विकासन्युज

विदेशिने मोह : नक्कली कागजातदेखि झुटाे विवाहसम्म

काठमाडौं । विदेशमा पैसाको रुख हुन्छ भन्ने गलत मानसिकता आम युवा जगतमा व्याप्त छ । यहि मानसिकताले वर्षेनी लाखौं युवाहरु विदेशिने क्रम बढ्दाे छ । कतिले विदेशमा गएर कडा मिहेनत गरेर पैसा पनि कमाइ गरेका छन् भने कतिपयले काम नपाएर भौतारिएका उदाहरण प्रशस्त छन् । अझ कतिपय त काम गर्न नसकेर फर्किएका छन् । कति लाशकाे रुपमा बाकसमा प्याक भएर समेत  आउने गरेका छन् । यस्ता उदाहरण हामी माझ प्रशस्त भएपनि विदेशिने युवाहरुको संख्यामा भने कमी आउन सकेको छैन । विदेशमा मात्र होइन, विदेश जान्छु भनेर विदेश जाने प्रक्रिया  गरिरहेका युवाहरु स्वदेशमै पनि ठगिने परिपाटी पछिल्लो समय झन बढ्दै गएको छ । दोलखा घर भएका ३६ वर्षिय राम शर्मा (नाम परिवर्तन) ले दुई वर्ष अगाडी क्यानडा जाने योजना बनाए । वैदेशिक रोजगारको रुपमा तीन वर्ष कतारमा बिताइसकेका उनले फेरी पैसा कमाउन क्यानडा जाने निधो गरे । राम्रो देश जान पाइने भएपछि उनले पैसाको कुनै प्रवाह नगरी साथीको सल्लाहमै एक जना एजेन्टलाई २१ लाख रुपैयाँ बुझाए । २१ लाख रुपैयाँ बुझाएको हालसम्म दुई वर्ष बितिसक्दा पनि न उनको विदेश जाने कुरा टुङ्गो लागेको छ नत उनले पैसा दिएका ऐजेन्ट सम्पर्कमा छन् । अहिले उनले पैसा दिएका एजेन्ट भारतमा बस्दै आएको उनले बिकासन्युजलाई बताए । राम मात्र होइन उनी लहैलहैमा लागेका उनका साथीको पैसा पनि लिएर ति एजेन्ट फरार छन् । यस्तै ताप्लेजुङ्ग घर भएका २६ वर्षिय कान्छा तामाङ (नाम परिवर्तन) को घटना पनि रामको भन्दा फरक छैन । वैदेशिक रोजगारीकै लागि तामाङले पनि एजेन्टलाई २ लाख दश हजार रुपैयाँ दिए । तर पैसा लिएका एजेन्ट पनि सम्पर्कमा छैनन् । उल्टै उनको पासपोर्ट पनि ति एजेन्टले गायब पारे । यी त केही प्रतिनिधि घटनाका पात्रहरु मात्र हुन् । यस्तै एजेन्टबाट ठगिएका, विदेशमा गएर काम नपाएका लगायतका समस्याहरु लिएर दैनिक सयौं मानिसहरु वैदेशिक रोजगार विभागमा धाउने गरेका छन् । पछिल्लो समय अष्ट्रेलिया, युरोप, अमेरिका जस्ता सुविधा सम्पन्न देशमा जानेको लहर चलेसँगै विभागमा ठगीका घटना आउने क्रम पनि बढ्दै गएको हो । सुविधा सम्पन्न देशमा जानकै लागि नक्कली विवाह मात्र होइन घरायसी लेनदेन कारोबारमा पनि वैदेशिक रोजगारीको कागज गर्ने प्रवृति भयावह रहेको विभागले बताएको छ । हाल विभागमा विभिन्न देशमा पठाउने भनेर लाखौं रकम ठगेका मुद्दाहरु पेश भएका छन् । कानुनी प्रक्रिया भन्दा पनि गैर कानुनी माध्यम द्वारारा विदेश जानेहरुका मुद्दाहरु बढी विभागमा आउने गरेका विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले बताए । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार १ सय ७७ वटा व्यक्तिगत उजुरी विभागमा दर्ता भएका छन् । भूषालले दाबी रकम बराबर चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १३ करोड ६६ लाख ६९ हजार ११६ रुपैयाँ जम्मा भएको बताए । यस्तै चालु आर्थिक वर्षको हालसम्म २ सय १५ वटा उजुरी विभागमा आएको भूषालको भनाइ छ । ती मध्ये अदालतमा ९८ वटा मुद्दा दायर भएका छन् । विगोमा दाबी रकम १० करोड ९८ लाख ६१ हजार जम्मा भएको छ । यस्तै गतवर्ष मात्रै विभागमा ८ सय ५५ वटा उजुरीमा २०९ वटा रहेका थिए । त्यसबाट ५६ करोड ११ लाख २९ हजार दावी रकम जम्मा भएको थियो । वैदेशिक रोजगारीका रुपमा कमाउन विदेश जानै परेपनि कानुनी रुपमा कागजात मिलाएर काम गर्नु पर्ने जानकारहरु बताउँछन् ।  वैदेशिक रोजगारका लागि अवैध रुपमा विदेश जाने र समस्यामा पर्दा विभाग धाउने परिपाटी पछिल्लो समय बढ्दै गएको हो ।

सरकारले कुखुरा पालक किसानको समस्यामा ध्यान नदिएको गुनासो

काठमाडौं । कुखुरा पालक किसानका समस्या र व्यवस्थापनको विषयमा सरकारले ध्यान नदिएको सरकारको गुनासो कुखुरा पालक किसान संघ बाराका अध्यक्ष गोविन्द पौडेलले बताए । सरकारले किसान, बजार व्यवस्थापनलाई केन्द्रीत गरि स्पष्ट निति नियम नबनाएको भन्दै धनी कसरी हुने भन्ने जस्तो सोच अधिक मात्रमा भएको मान्छेको जमातमा इन्मादारीता टिकाउन गाह्रो पर्ने अध्यक्ष पौडेलको भनाई छ । उनले भने ‘कुखुरा पालकहरुलाई सरकारले न त ऋण, अनुदान तथा सहुलियत ऋणको व्यवस्था छ ?, यस्ता विविध कारण उत्पादनमा ह्रास आएसँगै कुुखुरा पालक किसान मात्र नभई व्यवसायीमा नै समस्या पैँदा भएको छ ।’ केन्द्रमा बसेर मूल्य निर्धारण गर्दा किसानले मार बेहोर्नु परेको वाराका अध्यक्ष पौडेलले बताए । नेपाल कुखुरा पालक किसान संघ, केन्द्रीय समिति र बजार व्यवस्थापन संघ, केन्द्रीय समितिले गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा गरेको थियो । सोमबार ललितपुरमा गरेको उक्त कार्यक्रममा बोल्दै कुखुरा पालक किसान संघ केन्द्रीय समितिका अध्यक्ष झनक पौडेलले पछिल्लो समय व्यवसायको रुपमा बिकास र विस्तार हुँदै आएको पोल्ट्री व्यवसाय, व्यवसायिकरण एवम आधुनिकीकरण हुँदै गैरहेको अवस्थामा ब्रोइलर कुखुराले मात्र करिव २ लाख ५० हजार व्यक्तिलाई प्रत्यक्ष रुपमा रोजगारको सिर्जना गरेका बताए । हाल ६६ जिल्लामा व्यवसाय विस्तार भएको दैनिक १२ लाख के.जी मासु उत्पादन गर्दै उपभोक्ता एवंम बजारको माग पुरा गर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिए । त्यस्तै कुखुरा पालक किसान संघ गोरखाका अध्यक्ष पशुराम वस्नेतले हालको मुख्य समस्याको जरो भनेको राज्य हो, राज्यको स्पष्ट निति नियम नभएको कारणले व्यवसायमा दरार उत्पन्न भएको छ , बिचौलियाको नियन्त्रणमा बजार चल्दै गर्दा खास व्यवसायी र किसान मारमा पर्ने गरेको बताए । त्यस्तै नेपाल ब्राेइलर कुखुरा संघका प्रमुख दिपेन्द्र श्रेष्ठले दैनिक बजारमा ५५ देखि ६० वटा खपत हुने र तयारी मासु प्रतिकेजी २०१० देखि २१५ सम्म हुने गरेकाे बताए । गुणास्तर तथा मूल्य हेरेर उत्पादन गर्दा वितरणमा समस्या नहुने  प्रमुख श्रेष्ठले जानकारी दिए ।

