाय जगतको सबल पक्ष देखाउने सुवर्ण अवसर भएको र यसबाट व्यवसायीक अवसर प्राप्त भई व्यवसाय तथा ज्ञानको आदान प्रदान गर्न करिब १२ मुलुक र भारतका २० प्रान्तका उद्योगी व्यवसायीको सहभागिता हुनेछ । सो एक्स्पोमा कृषि तथा खाद्य प्रसोधन, निर्माण व्यवसाय, हल्का इञ्जिनियरिङ, फर्मा तथा बायोटेक, पर्यटन र मेडिकल टुरिजम, जल परिबहन, सूचना प्रविधि, शिक्षा, मनोरञ्जन, वेडिङ तथा फिल्म डेष्टिनेशन आदी क्षेत्र समावेश भएकोले नेपाली उद्यमी व्यवसायी सो एक्स्पोमा भाग लिन गोवातर्फ प्रस्थान गरेको हो । गोवामा हुने सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले भूपरिवेष्ठित विकाशोन्मुख मुलुकहरुमा देखिएका अवसर र चूनौती विषयमा प्रस्तुती गर्नुहुने कार्यक्रम रहेको छ । नयाँ दिल्लीको प्रतिनिधि मण्डलमा चेम्बरका सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवसायीहरुको सहभागिता रहेको छ । गोवाको प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवशायीहरु, प्रदेश ५ का संसद भोजप्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरुको समेत सहभागिता रहेको छ ।

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुङ टिभी उपहार प्रदान

काठमाडौँ । कुवेत स्थित सुदूर पश्चिमेली नेपाल समाजको दोश्रो वार्षिकोत्सव तथा अधिवेशन सम्पन्न भएको छ । उक्त अवसरमा वृहत साँगीतिक धमाका सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख आयोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको थियो । सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागी रहेको थियो । जस्मा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमको प्रस्तुती थियो । कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले उपस्थित दर्शकहरुबीच लक्की ड्र सञ्चालन गरिएको थियो । जस्को बिजेता जयबहादुर थापा भएका थिए । थापाले उपहार स्वरुप सामसुङको ३२ इञ्चको टीभी प्राप्त गरे । सोही कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिएको थियो । नेपालका लागि सामसुङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालिसंग साझेदारी गरेको छ । सम्झैता अनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेस मनि ट्रान्सफरको काउन्टरमा गएर पैसा जम्मा गरेपछी नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् ।