२५ मेगावाट क्षमताका दुई आयोजनासँग विद्युत् खरिद सम्झौता
काठमाडौँ । सरकारले ल्याएको सहज नीतिका कारण पछिल्ला दिनमा नेपाल विद्युत् प्राधिकरण र निजी प्रवद्र्धकले धमाधम विद्युत् खरीद सम्झौता गर्दै आएका छन् । त्यसैक्रममा मात्रै प्राधिकरणले २५ मेगावाट क्षमताका दुई वटा आयोजनासँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका अनुसार ताप्लेजुङको काबेली खोलामा निर्माण हुने १२ मेगावाट क्षमताको सुपर काबेली र १३ दशमलब ५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ आयोजनाको प्रवद्र्धकसँग उक्त सम्झौता गरिएको हो । सुपर काबेलीको प्रवद्र्धकमा हिल्टन हाइड्रो इनर्जी र सुपर काबेली ‘ए’को प्रवद्र्धकमा स्नो रिभर कम्पनी रहेका छन् । सम्झौतामा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र दुवै आयोजनाको प्रवद्र्धकका तर्फबाट सञ्चालक मोहनविक्रम कार्कीले हस्ताक्षर गरे । दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् हिउँदको समयमा प्रतियुनिट आठ रुपैयाँ ८० पैसा र वर्षाको समयमा चार रुपैयाँ ८० पैसामा प्राधिकरणले खरीद गर्नेछ । सुपर काबेलीको लागत दुई अर्ब ५६ करोड र सुपर काबेली ‘ए’को लागत दुई अर्ब ७५ करोड रहेको छ । दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् १३२ केभी क्षमताको काबेली प्रसारण लाइनमार्फत अमरपुर सबस्टेसनमा जोडिनेछ । रासस
राष्ट्र बैंकले सोमबार दुई अर्बको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ । यसै सन्दर्भमा बैंकले पुनः सोमबार दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । कूल ९१ दिने अवधिको उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकले यसअघि माघ २८ गते पनि टे«जरी बिल बिक्री गरेको थियो । बैंकले यही फागुन ७ गते उक्त ट्रेजरीको बोलकबोलका बारेमा जानकारी दिनेछ ।
हेटौंडाको मुख्य सडक फराकिलो बनाईने, १६-१६ मिटर कायम गर्न केन्द्र सरकारसँग अनुरोध
हेटौंडा । तीन नम्बर प्रदेशको मन्त्री परिषद बैठकले हेटौंडाको मुख्य बजार पर्ने राजमार्गको थप फराकिलो बनाएर बाईपास सडकपनि निर्माण गर्ने निर्णय गरेको छ । हेटौंडा क्षेत्रमा पर्ने पुर्ब पश्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकलाई सडकको दायाँ बायाँ १६-१६ मिटर कायम गर्ने र बाईपास सडकलाई राजमार्गको रुपमा बिकास गर्नका लागि संघीय सरकारलाई अनुरोध गर्ने निणय गरेको हो । हेटौंडाको मुख्यबजार क्षेत्रलाई शहरी सडकको रुपमा बिकास गरेर ४ लेनको सडक निर्माण गर्ने, त्यसमा ग्रिन बेल्ट (सडकको दायाँ बायाँ बगैँचा) निर्माण गर्ने, फुटपाथ निर्माण गर्ने, सर्भिस ट्रयाक निर्माण र बाईपास सडक निर्माण गरेर राजमार्गका रुपमा बिकास गर्ने निणय गरिएको हो । बाईपास सडक निर्माणका लागि तीन नंम्बर प्रदेश सरकारले चालु आर्थिक बर्षमा पाँच करोड रुपैयाँ छुट्याएको छ । यो रकमबाट खर्च गर्ने गरी डिपीआर बनाउने काम अन्तिम चरणमा पुगेको भौतीक पुर्बाधार बिकास मन्त्रालयले जनाएको छ । उपमहानगरपालिका क्षेत्रको सडकलाई शहरी सडकका रुपमा अगाडि बढाउने गरी प्रदेश सरकार अगाढी बढेको हो । हेटौंडा क्षेत्रमा पर्ने राजमार्गलाई बैकल्पिक ब्याबस्था गर्नका लागि संघिय सरकारलाई अनुरोध गर्ने गरी तत्काल पठाईने मन्त्री परिषद् श्रोतले