विकासन्युज

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा बुटवल र खैरेनीमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बुटवल र खैरेनीमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुटवल र खैरेनीमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।

एनआईसी एशिया र युनाईटेड इन्स्योरेन्सबीच प्रिमियम भुक्तानी सम्बन्धि सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच प्रिमियम भुक्तानी सम्बन्धि सम्झौता भएको छ । एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् । सम्झौतामा बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछ । सम्झौतासँगै ग्राहकवर्गहरुले छिटो छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम विश्वसनीय र पारदर्शी रुपमा भुक्तानी गर्न सक्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ । बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल १९ लाख ग्राहक रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको जानकारी दिएकाे छ ।

हार्ले डेभिड्सनको इन्ट्रिलेवल मोटरसाइकल नेपालमा, मूल्य २३ देखि २७ लाख रुपैयाँ पर्ने

काठमाडाैं । हार्ले डेभिड्सनको इन्ट्रिलेवल मोटरसाइकल नेपाल भित्रिएको छ। हार्लेको इन्ट्रिलेवल मोटरसाइकल अन्तर्गत स्ट्रीट ७५० र स्ट्रीटरड ७५० नेपाली बजारमा भित्रिएको हो । आइएमई ग्रुपअन्तर्गत आइएमई अटोमोटिभ्सले नाडा अटोशो २०१८ बाट नेपालमा हार्लेको बिक्री वितरण सुरु गरेको थियो। यसअघि कम्पनीले आइरन८८३ र फ्याट व्यय मोटरसाइकल बिक्री गर्दै आइरहेको छ। ७५०सीसी सेग्मेन्टमा यो मोटरसाइकल २ भेरियन्टमा उपलब्ध रहेको छ। स्ट्रीट ७५० र स्ट्रीट रड ७५०। हाल यो मोटरसाइकल किन्न चाहने ग्राहकले बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ। स्ट्रीट ७५० र स्ट्रीट रड ७५०मा लिक्वीड कुल्ड, २ सिलिन्डर, ४भल्भ ७४९सीसी इन्जिन रहेको छ। स्ट्रीट ७५०को इन्जिनले ५९एनएम टर्क तथा ५३बीएच पावर जेनेरेट गर्छ। यस्तै स्ट्रीट रड ७५० को इन्जिनले ६३एनएमटर्क जेनेरेट गर्छ। यी दुवै मोटरसाइकलमा ६स्पीडको गियरबक्स जडान गरिएको छ । स्ट्रीट रड ७५०को लम्बाई २१३१एमएम, सिट हाइट७५६ एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम र ह्वीलवेस १५०८एमएम रहेको छ। स्ट्रीटरड ७५०को फ्रन्टमा ३०० एमएमको डबल र रियरमा २६०एमएमको सिगंल डिस्क ब्रेक रहेको छ। यस्तै स्ट्रीट ७५०को लम्बाई २२१४ एमएम, सिटहाइट ६५२ एमएम, ग्राउन्ड क्लियरेन्स १४४ एमएम र ह्वीलवेस १५१८ एमएम रहेको छ। स्ट्रीट ७५०को फ्रन्टमा २९२एमएम र रियरमा २६०एमएमको डबल क्यालिपर डिस्क ब्रेक रहेको छ । यी मोटरसाइकलमा बेल्ट राइड, आल्मुनियम अलोय ह्वील, टियरड्रप फ्यूल ट्याङक, बार-इन्डमिरर, एनालग स्पीडो मिटर, फ्यूल वार्निङ इन्डिकेटर, लो आयल इन्डिकेटर, पिलियन सिट, इन्जिन किल स्वीच, डिजिटल ट्रिप मिटरजस्ता विशेषता रहेका छन् । स्ट्रीट भर्जन नेपालमा उपलब्ध हार्ले मोटरसाइकलहरु मध्ये सबैभन्दा कम मुल्य को हो । विभिन्न कलर अप्सनमा ग्राहकको चाहाना अनुरुप कम्पनीले मोटरसाइकल भित्र्याउने जनाएको छ भने कलर अनुसार मोटरसाइकलको मूल्य समेत फरक हुनेछ । नेपाली बजारमा भित्रिएको हार्ले स्ट्रीटको सुरुवाति मूल्य २३ लाख र स्ट्रीट रड ७५०को सुरुवाति मूल्य २७ लाख रुपैयाँ रहेको छ ।

