जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सेञ्ज फाइनान्स फेयर’ सम्पन्न
काठमाडौँ । नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स मेला ‘टिभिएस एक्सेञ्जएण्डफाइनान्स फेयर’को आयोजना गरेको छ । यही कात्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा संचालित यो मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप रु.१०,०००/– मुल्याङ्कन जस्ता उत्कृष्ट अफरहरु रहेका थिए । मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका थिए । उक्त मेलाको आकषर्ण अझ बढाउन टिभिएस स्कुटरका ब्राण्ड एम्बासेडर स्वस्तिमा खड्काको पनि उपस्थिती थियो । मेला अवलोकन गर्न आएका अनेकौं व्यक्तीहरुले स्वस्तिमा खड्कासंग भेट गरे भने धेरै जनाले फोटो लिने अवसर पनि पाए । कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टिभिएस को नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो अनुपम योजनाले टिभिएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरुलाई सुनौलो अवसर प्रदान गरेको छ भने पुराना टिभिएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएका छन् । योजना संचालन गर्नुको उद्देश्य माथि प्रकाश पार्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने–‘हामीले यतिखेर ग्राहकहरुमाझ टिभिएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं र यो योजना प्रति ग्राहकहरुको झुकावले हामीलाई थप हौसला पनि मिलेको छ ।’ टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जालमार्फत् आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन टिभिएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ ।
बलिउडका गायक अमित मिश्रा नेपाल आउँदै, मंसिर ६ गते दरबारमार्गमा हुने कार्यक्रममा प्रस्तुति दिने
काठमाडौँ । भारत बलिउडका (आआएफए) अवार्ड विजेता गायक अमित मिश्रा नेपाल आउने भएका छन् । नेपथ्य इभेन्ट म्यानेजेमेंट प्रा.ली.ले आयोजना गर्न लागेको एक कार्यक्रमका लागी उनी नेपाल आउने तय भएको उक्त कम्पनीका सीईओ आशिष लामिछानेले बताए । अमित मिश्राका साथमै भारतका चर्चित ब्याण्ड बम्बे भैकिन्ग्स कि महिला गायिका गोरिशा नाथ पनि संगै आउनी भएकी छिन् । यस कार्यक्रममा नेपालका चर्चित गायक गायिकाहरुको नि प्रस्तुति रहने छ । यहि नोवेम्बर २२ तारीक(मंसिर ६ गते) शुक्रबारका दिन बेलुकी दरबारमार्गमा रहेको म्याग्नम लाउन्ज बार एण्ड क्लबमा चर्चित गायक अमित मिश्रा र गोरिषा नाथले आफ्ना विभिन्न गीतहरु प्रस्तुत गर्ने छन् । अमित मिश्रा बलिउडमा निकै ख्याती प्राप्त कलाकार हुन् । उनी भारतका चर्चित संगीतकार प्रितमसंग सहकार्य गर्दै देश तथा विदेशमा आफ्नो आवाजको जादु फैलाउँदै आइरहेका छन् । बलिउडका चर्चित नायक सलमान खान, अजय देवगन, टाइगर श्राफ, वरुण धवन, रणबीर कपूर, सुशांत सिंह राजपूत, फरहान अख्तर, आदिका लागि आफ्नो सुमधुर आवाज़ दिएका छन् । यस कार्यक्रमले पर्यटन वर्ष २०२० लाई पनि धेरै टेवा पुर्याउने अनुमान गरिएको छ। गायक अमित मिश्राले नेपालका विभिन्न संस्कृतिक र पर्यटकीय स्थलको भ्रमण गर्ने छन् र साथसाथै उनको डकुमेन्ट्री प्रोजेक्ट मुभीको लागि पनि नेपालका यहि स्थललाई लक्षित गरेर उनले भिडियो सम्प्रेसन गर्ने छन् र जसकाे प्रसारण संसार भरि गरिने छ । सन् २०१६ र २०१७ को आइफा अवार्ड उनले जित्न सफल भए । उनले त्यो बेला ए दिल है मुश्किल को ‘बुल्लेया’ बोलको गीतबाट अवार्ड हात पार्न सफल भएका थिए । त्यसका साथै उनले अरु थुप्रै अवार्डहरु हासिल गरि सकेका छन् । नेपथ्य इभेन्ट म्यानेजमेन्ट प्रा.