नुवाकोट आदिवासी महोत्सव फागुन १६ देखि, साकुरा नेपालले सहप्रायोजन गर्ने
काठमाडौँ । प्रथम नुवाकोट आदिवासी महोत्सव २०७५ को सहप्रायोजन साकुरा नेपाल कन्सल्टेन्सीले गर्ने सम्झौता भएको छ। काठमाडौं, सामाखुशी चोक स्थित साकुरा नेपाल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठ र आदिवासी जनजाति महासंघ नुवाकोटका सचिव बुद्धिबहादुर तामाङबीच सह प्रायोजकको निम्ति सम्झौता भएको आर्थिक उपसमितिका सदस्य प्रकाश लामाले जानकारी दिए । पर्यटन, उद्योग, व्यापार, कृषिमा बिकास गरी आर्थिक समृद्धिका साथ स्वावलम्बन, प्रथम नुवाकोट आदिवासी महोत्सव लोपोन्मूख भाषा, सांस्कृतिक भेषभुषा, संस्थागत संरक्षण र जातीय पहिचान भन्ने मूल नारा सहित २०७५ फागुन १६ देखि २६ गतेसम्म नुवाकोटको व्यापारिक केन्द्र बट्टार बजारमा हुदैछ । महोत्सव साँस्कृतिक एवं व्यापरिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ।
फास्ट ट्रयाकको डीपीआरमा सेनाले पठायो सुझाव, बुदुनेमा ‘इन्टर सेक्सन’, खोकनामा ‘जिरो किलो’
काठमाडौं । काठमाडौं निजगढ फास्ट ट्रयाकको डीपीआर माथी नेपाली सेनाले सुझाव दिएको छ । कोरियाली कम्पनी सुसुङले तयार पारेको डीपीआरको प्रारम्भिक रिपोर्टमा नेपाली सेनाले आवश्यक सुझाव दिएको हो । सुसुङले तयार पारेको डीपीआर रिपोर्टमा मकवानपुरको बुदुनेमा इन्टर सेक्सन राख्न प्रस्ताव गरिएको छ । यस अघि मकवानपुरकै राजदमार र ललितपुरको महादेवटारमा समेत इन्टर सेक्सन राख्न स्थानीयले माग गरेका थिए । सुसुङले बुदुनेमै इन्टर सेक्सन राख्नुपर्ने प्रतिवेदन तयार पारेको हो । धरान चतरा हेटौँडा सडक र फास्ट ट्रयाकको मिलन बिन्दुका रुपमा रहेको बुदुनेमै इन्टर सेक्सन पक्का भएको हो । धरान र हेटौँडाबाट आएका सवारी साधनहरु बुदुनेबाटै फास्ट ट्रयाकमा प्रवेश गरेर काठमाडौं आउनेछन् । त्यस्तै, अब फास्ट ट्रयाकको काठमाडौं तर्फको प्रस्थान विन्दु पनि खोकना नै हुने भएको छ । भौतिक मन्त्रालयले खोकनालाई नै काठमाडौं तर्फको फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकना नै बनाउने निर्णय गरेको हो । त्यस्तै, अब सुरुङको संख्या पनि थपिने भएको छ । एडीबीले प्रस्ताव गरेको महादेव डाँडाँ धेद्रेको १.३७ किलोमिटरको साटो ३.३ किलोमिटरको सुरुङ निर्माण हुनेछ । त्यस्तै, धेद्रे खोला देखि जितपुर खोलामा अर्काे १.३७ किलोमिटरको सुरुङ निर्माण हुनेछ । तेश्रो सुरुङ भने जितपुर खोला देखि बाँदरे खोलासम्म १.४ किलोमिटरको निर्माण हुनेछ । ३ वटा सुरुङहरुको कुल लम्बाई ६.०७ किलोमिटर हुनेछ । सुरुङहरु ११ मिटर चौँडाई र ५.५ मिटर उचाईको हुनेछन् ।आगामी एक साता भित्र डीपीआर तयार हुने सेनाको ड्रईङ एण्ड डिजाइन विभाग प्रमुख सरदलाल श्रेष्ठले जानकारी दिए । भिडियाे
नक्कले भुवनको ‘ओई नक्कली’ बजारमा
काठमाडौं । उदियमान मोडल भुवन श्रेष्ठको नयाँ भिडियो बजारमा आएको छ । चकलेटी लुक्सका भुवनको नयाँ भिडियो बजारमा आएको हो । ओई नक्कली बोलको गीतमा भुवनले आफ्नो कलाकारिता देखाएका छन् । भ्यालेन्टाइन्स डेको अवसर पारेर बजारमा आएको गीतको भिडियोमा बवुल गिरीको शब्द तथा संगीत र एरेन्ज रहेको छ । गितलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन । म्युजिक भिडियोमा रोहित शर्मा को छायाँकन, मिलन विश्वकर्माको सम्पादन र संगीत सागरको निर्देशन रहेको छ । उक्तगीतमा भुबन श्रेष्ठ , करिष्मा श्रेष्ठ , अभि सुनारको फिचरिङ रहेको छ । चकलेटी लुक्सका कारण पछिल्लो समय भुवनलाई नयाँ पुस्ताका आशा लाग्दा मोडलका रुपमा समेत हेर्न थालिएको छ । युवा पुस्तामाझ लोकप्रिय बन्दै गएका भुवनले नयाँ नयाँ म्युजीक भिडियोका लागि अफर आउने क्रम बढेको पनि बताए ।
वीरगञ्ज आसपासका ३० व्यापारी माथि राजश्व अनुसन्धानको छानविन, को को परे ?
