विकासन्युज

अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बीमा सेवा सम्झौता

काठमाडाैं । अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा मेगा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत रभिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने भएको छ ।

आर्थिक रुपान्तरणका लागि ढोका खुल्योः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण सदुपयोग गर्न सबै राजनीतिक दल, प्रवुद्ध वर्ग र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेको औँल्याइन् । ‘तेस्रो निर्वाचन दिवस–२०७५’ को अवसरमा निर्वाचन आयोगद्वारा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक सङ्क्रमणको अन्त्य, संविधानको घोषणा र तीनै तहको निर्वाचन सम्पन्न गरी देशलाई निश्चित दिशा प्रदान गर्न राजनीतिक दल, नागरिक समाज र सबै नेपालीको उत्साहपूर्वक सहभागिता स्मरणीय रहेको उल्लेख गरिन् । मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमद्वारा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लक्ष्य लिएको बताउँदै उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्प, मुलुकको आर्थिक सामाजिक समृद्धिको संवैधानिक मार्गचित्र अनुकूल भएकाले सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई एकबद्ध भएर अघि बढ्न आग्रह गरिन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विसं २०१५ साल फागुन ७ गते आमनिर्वाचन आरम्भ भएको दिनको सम्झनामा निर्वाचन दिवस मनाउन थालिएको जानकारी दिँदै आयोगको कार्य सम्पादनका लागि १० ऐन, आठ नियमावली तथा नीति निर्देशिका र आचारसंहिता रहेको बताए । नेपालको संविधानको सफल कार्यान्यवनका लागि तीन चरणको निर्वाचनपछि ऐतिहासिक सफलता मिलेको बताउँदै उनले नेपाली जनतालाई समृद्ध बनाएर सुखी नेपाली बनाउन मुलुक अग्रसर रहेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा निर्वाचन आयुक्त इला शर्माले प्रजातन्त्र दिवसका अवसरमा निर्वाचन दिवस मनाउन पाउँदा यसको महत्व अझ बढेको उल्लेख गर्दै निर्वाचन स्वतन्त्र र मर्यादित बनाउन आयोगले रणनीतिक योजना निर्माण गरी सुधारका काम गरिरहेको जानकारी दिए । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा, पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत उच्च पदस्थ कर्मचारी, सुरक्षा प्रमुख, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता थियो । रासस

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा प्रदेश ५ नं.काे ट्राफिक प्रहरी कार्यालयलाई सहयोग

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई सहयोग गरेको छ । बैंकले ११ औं बर्ष प्रवेशकोे अवसरमा सडक दुर्घटना न्युनिकरण गर्न ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवललाई सडक स्पीड ब्रेकर तथा कोन हस्तान्तरण गरेको हो । बैंकका संस्थापक अध्यक्ष थानेश्वर पौडेल, सञ्चालक मोहन चापागाई, संस्थापक सञ्चालक श्रीकृष्ण पोखरेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दलाई स्पीड ब्रेकर तथा कोन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक चन्दले बुटवल भैरहवा सडक ६ लेण्डको सडक भएपनि सबै ठाउमा आकाशेपुल नभएकाले ठाउ ठाउमा जेब्रा क्रसिङ्गराख्दा दुर्घटना भईरहेकाले यस्ता स्पीड ब्रेकर दुर्घटना न्युनिकरणका लागि पहिलो उपाय भएको बताए । स्थानीय समाजसेबि तथा पुर्व वडाअध्यक्ष होम बहादुर गलामीले कालिकानगर क्षेत्रमा दुर्घटना बढेपछी सहयोगीहरु खोजी भइरहेको अवस्थामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफै सडक स्पीड ब्रेकर व्यवस्थापनका लागि सहयोग गरेका छन् । सो अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नारा अवलम्वन गरेको बैकले स्थानीय क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ भनि दुर्घटना न्युनिकरणका लागि स्पीड ब्रेकर हस्तान्तरण गरेको बताए । .