सिद्धार्थ बैंकको नयाँ शाखा चितवनको दुई स्थानमा, संख्या १७५ पुग्यो

काठमाडौं । सिद्धार्थ बैंकले चितवनको मंगलपुर र पदमपुरमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७५(४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९२ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथाकर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालबाट प्रधानमन्त्रीको सन्देश- ‘अब ठीक हुँदैछु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य स्थिती  सुध्रिदै गएको बताएका छन् । साेमबार अपरान्ह अस्पतालबाटै भिडियाे शन्देस पठाउँदै उनले  आफ्नो स्थिती सुध्रिँदै गएकाेले  अब केही दिनमै  पूर्ण रुपमा स्वस्थ हुने बताएका हुन् । ‘एपेन्डिसाईटिस कसैलाई समय र सुचना दिएर आउने रोग होइन’ उनले भिडियाेमा भनेका छन्,  यो अचानक आईलाग्छ, मलाई पनि अप्रत्यासित रुपमा त्यसरी नै आईलाग्यो,  मलाई ईन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलिएछ। त्यसमा मात्र ईन्फेसन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्याे तर बाहिर पनि ईन्फेसन भएकोले त्यसलाई पनि हटाउनु पर्ने भयो ।’ उपचारमा अझै १५ देखी २० दिन लाग्ने  उनले बताएका  छन्। उनले भिडियाेमा भनेका छन्, मेरो स्वास्थ्य राम्ररी अगाडि बढीरहेको छ तर मेरो एउटा मेजर अप्रेसन पछि  उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने र समाचारहरु हेर्न सक्ने अवस्थामा छु।’ उनले दक्षिण एसियाली खेलकुदलाइ समेटेर समेत बाेलेका छन् ।  उनले  मैत्रिपूर्ण क्षेत्रिय  मित्रता अगाडि बढाउन नेपाली खेलाडीहरु र सार्कका खेलाडिहरु सबैलाई  समेत आग्रह गरेका छन् ।

साग भलिबलको फाईनल खेल मंगलबार दिउँसो २ बजे, एक्सन स्पोर्टसबाट प्रत्यक्ष हेर्न पाइने

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुदअन्तर्गतको महिला भलिबलको फाईनल खेल नेपाल र भारतबीच मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ । दशरथ रंगशालाको कवर्ड हलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडिले प्रत्यक्ष प्रशारण गर्ने छ । यस्तै, १९ मंसिर देखी शुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनिएक्सन स्पोर्टस् एचडिमा हेर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई रुपाकोट रिर्सोटमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले रुपाकोट रिर्सोटको विभिन्न सेवा तथा सुविधामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बिहीबार दुई संस्थाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिर्सोटका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात रुपाकोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिर्सोटले उपलब्ध गराउने विभिन्न सेवामा सो मात्राको छुट पाउने छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१ एटिएम, १९५ शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