जनाएको छ । शहरी राजमार्गका रुपमा बिकाश गरेपछि हेटौंडा क्षेत्रमा पर्ने पुर्ब पस्चिम राजमार्ग, त्रिभुवन राजपथ सडकको दायाँ बायाँ २५ मिटर भत्काउने भनेर सडक डिभीजन कार्यालय हेटौंडाले यसअघि सुचना जारी गर्दै आएको काम पनि ओझेलमा परेकोे छ । यसैगरी मन्त्री परिषद् बैठकले बहुप्राबिधिक महाबिद्यालय स्थापना गर्नका लागि जग्गा प्राप्तीका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रबक्ता कैलाशप्रसाद ढुंगेलले बताए । सिन्धुपाल्चोकको चौतारामा निर्माण गर्नका लागि यो अनुरोध प्रदेश सरकारले गर्न लागेको हो । त्यसैगरी, प्रदेशको संगठन संरचना र दरबन्दीको तेरिस स्वीकृती गर्ने सम्बन्धमा पनि निर्णय भएको बताए ।
कामना सेवा विकास बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सेवा आदान प्रदान गर्ने गरि भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लाईफ इन्स्योरेन्स कर्पोरेशनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले साे पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशनको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जानकारी दिएको छ । हाल बैंकको देशभरि ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस् व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
पाँचथर पावरको आईपीओ १३ गतेदेखि, १२ बर्षमै ब्याजसहित लगानी फिर्ताको प्रक्षेपण
काठमाडौं । पाँचथर पावर कम्पनीको साधारण शेयर फागुन १३ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीको १७ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित तथा स्थानीयवासीका लागि खुल्ला हुन लागेको हो । उक्त शेयर अंकित मूल्य रु १०० मा बिक्री हुनेछ । उक्त कम्पनीले यसअघि स्थानीयवासीलाई ९ लाख कित्ता शेयर जारी गरेकोमा ७ लाख ८७ हजार कित्ता शेयर बिक्री नभएकोमा सो समेत थप गरि उक्त परिमाणमा शेयर बिक्री गर्न लागिएको हो । यसअघि सर्बसाधारणका लागि ९ लाख ६२ हजार कित्ता मात्र शेयर छुट्याइएको थियो । कम्पनीले आईपीओ निष्कासनका लागि आईपीओ ग्रेड ४ पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको देखाउँछ । कम्पनीको डिस्काउन्टेड पेब्याक अवधि करिब ११.९९ बर्ष प्रक्षेपण गरिएको छ ।
२ वर्षभित्र बागमतीमा नुहाउन पाइने, मन्त्रीले भने-‘नत्र कारबाही हुन्छ’
काठमाडौं । आगामी २ वर्षभित्र बागमती नदी नुहाउन योग्य हुने भएको छ । बागमती सभ्यता एकीकृत विकास समितिले आगामी २ वर्षभित्र बागमति नदीलाई नुहाउन योग्य बनाउने प्रतिवद्धता जनाएको हो । आइतबारको बैठकमा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाग्मती सभ्यता एकीकृत विकास समितिलाई बोलाएर २ वर्षभित्र बागमती नदीलाई नुहाउन योग्य बनाउन निर्देशन दिए । मन्त्री राईले समय तोकेर कार्यायोजना ल्याउन निर्देशन दिँदै भने–‘२ वर्षभित्र बागमतिमा नुहाउन सक्नुपर्छ, कहाँ कहाँ र कतिवटा ट्रिटमेन्ट प्लान्ट राख्ने हो, त्यसको योजना बनाउनुस, नत्र अब सहेर बस्न सकिन्न ।’ उनले तत्काल ठोस योजना बनाएर पेश नगरे समितिका पदाधिकारीहरुलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् । उनले अगाडी थपे,‘बाग्मतीको पानी पिउन योग्न बनाउन समय लाग्ला तर नुहाउन योग्य बनाउने गरी कार्यायोजना ल्याउनुहोस्, मैले कहाँ गएर कुन मन्त्रालयसँग समन्वय गर्नुपर्छ त्यो गर्न म तयार छु ।’ मन्त्री राईले पहुँच र शक्तिकेन्द्रको प्रभावमा भन्दा पनि आवश्यकता र प्राथमिकताका आधारमा बाग्मती आयोजनाको काम अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिए । बाग्मती लगायतका नदीको सफाईमा लामो समयदेखी अहाेरात्र खटिएका अभियन्तासँग समन्वय गरेर आवश्यकताका आधारमा बजेटको कार्यक्रम तय गर्न ध्यानाकर्षण गराउँदै मन्त्री राईले बाग्मतीका नाममा कसैले पनि राजनीति गर्न नहुने बताए । बैठकमा शहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिहंले सबै पक्षको समन्वयले बाग्मती सफाई अभियानले ३ सय हप्ता पार गरेको भन्दै यसलाई मुर्तरुप दिन आफ्नो मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्ने बताए ।
शिवम् सिमेन्टको आईपीओ सोमबारदेखि, १५ हजारदेखि १७ कराेडसम्म लगानीकाे अवसर
काठमाडौं । शिवम् सिमेन्टको आईपीओ आज (सोमबार) देखि खुल्ला भएको छ । शिवमको ४६ लाख ७९ हजार कित्ता शेयर स्थानीयवासी तथा सर्वसाधारणका लागि खुल्ला गरिएको हो । सर्वसाधारणका लागि ३०० रुपैंया मूल्यमा ४१ लाख २० हजार कित्ता र २०० रुपैंया दरका ५ लाख ७९ हजार कित्ता शेयर स्थानीयवासीका लागि खुल्ला गरेको हो । शिवमले कुल ५० लाख कित्ता शेयरका लागि स्वीकृति पाएकोमा करिब ३ लाख ८० हजार कित्ता शेयर भने बिक्री भइसकेको छ । उक्त शेयरका लागि न्युनतम ५० कित्तादेखि अधिकतम ५ लाख ७९ हजार ६४० कित्तासम्म आवेदन दिन सकिने शिवम् सिमेन्टस्ले जनाएको छ । जसका लागि न्यूनतम ५ लाखदेखि अधिकतम १७ करोड ३८ लाख ९२ हजार रुपैंयासम्म खर्च गर्न सकिन्छ । उक्त शेयर सी–आस्वा प्रणालीमार्फत् आफ्नो शाखा रहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखामार्फत् आवेदन गर्न सकिन्छ । उक्त सिमेन्टको आईपीओका लागि सिद्धार्थ क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक रहेकोमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सीआईबीएल क्यापिटलले शेयरको बिक्री सुनिश्चितताको प्रत्याभूति गरेका छन् । शिवम्ले निष्कासन गरिएको सुरुको दिनदेखि नै संस्थागत लगानीकर्तालाई समेत आवेदन खुल्ला गरेको छ । उक्त शेयर निष्कासन बन्द हुने मिति छिटाेमा फागुन ९ गते (बिहीबार) र ढिलोमा चैत ५ गते तोकिएको छ ।
गरिमा विकास बैंक चितवनको टाँडी र कञ्चनपुरको महेन्द्रनगरमा, थप ४ शाखा सञ्चालनमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फागुन ५ गते आईतबार चितवनको टाँडी र कञ्चनपुरको महेन्द्रनगर शाखा कार्यालयको उद्घाटन गरेको छ । टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र महेन्द्रनगर शाखा कार्यालयको उद्घाटन भीमदत्त नगरपालिकाकी उपप्रमुख शुशिलाचन्द सिंहले गरेका हुन् । साथै, विकास बैंकले आईतबार नै चितनवको टाँडी र कञ्चनपुरको महेन्द्रनगर संगसंगै नुवकोटको बट्टार, लमजुङ्को बेसीशहर, बाँकेको चप्परगढी र सुर्खेतको बीरेन्द्रनगरमा समेत नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । यस विकास बैंकको हाल देशभर ७२ शाखा कार्यालय सञ्चालनमा रहेका छन् । साथै, निकट भविष्यमा चितवनको मिलनचोक, कास्कीको हेम्जापर्साको वीरगञ्ज र दाङ्गको तुल्सीपुरमा समेत शाखा कार्यालय खोल्दैछ ।