प्रभु बैंकको एक्स्टेन्सन काउण्टर चितवनको भरतपुरमा

<p>काठमाडौं । प्रभु बैंकले  चितवनको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । साेमबार उक्त काउन्टरको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले गरेका हुन् । यस प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा सेवाग्राहीहरुले बिना झण्झट रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् । यसरी, प्रभु बैंकले १९६ [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले  चितवनको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । साेमबार उक्त काउन्टरको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले गरेका हुन् ।

यस प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा सेवाग्राहीहरुले बिना झण्झट रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् ।

यसरी, प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम, ३५ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

Share News