विकासन्युज

‘स्मार्ट’ बन्दै कलंकी मालपाेत, अब एक घण्टामै जग्गा पास !

काठमाडौं । चैत १ गतेदेखि कलंकी मालपोत कार्यालय स्मार्ट कार्यालयको रुपमा रुपान्तरण हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभर रहेका १३१ मालपोत कार्यालयलाई अनलाइज प्रणालीमा जडान गर्दै कलंकीलाई पहिलो नमुना स्मार्ट कार्यालय बनाउन लागेको हो । देशभर रहेका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी व्यस्त हुने कलंकी मालपोतलाई पहिलो चरणमा ‘नमुना स्मार्ट कार्यालय’ बनाउन लागिएको हो । यसका लागि १० जना प्राविधिक कर्मचारीहरुले दुई सातादेखि काम गरिरहेको मन्त्रालयले जानकारी दिएको छ । फागुन महिनाभित्रमा सबै प्राविधिक काम सकिने र चैत १ मा स्मार्ट कार्यालयको उद्घाटन गर्ने तयारी मन्त्रालयले गरेको हो । स्मार्ट कार्यालयको अवधारणा लागु भएसँगै हाल गर्दै आएको लेखापढीको प्रावधान हट्ने र आवश्यक जानकारीहरु कम्प्युटरमा इन्ट्रि मात्रै गर्नुपर्ने बताइएको छ । ‘स्मार्ट कार्यालयमा जग्गाको नामसारी वा खरिदबिक्रीका लागि लेखापढी गर्नु पर्दैन, जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गा रहेको स्थान, सम्बन्धित जग्गाधनीको नाम र परिचय खुल्ने विवरण राखेपछि जग्गाको कागजातसम्बन्धी सम्पूर्ण कामहरु कम्प्युटरबाटै हुन्छ । मालपोत अधिकृतको रोहवरमा जग्गाधनीको मञ्जुरीमा अनुहार र औंठाको छापको बायोमेट्रिक गरेपछि सम्बन्धित अधिकारीले नामसारी वा खरिदबिक्रीलाई प्रमाणित गर्ने व्यवस्था गरिनेछ ।’ मन्त्रालय स्रोतले भन्यो । स्राेतका अनुसार स्मार्ट कार्यालयकाे व्यवस्था सुरु भएपछि सरकारी अधिकृतले नै आवश्यक कागजातहरुकाे रुजु गर्छन्, कागजात अपुग भए पुर्याएर ल्याउन भन्छन्, नमुना मालपोत कार्यालयमा लेखापढी गर्नेहरुको आवश्यता नै पर्दैन । अब लेखापढीको कामपनि कार्यालयका कर्मचारीले गरी दिन्छन् । कंलकी मलपोत कार्यालयका प्रवक्ता पूर्ण केसीले पनि कल‌ंकी मालपाेत स्मार्ट बन्ने क्रममा रहेकाे बताउँदै यसले २०२१ साल देखिका पुराना फाइललाई विस्थापित गरेर डिजिटल प्रणालीमा लगिने बताए । उनले ताेकिएकै दिन स्मार्ट कार्यालयकाे उद्घाटन गर्नेगरी तयारी भइरहेकाे जानकारी दिए । स्मार्ट कार्यालयका लागि मन्त्रालयले कल‌ंकी मालपाेतलाई ३१ लाख रुपै‌या बजेट दिएकाे र नपुगे थप रकम दिन मन्त्रालय तयार रहेकाे बताइएकाे छ । स्मार्ट कार्यालय सञ्चालमा आएपछि सेवाग्राहीले सबै प्रक्रिया पूरा गरेर आएको १ घन्टामा मालपाेतसम्बन्धी सम्पूर्ण काम हुनेछ भने हाल ४ वटा तलाबाट हुँदै आएकाे काम एउटै तलाबाट हुनेछ । कल‌ंकीमा स्मार्ट कार्यालय बन्दै गर्दा अनलाइन प्रणाली लागु हुन बाँकी ८८ वटा मालपाेत कार्यालय पनि अनलाइन प्रणालीमा रुपान्तरण हुने भएका छन् । हाल देशभरका १३१ मालपोत कार्यालय मध्ये हालसम्म २९ जिल्लाका ४३ कार्यालयमा अनलाइन प्रणाली लागू भैसकेका छन् ।  मन्त्रालयले काठमाडौंको चाबहिल, कलंकी, डिल्लीबजार, साँखु, मनमैजु र टोखा, चितवनको भरतपुर, खैरहनी, चनौली र माडी, कास्कीको पोखरा, लेखनाथ, मकवानपुरको हेटौंडा, शिखरकोट, मोरङको विराटनगर रंगेली, बेलबारी, झापाको भद्रपुर दमक, सुनसरीको धरान इनरुवा, स्याङ्जको स्याङ्जा वालिङ, नवलपरासीको परासी कावासेती, बाराको कलैया सिमरा कार्यालयहरुमा सो प्रणालीको सुरुवात गरिसकेकाे छ । यसैगरी, भक्तपुर, ललितपुर, बाँके, धादिङ, बाग्लुङ, काभ्रे, पर्सा, पाँचथर, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक, पर्वत, गोरखा, सप्तरी, उदयपुर, धनुषा, तनहँ, रुपन्देही र सुर्खेतको मालपोत कार्यालयमा अनलाइन प्रणाली सुरुवात भैसकेको छ । बाँकी सबै कार्यालयहरुमा पनि चैत १ गतेदेखि नै अनलाइन प्रणाली सुरु हुनेछन् । अनलाइन प्रणाली सुरु भएका स्थानहरुमा भने जग्गाकाे काराेबार गर्दा लेखापढी गर्नुपर्छ । लेखापढी गरिएका र अन्य आवश्यक कागजातहरुकाे इलेक्ट्राेनिक कपि तयार गरि सिस्टममा सुरक्षित राखिनेछ ।