प्रधानमन्त्री ओलीले भने-यही सरकारले पश्चिम सेती निर्माण गर्छ

अमरगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत् आयोजना यसै सरकारको पालामा निर्माण हुने बताएका छन् । नेपाल विद्युत् प्राधिकरण स्याउले १३२/३३/१२१ केभी सबस्टेशन उद्घाटन गर्न डडेल्धुरा अमरगढी नगरपालिका–१ दूधकाँडेमा पुग्नुभएका प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमा विधुतीकरण, सडक यातायात, शिक्षा बेरोजगारजस्ता समस्या समाधान गर्ने बताए । डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्ला भारतसँग जोडिएका क्षेत्रमा पक्की पुल हुने ठाउँमा पक्की पुल बनाउने, सम्भावना भएका ठाउँमा झोलुङ्गे पुल र पक्की तथा झोलुङ्गे पुलको सम्भावना नभएका स्थानमा तुइन विस्थापित गर्दै केबुलकार सञ्चालन गरिने प्रधानमन्त्री ओलीले बताए । उनले भने, “सरकारले बेरोजगारिताको अभियानका लगि केही भत्ता दिनेजस्ता काम गरिरहेका छौँ ।” सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा निर्माणमन्त्री रघुवीर महासेठ, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधर विकासमन्त्री पठानसिंह बोहरा र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति थियो । रासस

छायाँ सेन्टरको पत्रकार सम्मेलनमा स्थानीयवासीको अवरोध, झण्डै कुटाकुट

काठमाडौ । ठमेलको छायाँ सेन्टरले आयोजना गरेको कार्यक्रममा स्थानीयबासीले चर्को आक्रोश व्यक्त गरेका छन् । सार्वजनीक पोखरी मासेर कम्प्लेक्स बनाएको भन्दै स्थानीयबासीले कार्यक्रम स्थलमै विरोध जनाएका हुन् । करीब ५ जनाको समूहमा आएका स्थानीयबासीले चर्को स्वरमा असहमतिका भाषा प्रयोग गरेका थिए । सोही समूहका एक जनाले भने- पोखरी मासेर छायादेवी बनाउने भए कुनै दिन रानीपोखरी नै मासेर मायादेवी बनाएको पनि सर्वसाधारणले टुलुटुलु हेरेर बस्न बाध्य हुने दिन आउन सक्छ । चरम निराशामा रहेको जस्तो देखीने उनीहरुले आफूहरु माथि भौतिक आक्रमण नै भएपनि विरोध गर्न नछाडने जनाएका थिए । यसरी कार्यक्रममा छाँया सेन्टरका प्रबन्ध निर्देशक महेश श्रेष्ठले आफूहरु कानुनी रुपमा सही रहेको कुरा व्यक्त गरेपश्चात स्थानीयले यस्तो हर्कत देखाएका हुन् । उनीहरुले त्यहाँको पोखरी व्यक्तीगत सम्पती हुनै नसक्ने र सो प्रमाण आफूहरुसँग रहेको भन्दै पुस्तकको समेत प्रदर्शन गरेका थिए । यस किसीमले आफना असहमति राखेपछि सो समूह नारावाजी गर्दै कार्यक्रम स्थलबाट बाहीरीएका थिए । नाराबाजीको आशयपनि छाँयादेवीले सार्वजनिक जग्गा हडप्न नपाउने भन्नेमा नै केन्द्रीत रहेको थियो । यसरी स्थानीयले चर्का स्वरमा हल्ला गरेपछि छाँया सेन्टरका प्रबन्ध निर्देशकले आफूहरुलाई हल्ला र आक्रोशले भन्दापनि अदालती कागजमा दोषी प्रमाणीत नभएकाले बखेडा उत्पन्न गरेर केही फरक नपर्ने मत जाहेर गरे । लगानी खुलासा गर्नबाट तर्कियो छाँया सेन्टर छाँया सेन्टरले आफ्नो सेयर लगानी क कसले, कुन प्रकृयामा कति राखेको जस्ता कुरा पारादर्शी बनाउनबाट तर्किएको पाईन्छ । पत्रकार सम्मेलनमा सो कुराको माग हुदा छाँया कम्प्लेक्सले त्यसको बे वास्ता गरेको थियो ।

