विकासन्युज

ग्यास उद्योगी र बिक्रेता आन्दोलनमा, बजारमा अभावः सरकार भन्छ-अत्यावश्यक वस्तुमा हड्ताल नगर

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले कमिशन बृद्धिको माग सहित बिक्री बन्द गर्ने सम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेपछि बजारमा ग्यासको अभाव सिर्जना भएको छ । उद्योगी र बिक्रेताले आन्दोलनको घोषणा गरेपछि सरकारले भने अत्यावश्यक बस्तुमा हड्ताल नगर्न भनेको छ । ग्यास उपभोक्ताहरुले ग्यास उद्योगीहरुले अन्दोलको घोषणा गरेपछि ग्यास अभाव हुने डरले उपभोक्ताहरुले घरमा जगेडा ग्यास लगेको कलंकीको ग्यास विक्रेता बताउँछन् । पोखरेली ग्यास सप्लार्यसका सञ्चालक बसन्तराज पोखरेले भने–ग्यास उपभोग गर्ने उपभोक्ताहरुले हलाको पछि लागेर नयाँ ग्यास किनीरहेका छन् । ग्यास सटेज हुने हल्लाले नयाँ नयाँ उपभोक्ताहरु पनि ग्यास किन आएको पोखरेले बताए । नेपाल एल पि ग्यास संघका अध्यक्ष गोकुल भण्डारीले भने– ‘हामीले उद्योगका लागि ५ प्रतिशत र विक्रेताहरुले ६ प्रतिशत कमिशन वृद्धिको माग गरेर अन्दोलनमा उत्रेको हो ।’ उद्योगहरुको सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी र बीमा खर्च लगाएतका कुरा उठाएर शुक्रवार देखी अन्दोलन हुने भण्डारीले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जनतालाई थप मारमा पारेर उद्योगीलाई राहत प्रदान नगरिने बताए । ग्यास उद्योगीहरुले पहिले देखी नै कमिशन बृद्धिको माग गरिरहेका छन् । ग्यास उद्योगीहरुले ग्यासमा मुनाफा छैन भनिरहेका छन् । तर, ग्यास उद्योगमा मुनाफा नभएको भए किन नयाँ ग्यास उद्योगका लागि आवेदन दिरहेका छन् त ? ग्यास उद्योग संघले माग पूरा नभए फागुन १७ गतेदेखि ग्यासको पीडीओ खरिद नगर्ने घोषणा गरेको छ । फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि भन्सार आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने र ३० गतेदेखी सम्पूर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्री वितरण पूर्ण रुपमा बन्द गर्ने संघले चेतावनी दिएको थियो । बिक्रेता महासंघले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी दुःखद निधन भएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघ स्तब्ध भएको छ । उनको निधनबाट मुलुकले एउटा होनाहार युवा राजनीतिज्ञ गुमाएको छ भने पर्यटन व्यवसायमा समेत क्षति पुग्न गएको महासंघले जनाएको छ । दुःखको यस घडीमा उहाँ लगायत उहाँसँगै यात्रामा रहनु भई शहादत प्राप्त गर्नुहुने उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र श्रेष्ठ तथा निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर के.सी र सुरक्षाकर्मी अर्जुन घिमिरेको आत्माले शान्ति पाओस् भनी महासंघ मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ–कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

ताप्लेजुङ दुर्घटनाप्रति परिसंघको समवेदना

काठमाडौँ । बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना परी मृत्यु भएकाहरुप्रति नेपाल उद्योग परिसंघले गहिरो दुःख प्रकट गरेको छ । परिसंघले विहीबार विज्ञप्ति जारी गर्दै घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ । विज्ञप्तिमा अकल्पनीय र अप्रत्यासित दुर्घटनाले देशले अपुरणीय क्षति व्यहोर्नु परेको उल्लेख छ । नेपालले एक उदीयमान मुलुक र जनताका लागि सदैव समर्पित, विकास प्रेमीयुवा राजनीतिज्ञ, नेपालको पर्यटन एवम् उड्डयन क्षेत्रको विकासमा समर्पित एक सफल उद्यमी तथा कर्तव्यनिष्ठ राष्ट्र सेवकहरु गुमाएको छ–विज्ञप्तिमा उल्लेख छ ।

सेताम्मे चन्द्रागिरिमा खचाखच आगन्तुक, तोडिएला रेकर्ड ?