३३ औँ वार्षिकोत्सवमा एनआइबीएलले शुरु गर्यो क्रमिक मुद्दती खाता, के छ विशेषता ?

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.(एनआइबीएल)ले ३३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सोमबारबाट एनआइबीएल क्रमिक मुद्यती खाता शुभारम्भ गरेको छ । बैंकमा कुनैपनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्दती खाता खोल्न सक्ने छन्, हरेक महिना न्युनतम ३३३ रुपैयाँ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९.२५ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ । त्यस्तै बालबालिकाहरुमा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नाममा चित्रकथा सार्बजनिक गरेको छ । विषेश गरी वालवालिकाहरुलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विकास गर्नका लागि एनआईबीएलले जानकारीमूलक बाल चित्रकथा प्रकाशनमा ल्याएको हो । त्यस्तै ३३औं वार्षिकोत्सवको अवसरमा एनआईबीएल भिषा कार्ड प्रयोगकर्ताका लागि पीओएस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत क्यास ब्याक अफर ३३ दिनका लागि प्रदान गरिने बैंकले जनाएको छ । यसवर्षदेखि बैंकले आफ्ना कार्ड सञ्जालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा बैंकको चुक्तापूँजी१२ अर्ब ५८ करोड पुगेको छ भने जगेडा तथा कोषको रकम ९ अर्ब ७७ करोड पुगेको बैंकले जनाएको छ । बैंकले २०७४/७५ मा ४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ भने खुदनाफा ३ अर्व ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर१ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी१ सय २० अर्ब पुगेको छ । बैंकको खराबकर्जा (एन.पि.ए.) अनुपात १.३६ प्रतिशत रहेको बैंकले जनाएको छ । ३३ औं बसन्तपार गर्र्दा आर्थिक वर्ष २०७५÷७६को दोस्रो त्रैमाससम्ममा बैंकले एक खर्ब ४२ अर्ब निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब कर्जा लगानी गरेको छ । उक्त त्रैमाससम्ममा बैंकले ४ अर्ब ७ करोड संचालन मुनाफा कमाउन सफल भएको छ भने १ अर्ब ९७ करोड खुद मुनाफा कमाएको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