ली.ले आयोजना गर्न लागेको कार्यक्रम एउटा च्यारिटी इभेन्ट हुने आयोजक पक्षले जानकारी गराए । यस कार्यक्रमबाट उठेको लाभांशको केहि प्रतिशत उनीहरुले च्यारिटी सहयोग अर्थात् वृद्धा आश्रममा केन्द्रित रहेर हस्तान्तरण गर्ने जानकारी जनाए । यस कार्यक्रममा सिने जगत, संचारकर्मी, कलाकारिता क्षेत्र, सामाजिक क्षेत्र र व्यवसायिक क्षेत्रका विशिष्ट पात्रहरुको बाक्लो उपस्थिति रहने छ । यस कार्यक्रममा सहभागी भै वृद्धाहरुको सामाजिक सहयोगार्थ योगदान गर्नको लागि भने इच्छुकले टिकट खरिद गरेर कार्यक्रम मा प्रवेश गर्नुपर्ने छ । टिकट शुल्क सर्वसाधरणको लागि २५०० रूपैयाँ र भिआइपिको लागि ३५०० रूपैयाँ राखिएको छ । निकै सिमित समय रहेकोले आयोजक पक्षले समयमै आफ्नो टिकट किनेर आफ्नो स्थान सुरक्षित राख्न आग्रह गरेका छन् । यो पुरै मनोरन्जनात्मक कार्यक्रम हुने र टिकट खरिद गरिएको पैसा अनुसारको फाइदा पनि ग्राहकहरुले लिन पाउने आयोजक पक्षले बताएका छन् ।
नेशनल माइक्रोफाइनान्सले गर्यो पोर्टफोलिया म्यानेजमेन्ट तालिम
काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.ले पोर्टफोलिया म्यानेजमेन्ट एण्ड लिडरसीप तालिम सम्पन्न गरेको छ । तालिम कार्यक्रम संस्थाको केन्द्रीय कार्यालय निलकण्ठ न.पा.३ धादिङबेसी स्थित धादिङक्रिक रिसोर्ट धादिङबेसीमा कात्तिक २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको हो । तालिमको उद्घाटन संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका हुन् । तालिम कार्यक्रममा संस्थाको ३३ वटा शाखा कार्यालयका वरिष्ठ सहायक तथा सहायक कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा प्रशिक्षको रुपमा डा. केदार रायमाझी, प्रमुख अधिकृत रामबहादुर यादव, विभागीय प्रमुखहरु बिजय घिमिरे, सिताराम पण्डित र रामचन्द्र रुपाखेतीले सहभागीहरुलाई कर्जा व्यवस्थापन, नेतृत्व सीप विकास, हाल लघुवितहरुमा देखिएको चुनौतिहरुलाई न्युनिकरण गर्ने उपायहरु, धितो कर्जा विकास, लेखा सम्बन्धी साथै सकारात्मक धारणा, स्वयम् उत्प्रेरणा बारेमा प्रशिक्षण गराइएको थियो ।
एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान, कात्तिक २० सम्म आवेदन दिन पाइने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन२०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएपछि मन्त्रालयको छात्रवृत्ति शाखाले ती तहका प्रवेश परीक्षामा प्राप्त योग्यताको आधारमा छात्रवृत्ति निर्धारण गर्ने जनाउँदै छात्रवृत्तिको दरखास्त आह्वान गरेको हो । सूचनामा “राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ अनुसार ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सिट कायम गरिएका तथा काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने २० प्रतिशत छात्रवृत्तिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने जनाइएको छ ।” न्यूनतम ५० प्रतिशत अङ्कलाई प्रवेश परीक्षा उत्तीर्ण भएकाले छात्रवृत्तिका लागि निवेदन दिन सकिने र निवेदन अनलाइनमार्फत् कात्तिक २० गतेसम्म कायम रहेको सूचनामा जनाइएको छ । अब एमबिबिएस र बिडिएस तहमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने छन् । साथै, यस्तै विदेशी लगानी भएका मणिपाल मेडिकल कलेज पोखरा र कलेज अफ मेडिकल साइन्सेज चितवन भरतपुरले कूल सिट सङ्ख्याको २० प्रतिशत छात्रवृत्ति दिनुपर्नेछ । बाँकी मेडिकल कलेजहरुले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने प्रावधान रहेको छ । हालै चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क तय गरेको थियो । नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तह अन्तर्गत एमबिबिएस र बिडिएस कार्यक्रमका लागि उपत्यका भित्र एमबिबिएस अध्ययन गर्न रु ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क आयोगले निर्धारण गरेको थियो । त्यसैगरी, बिडिएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको थियो । यसअघि उपत्यकाभित्र एमबिबिएस तहका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बिडिएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो । एमबिबिएस तह अध्ययन गर्न करिब रु दुई लाख र बिडिएस तहमा करिब एक लाख शुल्क वृद्धि भएको छ । रासस
कुनै बीमा कम्पनीमा ४०% कर्मचारीले छाेड्दा एनएलजीमा १% प्रतिशतभन्दा कम टर्नओभर
काठमाडौं । बीमा क्षेत्रमा जनशक्तिको अभाव छ । दक्ष जनशक्तिलाई बीमा क्षेत्रले आकर्षित गर्न सकेन । केही कम्पनीहरुमा लामो समय प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको देखियो । अझै केही बीमा कम्पनीहरु प्रमुख कार्यकारी अधिकृत बिहिन छन् । एकै वर्ष १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा बजारमा थपिदा उच्च तहमा मात्र होइन, मध्यम तहमा समेत कर्मचारीहरुको हाहाकार नै भयो । कुनै कम्पनीमा पुराना कर्मचारी मध्ये ४० प्रतिशतसम्मले छोडे । अर्थात उनीहरु पुरानो कम्पनी छोडेर नयाँ कम्पनीमा प्रवेश गरे । जनशक्तिको अभाव पूर्ति गर्न नेपाली कम्पनीहरुले मुलतः दुई विधि अपनाएको देखिन्छ । पहिलो, अरु कम्पनीको कर्मचारी तान्ने । यो विधिबाट अनुभवी कर्मचारी तान्न सकिन्छ तर उनीहरुको लागि बढुवाको साथै अतिरिक्त सेवा सुविधा तिर्न नयाँ कम्पनी तयार हुनुपर्छ । यसरी बाहिरबाट ल्याउने जनशक्ति महँगो त हुँन्छ नै । साथै, नयाँ कम्पनीमा सञ्चालन प्रणाली बुझ्न, नयाँ सिस्टम चलाउने अभ्यासमा समाहित हुन, नयाँ कम्पनीको कर्मचारी, व्यवस्थापक, ग्राहकसँग घुलमिल हुन पनि केही समय लाग्छ । यदि प्रमोशन खाएर खाएको व्यक्ति हो भने उसका लागि कम्पनी मात्र नयाँ हुँदैन । जिम्मेवारी र भूमिका पनि नयाँ हुन्छ । यसमा अभ्यस्त हुन लामो समय लाग्न सक्छ । कतिपय अवस्थामा कर्मचारीहरु नयाँ कम्पनीको नयाँ भूमिकामा आफूलाई स्थापित गर्न असफल नै हुन्छन् । दोस्रो विधि भनेको जनशक्ति विकासमा कम्पनी आफैले लगानी गर्नु हो । यो विधि केही लामो हुन्छ । साथै जनशक्ति विकासमा कम्पनीको लगानी पनि ठूलै हुन्छ । ‘हामीले आन्तरिक रुपमा जनशक्ति विकासमा जोड दिएका छौं’ एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त भन्छन्–‘आफैले क्षमता विकास गराउँदा कम्पनीलाई पनि राम्रो हुन्छ । बीमा क्षेत्रको लागि पनि राम्रो हुन्छ ।’ अरु कम्पनीबाट दक्ष जनशक्ति तान्ने प्रतिस्पर्धा बीमा क्षेत्रको लागि राम्रो नभएको उनको भनाई छ । ‘बीमा क्षेत्रको लागि आवश्यक यस्तो जनशक्ति विकास अरुले गरिदिदैनन् । बीमा कम्पनीहरु आफैले जनशक्ति विकास गर्ने हो’ उनी भन्छन्–‘बजारमा ४० बीमा कम्पनीहरु छन् । सबैले नयाँ जनशक्तिलाई भित्र्याउने र ट्रेन गर्ने हो भने जनशक्ति विकास र बीमा बजार विकास दुबै काम सँगै हुन्छ ।’ एनएलजीले जनशक्ति विकासमा विभिन्न किसिमबाट काम गर्दै आएको छ । ‘हामीले पुर्नबीमा कम्पनीहरुको सहयोगमा अन्तराष्ट्रिय स्तरको तालिमहरु आयोजना गरिरहेको छौं । हरेक वर्ष बीमा विदेशमा तालिमका लागि कर्मचारीहरु पठाईरहेका हुन्छौं’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल वल्लभ पन्तले भने–‘हामीले हरेक वर्ष भारतमा १२/१५ जना कर्मचारीलाई तालिममा पठाउँछौं । त्यस्तै, सिंगापुर लगायत अन्य देशमा पनि कर्मचारीलाई तालिममा पठाउने गरेको छौं ।’ विदेश पठाउँदा उत्कृष्ट व्यक्तिलाई पनि पठाउने र फर्किएर आएपछि उसले एनएलजीका कर्मचारीलाई सिकाउने अभ्यास एनएलजीमा भईरहेको उनले बताए । साथै, एनएलजीले नेपाली विज्ञहरुलाई बोलाएर मुख्य कार्यालय वा विभिन्न क्षेत्रमा उपयुक्त व्यक्तिहरुलाई भेला गराएर कर्मचारीहरुलाई तालिम दिने गरेका छौं । कस्तो जनशक्ति राम्रो ? बीमा क्षेत्रमा शैक्षिक योग्यतासँगै लामो अनुभव र कार्यकुशलता राम्रो भएको जनशक्ति आवश्यक पर्छ । बीमा कम्पनीका लागि आवश्यक जनशक्ति भनेको जोखिम मूल्याङ्कन गर्न सक्ने हुनुपर्छ । जोखिम मूल्याङ्कन पनि दुई अवस्थामा गर्नुपर्छ । एउटा भविष्यमा हुन सक्ने सम्भावित जोखिम विश्लेषण गर्न सक्नुपर्यो । कति जोखिम लिने, कति जोखिम नलिने भन्ने निर्णय पनि लिन सक्नुपर्यो । दोस्रो, घटना भईसकेपछि वास्तविक क्षति कति हो, बीमाले कभर गरेको क्षति कति हो र बीमितलाई कति क्षतिपूर्ति दिनु पर्ने हो भनेर मूल्याङ्कन गर्नुपर्छ । यस्तो कार्य शैक्षिक योग्यता राम्रो भएको व्यक्तिले भन्दा बढी अनुभव भएका व्यक्तिबाट कार्य सम्पादन राम्रो हुने गरेको पन्तको अनुभव छ । नेपालमा मात्र नभई विश्वव्यापी रुपमा बीमा क्षेत्रको अनुभव यस्तै रहेको उनले बताए । बीमा कम्पनी सञ्चालन गर्ने आफ्नै विधि र अभ्यासहरु हुन्छन् । कुनै एउटा बीमा कम्पनीको पोलिसीले मात्र बीमाको समग्र प्रणाली बन्दैन, चल्दैन । त्यसमा पुर्नबीमा कम्पनीको पोसिली पनि जोडिएर आएको हुन्छ । बीमा समितिले बनाएको नीति निर्देशनहरु पनि जोडिएर आएको हुन्छ । बीमा क्षेत्रमा काम गर्ने मान्छेको लागि आफ्ना कम्पनीको नियमका अतिरिक्त बीमा समितिले तय गरेको नियामकीय नीति, पुर्नबीमा नीति, जोखिम विश्लेषण गर्ने विधि, क्षति मूल्याङकन गर्ने विधि सबैबारे जानकार हुनुपर्छ । साथै, बजारमा अन्य बीमा कम्पनीहरुले कस्तो गरेका छन्, त्यसको असर बजारमा के परेको छ, कम्पनीको आफ्ना नीति निर्णय कार्यान्वयमा कहाँ कहाँ र के के बाधा छन् तीनको पहिचाहन हुनुपर्छ । ‘हामीले हाम्रो कम्पनी सञ्चालन विधि र प्रक्रिया आफैले तयार गरेका छौं । ती दस्तावेज उच्च तहको कर्मचारीको टेबुलमा मात्र छैन, सबै शाखामा छन् । कसको भूमिका के हुने ? कसको अधिकार के हुने भनेर स्पष्ट रुपमा लेखेका छौं । यो दस्तावेज सम्बन्धित सबै कर्मचारीलाई वितरण पनि गरेका छौं’ पन्तले भने । एनएलजी इन्स्योरेन्स कम्पनीका कर्मचारी अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी छन् कि छैनन् ? यस कम्पनीले दिने सेवाको स्तर अन्तराष्ट्रिय बजारको तुलनामा कस्तो छ भनेर जाँच समेत गर्ने गरेको छ । ‘हाम्रो कम्पनीका कर्मचारीहरुले