काठमाडौं । रातभरी परेको पानीले उपत्यका आसपासका डाँडाहरु हिउँले सेताम्मे बने । हिउँले भरिएका डाँडाहरुमध्ये आन्तरिक पर्यटकहरुको अत्यधिक आकर्षणको केन्द्रका रुपमा स्थापित चन्द्रागिरि डाँडामा आन्तरिक पर्यटक भरिभराउ देखियो । एकै दिन १५ हजार आन्तरिक पर्यटक पुगेर बनेको पुरानो रेकर्ड तोडिने सम्भावना रहेको चन्द्रागिरी हिल्सका प्रबन्ध निर्देशक अभिषेक प्रताप शाहले बताए । ‘२०७५ सालको नयाँ बर्षमा १५ हजारले भिजिट गरेका थिए, यसपाली त्यो रेकर्ड तोडिन्छ भन्ने आस छ’, शाहले भने । चन्द्रागिरिमा बिहानै देखि आगन्तुकहरुको खचाखच भिड देखिन्थ्यो । करिब २ किलोमिटर लामो लाइनमा बसेर आगन्तुकहरु चन्द्रागिरी डाँडोमा पुग्न आतुर देखिन्थे । करिब १४ मिनेट केबलकारको यात्रापछि काठमाडौं खाल्डोबाट सिधै चन्द्रागिरिको डाँडोमा पुग्न सकिन्छ जहाँ सेताम्मे डाँडापाखा हेरेर मोहित नहुने सायदै होलान् । रुखका पात र हाँगाहरुमा जमेका हिउँलाई हेर्दै रमाउन के बालबालिका, के युवायुवती सबै झुम्मिएको देखिन्थे । राजधानीबाट हिउँ खेल्न जाने पुराना गन्तव्य नगरकोट, शिवपुरी र फुल्चोकी हुन् । तर त्यहाँसम्म पुग्दा हिउँ पग्लिसक्ने सम्भावना रहन्थ्यो । हिउँ पर्ने सम्भावित दिन हेरेर अघिल्लो दिन नै त्यता लाग्नुपर्ने बाध्यता समेत थियो । तर चन्द्रागिरिमा केबलकार बनेसँगै हिउँ खेल्ने चाहना क्षण भरमै पुरा हुन्छ । हिउँ परेको जानकारी पाएको अधिकतम एक घण्टा नपुग्दै हिउँ खेल्ने अवसर प्राप्त हुन्छ ।

युनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा, २४० % हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौँ । युनाईटेड ईन्स्योरेन्स कं. नेपाल लि. को विशेष साधारण सभा बिहीवार बबरमहल स्थित कार्की ब्याङ्गक्वेटमा सम्पन्न भएको छ । कम्पनी संचालक समितिको ३२३ औँ बैठकले पेश गरेका विशेष प्रस्तावहरु माथि छलफल सहित पारित भएको छ । बिशेष साधारण सभाको निर्णय बमोजिमकम्पनीको वर्तमान चुक्तापूँजी तीस करोड चौविस लाखको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । साथै कम्पनीको अधिकृत पुँजी दुई अर्व तथा जारी पूँजी र चुक्तापूँजी एक अर्ब दुई करोड एकासी लाख साठ्ठी हजार रुपैयाँ कायम गर्ने निर्णय भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको कम्पनी सचिव बिदुरबहादुर भुजेलले जनाएका छन् ।

गैरबैंकिङ संस्थाको नियमन गर्ने अधिकार माग्दै राष्ट्र बैंक, कुलिङ पिरियड पनि घटाउने प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरबैंकिङ वित्तीय संस्थाहरुको नियमन गर्ने अधिकार माग गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनाएको विधेयकको मस्यौदामा त्यस्तो प्रस्ताव गरिएका हो । प्रस्तावमा नेपाल सरकारबाट अनुरोध भई आएमा नेपाल सरकारको शेयर स्वामित्व रहेका गैरबैंकिङ वित्तीय संस्थाहरुको समेत नियमन र सुपरीवेक्षण गर्न सक्नेछ भन्ने वाक्यांश उल्लेख गरिएको छ । नेपाल संघीय मुलुकमा रुपान्तरण भएको र संघ, प्रदेश र स्थानीय तहमा स्वायत्त सरकारहरु निर्माण भएको परिप्रेक्षमा ऐनलाई संघीय प्रणालीअनुकुल बनाउन प्रदेश र स्थानीय सरकारसँगको अन्तरसम्बन्ध कायम गर्न मार्ग प्रशस्त गर्न ऐन संशोधन गर्न लागिएको भएपनि केही प्रावधानमा भने त्यसबाहेकका विषयवस्तु समेटिएका छन् । राष्ट्र बैंकले प्रस्ताव गरेको संशोधनमा नेपाल सरकारको अनुरोधमा गैरबैंकिङ वित्तीय संस्थाहरुको नियमन गर्ने काम नेपाल राष्ट्र बैंकले गर्न सक्ने उल्लेख गरिएको छ । त्यसरी नियमन गर्ने गैरबैंकिङ वित्तीय संस्थाहरुको नियमन पनि बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न बनेको ‘वित्तीय कारोबार नियमन तथा सुपरीवेक्षण ऐनको दफा ८४ बमोजिम हुने’ मस्यौदामा उल्लेख गरिएको छ । राष्ट्र बैंकका अधिकारीहरुको कुलिङ पिरियड घट्ने नेपाल राष्ट्र बैंक अर्थ मन्त्रालयमा पठाएको संशोधनमा नेपाल राष्ट्र बैंकका अधिकारीहरुको कुलिङ पिरियड घटाउने प्रस्ताव समेत गरिएको छ । यसअघि कार्यकारी निर्देशक र डेपुटी गभर्नरको हकमा नेपाल राष्ट्र बैंकबाट अवकाश पाएको ३ बर्ष र अन्य कर्मचारीको हकमा अवकाश पाएको २ वर्षसम्म अन्य बैंक तथा वित्तीय संस्थामा कुनै पनि हैसियतमा रहेर काम गर्न रोक लगाएकोमा अब सबै तहका कर्मचारी, कार्यकारी निर्देशक वा डेपुटी गभर्नरको हकमा कुलिङ पिरियड १ बर्षमै सीमित गर्ने प्रस्ताव गरिएको हो । बैंकले यो प्रावधान संशोधन गर्नुको पछाडि ‘बढीमा १ वर्ष राख्दा नै पर्याप्त हुने’ उल्लेख गरिएको छ । सो मस्यौदा राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयले उक्त संशोधन प्रस्तावमा आवश्यक संशोधन गरी मन्त्रीपरिषद्मा पठाउने व्यवस्था छ । खासगरी गैरबैंकिङ वित्तीय संस्थाहरुको नियमन गर्नसक्ने अधिकार राष्ट्र बैंकलाई दिने वा नदिने भन्नेमा अर्थ मन्त्रालयमा छलफल भइरहेको बताइएको छ । हाल सञ्चालनमा रहेका विभिन्न कोषहरु तथा केही सहकारी संस्थाहरु सरकारी स्वामित्वका गैरबैंकिङ वित्तीय संस्थाहरु हुन् । त्यस्ता कोषहरुलाई हाल अर्थ मन्त्रालयले नियमन गर्दै आएको छ भने सहकारी संस्थाहरुलाई सहकारी विभागले नियमन तथा सुपरीवेक्षण गर्दै आएको छ ।

सन् १९७९ यता नेपालमा ३३ हेलिकप्टर दुर्घटना, ६८ जनाले ज्यान गुमाए

काठमाडौं । नेपालमा हालसम्म ३३ वटा हेलिकप्टर दुर्घटनामा परेको छ । सन् १९७९ मा पहिलो पटक हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टर दुर्घटनामा ६८ जनाले ज्यान गुमाएका छन् । सन् १९७९ मा भिभिआइपी कम्पनीको अल्टी आइआइआइ नामक हेलिकप्टर लमजुङमा दुर्घटना भएको थियो । सो दुर्घटनामा ६ जनाले ज्यान गुमाका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङक ३३ हेलिकप्टर दुर्घटना भएका छन् । दुर्घटनामा परि ६८ जनाले ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन् । तथ्याङ्क अनुसार ताप्लेजुङ मै २००६ मा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाएका थिए । घटनामा तत्कालीन राज्यमन्त्री गोपाल राई वातावरणविद् हर्क गुरुङ सहित २४ जनाले ज्यान गुमाएका थिए । श्री एयरलाइन्सको २४ सिट क्षमताको हेलिकप्टर दुर्घटना भएको थियो । बुधबार भएको दुर्घटना नेपालको इतिहामै सबैभन्दा उच्च पदस्त व्यक्तिहरुले ज्यान गुमाएका छन् । हेलिकप्टर उड्नको लागि कम्तिमा १ माइल दुरी पाइलटले देख्नुपर्ने मौसम हुनु पर्ने पूर्व क्याप्टेन युवराजकुमार भट्टराईले बताए । हवाई दुर्घटना न्युनिकरण गर्न यो नै गर्नुपर्छ भन्न सकिदैंन । क्याप्टेन भट्टराईले भने–सामान्य नियम पालना गर्नैपर्छ । यस्तो छ हालसम्मको हेलिकप्टर दुर्घटनाको अवस्था

पोखराकी पम्फा देवकोटाः हेल्परदेखि उद्योगीसम्मको यात्रा

काठमाडौं । ५ वर्षसम्म आइसक्रिम उद्योगमा हेल्परको रुपमा काम गरेकी पोखराकी पम्फा देवकोटा अहिले ६५ लाखको उद्योगको मालिक भएकी छिन् । गत जेठ महिनामा रामचन्द्र अधिकारीसँगको सहकार्यमा पोखरा बुढीबजारमा शुरु गरेको दीप आइसक्रिम कम्पनीले अहिले बजारमा राम्रो प्रभाव जमाएको छ । अहिले हेर्दा पम्फाको जीवन सुन्दर देखिन्छ, तर उनको जीवनमा धेरै खालका दुःखकष्ट र अनुभूति छन् । उनको माइतिपनि आर्थिक सम्पन्न छैन । घरमा खान पनि दुःख थियो । सानै उमेरमा बिहे भयो, बिहेपछि श्रीमानले छोडेर एक्लो बनाए । ऋणको भारपनि बोकाए, तर उनले हिम्मत हारिनन् । श्रीमानले छोडेपनि उनले लगाएको ऋण तिर्न पम्फाले निकै संघर्ष गरिन् । पोखरा कै एक आइसक्रिम उद्योगमा हेल्परदेखि सेल्सम्यान र चालक समेतको काम गरिन् । ५ वर्ष कडा मेहनत गरी ऋण तिरिन्, र अहिले आफ्नै व्यवसाय शुरु गरेकी छिन् । पम्फाले २०७५ सालमा जेठमा ६५ लाखको आईसक्रिम व्यवसाय शुरु गरेकी हुन् । रामचन्द्र अधिकारीको सहकार्यमा २०७४ साल मंसिरमा हेटौँडामा कृषिफर्मको शुरु गरेको उनले बताइन् । उनको र्फमा १५ सय कुखुरा, ३० वटा भैंसी, ५० वटा बाख्रा गरिएको छ । यस्तो छ पम्फाको जीवनी गोरखाको सामान्य परिवारमा २०४८ सालमा जन्मिएकी पम्फाको परिवारमा ८ दिदिबहिनी, १ दाई रहेका छन् । उनले २०६५ सालमा गाउँबाटै एसएलसी उत्तीर्ण गरेकी थिइन् । त्यसपछि घरपरिवारको रोजाईँ चितवनको देवघाटमा उनको विवाह भएको थियो । विवाहपछि पोखरा गइन्, उनले त्यहीबाट १२ कक्षा उत्तीर्ण गरिन् । स्नातक तह पढ्दै गरेकी उनले त्यो अवधिमा १ छोरालाई जन्म दिइन् । छोराको जन्मसँगै उनको पढाई रोकियो । पोखराको एक आईसक्रिम कम्पनीमा काम गर्ने उनका श्रीमानले २०६९ सालको भदौमा कम्पनीबाट ८ लाख रुपैयाँ लिएर फरार भए । त्यसपछि उनको जीवनमा संघर्ष थपियो । अहिले उनी सामाजिक काममा समेत सक्रिय रहेकी छिन् । ‘हृदयको आवाज’ भन्ने संस्थाको स्थापना गरेकी छिन् । एकल महिलाका लागि उर्जा एवम् आत्मनिर्भर गराउने उद्देश्यले उक्त संस्था शुरु गरेको देवकोटाको भनाई रहेको छ । अब आगामी दिन उक्त संस्थाबाट एकल महिलामाथि भएको अन्याय एवम् उनीहरुलाई आत्मनिर्भर बनाउने र आफ्नो व्यवसायलाई थप समृद्ध बनाएर लैजाने उनले बताइन् ।