गर्मीयामसँगै कोका कोलाको नयाँ अफर, स्प्राईट पिउँदा १० हजारसम्मको रिचार्ज

काठमाडौं । पेय पदार्थ उत्पादक कम्पनी कोकाकोला नेपालले “स्प्राईट डबल डोज, रिफ्रेस् पनि रिचार्ज पनि” नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । उक्त पेय कम्पनीले लेमोन र लाइम स्वादका उत्पादन स्प्राईटले उपभोक्ता माँझ पुगेर  रिफ्रेस् बनाउने उद्देश्यले यस क्याम्पेन सार्वजनिक गरिएको हो । प्रत्येक दिन रु १० रुपैयादेखि १० हजारसम्मको रिचार्ज र सामसुङ ग्यालेक्सी नोट ९ पाइने व्यवस्था रहेको छ । यस क्याम्पेनमा ग्राहकहरुले कोका–कोला ब्राण्डका स्प्राईट, कोका–कोला, फान्टा लेमन, फान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल (आरजीबी) किनेर सहभागी हुन सक्ने जनाएका छन् । स्प्राईटले यस अभियानको टिभीसीमा सार्वजनिक गरेको छ । टिभी कमरसीयलमा स्प्राईटका ब्राण्ड एम्बेस्डर अनमोल के.सी., अभिनेत्री सुपुष्पा भट्ट र युट्यूबर जिबेश गुरुङ रहेका छन् । टिभीसीमा अनमोल प्रचण्ड गर्मीमा कलेजको क्यान्टीनमा बसेर स्प्राईटको आनन्द लिइरहेका हुन्छन् । टिभीसीमा देखाए जस्तै ग्राहकहरुले स्प्राईट खाएर रिफ्रेस हुनुका साथै आफ्नो फोनमा रिचार्ज गर्न पनि सक्नेछन् । उक्त योजना ३१ मार्च २०१९ सम्म मात्र लागु हुनेछ आयोजकले जानकारी दिएका छन् । उक्त क्यापेनमा प्रोमोस्नल क्रियाकलाप, ग्राउन्ड एक्टीभेसन हुनेछन् ,साथै राष्ट्रिय दैनिक पत्रिका र अनलाइनमा विजेताहरुको नाम घोषणा गरिनेछ । यस अफरमा सहभागी हुन ग्राहकहरुले बिर्कोको तल्लो भागमा रहेको ८ अंकको युनिक कोड ३६७६८ मा एसएमएस गर्नुपर्नेछ ।