काठमाडौं । व्यापारीक नाका वीरगञ्जलाई केन्द्र बनाएर व्यवसायी सञ्चालन गरिरहेका ३० जना व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले छानविन थालेको छ । विभागले झुठा विवरण तथा नक्कली बिजक जारी गरेर राजश्व छलेको भन्दै छानविन अघि बढाएको हो । प्रारम्भिक छानविनमा राजश्व छलेको प्रमाण भेटिएपछि विभागले कार्यालयमा उपस्थित हुन पत्र काटेको थियो । तर व्यवसायीहरु सम्पर्कमा नआएपछि विभागले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचनै प्रकाशित गरेको छ । अबको ७ दिनभित्र पनि ती व्यवसायीहरु विभागमा उपस्थित नभएमा सिधै अदालतमा मुद्दा दायर गर्ने विभागको तयारी छ । विभागले ७ दिने म्याद दिएका ३३ व्यवसायीमध्ये ३० जना बारा र पर्सा जिल्लाका छन् । बाँकी ३ जना भने सर्लाही जिल्लाका छन् । नेपालको प्रमुख भन्सार नाका बिरगञ्ज आसपासका ती व्यवसायीले झुठा विवरण तथा नक्कली बिजक मार्फत अरबौं राजश्व छलेको विभागका एक अधिकारीले जानकारी दिए । अबको ७ दिनभित्र हाजिर नभएमा उनीहरु माथि राजश्व चुहावटको मुद्दा दायर हुनेछ । विभागले ती फर्मका मालिकहरुको ३ पुस्ते विवरण नै सार्वजनिक गरिदिएको छ । प्रधानमन्त्री कार्यालय मातहत ल्याएर सहसचिव दीर्घराज मैनालीले जिम्मेवारी सम्हालेपछि विभागको सक्रियता बढेको देखिन्छ । यसअघि पनि विभागले राजश्व छली तथा हुण्डी कारोबारमा संलग्न दर्जनौंलाई अर्बाैँ विगो दावीसहित मुद्दा दायर गरिसकेको छ ।
लण्डनमा नेपाल विकास सम्मेलन, बेलायती लगानीकर्तालाई अर्थमन्त्रीको ‘ब्रिफिङ’
काठमाडौं । बेलायतको राजधानीमा लण्डनमा नेपाल विकास सम्मेलनको आयोजना गरिएको छ । चैत १५ र १६ नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलनबारे बेलायती लगानीकर्तालाई ब्रिफिङ गर्न नेपाल विकास सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनलाई अर्थमन्त्री डा. युवराज खतिवडाले बिशेष सम्बोधन गर्नेछन् । फागुन १० गते आयोजना हुने नेपाल विकास सम्मेलनमा वेलायती लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने तथा बिशेष आव्हान गर्ने कार्यक्रम रहेको छ । नेपाली दुतावासले आयोजना गरेको सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले नेपालले वैदेशिक लगानी प्रवद्र्धनका लागि हालसम्म गरेका प्रयास, अब हुने नीतिगत सुधार तथा उपलब्ध लगानीका क्षेत्रबारेमा बिशेष सम्बोधन गर्नेछन् । साथै, डा. खतिवडाले गैर आवासीय नेपाली सघ, वेलायत र नेपाल वेलायत चेम्वर अफ कमर्शको कार्यक्रमहरुमा सम्बोधन गर्ने कार्यक्रम तय भएको अर्थमन्त्रालयले जनाएको छ । नेपाली राजदूतावासमा आयोजना हुने सम्मेलनमा वेलायत सरकारको अन्तराष्ट्रिय सहयोग विभाग र काठमाडौंस्थित वन टु वाच संस्थाको समेत सहकार्य रहनेछ । सम्मेलनमा वेलायती संसदका तीन जना माननीय सांसदहरु, काठमाडौंस्थित वेलायती सहयोग नियोगका प्रमुख रुरिक मार्सडेन, वेलायत सरकारका अन्तराष्ट्रिय व्यापार विभागका उप निर्देशक इण्डी म्याक कोब्रेयले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तनहुँ हाइड्रोले तोड्यो सिएमसीसँगको ठेक्का