विवाहित महिलाले पाठेघरको मुखको क्यान्सरबाट बच्न प्याप्समेयर टेस्ट गर्नैपर्छ: डा. सुशीला वैद्य

काठमाडौं। संसारभरमा महिलाहरुको मृत्युको सबैभन्दा ठूलो कारण मध्ये पाठेघरको मुखको क्यान्सर पनि रहेको छ। विश्वमा हेर्ने हो भने महिलामा देखापर्ने क्यान्सरमध्ये स्तन, आन्द्रा, फोक्सोपछि चौथौ नम्बरमा नै पाठेघरको क्यान्सर आउँछ तर नेपालमा रहेका क्यान्सर अस्पतालका तथ्याङ्क हेर्न हो भने पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेका छ। यहि क्यान्सर विकसित मुलुकमा धेरै कम पाइनुकाे प्रमुख कारण नियमित रुपमा प्याय स्मेयर टेष्ट गराउनु रहेको डाक्टरहरु बताउँछन्। प्रजनन सक्षम कुनै पनि उमेरका महिलालाई यो रोग लाग्न सक्छ। विशेषगरि ३० वर्ष देखि ६० वर्ष सम्मको महिला जसको बिहावारी भईसकेको छ अथवा शारिरिक संम्पर्क भैसकेका महिलामा यो समस्या बढि देखिन्छ। पाठेघरको मुखको क्यान्सर यही कारणले हुन्छ भनेर किटान नभए पनि ह्युमन पापलिमो भाईरसलाई यसको मुख्य कारणको रुपमा लिईन्छ। यसबाट बच्नलाई प्रत्येक विवाहित वा यौन जिवन सक्रिय महिलाले हरेक वर्ष प्यायस्मेयर टेष्ट गराउनु पर्छ। अन्य क्यान्सर नसर्न भए पनि पाठेघरको मुखको क्यान्सर सर्न गर्दछ। यो रोग पाठेघरको मुखको क्यान्सर भएको महिलासँग यौन सम्पर्क राखेको पुरुषबाट दोस्रो महिलामा सर्नुकाे साथै एउटा महिलाले धेरैसँग यौन संम्पर्क राख्दा पनि यो सर्न गर्छ। पाठेघरको मुखको क्यान्सरको लक्षण पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा लक्षण नदेखिन पनि सक्छ । साथै यो व्यक्तिपिच्छे फरक हुनसक्छ। यद्यपी यसका लक्षण निम्नलिखित हुनसक्छन् : १. पहिलाको भन्दा अलि धेरै पानी बग्ने, पानी गन्हाउने, पटकपटक संक्रमण भइरहने, पानीमा रगत मिसिएको हुनसक्ने २. महिनावारी नभएको समयमा पनि रगत देखा पर्नु यस रोगको प्रमुख लक्षण हो। ३. पेट फुल्ने समस्या देखिन सक्छ। ४. धेरै फैलिएको अवस्थामा भने खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्ने साथै दिसापिसाबमा समस्या हुने प्यायस्मेयर टेष्ट डाक्टरले पाठेघरको मुखबाट एक थोपा पानी लिएर एक मिनेट भित्रमा गरिने टेष्टलाई प्यायस्मेयर टेष्ट भनिन्छ। यो यस्तो टेष्ट हो जसमा पाठेघरको मुखमा आएका खराबी अथवा भबिष्यमा हुन सक्ने क्यान्सर बारे जानकारी पाउन सकिन्छ। यो निकै नै सरल र सस्तो पनि रहेको छ। करिब ७ सयको वरिपरि यो टेष्ट गर्न सकिन्छ। भयानक रोग लागेर अन्तिम अवस्थामा पुग्नुभन्दा समयमा यस्ता टेष्टहरु गराएर स्वस्थ रहनुपर्छ। सम्पुर्ण सम्पती सिद्दिएर पनि निको नहुने अवस्थामा पुग्नुभन्दा