विदेशिने मोह : नक्कली कागजातदेखि झुटाे विवाहसम्म

काठमाडौं । विदेशमा पैसाको रुख हुन्छ भन्ने गलत मानसिकता आम युवा जगतमा व्याप्त छ । यहि मानसिकताले वर्षेनी लाखौं युवाहरु विदेशिने क्रम बढ्दाे छ । कतिले विदेशमा गएर कडा मिहेनत गरेर पैसा पनि कमाइ गरेका छन् भने कतिपयले काम नपाएर भौतारिएका उदाहरण प्रशस्त छन् । अझ कतिपय त काम गर्न नसकेर फर्किएका छन् । कति लाशकाे रुपमा बाकसमा प्याक भएर समेत  आउने गरेका छन् । यस्ता उदाहरण हामी माझ प्रशस्त भएपनि विदेशिने युवाहरुको संख्यामा भने कमी आउन सकेको छैन । विदेशमा मात्र होइन, विदेश जान्छु भनेर विदेश जाने प्रक्रिया  गरिरहेका युवाहरु स्वदेशमै पनि ठगिने परिपाटी पछिल्लो समय झन बढ्दै गएको छ । दोलखा घर भएका ३६ वर्षिय राम शर्मा (नाम परिवर्तन) ले दुई वर्ष अगाडी क्यानडा जाने योजना बनाए । वैदेशिक रोजगारको रुपमा तीन वर्ष कतारमा बिताइसकेका उनले फेरी पैसा कमाउन क्यानडा जाने निधो गरे । राम्रो देश जान पाइने भएपछि उनले पैसाको कुनै प्रवाह नगरी साथीको सल्लाहमै एक जना एजेन्टलाई २१ लाख रुपैयाँ बुझाए । २१ लाख रुपैयाँ बुझाएको हालसम्म दुई वर्ष बितिसक्दा पनि न उनको विदेश जाने कुरा टुङ्गो लागेको छ नत उनले पैसा दिएका ऐजेन्ट सम्पर्कमा छन् । अहिले उनले पैसा दिएका एजेन्ट भारतमा बस्दै आएको उनले बिकासन्युजलाई बताए । राम मात्र होइन उनी लहैलहैमा लागेका उनका साथीको पैसा पनि लिएर ति एजेन्ट फरार छन् । यस्तै ताप्लेजुङ्ग घर भएका २६ वर्षिय कान्छा तामाङ (नाम परिवर्तन) को घटना पनि रामको भन्दा फरक छैन । वैदेशिक रोजगारीकै लागि तामाङले पनि एजेन्टलाई २ लाख दश हजार रुपैयाँ दिए । तर पैसा लिएका एजेन्ट पनि सम्पर्कमा छैनन् । उल्टै उनको पासपोर्ट पनि ति एजेन्टले गायब पारे । यी त केही प्रतिनिधि घटनाका पात्रहरु मात्र हुन् । यस्तै एजेन्टबाट ठगिएका, विदेशमा गएर काम नपाएका लगायतका समस्याहरु लिएर दैनिक सयौं मानिसहरु वैदेशिक रोजगार विभागमा धाउने गरेका छन् । पछिल्लो समय अष्ट्रेलिया, युरोप, अमेरिका जस्ता सुविधा सम्पन्न देशमा जानेको लहर चलेसँगै विभागमा ठगीका घटना आउने क्रम पनि बढ्दै गएको हो । सुविधा सम्पन्न देशमा जानकै लागि नक्कली विवाह मात्र होइन घरायसी लेनदेन कारोबारमा पनि वैदेशिक रोजगारीको कागज गर्ने प्रवृति भयावह रहेको विभागले बताएको छ । हाल विभागमा विभिन्न देशमा पठाउने भनेर लाखौं रकम ठगेका मुद्दाहरु पेश भएका छन् । कानुनी प्रक्रिया भन्दा पनि गैर कानुनी माध्यम द्वारारा विदेश जानेहरुका मुद्दाहरु बढी विभागमा आउने गरेका विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले बताए । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार १ सय ७७ वटा व्यक्तिगत उजुरी विभागमा दर्ता भएका छन् । भूषालले दाबी रकम बराबर चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १३ करोड ६६ लाख ६९ हजार ११६ रुपैयाँ जम्मा भएको बताए । यस्तै चालु आर्थिक वर्षको हालसम्म २ सय १५ वटा उजुरी विभागमा आएको भूषालको भनाइ छ । ती मध्ये अदालतमा ९८ वटा मुद्दा दायर भएका छन् । विगोमा दाबी रकम १० करोड ९८ लाख ६१ हजार जम्मा भएको छ । यस्तै गतवर्ष मात्रै विभागमा ८ सय ५५ वटा उजुरीमा २०९ वटा रहेका थिए । त्यसबाट ५६ करोड ११ लाख २९ हजार दावी रकम जम्मा भएको थियो । वैदेशिक रोजगारीका रुपमा कमाउन विदेश जानै परेपनि कानुनी रुपमा कागजात मिलाएर काम गर्नु पर्ने जानकारहरु बताउँछन् ।  वैदेशिक रोजगारका लागि अवैध रुपमा विदेश जाने र समस्यामा पर्दा विभाग धाउने परिपाटी पछिल्लो समय बढ्दै गएको हो ।

