ललितपुरको कुमारीपाटीमा कामना सेवाको नयाँ शाखा
काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुर महानगरपालिका वडा नं.२० स्थित कुमारीपाटीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको एक सयऔंं शाखा कार्यालय स्थापना गरी कारोबारको शुरुवात गरेका हो । बैंकका अध्यक्ष सुदिप आर्चाय तथा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । शाखा स्थापनाको अबसरमा ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना समेत गरिएको थियो । प्रमुख अतिथि शिवराज श्रेष्ठले बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा सवल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक बझै मजबुत हुदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए । बैकिङ क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुँदा अत्यन्तै चनाख भएर काम गर्न सुझाव दिए । यसै अवसरमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आजै देखि लागू हुने गरी विविध विशेषता सहितको स्वर्णिम सुरक्षित प्रिमियमबचत खाताको शुरुवात समेत गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त योजनाको शुरुवात गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पार्नु भएको थियो । बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चालक चतुराखर अधिकारीले स्वागत तथा संस्थापक कृष्ण आचार्य र बैंकका सञ्चालक भिमप्रसाद तुलाचन शुभकामना व्यक्त गरेका थिए । बैंकले देशका विभिन्न भागहरुमा एक सयवटा शाखा तथा ४९ बटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, एविविएस्, लेटेस्ट इन्टरनेट व्याकिङ्ग एण्ड मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको र समय सापेक्ष सेवाहरु थप गर्दै जाने बैंकले जानकारी दिएको छ ।
शेयर बजारमा नेपाल लाइफ फेरि छैटौँ स्थानमा, ४ हप्तापछि हिमालयन बैंकलाई उछिन्यो
काठमाडौं । शेयर बजार पुँजीकरणमा ४ हप्तापछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले फेरि छैंटौं स्थान हासिल गरेको छ । नेपाल लाइफले हिमालयन बैंकलाई उछिनेर सो स्थान हासिल गरेको हो । गत सेप्टेक्बर २६ मा भएको साप्ताहिक कारोबारमा हिमालयन बैंकले नेपाल लाइफलाई उछिनेर छैंटौं स्थान लिँदै आएको थियो । अक्टोबर २४ को कारोबारपछि भने नेपाल लाइफले हिमालयनलाई फेरि ७ औं स्थानमा सीमित गरिदिएको हो । पछिल्लो कारोबार अनुसार नेपाल लाइफको पुँजीकरण ४३ अर्ब ९७ करोड र हिमालयनको ४३ अर्ब २० करोड रुपैंया छ । सेप्टेम्बर २६ मा हिमालयन बैंकको शेयर ४८७ रुपैंयामा कारोबार भएकोमा अक्टोबर २४ मा ५०७ रुपैंया पुगेको छ जुन ४.११ प्रतिशतको वृद्धिदर हो । नेपाल लाइफको भने सोही अवधिमा शेयरमूल्यमा ५.८२ प्रतिशतले बढेको छ । यो अवधिमा नेपाल लाइफको शेयर मूल्य ७५६ रुपैंयाबाट ८०० रुपैंया पुगेको छ । हिमालयन बैंक बजार पुँजीकरणमा पछि पर्नुको कारण भने नेपाल लाइफको मूल्य धेरै रुपैंयाले बढ्नु हो । यो अवधिमा हिमालयन बैंकको २० रुपैंयामात्रै बढ्दा नेपाल लाइफको शेयरमूल्य ४४ रुपैंया बढेको थियो । नेपाल लाइफको ५ करोड ५० लाख र हिमालयन बैंकका ८ करोड ५२ लाख कित्ता शेयर जारी भएका छन् ।
जनता र ग्लोबल आईएमईको मर्जर प्रक्रियाले सार्थकता पाउँदै, दुवै बैंकले साधारणसभा बाेलाए
काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैंकबीचको मर्जर प्रक्रिया सार्थकता उन्मुख देखिएको छ । मर्जरका लागि अन्तिम सम्झौता भई दुवै बैंकहरुले साधारणसभा समेत बोलाएसँगै ती बैंकहरुबीचको मर्जरले सार्थकता पाउन लागेको हो । दुवै बैंकहरुबीच यसअघि भएको सहमति अनुसार ग्लोबल आईएमई बैंक र जनता बैंकबीच तय भएको १००ः८५ अनुपातको स्वाप रेसियोलाई दुवै बैंकको डीडीए रिपोर्टले समेत साथ दिएसँगै प्रारम्भिक सम्झौताबमोजिम नै मर्जरका लागि अन्तिम सम्झौता भएको हो । दुवै बैंकहरुले मंसिर २ गते साधारणसभा बोलाएका छन् । साधारणसभामा बैंकको लेखापरीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदनका अतिरिक्त प्रस्तावित नगद लाभांश र बोनस शेयर प्रस्ताव पारित गर्ने र मर्जरसम्बन्धी सञ्चालक समितिले गरेको सम्झौता अनुमोदन गर्ने एजेन्डा तय गरिएको छ । ग्लोबल आईएमई बैंक २५.