सिभिल बैंकको नयाँ शाखा मोरङको पुष्पलालचोकमा

<p>काठमाडाैं । सिभिल बैंकले मोरङको जिल्लाको  पुष्पलालचोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरेका हुन् । सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थिए । नेपालमै पहिलो पटक [&hellip;]</p>

काठमाडाैं । सिभिल बैंकले मोरङको जिल्लाको  पुष्पलालचोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरेका हुन् ।

सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थिए ।

नेपालमै पहिलो पटक उक्त बैंकले बचतकर्ताहको समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । साथै, बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।

Share News