लगानीकर्ता भन्छन्- सेयर बजारमा प्यान अनिवार्य नभई ऐच्छिक हुनुपर्छ

काठमाडौं । सेयर बजारका लगानीकर्ताले धितोपत्र बजारमा स्थायी लेखानम्बर (प्यान) अनिवार्य रुपमा लागू नगरी ऐच्छिक रुपमा लिने व्यवस्था गरी चरणबद्ध रुपमा लागू गर्नुपर्ने बताएका छन् । सोमबार बोर्डद्धारा आयोजित ‘धितोपत्र बजारमा स्थायी लेखानम्बर (प्यान) को व्यवस्था’ विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रममा लगानीकर्ताले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपाल ईन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समूह गरी लगानीकर्ताका पाँच(५) वटा संस्थाका पदाधिकारीहरुका लगानीकर्ताले प्यान २०७६ वैशाख १ देखि अनिवार्य लागू नगर्न बताएका हुन् । लगानीकर्ताको स्तर, देशको भौगोलिक अवस्थाका साथै अन्य व्यवहारिक पक्षहरुलाई मध्यनजर गरी सबै लगानीकर्ताका संस्था पदाधिकारीले सो कुरा जनाएका हुन् । कार्यक्रममा सो पाँचै संघ संस्थाका पदाधिकारीहरुले लगानीकर्ता प्यानको विरोधी नरहेको धारणा राख्दै पूँजीगत लाभ कर अन्तिम कर हो कि होइन, अघिल्लो वर्षको वार्षिक कारोबारमा भएको घाटालाई नाफामा समायोजन गरी कर निर्धारण हुने, हाल शेयर खरिदकर्तालाई मात्रै प्यान अनिवार्य गरिएकोमा सेयर बिक्रीकर्तालाई सो व्यवस्था नभएको सम्बन्धमा, नाबालक तथा विदेशमा रहने नेपाली लगानीकर्ताले प्यान लिने सम्बन्धमा, प्यान स्वतस्फूर्त रुपमा लिने वातावरण र प्यान लिन सहज नभएको बताएका छन् । बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले कार्यक्रमबाट यसका सरोकारवाला पक्षहरुबीच स्थायी लेखा नम्बरका सम्बन्धमा रहेका समस्या तथा व्यवहारिक पक्षको जानकारी भएको बताए । साथै, उनले सेयर बजारमा प्यान लागू गर्ने विषय प्राविधिक विषय समेत भएकोले यसका व्यवहारिक पक्ष र बजारको अवस्थालाई समेत ध्यान दिई सम्पूर्ण पक्ष अघि बढ्नुपर्ने धारणा राखेका छन् । नेपाल सरकारको आ.व. २०७५।७६ को बजेट कार्यान्वयन योजनाअन्तर्गत धितोपत्रको दोस्रो बजारमार्फत सेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा आन्तरिक राजस्व कार्यालय, बत्तिसपुतलीका प्रमुख कर अधिकृत टंकनाथ पौडेलले प्यान सम्बन्धी कानूनी व्यवस्था, प्यान लिने प्रक्रिया तथा आवश्यक कागजात र यो लिँदाका फाइदा सम्बन्धमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत, नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसनका साथै विभिन्न लगानीकर्ता संघ संस्थाका पदाधिकारी एवं सर्वसाधारण लगानीकर्ताहरुसहित करिब ७० जनाको उपस्थिती थियो ।

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरामा

काठमाडौं । एनआईसी एशिया बैंकको पोखरा महानगरपालिका वडा नं ५, पस्र्याङ्ग उद्घाटन भएको छ । उक्त शाखाको पस्र्याङ्ग शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सीले उद्घाटन गरेका हुन् । गत भाद्र २गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन प्रमुख अतिथि जि.सीले दुर्गम तथा ग्रामीण भेगमा बैंकले आफ्ना उपस्थिति सबल बनाउदै गएको बताए । बैंकको मुलुकभरि २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब तथाकर्जा रू. १४९ अर्ब रहेको छ । बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।