५ प्रतिशत लाभांश घाेषणाा गरिसकेकाे छ जसमध्ये १२.५ प्रतिशत नगद र १२.५ प्रतिशत बाेनस शेयर दिने प्रस्ताव गरिएकाे छ । त्यस्तै जनता बैंकको साधारणसभामा यसअघि बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ६ प्रतिशत बोनससहित १२ प्रतिशत लाभांश प्रस्ताव पेश हुनेछ । घोषणा भएको उक्त बोनसपछि हुन आउने शेयर संरचनामा दुई बैंकहरुबीच तोकिएको १००ः८५ अनुातमा मर्जरमा जाने प्रस्तावसमेत पारित हुनेछ । साधारणसभाका लागि जनता बैंकले कात्तिक १४ गते तथा ग्लोबल आईएमई बैंकले कात्तिक २२ गते बुकक्लोजको मिति तोकेका छन् । ग्लोबल आईएमईको लाभांशका लागि कात्तिक २० गतेसम्म आफ्नो नाममा शेयर कायम हुनुपर्नेछ भने जनता बैंकको भने बिहीबारसम्म शेयर कायम भएका शेयरधनीले मात्रै साधारणसभामा सहभागिता जनाउन र बोनसमा हिस्सा पाउनेछन् । मौद्रिक नीतिभन्दा अघि नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम ‘बिग मर्जर’को प्रयासस्वरुप गत असार २२ गते ग्लोबल आईएमई र जनता बैंकबीच मर्जरमा जाने प्रारसम्भक समझदारी भएको थियो । मौद्रिक नीतिले मर्जरमा जाने बैंकहरुका लागि आकर्षक सुविधा नदिए पनि ती बैंकहरुले पूर्व सहमति अनुसार मर्जर प्रक्रियालाई निरन्तरता दिएका थिए । नेपाल राष्ट्र बैंकले गत असोज ८ गते दुई बैंकहरुबीचको सहमतिको लागि प्रारम्भिक स्वीकृति दिएको छ । दुवै बैंकले मर्जर प्रस्ताव पारित गरेपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिनेछ त्यसपछि दुई बैंकबीच एकीकृत कारोबार हुनेछ । बुकक्लाेज नभई जनता बैंककाे काराेबार नहुने जनता बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा र बुकक्लोजको मिति तय गर्यो । तर जनताले घोषणा गरेको बुकक्लोजको मितिसम्म दोस्रो बजार भने खुल्ने छैन । शनिबार नियमित बिदा भएकोले नेपाल स्टक एक्सचेञ्जको कारोबार हुने छैन भने आइतबारदेखि मंगलबारसम्म तीन दिन तिहारका लागि सार्वजनिक बिदा हुनेछ । बुधबार पनि नेवार समुदायको भाइटीका परेकोले सो दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरिसकेको छ । यसैले साधारणसभा आह्वान गरेपछि जनताका शेयरधनीहरु कारोबारको अवसरबाट वञ्चित भएका छन् । ग्लोबल आईएमईले भने कारोबारका लागि एक साताको समय दिएको छ ।
शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार,हात पारे ५० लाख
काठमाडौं । राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल भएका छन् । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका हुन् । यसका साथै उनले २५ लाख रुपैयाँ बराबरकाे जीवन बीमा पनि हात पारेेेेका छन् । यस्तै चेतन गोतामे (स्याङ्जा) लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरकाे जीवन बीमा हात पारेका छन्। विनोद दनुवार (उदयपुर) ले भने प्रतियोगितामा तेस्रो स्थान हात पारे । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गरेेेेका हुन् । यस्तै रामकुमार नेपाली इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए। उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल भए । फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) बीच प्रतिस्पर्धा भएको थियो । ‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित भएका हुन् । नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेेेेका थिए । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका थिए ।
एलजीको नयाँ शोरुम पेप्सीकोलामा
काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले ‘भ्याली डिजिटल’ नामक आफ्नो नयाँ शोरुम पेप्सीकोलाको सुर्यमुखि चोकमा खोलेको छ । एलजी ब्राण्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउदै जाने कम्पनीको मुख्य उद्देश्य रहेको छ । यो नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउनेछ । त्यसैगरी ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । कुनैपनि एलजीका सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । यस कम्पनीले भविष्यमा देशको अन्यभागहरुमा पनि आफ्नो शोरुमहरु विस्तार गर्दै जाने बताएको छ ।
उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन परिसंघ र एनआरएनएबीच समझदारी
काठमाडौँ । नेपाल उद्योग परिसंघ र गैरआवासीय नेपाली संघ बिच नेपालमा लगानी प्रर्वद्धन गर्ने तथा विदेशमा नेपाली उत्पादनको प्रर्वद्धन गरी निर्यात व्यापार अभिवृद्धि गर्ने सहमति भएको छ । यसका लागि उद्योग परिसंघ र गैरआवासी नेपाली संघले सहमतिपत्रमाबुधवार काठमाडौँमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा परिसंघका अध्यक्ष सतिशकुमार मोर र संघका नवनिर्वाचित अध्यक्षकुमार पन्तले हस्ताक्षर गरेका हुन् । सो अवसरमा नेपालउद्योग परिसंघले गैरआवासीय नेपाली संघको नेतृत्वलाई परिसंघको कार्यालयमा स्वागत गर्दै नेपालमा गैरआवासीय नेपालीहरुको लगानी प्रवद्र्धन गर्ने, औद्योगिक विकासमा सीप तथा प्रविधि हस्तान्तरण गर्ने र विदेशमा नेपाली वस्तु तथा सेवाको निर्यातका लागि सहकार्यको आवश्यकता रहेकोले मिलेर काम गर्न सकिने जानकारी गराएको छ । सो अवसरमा परिसंघका अध्यक्ष् मोरले लगानीका प्रमुख क्षेत्रहरु पूर्वाधार, जलविद्युत, पर्यटन, बैंकिङ्खआधुनिक कृषितथा सञ्चार प्रविधिलगायतका क्षेत्रमागैरआवासिय नेपालीहरुको लगानी रहेको भन्दै थपलगानीतथा साझेदारी बढाउन आग्रह गरे । गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तले नेपालको उत्पादनमुलक क्षेत्रमा गैरअवासीयहरुको तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन संघले परिसंघसंग सघन सहकार्य गर्न अग्रसरता लिएको बताए ।
मनकामना केबुलकारले ल्यायो नयाँ योजना, दर्शनार्थीले आकर्षक उपहार पाउने
काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले आफ्नो २१औं वार्षिकोत्सबको अवसरमा विभिन्न उपहार योजना ल्याएको छ । एक महिना अवधि भएको उक्त योजनामा केबुलकार चढी मनकामना दर्शन गर्ने दर्शनार्थीले विभिन्न उपहार पाउने कम्पनीले जानकारी गराएको छ । उक्त योजना अनुसार पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको एलजीस्मार्ट टिभी र तेस्रो पुरस्कार सामसुङ स्मार्ट मोबाइल रहेको छ । कम्पनीले आफ्ना यात्रुलाई सम्मान गर्ने उद्देश्यले योउपहार योजना ल्याएको हो । यहि कात्तिक ७ गतेदेखि शुरु भएको यो योजना मंसिर ७ गतेसम्म लागू हुनेछ । कम्पनीले मंसिर ८ गते वार्षिकोत्सवको विशेष अवसरमा लक्की ड्रमार्फत विजेता घोषणा गर्ने छ । यस योजना चितवनको इसमूहका कर्मचारी र कर्मचारीका परिवार, विदेशीनागरिक, स्थानीय वासिन्दा र बालबालिकाको टिकटमा भने लागु नहुने कम्पनीले जनाएको छ । मनकामना दर्शनार्थीलाई लक्षित गरी चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म सञ्चालित यस केबुलकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न समेत योगदान पुर्याउदै आएको छ ।
चाडपर्वमा नेपाल टेलिकमको अफर, कात्तिक १० देखि १६ गतेसम्म रिचार्जमा कति पाइन्छ बोनस ?
काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । सो अवसरमा मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । यो भन्दा पहिले देखि नै उपलब्ध फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफरहरुलाई समेत निरन्तरता दिइएको छ । रिचार्जमा बोनस: जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०।–, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ । यी अफरहरुलाई पनि निरन्तरता १. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । २. पहिलो पटक फोरजी÷एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । ३. पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । ४. प्रिपेड नम्बरमा पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सकिनेछ । ५. कम्पनीको इन्टरनेट/इन्ट्रानेट लिज लाइन सेवा लिने नयाँ ग्राहकहरुलाई दर्ता शुल्क रु. ३२०।– आगामी छठसम्म निःशुल्क गरिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।