विदेशमा समेत गएर आफ्ना प्रस्तुति राख्न सक्छन् । आफ्ना अनुभव र मान्यताहरु खुलेर राख्न सक्ने भएका छन्’ पन्तले भने । एनएलजी इन्स्योरेन्स कम्पनीमा हाल करिव ३५० जना भन्दा कर्मचारी छन् । यस टर्नओभर १ प्रतिशत भन्दा कम रहेको उनले बताए । ‘हामी जनशक्ति विकासमा यति खर्च गर्छौ कि अरु कम्पनीले हाम्रा कर्मचारीको लागि त्यति खर्च गर्न नै नसकून’ कम्पनीको रणनीतिबारे उनले बताए । ‘हामीले कर्मचारीको क्षमता विकासमा मात्र काम गरेका छैनौं । मोटिभेशन, टिम बिल्डिङ, इन्टरटेन्मेन्टका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका हुन्छौं’ उनी भन्छन्–‘ कर्मचारीलाई स्वस्थ्य बनाउने, स्वच्छ बनाउने, विभिन्न प्रतिस्पर्धात्मक कार्यहरु गर्न लगाउने, कर्मचारीबीच जिम्मेवारी र सन्तुष्टिको बारेमा आन्तरिक सर्भे गर्ने, इच्छाअनुसारको जिम्मेवारी सुम्पने काम भईरहेको छ ।’ एनएलजी इन्योरेन्सले स्थापनादेखि नै कर्मचारीलाई कसरी ह्यापी बनाउने भन्ने भयो । कर्मचारीलाई उपदानको व्यवस्थाको साथै उनीहरुको जीवन बीमा गरिएको छ । घर कर्जा सुविधा, सवारी साधानको सुविधा कम्पनीले प्रदान गर्दै आएको छ । ‘आजको दिन मात्र होइन, आफ्टर रिटायर्डमेन्टलाई पनि हामीले हेरेका छौं । लङटर्म बेनिफिटको आधारमा नै कम्पनी सेवा सुविधा दिएको छ’ उनले भने ।
सामुदायिक वनमा लगाएकाे कर हटाउन माग गर्दै उपभोक्ता उत्रे सडकमा
राजापुर । सरकारले लगाएको तेहेरो करको विरोधमा बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा हजारौँ उपभोक्ता जम्मा भएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घको आह्वानमा बर्दिया जिल्लाका उपभोक्ता विरोध स्वरुप सडकमा उत्रिएका हुन् । सङ्घ, प्रदेश र स्थानीय तहले छुट्टाछुट्टै गरी वन पैदावार बिक्रीबाट हुने कूल आम्दानीको ९० प्रतिशतसम्म कर लिन सक्ने विधयेक सरकारले प्रस्तावका रुपमा अगाडि बढाएपछि महासङ्घ आन्दोलनमा उत्रिएको सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला कार्यसमिति बर्दियाका अध्यक्ष शर्मा चौधरीले बताएका छन् । यसअघि पनि सङ्घीयताको भावना र सामुदायिक वन अभियानको मर्मविपरीत सरकारले लगाउन लागेको तेहेरो कर फिर्ताको माग गर्दै ज्ञापनपत्र बुझाउने, र्याली र विरोधसभा गर्ने गरिएको थियो । र्यालीसहित विरोधसभाको आयोजना गरिएको कर्याक्रममा वक्ताहरुले अझै पनि सरकारले बेवास्ता गरेमा कडाभन्दा कडा आन्दोलनमा उत्रने बताएका छन् । नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, आर्थिक ऐन र प्रदेशमार्फत प्रस्तावित विधेयकमा सङ्घीय सञ्चित कोषमा १५ प्रतिशत, प्रदेश र सेवा शुल्क सञ्चित कोषमा २७ प्रतिशत छुट्याउनुपर्ने व्यवस्था गरिएको छ । स्थानीय तहको सञ्चित कोषमा १०, मूल्य अभिवृद्धि कर १३ र उपभोक्ता समूहको बचत रकममा आयकर २५ प्रतिशत कर गरी ९० प्रतिशत कर लगाउने नीतिप्रति महासङ्घको आपत्ति रहेको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य महम्मद कर खाँले बताएका छन् । उनका अनुसार समूहले व्यापारिक प्रयोजनका लागि समूहबाहिर बिक्री गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्कका रूपमा ‘सङ्घीय कोषमा’ जम्मा हुने व्यवस्था गरी उक्त रकम तीनै तहका सरकारबीच बाँडफाँटको व्यवस्था गर्नुपर्ने महासङ्घको माग छ । नेपालको हरियाली प्रवर्धन तथा सामाजिक आर्थिक सशक्तीकरण गर्न र समावेशी