फागुन १६ गतेदेखि काठमाडौंमा सानाकिसान सम्मेलन हुँदै

काठमाडौं । फागुन १६ गतेदेखि काठमाडौंमा सानाकिसान सम्मेलन हुने भएको छ । २ दिन सम्म हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओली गर्ने छन् । सानाकिसान विकास लघुवित्त संस्था, नेपाल कृषि सहकारी केन्द्रिय संघ र सानाकिसान सहकारी संस्थाको सामुहिक आयोजनामा सम्मेलन हुन लागेको हो । प्रत्येक ४ वर्षमा हुने सो सम्मेलनको मुल नारा ‘सानाकिसानको सम्बृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ रहेको छ । सम्मेलनमा देशभरका करिब १ हजार सानाकिसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी निर्माता आदि गरी कुल १२ सय जनाको सहभागिता रहने छ । सानाकिसानहरुमा उद्यमशीलता विकास गराई कृषि सहकारी मार्फत कृषिक्षेत्रको रुपान्तरण गर्ने अभियान रहेको छ । गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादनविकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षण जस्ता दीगो विकास लक्ष्यले निर्दिष्ट गरेका लक्ष्यहरु हासिल गर्ने सम्बन्धमा सम्मेलनमा १४ सत्रमा प्रस्तुत हुने २८ वटा कार्यपत्र तथा दशौं भिडियो एवं अनुभवहरु केन्द्रित हुनेछन् । यसबाट सानाकिसानहरुको संस्थागत दिगो विकास, कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि, प्रशोधन, बजारीकरण तथा मूल्य श्रृङखला अभ्यास आदिको सिकाई एवं आगामी कार्य दिशा निर्धारण गर्न सहयोग पुग्ने जनाएकाे छ । वि.सं. २०३२ देखि सञ्चालित सानाकिसान विकास कार्यक्रमले ७० जिल्लामा करिब ९ सय सानाकिसान कृषि सहकारी संस्थाहरुको स्थापना गरी ८ लाख विपन्न तथा सानाकिसान परिवारलाई सेवाप्रदान गर्दै आएको छ ।