बैंकलाई ब्रोकर लाइसेन्स नदिए देशभर तत्काल २५० शाखा खोल्छौं : भरत रानाभाट

काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएशनका अध्यक्ष भरत रानाभाटले ब्रोकरहरु तत्काल देशभर २५० ओटा शाखा खोल्न तयार भएको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै रानाभाटले बैंकलाई लाइसेन्स दिने निर्णय गरेर पुँजी बजार तहसनहस बनाउन खोजिएको भन्दै त्यो निर्णय खारेज गर्न माग गर्दै त्यसो गरिए आफूहरुले देशभर २५० स्थानमा शाखा खोलेर सेवा दिन तयार रहेको बताएका हुन् । रानाभाटले बैंकर र व्यापारी एउटै भएकोले मुद्रा बजारमा समस्यामा परेको भन्दै ब्रोकर र कारोबार हुने कम्पनी एउटै हुँदा यसले पुँजी बजारमा इन्साइडर ट्रेडिङ बढाउने भन्दै अन्ततः यसले पुँजी बजारमा तहसनहस बनाउने दाबी गरेका हुन् । ‘मुद्रा बजार र पुँजी बजार दुवै पुँजी परिचालनका साधन हुन्, अहिले मुद्रा बजार समस्यामा छ, पुँजी बजारलाई पनि समस्यामा पारेर अर्थतन्त्रलाई नै तहसनहस बनाउने प्रयास भइरहेको छ । बैंकलाई ब्रोकर लाइसेन्स दिँदा उनीहरुकै शेयर कारोबार आफैं गर्ने भएकोले यसले इन्साइडर ट्रेडिङलाई बढावा ।’ – उनले भने । अर्थ समितिले मंगलबार पुँजीबजारको विद्यमान समस्या समाधान गर्ने सम्बन्धमा सरोकारबालाहरुसँग छलफल आयोजना गरेको थियो । उक्त कार्यक्रममा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले सरकारले मुद्राबजार तथा पुँजीबजारको समस्या समाधान गर्न समिति गठन गरेर सुझाव बुझाए पनि ५८ बुँदामध्ये पुँजी बजारको सम्बन्धमा शेयर मार्जिन कर्जाको सीमा बढाउने र जोखिम भार घटाउने कामबाहेक केही नगरेको गुनासाे गरे । राैनियारले पुँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याए पनि त्यो अन्तिम हो कि होइन भन्नेबारे केही निर्णय नभएकोले अन्यौलता छाएको बताए । उनले तत्काल बैंकलाई ब्रोकर लाइसेन्स दिन समेत माग गरे । पुँजीबजार दबाव समूहका अध्यक्ष हरि ढकालले १० वर्ष अघिको इन्डेक्स र हिजोको इन्डेक्स बराबर रहेको भन्दै यसले देशको विकासको संकेत नगर्ने बताए । नेप्सेप्रति लक्षित गर्दै उनले एकैदिन ५० प्रतिशत मूल्य घटाउदा समेत कारबाही नभएको आरोप लगाए । त्यस्तै, नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष ध्रुव तिमिल्सिनाले नेपालमा १५ लाख भन्दा बढी डिम्याट खाता रहेको र जनसंख्याका आधारमा यो संख्या भारतको भन्दा बढी भएको भन्दै उचित शिक्षाको अभावले नेपाली पुँजीबजारको विकास हुन नसकेको बताए । पुँजीबजारको विज्ञका रुपमा आमन्त्रण गरिएका गोपाल भट्टले पुँजी बजारको सूचकमा कुनै समस्या नरहेको भन्दै नियामक निकाय र सरकारमा रहेका व्यक्तिहरुको अनावश्यक अभिव्यक्तिका कारण पुँजी बजारमा पछिल्लो उतारचढाव आएको दाबी गरे । नेपाल स्टक एक्सचञ्जका अध्यक्ष चन्द्रसिंह साउदले भने हाल बजारको कुल कारोबारको १२ प्रतिशत हिस्सा अनलाइन ट्रेडिङको भएको भन्दै उपत्यकाबाहिर अनलाइन काराेबारको क्रेज बढ्दै गएको बताए ।

लुम्विनी विकास बैंकद्धारा इनेवल नेपाललाई आर्थिक सहयोग

काठमाडौं । लुम्विनी विकास बैंकले इनेवल नेपाललाई १ लाख सहयोग गरेको छ । काठमाडौंको सिनामंगल स्थित इनेवल नेपालद्धारा सञ्चालित कूहिनाभन्दा तलको हातन भएका १६ वर्ष मूनीका वालवालिकाहरुलाई क्यानेडियन प्रविधिको थ्रिडी प्रिन्टेड हात निःशुल्क वितरण गर्न १ लाख सहयोग गरेको हुन्र । बैंकका प्रमूख कार्यकारी अधिकृत नरेशसिंह बोहरा तथा मूख्य व्यवस्थापक हरिकृष्ण सुवेदीले संयुक्त रुपमा इनेवल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठलाईरु १ लाख चेक मार्फत हस्तारन्तरण गरेका थिए । यस किसिमको थ्रिडी प्रिन्टेड हातवाट वालवालिकाले व्यायाम गर्ने, समात्ने, वोक्ने, साईकल चलाउने लगायतका कार्यहरु गर्ने सक्ने इनेवल नेपालले जानकारी दिएका छन् । उक्त रकम हस्तान्तरण गर्दै बैंकका प्रमूख कार्यकारी अधिकृत नरेशसिंह बोहराले लुम्बिनी विकास बैंकले मानवीय पूनित कार्यमा समर्पित यस किसिममा विभिन्न सामाजिक सं संस्थाहरुलाई सहयोग एवं सेवा पुर्याउने बताए ।