सरकारले कुखुरा पालक किसानको समस्यामा ध्यान नदिएको गुनासो

काठमाडौं । कुखुरा पालक किसानका समस्या र व्यवस्थापनको विषयमा सरकारले ध्यान नदिएको सरकारको गुनासो कुखुरा पालक किसान संघ बाराका अध्यक्ष गोविन्द पौडेलले बताए । सरकारले किसान, बजार व्यवस्थापनलाई केन्द्रीत गरि स्पष्ट निति नियम नबनाएको भन्दै धनी कसरी हुने भन्ने जस्तो सोच अधिक मात्रमा भएको मान्छेको जमातमा इन्मादारीता टिकाउन गाह्रो पर्ने अध्यक्ष पौडेलको भनाई छ । उनले भने ‘कुखुरा पालकहरुलाई सरकारले न त ऋण, अनुदान तथा सहुलियत ऋणको व्यवस्था छ ?, यस्ता विविध कारण उत्पादनमा ह्रास आएसँगै कुुखुरा पालक किसान मात्र नभई व्यवसायीमा नै समस्या पैँदा भएको छ ।’ केन्द्रमा बसेर मूल्य निर्धारण गर्दा किसानले मार बेहोर्नु परेको वाराका अध्यक्ष पौडेलले बताए । नेपाल कुखुरा पालक किसान संघ, केन्द्रीय समिति र बजार व्यवस्थापन संघ, केन्द्रीय समितिले गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा गरेको थियो । सोमबार ललितपुरमा गरेको उक्त कार्यक्रममा बोल्दै कुखुरा पालक किसान संघ केन्द्रीय समितिका अध्यक्ष झनक पौडेलले पछिल्लो समय व्यवसायको रुपमा बिकास र विस्तार हुँदै आएको पोल्ट्री व्यवसाय, व्यवसायिकरण एवम आधुनिकीकरण हुँदै गैरहेको अवस्थामा ब्रोइलर कुखुराले मात्र करिव २ लाख ५० हजार व्यक्तिलाई प्रत्यक्ष रुपमा रोजगारको सिर्जना गरेका बताए । हाल ६६ जिल्लामा व्यवसाय विस्तार भएको दैनिक १२ लाख के.जी मासु उत्पादन गर्दै उपभोक्ता एवंम बजारको माग पुरा गर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिए । त्यस्तै कुखुरा पालक किसान संघ गोरखाका अध्यक्ष पशुराम वस्नेतले हालको मुख्य समस्याको जरो भनेको राज्य हो, राज्यको स्पष्ट निति नियम नभएको कारणले व्यवसायमा दरार उत्पन्न भएको छ , बिचौलियाको नियन्त्रणमा बजार चल्दै गर्दा खास व्यवसायी र किसान मारमा पर्ने गरेको बताए । त्यस्तै नेपाल ब्राेइलर कुखुरा संघका प्रमुख दिपेन्द्र श्रेष्ठले दैनिक बजारमा ५५ देखि ६० वटा खपत हुने र तयारी मासु प्रतिकेजी २०१० देखि २१५ सम्म हुने गरेकाे बताए । गुणास्तर तथा मूल्य हेरेर उत्पादन गर्दा वितरणमा समस्या नहुने  प्रमुख श्रेष्ठले जानकारी दिए ।