युवा जनशक्ति नहुँदा जमिन बाँझो, पाँच महिनामै ३४ अर्बको खाद्य पदार्थ आयात

काठमाडौँ । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ, तर चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै चामल, मकै, भटमास, स्याउजस्ता खाद्य पदार्थको आयात ३४ अर्ब २१ करोड बराबरको भएको छ । कृषि पेशामा संलग्न हुनसक्ने युवा जनशक्ति वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । स्वदेशमा नै रहेका युवासमेत शहरी तथा सुगम क्षेत्रमा रहँदा ग्रामीण तथा तराईका खेतीयोग्य जमीन बाँझो बन्दै गएको छ । आव २०७४/७५ मा मात्रै ७३ अर्ब १६ करोड बराबरको चामल, मकै, स्याउ, भटमास, आलु आयात भयो । चालू आवको पाँच महीनामा १३ अर्ब ५८ करोड बराबरको चामल आयात भयो । आव २०७४/७५ मा २९ अर्ब ५३ करोडको चामल आयात हुँदा आव २०७३/७४ मा २३ अर्ब ८७ करोडको आयात भएको थियो । मसिनो र बास्नादार चामलको माग बढ्दा चामलको आयात बढेको स्वयम् सरकारकै भनाइ छ । अर्को तथ्याङ्क पनि छ । नेपालका प्रमुख बालीमध्ये मकै एक हो, तर चालू आवको पाँच महिनामा पाँच अर्ब १९ करोडको मकै आयात भयो । आव २०७४/७५ मा १२ अर्ब ५५ करोड र आव २०७३/७४ मा १० अर्ब ६३ करोडको मकै आयात भयो । हरेक वर्ष चामल र मकैको आयात बढिरहेको छ । विप्रेषणबाट प्राप्त भएको ठूलो परिमाणको रकम खाद्यान्नको खरिदका लागि खर्च हुने गरेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको तथ्याङ्कलाई नै आधार मान्ने हो भने चालू आवको पाँच महिनामा सात अर्ब पाँच करोडको भटमास आयात भएको छ । आव २०७४/७५ मा १८ अर्ब १५ करोड र आव २०७३/७४ मा १६ अर्ब ९७ करोड बराबरको भटमास र भटमासको तेल आयात भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार नेपालका करीब ४५ लाख युवा वैदेशिक रोजगारीमा छन् । उनीहरुले वार्षिक नेपालमा पठाएको ठूलो परिमाणको विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आव २०७४/७५ मा सात खर्ब ५५ अर्ब छ करोड विप्रेषण आप्रवाह भएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा चार खर्ब ४३ अर्ब ३६ करोड विप्रेषण आप्रवाह भएको छ । चालु आवको पाँच महिनामा मात्रै तीन अर्ब ९९ करोडको आलु आयात भएको छ । चिप्स प्रयोजनका लागि आलुको आयात बढिरहेको छ । नेपालमा चिप्सका लागि आलु खासै उत्पादन गरिँदैन । आव २०७४/७५ मा छ अर्ब ३५ करोड र आव २०७३/७४ मा पाँच अर्ब ५२ करोडको आलु आयात भएको छ । यस्तै चालु आवको पाँच महीनामा दुई अर्ब ५६ करोडको स्याउ आयात भएको छ । आव २०७४/७५ मा पाँच अर्ब ६३ करोड र आव २०७३/७४ मा चार अर्ब ८७ करोडको स्याउ आयात भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार कृषिउपज आयात ठूलो मात्रामा भइरहेको छ । मसिना र बास्नादार चामल खोज्ने बढे कृषि विकास मन्त्रालयले आयात किन बढ्यो त ? भन्ने प्रश्नको उत्तरमा प्रतिवेदनमा उल्लेख गरेको छ, “जनसङ्ख्यामा वृद्धि र मानिसको प्रतिव्यक्ति आम्दानीमा भएको वृद्धिसँगै मसिना र बास्नादार चामलको माग बढ्दै गएकाले चामलको आयात बढ्दो देखिएको हो ।” कुखुरा र पशुपक्षी