अगाडी बच्नलाई सबैभन्दा उत्तम उपाय हो याे। प्याप टेष्ट गराउनुभन्दा पहिला के के कुराहरु ध्यान दिनुपर्दछ ? १. दुई दिन अगाडि देखि यौन संम्पर्क गरेको हुनुहुदैन। २. मल्हम अथवा डुसको प्रयोग गरेको हुनुहुदैन ३. यो महिनावारी भएको बेलामा गर्न मिल्देन। ४. एक हप्ता देखि एन्टिबायोटिक खाएको हुनुहुदैन। ( लेजर थेरापी विशेषज्ञ तथा महिला क्यान्सर रोग विशेषज्ञ डा. सुशिला वैद्य शाक्यसँगको कुराकानीमा आधारित )  

सिद्धबाबा सुरुङमार्गको डिपीआर तयार, सरकारबाट १० अर्ब बढीको स्रोत सुनिश्चित

काठमाडौं । सिद्धबाबा नाम सुन्ने वित्तिकै बुटवल, पाल्पा, स्याङ्जा र गुल्मीका जनताले लामो स्वास फेर्छन् । वर्षा शुरु भएपछि त्यस सडकखण्ड भएर यात्रा नै गर्नु नपरोस् भन्ने ती जिल्लाका बासिन्दाको मनमा राम्रैगरी पर्छ । उपाय पनि थिएन । “पहिरोले कतिबेला कस्को जीवन खोस्ने हो ? को घाइते हुने हो भन्ने कुनै ठेगान थिएन । हामीले विभिन्न उपाय पनि अपनायौ, तर कुनै उपायले काम गरेन, अन्ततः सुरुङमार्ग नै उत्तम विकल्प हुने निष्कर्षमा पुग्यौं । लामो समयदेखिको मेहनतले सार्थकरुप लिन लागेको छ”, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कार्यालयमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले भने । सिद्धार्थ राजमार्गको सबैभन्दा कठिन र सयौं नागरिकको ज्यान लिएको सिद्धबाबामा सुरुङमार्ग बनाउने विषय स्थापित गर्न लामो समय लाग्यो । “सपना नदेखि त केही हुँदैन भन्ने मनमा थियो, समयक्रममा मलाई अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो, बजेट पनि ल्याउनुपर्ने थियो । मैले सिद्धबाबामा सुरुङ निर्माण गर्ने विषयलाई बजेटमा समावेश गरे”, महासचिव पौडेलले भने । आर्थिक वर्ष २०७३÷७४ को वार्षिक बजेटको ७३ नम्बर बुँदामा “सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणको विस्तृत अध्ययन तथा परियोजना प्रस्ताव तयार पार्न बजेट विनियोजन गरेको छु”, भन्ने पदावली समेटियो । “त्यो शब्द राख्दा जति खुशी लागेको थियो, त्यो भन्दा बढी नयाँ बानेश्वरस्थित संसद् भवनमा त्यो शब्द पढ्दा मलाई बढी खुशी लाग्यो”, पूर्व अर्थमन्त्रीसमेत रहेका नेकपा महासचिव पौडेलले भने । पहिराका कारण दैनिकजसो नै सवारीसाधन रोकिँदा यात्रा गर्नेका लागि सो मार्ग मृत्यु मार्ग जस्तै बनेको यथार्थता भोग्नेलाई मात्र थाहा छ । पटक–पटक सरकार, मन्त्री, आयोजनाका प्रमुख र सडक विभागका उच्चपदस्थ कर्मचारीसमेत बदलिए । स्थानीयवासी सधैँ समस्यामा नै परिरहे । पहिरोमा परेका कतिका परिवार बिते, कति टुहुरा भए । अनि अपाङ्गताको जीवन अझै बाँचिरहेका पनि छन् । तिनलाई सरकार भएको र नभएको कुनै फरक परेन । सडकले जीवन लिएकाले समस्याबाट कहिले मुक्ति पाइएला भनेर बस्नुको विकल्प थिएन । किनकी राज्यले उनीहरुको दुःख देखेकै थिएन । देखेकै भए पनि अनुभव गरेको थिएन । बुटवल र पाल्पावासीका लागि सिद्धबाबा खण्ड एउटा नराम्रो यथार्थ जस्तै बनेको थियो । जनताप्रति उत्तरदायी सरकारले सो सडक खण्डमा स्थानीयवासीले भोगेको समस्या समाधानका लागि सरकारले एउटा उपाय निकालेको महासचिव पौडेल स्मरण गर्छन् । बजेटमा समेत समावेश गर्यो । सो सडक खण्डमा सुरुङमार्ग निर्माण गर्न सकियो भने स्थानीयवासीको समस्या समाधान हुनसक्छ भन्ने ध्येयका साथ गरिएको प्रयासले सार्थकता पाएकामा खुशी देखिन्छन् पौडेल । स्थानीयवासीको लामो समयदेखिको मागलाई सरकारले सम्बोधन गरेको छ । सो सडकखण्ड भएर दैनिकयात्रा गर्ने यात्रुलाई सिद्धबाबाबाट कहिलेमुक्ति पाइएला भन्ने दशर्कांदेखिको सपना पूरा हुने भएको छ । अर्थ मन्त्रालयले यही मङ्सिर २ गते सो खण्डमा सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय रुपमा खर्च गर्ने गरी रु १० अर्ब १५ करोड बराबरको स्रोत सुनिश्चितता गरिदिएको छ । “स्रोत सुनिश्चित भएपछि अब केही प्राविधिक तयारीमा लाग्नुपर्छ । सडक विभागले विश्वव्यापी बोलपत्र आह्वान गर्ला, सक्षम निर्माण व्यवसायी पनि छान्ला, हामी त्यसलाई समयमै अगाडि बढाउन थप सहजीकरण गर्छौ”, पौडेलले भने,“छिटो भन्दा छिटो स्थानीयवासीको समस्या समाधानका लागि हामी सरकारी निकायलाई काम गर्न अभिप्रेरित गर्छौ ।” थानकोट–नागढुङ्गा सुरुङमार्गको शिलान्यास भइसकेको छ । सो आयोजनाको निर्माणकार्य शुरु हुन लागेकै बखत अर्थमन्त्रालयले सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चितता गरेको हो । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले सो आयोजनाका लागि स्रोत सुनिश्चितता भएको सहमतिपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको छ । यही मङ्सिर १ गते अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई स्रोतको सुनिश्चितता गरिदिएका हुन् । सो पत्र मङ्सिर २ गते मात्रै अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको छ । “एउटा ठूलो प्रयासले सार्थकरुप लिएको छ । हामी सो सुरुङमार्गलाई समयमै सम्पन्न गर्न आवश्यक पहलकदमी लिन्छौं, स्थानीयवासीले दैनिक भोग्दै आएको समस्या समाधान गर्छौ”, पौडेलले भने। अर्थले भौतिकको प्रस्तावअनुसार नै सिद्धबाबामा सुरुङमार्ग निर्माणकार्य ‘डिजाइन एण्ड विल्ड’ ढाँचामा निर्माणका लागि स्रोतको सुनिश्चितता गरेको हो । उक्त सुरुङमार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत ‘बहुवर्षीय ठेक्का मापदण्ड २०७६’ बमोजिमको प्रक्रिया पूरा गरी काम अघि बढाउन अर्थले स्वीकृति दिएको पत्रमा उल्लेख छ । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार त्यस मापदण्डले तोकेको प्रक्रिया पूरा गरी अब खरिद शुरु गर्न मार्ग प्रशस्त गरेको छ । स्वीस परामर्शदाताले सो सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारी विभागमा पेश गरिसकेको छ । डिपीआर पनि तयार भइसकेको र स्रोतसमेत सुनिश्चित भएपछि विभागले अब बोलपत्रमार्फत ठेकेदार छनोट गरी निर्माण कार्य अगाडि बढाउने छ । अर्थ मन्त्रालयले डिपीआरबमोजिम हुने गरी डिजाइन, निर्माण तथा सञ्चालन र मर्मत गर्ने कार्यमा प्राविधिक सेवाको सुनिश्चित गरी लागत अनुमानबमोजिम खर्च हुनेगरी अनुमानित रकम मध्यकालीन खर्च संरचनामा समावेश गरेको छ । सोही संरचनाअनुसार नै बहुवर्षीय ठेक्काबाट खरिद प्रक्रिया अघि बढाउन सहमति प्रदान गरिएको छ । “हामीले भन्दै आएको ढाँचामा नै स्रोतको सुनिश्चितता भएको छ”, प्रवक्ता सापकोटाले बताए । सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब चार किलोमिटर क्षेत्र पहिराको अत्याधिक जोखिममा छ । त्यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा स्वीस सरकारको विकास सहयोगमार्फत सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरेको थियो । सडकखण्डलाई पहिरोबाट सुरक्षित बनाउनेबारे यसअघि विभिन्न अध्ययन तथा जैविक प्रयोग गरिए पनि सफल भने हुन सकेको थिएन । सडक विभागका अनुसार चिडियाखोला छेउबाट शुरु भएको सुरुङमार्ग दोभान नजिकैको रामापिथेकस पार्कको उत्तरतर्फ पुग्नेछ । स्थानीय दोभान सडकखण्डमा वर्षायाममा मात्र नभइ हिउँदमासमेत खस्ने सुक्खा र ढुङ्गे पहिरोका कारण उक्त सडकखण्ड भएर यात्रा गर्नेले दैनिक सास्ती भोग्दै आएका छन् । देशको एक प्रमुख र व्यस्त राजमार्गको सडकमा स्थानीयवासीले भोग्दै आएको हैरानी र क्षतिको न्यूनीकरणका लागि सुरुङमार्ग नै उत्तम र भरपर्दो विकल्प देखिएको थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमा समेत देशका विभिन्न स्थानमा सुरुङमार्ग निर्माणको अध्ययन शुरु गर्ने कार्यक्रम समावेश गरेको छ । आफूले बजेटमा समावेश गरेको बुटवल– भैरहवा सडक खण्ड, कोहलपुर नेपालगञ्ज सडक, पथलैया–रक्सोल सडक खण्डलगायत नेपाल–भारत सीमा जोड्ने सडक खण्डमा भइरहेको प्रगतिले पनि देश बन्दैछ भन्ने सन्देश गएको नेता पौडेलको भनाइ थियो । शुरुमा बुटवलको एउटा चोकमा सडक जामका कारण स्थानीयवासीले समस्या व्योहोरेको देखेपछि सडक चौडा पार्ने उपाय निस्केको स्मरण गर्दै उनले भने, “बुटवल– भैरहवा सडक खण्डको विस्तार गर्ने योजना बनाउँदै गर्दा अन्य सीमावर्ती क्षेत्रको सडक विस्तार गर्ने योजना समेत बने । ती मध्ये केही सम्पन्न भइसकेका छन् भने केही निर्माणको क्रममा छन् ।” बुटवल– नारायणगढ सडक खण्ड थप चौडा हुँदैछ, दाउन्नेमा पनि सुरुङ मार्ग बनाउने गरी काम भइरहेको छ । हाल अध्ययनको क्रममा रहेको दाउन्नेखण्डको सुरुङमार्गले पनि केही समयभित्रै सार्थकरुप लिँदैछ । पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बनाउने विषय समेत आफू अर्थमन्त्री हुँदा बजेटमा समावेश गरेको जानकारी दिँदै उहाँले ती सडक विस्तारको कामसमेत शुरु भएकामा प्रसन्नता व्यक्त गरे । रासस