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडले इटालीको ठेकेदार सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ । तोकिएको समयमा ठेकेदार काम गर्न नआएपछि आयोजनाले ठेक्का सम्झौता तोडेको हो । “हो हामीले ठेक्का सम्झौता तोडिएको भनेर सिएमसीलाई आज पत्राचार गरेका छौँ,” प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले भने, “तोकिएको समयमा ठेकेदार नआएपछि हामीले ठेक्का सम्झौता तोडिएको पत्र पठाएका हौँ ।” कूल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि कम्पनीले गत असोज १५ गते निर्माण व्यवसायी छनोट गरेको थियो । आयोजनाको नदी फर्काउने, बाँध लगायतका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको थियो । आयोजनाले ठेकेदार कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाखमा खरीद सम्झौता गरेको थियो । सिएमसीसँगको ठेक्का सम्झौता तोडिएपछि नयाँ प्रक्रियाबाट ठेकेदार छनोटको काम अगाडि बढ्ने प्रबन्ध सञ्चालक थिकेले जानकारी दिए । लगानीकर्ता एशियाली विकास बैंक र युरोपियन इन्भेस्ट बैंक लगायतका निकायसँग आवश्यक छलफल र परामर्शपछि उपयुक्त निर्णय लिइने उहाँको भनाइ छ । सिएमसीले रु एक अर्ब ९७ करोड धरौटी राखेको थियो । कार्यसम्पादन करार सम्झौताबमोजिम जमानत जफत गर्ने प्रक्रियासमेत अगाडि बढ्ने बताइएको छ । ठेक्का सम्झौता तोडिएपछि आयोजनाको काम थप एक वर्ष ढिला हुने देखिएको छ । “हामी अहिल्यै यत्ति नै ढिला हुन्छ भनेर भन्ने अवस्थामा छैनौँ, छलफलपछि मात्रै के कति समय थप हुन्छ सो बारेमा निर्णय हुन्छ । हामी छलफलमा नै छौँ,” प्रबन्ध सञ्चालक थिकेले भने । आयोजनाले गत साउन ७ गते बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि आउन पत्राचार गरेको थियो । दुवै कम्पनीले साउन ८ गते पत्र बुझेका थिए । पत्र बुझेको २८ दिनभित्र कम्पनीले कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि उपस्थित भएका थिए । खरीद सम्झौता भएको दुई महीनापछि निर्माण शुरु गर्ने र सम्पूर्ण निर्माण डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य राखिएको थियो । आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ ।
१३२ केभी क्षमताको स्याउले सबस्टेशन सञ्चालनमा, सुदूरपश्चिम प्रदेशमा विद्युत् सहज हुने
काठमाडौँ । डडेलधुराको स्याउलेमा १३२ केभी क्षमताको सबस्टेशन सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमरगढी नगरपालिका–१ दूधकाँडेमा सरकारको लगानीमा निर्माण भएको १३२/३३ केभी सबस्टेशनको उद्घाटन गर्नुभएपछि सुदूरपश्चिम प्रदेशमा निर्माण हुने विद्युत् आयोजनाको विद्युत् वितरण तथा केन्द्रीय प्रसारण प्रणालीमा जोड्नसमेत सहज भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् सोही सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार तयार भएको छ । यसले त्यस क्षेत्रको विद्युत् विकासका लागि सहज वातावरण बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । दार्चुलास्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको विद्युत् स्याउले