पाल्ने कृषकको सङ्ख्या बढेको भन्दै पशुपालन र पोल्ट्री व्यवसाय फष्टाउँदै गएको र त्यसका लागि आवश्यक दाना प्रयोजनका लागि विशेष गरी मकै र भटमासको पिना आयात अधिक रहेको छ । तरकारीतर्फ मुख्यगरी आलु र प्याजको अत्यधिक आयात देखिएको भएता पनि अन्य ताजा तरकारीको लगभग व्यापार सन्तुलनको अवस्थामा रहेको मन्त्रालयको भनाइ छ । परनिर्भरता घटाउने उपाय कृषिमा बढ्दै गएको परनिर्भरता घटाउने र आगामी दश वर्षभित्र पूर्णरुपमा आत्मनिर्भर बनाउने मन्त्रालयले योजना अगाडि सारेको छ तर, सरकारले उपलब्ध गराएको कृषि अनुदान रकम टाठाबाठाले मात्रै प्राप्त गरेको गुनासो आउने गरेको छ । सरकारले प्रयास नगरेको पनि छैन तर लक्षित वर्गसम्म कृषि अनुदान भने पुग्न सकेको छैन । मन्त्रालयले १३ अर्ब दुई करोड १० लाख बराबर कृषि बाली, पशुधन बीमा गराएको छ । त्यसमा ७५ प्रतिशत प्रिमियम अनुदानका लागि ६३ करोड उपलब्ध गराएको छ । कृषि क्षेत्रको अनुदानलाई प्रतिफलमुखी बनाउने भन्दै रु १६ करोड ७९ लाख उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालका अनुसार कृषिमा आत्मनिर्भर बनाउन विभिन्न १४ नयाँ कार्यक्रम शुरु गरिँदै छ । विसं २०७६ देखि २०८० सम्म ७७ वटै जिल्लामा युवा रोजगार विशेष कार्यक्रममार्फत रु पाँच अर्ब खर्च गरिनेछ । कम्तीमा ५०० व्यावसायिक कृषि फार्म, दुई हजार ५०० लाई स्थायी रोजगारी र १२ हजार ५०० लाई अस्थायी रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ । यस्तै खाद्य स्वच्छता तथा गुणस्तर अभियानअन्तर्गत देशैभरि रु पाँच अर्ब खर्च गरिनेछ । कृषि बजार प्रवद्र्धन आयोजनामा रु पाँच अर्ब खर्च गरी कम्तीमा ५०० व्यावसायिक कृषि फार्म स्थापना गरिनेछ । यस्तै किसान कल्याण प्रवद्र्धन कार्यक्रमअन्तर्गत ५० अर्ब, एक पालिका एक मोडल फार्म प्रवद्र्धन कार्यक्रमका लागि २० अर्ब खर्च गरिनेछ । प्रत्येक पालिकामा एकरएक वटा व्यावसायिक कृषि फार्म स्थापना गर्ने, उत्पादनमा वृद्धि गर्ने र १५ हजार ६० ले रोजगारी प्राप्त गर्नेछन् । मन्त्रालयका अनुसार नगदेबाली प्रशोधन तथा मूल्य अभिवृद्धि कार्यक्रमका लागि दुई अर्ब खर्च गर्ने तयारी गरिएको छ । मन्त्रालयले कृषिको आत्मनिर्भर गर्ने अभियानअन्तर्गत उच्च मूल्य वस्तु उत्पादन शृङ्खला विकास कार्यक्रमकमा एक अर्ब, सिञ्चित क्षेत्र सघन धान उत्पादन कार्यक्रममा चार अर्ब पाँच करोड, कृषि अनुसन्धान तथा प्रसारमा एक अर्ब खर्च गरिने भएको छ । यस्तै, कृषि क्षेत्र संरचना सुदृढीकरण कार्यक्रम देशैभरि सञ्चालन गर्न एक अर्ब ५० करोड, कृषि औजार सामग्री उत्पादन प्रवद्र्धन कार्यक्रममा एक अर्ब, बङ्गुर व्यवसाय प्रवद्र्धनका लागि २० करोड खर्च गरिने भएको छ । यस्तै नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना सञ्चालनमा रहेको छ । गत वर्षदेखि शुरु भएको सो आयोजना विसं २०८० सम्म सञ्चालनमा रहनेछ । कूल २८ जिल्लामा सञ्चालन हुने सो आयोजनामा ११ करोड ५० लाख अमेरिकी डलर खर्च गरिनेछ । दूध, मासुको उत्पादनमा चार प्रतिशत वृद्धि गर्ने सरकारको लक्ष्य छ । रासस