सिद्धार्थ बैंकको नयाँ शाखा चितवनको दुई स्थानमा, संख्या १७५ पुग्यो

काठमाडौं । सिद्धार्थ बैंकले चितवनको मंगलपुर र पदमपुरमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७५(४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९२ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथाकर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालबाट प्रधानमन्त्रीको सन्देश- ‘अब ठीक हुँदैछु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य स्थिती  सुध्रिदै गएको बताएका छन् । साेमबार अपरान्ह अस्पतालबाटै भिडियाे शन्देस पठाउँदै उनले  आफ्नो स्थिती सुध्रिँदै गएकाेले  अब केही दिनमै  पूर्ण रुपमा स्वस्थ हुने बताएका हुन् । ‘एपेन्डिसाईटिस कसैलाई समय र सुचना दिएर आउने रोग होइन’ उनले भिडियाेमा भनेका छन्,  यो अचानक आईलाग्छ, मलाई पनि अप्रत्यासित रुपमा त्यसरी नै आईलाग्यो,  मलाई ईन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलिएछ। त्यसमा मात्र ईन्फेसन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्याे तर बाहिर पनि ईन्फेसन भएकोले त्यसलाई पनि हटाउनु पर्ने भयो ।’ उपचारमा अझै १५ देखी २० दिन लाग्ने  उनले बताएका  छन्। उनले भिडियाेमा भनेका छन्, मेरो स्वास्थ्य राम्ररी अगाडि बढीरहेको छ तर मेरो एउटा मेजर अप्रेसन पछि  उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने र समाचारहरु हेर्न सक्ने अवस्थामा छु।’ उनले दक्षिण एसियाली खेलकुदलाइ समेटेर समेत बाेलेका छन् ।  उनले  मैत्रिपूर्ण क्षेत्रिय  मित्रता अगाडि बढाउन नेपाली खेलाडीहरु र सार्कका खेलाडिहरु सबैलाई  समेत आग्रह गरेका छन् ।

साग भलिबलको फाईनल खेल मंगलबार दिउँसो २ बजे, एक्सन स्पोर्टसबाट प्रत्यक्ष हेर्न पाइने

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुदअन्तर्गतको महिला भलिबलको फाईनल खेल नेपाल र भारतबीच मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ । दशरथ रंगशालाको कवर्ड हलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडिले प्रत्यक्ष प्रशारण गर्ने छ । यस्तै, १९ मंसिर देखी शुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनिएक्सन स्पोर्टस् एचडिमा हेर्न सक्नेछन् ।