काठमाडौ। गैरआवासीय नेपालीहरूको छाता संगठन एनआरएनएको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनका लागि कोषाध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठलाई अर्का प्रतिस्पर्धी साेम सापकाेटाले समर्थन गरेका छन् ।
कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका डेनमार्क निवासी सोम सापकोटाले आफ्नाे उम्मेदवारी फिर्ता लिदै श्रेष्ठलाइ समर्थन गरेका हुन् ।
शनिवारदेखि शुरू भएको गैर आवासीय नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि निर्वाचन भइरहेको छ ।
नयाँ नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा भएको छ र सहमति भएपछि फिर्ता हुने क्रम पनि जारी देखिन्छ । एनआरएनकाे नयाँँ कार्यसमितिकाे लागि आजै मतदान हुने कार्यक्रम रहेकाे छ ।