सबस्टेशनबाटै डडेलधुरा, बझाङ, दार्जुला, डोटी, वैतडी र अछाममा वितरण हुने गरी व्यवस्था मिलाइएको छ । यसअघि प्राधिकरणले चमेलियाको विद्युत् दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्याई फेरि करीब १०० किलोमिटर ३३ केभी फिडरमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्याउले सबस्टेशन सञ्चालनमा आएपछि सुदूपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत् प्रवाहको गुणस्तरलाई पनि बढाएको बताए । “स्याउले सबस्टेशन निर्माण हुनुभन्दा पहिला अत्तरिया सबस्टेशनबाट पहाडी जिल्लामा ३३ केभी फिडरमार्फत विद्युत् वितरण गरिन्थ्यो, जसले गर्दा कुनै एक ठाउँमा फल्ट भए पनि सबै जिल्ला अन्धकारमा बस्नुपर्ने बाध्यता थियो”, घिसिङले भने, “सो सबस्टेशनबाट विद्युत् आपूर्ति हुन थालेपछि त्यस्तो अवस्था हटेको छ । त्यस क्षेत्रको विद्युत् प्रवाहको गुणस्तर तथा विश्वसनीयता पनि पहिलाभन्दा मजबुत भएको छ ।” कूल ३० मेगावाट क्षमताको चमेलिया र नौगाड जलविद्युत् केन्द्रबाट उत्पादन भएको आठ मेगावाट गरी कूल ३८ मेगावाट विद्युत् मध्येबाट स्याउले सबस्टेशनमार्फत करीब १२ लाख उपभोक्तालाई नियमित र भरपर्दो विद्युत् आपूर्ति गरी बाँकी केन्द्रिय प्रणालीमा प्रवाह भइरहेको उनको भनाइ छ । सबस्टेशन अहिले आफ्नो क्षमताको करीब ३० प्रतिशत मात्रै सञ्चालनमा आएकाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खुल्ने उद्योगलाई पर्याप्त मात्रामा विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ । यसले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विकास तथा आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । अत्तरिया–डडेलधुरा–दीपायल ३३ केभी प्रसारण लाइनमार्फत डडेलधुरा र डोटीको दीपायलमा भएका ३३/११ केभीका सबस्टेशनमार्फत विद्युत्लाई ११ केभीमा परिणत गरी वितरण हुँदै आएको थियो । प्राधिकरणले डडेलधुराबाट बैतडी हुँदै दार्चुलासम्म र डडेलधुराबाट दीपायल हुँदै अछामसम्म विद्युत् आपूर्ति गर्दै आएको छ । सबस्टेशनको निर्माण आर्थिक वर्ष ०७२/७३ मा शुरु गरिएको थियो । प्रसारण लाइनको निर्माणका लागि २०७२ पुस ८ मा इस्ट इण्डिया उद्योग/वाइबा इन्फ्राटेक जेभीसँग ठेक्का सम्भौता भएको थियो । कम्पनीले ८ असार २०७५ सालमा निर्माण सकी सबस्टेशन सञ्चालनमा ल्याएको हो । जग्गाको मुआब्जा, नेपाल सरकारको ऋणको ब्याज र आयोजनाको प्रशासिनक खर्चसमेत गरी सबस्टेशन ४५ करोडमा निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । रासस
जनजागरण पुस्तकालय र रिड नेपालबीच अपांगता समावेसी विपद जोखिम न्यूनिकरण गर्ने सम्झौता
काठमाडौं । नुवाकाेटकाे श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र र रिड नेपालबीच नेपालमा अपांगता समावेसी विपद जोखिम न्यूनिकरण प्रवर्धन परियोजनाको सम्झौता भएको छ । मंगलबार स्थानिय जनप्रतिनिधि समुदाय रिड नेपाल र पुस्तकालय व्यवस्थापन समितिको उपस्थितिमा उक्त सम्झौता भएको हो । उक्त परियोजना रिड नेपाल र एएसविको आर्थिक सहयोगमा बन्दै छ । जसको समय अवधि दुुई वर्षको रहेको कार्यक्रममा जनाइएको छ ।