लोकतन्त्र स्थापना र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै महासङ्घका केन्द्रीय सदस्य महम्मदकर खाँले सामुदायिक वन उपभोक्ता समूहमाथि सङ्घ र प्रदेश सरकारले वन तथा अर्थसम्बन्धी विभिन्न नयाँ कानून तर्जुमा गरेर सामुदायिक वनको योगदानलाई अवमूल्यन गरेको बताएका हुन् । बर्दिया जिल्लामा कूल ३०७ सामुदायिक वनअन्तर्गत २० हजार ३०६ हेक्टर वन क्षेत्र व्यवस्थापन भइरहेको र जसमा ५४ हजार ८८१ घरधुरीका रहेका छन् । स्थानीयस्तरका विकासका पूर्वाधार निर्माण र सशक्तीकरणमा सामुदायिक वनको महत्वपूर्ण योगदान रहेको पाइन्छ । रासस
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर चितवनको भरतपुरमा
काठमाडौं । प्रभु बैंकले चितवनको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । साेमबार उक्त काउन्टरको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले गरेका हुन् । यस प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा सेवाग्राहीहरुले बिना झण्झट रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् । यसरी, प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम, ३५ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
बाईक सौखिनहरुको पकड क्षेत्र पोखरामा जिक्सर स्टन्ट मानिए हुँदै
काठमाडौँ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स र पोखराको लागि आधिकारिक बिक्रेता हिमालय अटो वर्ल्डले सुजुकी जिक्सर स्ट्रिट मानिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट को आयोजना गर्न लागेको छ । सुजुकीको हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसिको पावर तथा पर्फमेन्सलाई प्रत्यक्ष रुपमा देखाउने अभिप्रायले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन् । अन्तर्राष्ट्रिय प्रख्यात राईडर डिआरआयु, राम सरदारले प्रत्यक्ष कला प्रदर्शन गर्ने हिमालय अटो वर्ल्डका संचालक सौरब थापाले जानकारि दिए । साथै नेपाल बिरलै देख्न पाईने अन्तरास्ट्रिय राईडरको सुरक्षित चालकी कलालाई पोखरामा प्रत्यक्ष हेर्ने मौका सुजुकी ले प्रथम पटक मिलाएको भिजि अटोमोबाईल्सका सहमहाप्रबन्धक धिरज भट्टराईले जानकारी दिए । साथै उक्त कला प्रदर्शनपछि नेपाली चर्चित म्यालोडी गायक अलमोडा राना उप्रेतीसंग प्रत्यक्ष सांगीतिक माहोलमा रम्न पाईने छ । सुजुकी मोटर्स ईन्डियाद्वारा उत्पादित जापानिज प्रबिधिको जिक्सर बाईक मा २५० सिसि को इन्जिन क्षमता, २६.५ बिएचपि पावर, एफआई प्रबिधि, सुजुकी आयल कुल्ड प्रबिधि, ६ गियर ट्रान्समिसन, रेडियल टायर, स्पिलिट सिट, फुल्लि डिजिटल ईन्सट्रमेन्ट, एलईडिहेड ल्याम्प जस्ता विशेष प्रबिधि सहितका बिशेषता राखेर उत्पादन गरिएको छ । यो एउटा कम्प्याक्ट मोडल हो, नेकेड भर्जन तथा स्पोर्टी फेयरिङ्ग भर्जन गरी ३ मोडलमा उत्पादन गरिएको छ । साथै सुजुकीले आफ्ना उत्पादनमा ५ बर्ष सम्मको वारेन्टी सुबिधा प्रदान गर्दै आएको छ। सुजुकीले स्टन्ट मानिया काठमाडौं पछि पोखरामा गर्न लागेको हो । पोखरा क्षेत्रलाई नेपाली बाईक सौखिनहरुको पकड क्षेत्रको रुपमा लिने गरिन्छ । त्यसकारण पनि सुजुकिले आफ्नो पावरफुल मोटरसाईकललाई प्रत्यक्ष कलात्मक रुपमा प्रदर्शन गर्न लागेको हो । कार्यक्रम बुधवार दिउसो २ बजे देखि पोखरा सभागृहमा गर्न लागिएको र ईन्ट्री फ्रि गरिएको कम्पनीले जनाएको छ।