बिनाकारण डर लाग्छ ? के हो यो रोग ? उपचार कसरी गर्ने ?

काठमाडौं। एनजाईटी भनेको यस्तो डर हो जुन ठ्याक्कै के कारणले गर्दा भएको भन्ने पत्त्ता लगाउनु गार्हो हुन्छ। सामान्य रुपमा हरेक मानिसहरुलाई एनजाईटी हुन्छ तर अत्याधिक रुपमा बिनाकारण मनमा डर लाग्नु आत्तिनु एनजाईटी डिसअर्डर हो। हामीलाई कहिलेककाहीँ यो हुन लागेको भन्ने महसुस हुन्छ भने कहिलेकाही यो हामीलाई अचानक हुने गर्दछ। यो लाग्नै नपर्ने कुराको डर हो र यसले कति असर गर्छ भन्ने हामीलाई थाहा नै हुँदैन। यो समस्या कुनै पनि उमेर समुहमा देखिन सक्छ। एनजाईटी दुईवटा प्रकारका हुन्छन् : १। सामान्य एन्जाईटी : कहिलेकाही लाग्ने डर २। जेनेरलाईज्ड एन्जाईटी : बारम्बार लाग्ने डर लक्षण १। जति खेर पनि चिन्ता लिईराख्ने : बिहान उठेदेखी सुतेसम्म एउटा न एउटा कुराको चिन्ता लिईराख्ने पनि एन्जाईटीको लक्षण हो। कहिलेकाही केही कुराको चिन्ता लाग्नु सामान्य एनजाईटी हो भने सधैं चिन्ता लाग्नु जेनेरलाईज्ड एनजाईटी हो। उदाहरणको लागि : परिक्षाको समयमा सबैलाई डर लाग्ने गर्दछ। यो सामान्य हो तर कोही व्यक्ती यस्ता हुन्छन् जो परिक्षा भनेपछी डरले अत्तिएर परिक्षा नै दिन जान सक्दैनन वा कोही अघिल्लो रात देखी नै सुत्न सक्दैनन्, परिक्षा दिन गईहालेको अवस्थामा पनि परिक्षामा सबै आए पनि राम्रो गर्न सक्दैनन्। उसलाई उत्तर आए पनि हडबडाउँछ। परिक्षामा टेन्सन सबैलाई हुन्छ तर त्यसलाई डिसअर्डर भनेर तब भनिन्छ जब त्यो समस्याले तपाईंलाई झनै ठुलो समस्यामा पार्छ। अर्को उदाहरण : आफ्नो छोराछोरी बिरामी हुन्छन् कि भन्ने चिन्ता। यो धेरै आमाबुवामा देखिने साधरण एनजाईटी हो। तर आफ्नो स्वस्थ भईरहेको छोराछोरीलाई केही पो लाग्छ भन्ने कुराको बारम्बार चिन्ता लाग्ने र त्यही चिन्ताको कारण छोराछोरीलाई बाहिर निस्कन नदिने, खाने कुरामा चाहिने भन्दा बढी तनाव लिनु भनेको जेनेरलाईज्ड एन्जाईटी हो।  २। ढुक्क सँग बस्न नसक्ने : एनजाईटी भएका मानिसहरु कहिले पनि ढुक्कसँग बस्न सक्दैनन्। एउटा शान्ता कोठामा सबैजना रमाईलो गरिरहेका छ न् तर एनजाईटी भएको मानिस सबै कुरा ठीक भएता पनि ढुक्कसँग आनन्दले बस्न सक्दैन। यस्ता व्यक्तीहरुले एक्लै टोलाएर बस्दा पनि राम्रो कुरा पनि सोच्न सक्दैन। उसको दिमाग हरपल दौडीरहेको हुन्छ। ३। अस्थाई शारिरिक लक्षण : एनजाईटीको कारण मानिसहरुलाई शारिरिक लक्षणहरु पनि देखिने गर्द्छ। जस्तै छिनछिनमा पिसाब आउने, मुटु पोल्ने, पेट पोल्ने, टाउको दुख्ने ४। चाडै थकित हुने यो जेनेरलाईज्ड एनजाईटी भएको मानिसहरुलाई हुने गर्दछ। उक्त एनजाईटी भएको मानिस जति खेर पनि थकित हुने गर्दछ। उसले केही नगरे पनि शरीर थाकेको महसुस हुन्छ।  ५। दिमाग चाँडो दौडिने यस्तो एन्जाईटी भएको मानिसको दिमाग तेजसँग चलिरहेको हुन्छ। उसले एकै मिनेटमा हजारौ कुराहरु दिमागमा खेल्ने उसले आफुलाई कति पटक प्रयास गरे पनि यस्तो सोच्नबाट मुक्त गर्नसक्दैन। ६। ध्यान गर्न नसक्ने केही कुरामा पनि ध्यान दिन नसक्ने, ध्यानमा एक्रग्रता ल्याउन नसक्ने एनजाईटीको अर्को लक्षण हो। विद्यार्थीलाई यस्तो समस्या देखियो भने उसले आफ्नो पढेको कुराहरु पनि सम्झन सक्दैन जसको कारण उसको पढाईमा समस्या देखिन थाल्दछ। ८। दिक्क मान्नु एनजाईटी डिसर्डर भेएका मानिसहरु सानो सानो कुरामा झर्किने गर्दछन्। उसलाई सानो सानो आवाजले पनि एकदम समस्या हुनेगर्दछ। ९। भोलीवाद जे काम पनि भोली गर्छु भन्ने मानिसहरुमा हुने सामान्य बानी हो तर एनजाईटी डिसअर्डर भएका मानिसहरुले जे कुरा पनि भोलीलाई बाँकी राख्ने हुन्छ। उसलाई काम बिग्रन्छ कि, केही होला कि भन्ने डरकै कारण जतिसुकै महत्वोपूर्ण काम भएपनि भोली गरुला भन्ने भावना आउँछ। उपचार यि लक्षण मध्य कम्तिमा पनि ४ वटा जेनेरलाईज्ड एन्जाईटीका लक्षण तपाईंमा देखिन्छ भने तपाईले मनोचिकित्सकलाई भेट्न जरुरी छ। त्यसबाहेक तपाईंले एन्जाईटीबाट टाढा रहनु : – सकेसम्म केही कामहरुमा अल्झाई राख्नुहोस् – राम्रो राम्रो संगित सुन्ने गर्नुहोस् – स्वस्थ खानेकुरा खाने डा. कल्यान

ग्लोबल आइएमई बैंक र क्यान्सर काउन्सिलको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतना

काठमाडौं । ग्लोबल आइएमई बैंकले क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतना मूलक कार्यक्रममा कलेजमा अध्ययनरत पाँच सय जना विद्मार्थी र शिक्षक उपस्थित रहेका थिए । उक्त जनचेतना मूलक कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोकथामका उपायबारे स्पष्ट गरेको थिए । यसका साथै सोही कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडसँग हातेमालो गरी नेपाल प्रहरीले साइबर क्राइमको बारेमा प्रस्तु्ती दिए । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ ।