विकासन्युज

सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महिनाभित्र तयार हुने

मेलम्ची । सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महिनाभित्र तयार हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करीब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीले जानकारी दिएका छन् । अप्रिल महीनामा चिनियाँ पक्षले निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गर्नेछ । करीब ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुईतले भवन निर्माण गरिएको छ । भवनमा अध्यागमन, भन्सार, बैंक लगायतका कार्यालय रहनेछन् । दोस्रो भवन कर्मचारीको आवास हुनेछ । मितेरी पुलदेखि छ किलोमिटर पश्चिम भोटेकोशी गाउँपालिकाको लार्चामा बनिरहेको बन्दरगाहमा १५८ ठूला मालवाहक ट्रक र २३ साना गाडी जाँच गर्न सकिने छ । १०० मेट्रिकटनसम्म सामान बोकेका गाडी एकै पटक तौलिन सक्ने मेसिन राखिने समितिले जनाएको छ । बन्दरगाहमा आयात र निर्यातका लागि छुट्ठाछुट्टै टर्मिनल निर्माण गरिएको छ । बन्दगाहका लागि आवश्यक क्वारेनटाइन, गोदाम घर, जाँचपास याड, चेकपोष्टलगायतका संरचना निर्माण भइरहेका छन् । अरनिको राजमार्गबाट बन्दरगाह जोड्नका लागि भोटेकोशी नदीमाथि पुल निर्माण भइरहेको छ । नेपाल–चीन द्विपक्षीय सम्झौता भएर विसं २०६९ बाट निर्माण शुरु गरिएको बन्दरगाह विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि रोकिएको थियो । चीन सरकारको एक अर्ब २० करोड लागतमा निर्माण हुन लागेको हो । चिनियाँ सरकारकै सहयोगमा मितेरी पुलदेखि बन्दरगाहसम्मको सडक स्तरोन्नति भइरहेको छ । नेपाल–चीन जोड्ने मितेरी पुल धमाधम निर्माण भइरहेको छ । योसँगै तातोपानी नाका खुल्ने सुनिश्चित भएको छ । द्विपक्षीय छलफलले मे १ मा नाका खोल्ने मौखिक सहमतिसमेत गरेको छ ।

प्रदेश नं ३ मा छुट्टै पर्यटन ब्राण्ड निर्माण हुने, उत्कृष्ठ ब्राण्डलाई १ लाख राशीको पुरस्कार !

हेटौँडा । प्रदेश नं ३ सरकारले पर्यटन विकास गर्न छुट्टै पर्यटन ब्राण्ड निर्माण गर्ने भएको छ । ब्राण्ड निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन विकास आयोजनाले एक लाख राशिको पुरस्कारसहित प्रतियोगिता आयोजना गरेको छ । पर्यटनसम्बन्धी केन्द्रीय ब्राण्ड वा नाराले प्रदेशलाई समेटे पनि आफ्नै छुट्टै विशिष्ट पहिचान भएकाले अलग्गै ब्राण्ड निर्माण गर्नु परेको आयोजनाका प्रमुख राजु क्षेत्रीले जानकारी दिए । आयोजनाले ब्राण्डको डिजाइन गरी प्रतियोगितामा सहभागी हुन इच्छुक सङ्घसंस्था तथा व्यक्तिका लागि आगामी चैत ६ गतेसम्म सम्पर्क गर्ने गरी समय सीमा तोकेर सूचना प्रकाशित गरेको छ । पर्यटकीय गन्तव्यमा १०० मध्ये सबैभन्दा धेरै स्थान प्रदेश नं ३ कै रहेकाले ती सम्पदाको प्रवद्र्धन गरी प्रदेशमा पर्यटक आकर्षित गर्न ब्राण्ड निर्माणको प्रतियोगिता सञ्चालन गरिन लागेको आयोजनाले जनाएको छ । प्रदेशका प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक तथा ऐतिहासिक महत्व बोकेका सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवद्र्धन गराउने लक्ष्य लिइएअनुरुप पर्यटन प्रवद्र्धन कार्यक्रम प्रभावकारी बनाउन आफ्नै पर्यटन ब्राण्ड र नाम निर्माण गर्नुपर्ने बताइएको छ । आयोजनाका प्रमुख क्षेत्रीका अनुसार प्रदेशका स्थापित तथा नयाँ एवं व्यवस्थित गर्नुपर्ने सम्पदाको समेत पहिचान गरेर प्रचारप्रसार गर्न ब्राण्डको भूमिका महत्वपूर्ण हुनेछ । उनका अनुसार प्रदेशको वास्तविक परिचय थाहा पाउन तथा आम समुदायलाई आफ्नो प्रदेशको पर्यटन विकासमा सहभागी गराउन प्रतियोगिता आवश्यक परेको हो । आयोजनाका अनुसार ब्राण्ड नामलाई पर्यटन प्रवद्र्धनको मुख्य ब्राण्डिङ टुलको रुपमा प्रयोग गरिने तथा मन्त्रालय एवं पर्यटन विकास आयोजनाको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य विशेष सामग्रीका रुपमा विशेष महत्वका साथ प्रकाशन एवं प्रसारण गरिने छ । मन्त्री अरुण नेपालको संयोजकत्वमा रहेको छनोट समितिले ब्राण्ड नाम र नाराको छनोट गर्ने छ । सामग्री प्राप्त भएको बढीमा एक महीनाभित्र उत्कृष्ट ब्राण्डको छनोट गरिने आयोजना प्रमुख क्षेत्रीले जानकारी दिए ।

फागुन २८ देखि ३० गतेसम्म प्याकेजिङ्ग एक्स्पो- प्याकप्रोटेक २०१९ हुने

काठमाडौँ । प्याकेजिङ्ग तथा खाद्य प्रशोधन उपकरण सम्बन्धि एक्स्पो “प्याकप्रोटेक २०१९” काठमाण्डौंमा हुँदैछ । । त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा फागुन २८, २९ र ३० मा हुन लागेको यो पहिलो एक्स्पो मेसे इन्डिया, इन्स्टिच्यूट अफ प्याकेजिङ्ग मेसिनरी म्यानुप्याक्चरर्स अफ इन्डिया तथा ईआरएम कन्सेप्ट्सको संयुक्त आयोजनामा गर्न लागिएको हो । नेपालको खाद्य तथा एफएमसिजि बजार १७५ को द्रुत दरमा वृद्घि भइरहेको छ, जुनविश्वको औसत २ देखि ३५ आँकडा भन्दा धेरै गुणा ठूलो हो । नेपालमा चाउचाउ, कन्फेक्सनरी र चुरोटको बजार सबैभन्दा बढी वृद्घि हुने क्षेत्रमा पर्दछन् भने पेय पदार्थ २०५ र वस्तु उत्पादनको वृद्घि २५५ मा रहेको छ । यसैगरी प्लास्टिक उद्योग ११५ को दरले वृद्घि भइरहेको छ । थोरै लगानी तथा कामको माग रहेको नेपाली बजारमा प्याकप्रोटेक २०१९ ले संसारमा प्रचलित विभिन्न प्याकेजिङ्ग तथा यसमा आएका प्रविधिहरुको प्रदर्शन गर्नेछ । यस एक्स्पोमा फ्लेक्जीबल प्याकेजिङ्ग सिस्टम, सेकेण्डरी प्याकेजिङ्ग, कार्टन र विभिन्न प्रकारका लेबलहरुको पनि प्रदर्शनी गरिने आयोजकले जनाएको छ । एक्स्पोमा“प्याकेजिङ्ग इनोभेसन एण्ड सोल्युसन”भन्ने शीर्षकमा एकदिने सम्मेलन हुनेछ । फागुन २९ मा हुने सम्मेलनमा प्याकेजिङ्गको महत्व र यसबाट व्यापारलाई हुने फाइदाका बारेमा जानकारी दिइनेछ । यो सम्मेलनले प्याकेजिङ्ग प्रविधिहरु नेपाली बजारमा बृहत रुपमा चिनाउने छ र सहकार्यका अवसरहरु नेपाली व्यापारीहरुलाई दिनेछ । सम्मेलनका साथसाथै फागुन २८ र ३० गते “पीच सेसन”हुनेछन्, जसमा यस उद्योगका अनुभवि कम्पनी÷व्यक्तिद्वारा प्याकेजिङ्ग सम्बन्धि प्रस्तुती गरिनेछन्। करिब १०० वटा स्टल राखिने यस एक्स्पोमा प्याकेजिङ्ग, प्रिन्टिङ्ग, खाद्य प्रशोधनका उपकरण, एफएमसिजि, फार्मास्यूटीकल्स आदिसंग सम्बन्धित कम्पनी/व्यक्तिहरुको उपस्थिती रहनेछ । प्याकप्रोटेक हालमा नेपालको एकमात्र प्याकेजिङ्ग इभेन्ट हो । कम्पनी तथा ब्राण्ड, खाद्य–प्रशोधन तथा पेय पदार्थ, फार्मास्यूटीकल्स उपकरण तथा वस्तु उत्पादनसंग सम्बन्धित उद्योगमा संलग्नव्यक्तिहरुको सहभागिता यस एक्स्पोमा जनाइएको छ ।

देश घुम्ने नेपालीको पहिचान हुँदै, अर्थतन्त्रमा योगदान पनि खोजिने

काठमाडौं । सरकारले देश घुम्ने आफ्ना नागरिकहरुको पहिचान गर्ने भएको छ । सरकारले देश घुम्ने नेपालीहरुको तथ्यांक संकलन गर्न तथ्यांक विभागलाई जिम्मा दिएको छ र विभागले प्रारम्भिक अध्ययनको काम अघि बढाउन लागेको छ । तथ्यांक विभागका निर्देशक जिष्णुमोहन भट्टराईका अनुसार प्रारम्भमा ५ सय परिवारमा पाइलट अध्ययन गरिनेछ । त्यसका आधारमा आगामी वर्षमा विस्तृत अध्ययन हुनेछ । सरकारले ‘पहिले देश अनि विदेश’ भन्ने नारासहित आन्तरिक पर्यटन प्रवद्र्धन गरिरहेको छ । सोही अभियान अन्तर्गत आफ्ना नागरिकहरुलाई देशका गन्तव्यहरुको भ्रमणमा अभिप्रेरित गरिरहेको छ । ‘आन्तरिक पर्यटन उपभोग सर्वेक्षण २०७५।७६’ नाम दिईएको अध्ययनमा ८ पृष्ठ लामो प्रश्नावली समेटिएका हुनेछन् । प्रारम्भिक अध्ययनका लागि नेपाल पर्यटन बोर्डले ५० लाख रुपैंयाँ उपलब्ध गराउनेछ । आगामी आर्थिक वर्षमा गरिने राष्ट्रिय सर्वेक्षणका लागि भने ४ करोड रुपैंयाँ बजेट लाग्ने अनुमान गरिएको छ । कसरी हुन्छ सर्वेक्षण ? तथ्यांक विभागले सात वटै प्रदेशमा नमुना छनौट गरेर अध्ययन अघि बढाउनेछ । अध्ययनमा एक घरबाट एक जना सदस्य मार्फत परिवारको विस्तृत विवरण लिइनेछ । सो परिवारबाट एक वर्षभित्र कति जना सदस्यले कुन प्रयोजनका लागि, कति खर्च गरेर कति समयका लागि आन्तरिक पर्यटन गन्तव्यको भ्रमण गरे भन्ने आंकडा निकालिनेछ । त्यस्तै, कुन महिनामा घुमेको हो, कस्तो प्रकृतिको सवारी साधनको उपयोग गरेको हो ? कुन प्रयोजनका लागि घुमफिर गरेको हो ? घर/डेरा वा अफिसबाट कति टाढाको यात्रा गरेको हो ? कुन कुन प्रयोजनमा कति खर्च भएको भन्ने विवरण समेटेर ३० दिने अवधीको पनि अर्काे तथ्यांक निकालिनेछ । के हुन्छ अध्ययनबाट ? ‘आन्तरिक पर्यटन उपभोग सर्वेक्षण २०७५/७६’ले नेपालीहरुको घुमफिर गर्ने प्रवृत्ति पत्ता लाग्नेछ । नेपालीहरुले आन्तरिक भ्रमणमा कति खर्च गर्छन् भन्ने तथ्य समेत पत्ता लगाउने यो अध्ययनले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान कति छ भन्ने समेत एकिन गर्न सहज हुने विभागका निर्देेशक भट्टराईले बताए । यो अध्ययनबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा कस्ता कुरामा ध्यान दिनुपर्ने रहेछ भन्ने समेत पत्ता लाग्ने भट्टराईले जानकारी दिए ।

पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा लिफ्ट निर्माण, राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन

काठमाडौँ । पोखरास्थित विन्ध्यवासिनी मन्दिर परिसरमा वृद्ध तथा अशक्त भक्तजनहरुलाई टेवा पुर्याउने उद्देश्यले लक्ष्मी ग्रुप, नेपाल तथा हुन्डाई मोटर कम्पनी, दक्षिण कोरियाको सहकार्यमा लिफ्टको निर्माण गरिएको छ । उक्त लिफ्टको फागुन २३ गते राष्ट्रपति विद्यादेवि भण्डारी उद्घाटन गरेकी छिन् । उक्त लिफ्ट समुद्घाटन समारोहमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट उक्त समितिका अध्यक्ष तथा लक्ष्मी ग्रुप नेपालका अध्यक्ष गणेशबहादुर श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गरेका थिए । उक्त स्वागत मन्तब्यमा उनले विन्ध्यवासिनी मन्दिरको बारेमा थप प्रष्ट पार्दै समितिका तर्फबाट भएका कार्यहरुको विवरण अवगत गराए । समितिले आफ्नो स्थापना भएपश्चात शिवमन्दिर, राधा कृष्ण मन्दिर, शन्तनिवास, गुरुकुलभवन, अष्ट चिरन्जिवी तथा नव ग्रहमन्दिर, यज्ञ मण्डपहरु, अखण्ड हवन मण्डप, विन्ध्यवासिनी बहुउद्देश्यशीय भवन, मन्दिर परिसरमा ढुङ्गा छाप्ने कार्य, जलधारा, पौवाको निर्माण भएको उनले जानकारी गराए । उक्त लिफ्ट उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्रीश्री पृथ्वी सुब्बा गुरुङ्ग, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी, दक्षिण कोरियाका राजदुत पार्क योङ–सिक, दाता हुन्डाई मोटर कम्पनीका प्रतिनिधि, लक्ष्मी ग्रुप नेपालका प्रतिनिधिहरु र विशिस्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सिद्धार्थ बैंकका एटिएममा मास्टर कार्ड नेटवर्कका कार्डहरु प्रयोग गर्न सकिने

काठमाडौँ । सिद्धार्थ बैंक विश्वव्यापी पहिचान भएको मास्टर कार्ड नेटवर्कको प्रमुख सदस्यको रुपमा आवद्ध भएसगैँ मास्टर कार्ड नेटवर्कका मास्टर कार्ड र मेस्ट्रो कार्डहरु सिद्धार्थ बैंकका कुनैपनि एटिएम मेशिनमा प्रयोग गर्न सकिने भएको छ । सो बैंकले निकट भविष्यमा नै मास्टर कार्ड डेबिट र क्रेडिट कार्ड जारी गर्ने जनाएको छ । बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना ल्याएको छ । त्यसैगरी उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न ७ विभिन्न प्रकारका कृषि तथा लघु उद्यम कर्जाहरु ल्याएको छ । कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाइड बाई भिषा सेवापनि ल्याएको छ । बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा पनि ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ । सिद्धार्थ बैंकले हालसम्म १०८ अर्ब निक्षेप सकंलन तथा १०० अर्ब कर्जा प्रवाह गरेको जनाएको छ ।

देवः विकास बैंकको २ वटा शाखा थपिए

काठमाडौँ । देवः विकास बैंक लि.ले बारवर्दिया नगरपालिकाको वडा नं ६ मा मगरागढी शाखा कार्यालय शुरु गरेको छ । बारवर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले शाखा कार्यालय उद्घाटन गरे । बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष मन्तव्य दिनु हुँदै बारबर्दिया नगरपालिकाका प्रमुख थारुले स्थानीय उद्यमशीलता तथा कृषि क्षेत्रको विकास सँगसँगै यस क्षेत्रको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले अग्रणी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । यसैबीच, मधुवन नगरपालिकाको वडा नं. ०६ स्थित सानोश्रीमा ताराताल शाखा उद्घाटन भएको छ । फागनु २३ गते एक समारोहमा मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर केसीले शाखा उद्घाटन गरे । उपरोक्त कार्यक्रमहरुमा स्वागत मन्तव्य दिनु हुँदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्नका लागि बिस्तार गरेको बताए ।

एभरेष्ट बैंकको दाबी : शेयरधनीको १३,५०० को लगानी ३,४५,८०० पुर्यायौं

  काठमाडौं । एभरेष्ट बैंकले २५ बर्षमा लगानीको २५ गुणा प्रतिफल दिन सफल भएको दाबी गरेको छ । बैंकद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष बिके श्रेष्ठले २५ बर्ष अघि स्थापना हुँदा गरेको १३,५०० रुपैंया लगानी ३,४५,८०० पुगेको भन्दै २५ बर्षमा लगानी २५ गुणा बनाउनसक्नु बैंकको सफलता भएको बताएका हुन् । कार्यक्रममा बैंकले देशभर रहेका ७ प्रादेशिकसहित ९२ शाखाहरुमार्फत् अत्याधुनिक बैंकिङ सेवा दिइरहेको दाबी गर्दै एभरेष्ट बैंकको ग्राहक संख्या १० लाख नाघेको दाबी गरिएको थियो । बैंकका ग्राहकले भारतभर रहेका पञ्जाब नेशनल बैंकबाट भुक्तानी लिन सक्ने सुविधा दिएको, इन्डो नेपाल रेमिट्यान्स सेवा उपलब्ध गराएको, भारतमा रहेका गोर्खा सैनिकहरुका लागि बहुआयामिक बचत कार्यक्रम ल्याएको भन्दै यस्ता कार्यक्रमले नेपाल र भारतलाई एक जोड्न सहयोग गरेको समेत दाबी गरिएको छ । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथ, शंखमुल, पोखरा र भैरहवामा शवदाहगृह निर्माण गर्न लागेको तथा विभिन्न विद्यालयहरुमा अत्याधुनिक शौचालय निर्माणमा सहयोग गरेको जानकारी समेत गराएको थियो । ‘भारतमा भन्दा नेपालमा ५० प्रतिशत सस्ताेमा उत्पादन हुन्छ, प्रचार गरिदिनुस्’ एभरेष्ट बैंकको एक्विटी होल्डिङ कम्पनी पञ्जाब नेशनल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल मेहेताको नेपाल भ्रमणको क्रममा उनलाई स्वागत गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भारतीय लगानीकर्ताले लगानी गर्दा आफ्नो देशभन्दा ५० प्रतिशत भन्दा बढी सस्तो पर्ने दाबी गर्दै नेपालले त्यसको प्रचार गर्न नसकेर मात्र भारतीय लगानी नेपाल भित्रन नसकेको दाबी गरे । ‘भारतको बजारलाई मध्यनजर गरेर उत्पादनमूलक कम्पनीहरुको कारखाना नेपालमा स्थापना गरेमा भारतमा तिर्नुपर्ने मुनाफाको ३४ प्रतिशत संस्थागत कर, खाद्य पदार्थमा १२ प्रतिशत र मेसिनरी पार्टपुर्जामा १८ प्रतिशत तिर्नुपर्ने बस्तु तथा सेवा करसमेत बच्ने दाबी उनको थियो । सिक्किममा १० प्रतिशत होलिडे ट्याक्स लाग्ने तर नेपालमा १ अर्ब भन्दा माथि लगानीका उद्योगहरुलाई ५ बर्षसम्म आयकर तिर्नै नपर्ने व्यवस्था रहेको भन्दै उनले सरकारले नेपालमा पाइने यस्ता सुविधाबारे प्रचार गर्नुपर्ने भन्दै उनले त्यसका लागि सञ्चारकर्मीलाई दबाब दिन आह्वान समेत गरे । अध्यक्ष श्रेष्ठले नेपालले भारतीय कर व्यवस्था र नेपाली सहुलियतबाट फाइदा लिन सीमा क्षेत्रमा औद्योगिक क्षेत्रहरु स्थापना गर्न सुझाएका छन् ।