विकासन्युज

नवीकरणीय ऊर्जा क्षेत्रको अध्ययनका लागि इथियोपियाली विज्ञ नेपालमा

काठमाडौं । नेपालमा नवीकरणीय ऊर्जाका प्रविधि, यसको विकास र विस्तारका लागि लागू गरिएका नीति नियमहरु तथा सरकारी र निजी क्षेत्रको सहभागिताको बारेमा सङ्घीय प्रजातान्त्रिक गणतन्त्र इथियोपियाको एक उच्चस्तरीय प्रतिनिधिमण्डल बृहत अध्ययन गरेको छ । साताव्यापी अध्ययनको क्रममा नेपाल आएको टोलीले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित परियोजना, विभिन्न प्रविधिहरुको गुणस्तर मापन र नियमनका लागि गठित नवीकरणीय ऊर्जा परीक्षण केन्द्र, नवीकरणीय ऊर्जा कोष परिचान तथा ग्रामीण प्रविधि केन्द्रलगायत विभिन्न गैरसरकारी संस्था र निजी क्षेत्रले गरेका कामहरुका बारेमा पनि अध्ययन गरेको थियो । ठूला क्षमताका जलविद्युत परियोजनाहरु निर्माण गरेसँगै नवीकरणीय ऊर्जाका क्षेत्रमा पनि राम्रो प्रगति हासिल गर्न सफल इथियोपियाली विज्ञ टालीको नेपाल भ्रमणले लगानीका अवसर र ज्ञानको आदानप्रदान गर्न सहयोग पुग्ने नवीकरणीय ऊर्जा परिसङ्घ नेपालका अध्यक्ष गुणराज ढकालले बताए। छोटो समयमै नेपालले नवीकरणीय ऊर्जा क्षेत्रमा निकै प्रगति गरेको र यहाँको नीति, सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रको सहभागिता निकै सह्राहनीय भएको बताउँदै यसबाट आफ्नो देशले धेरै कुरा सिक्न पाएको टोली प्रमुख जलश्रोत, सिँचाइ तथा ऊर्जा मन्त्रालयका टेसफाए एलेमाएहुले भने । संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष इथियोपियाको आयोजना र नवीकरणीय ऊर्जा परिसङ्घ नेपालको व्यवस्थापनमा आएको अध्ययन टोलीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका तीन र जलश्रोत, सिँचाइ तथा ऊर्जा मन्त्रालयका १२ जना गरी १५ जनाको सहभागिता थियो । भ्रमण पूरा गरी अध्ययन टोली शनिवार स्वदेश फर्किएको छ । रासस

ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द

काठमाडौं । देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ । मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने उल्लेख छ । निर्णय कार्यान्वयन गराउन उत्पादन शुरु नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा सङ्घले समिति बनाएर अनुगमन गर्ने जनाएको छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको सो अवसरमा जानकारी दिइएको थियो । सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य ५५ रुपैयाँका दरले ३३ करोड रुपैयाँभन्दा बढी नोक्सान हुने बताए। पोख्रेलले व्यवसायीले गएको फागुन यता प्रतिचल्ला २५ हाराहारीका दरले लागत मूल्यभन्दा कममा बेच्नु पर्दा ठूलो नोक्सान बेहोर्नुपरेको जानकारी दिए । नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आवश्यक भए पनि हाल उत्पादन ४५ लाख रहेको छ । उहाँले ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरिएको पनि बताए। यसबाट एक लाख हाराहारी प्यारेन्ट घट्ने उनको भनाइ छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो । ह्याचरी उद्योग सङ्घका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले उद्योग र उपभोक्ता मर्कामा परेको जानकारी दिए । हाल कृषककोबाट जिउँदो कुखुरा १२० देखि १३० रुपैयाँ प्रतिकिलोमा उठेको भए पनि उपभोक्ताकोमा पुग्दा तयारी मासुको मूल्य २६० रुपैयाँ हाराहारी रहेको छ । भारतमा उत्पादन रोक्ने प्रयोग भए पनि नेपालमा पहिलोपटक व्यवसायीले उत्पादन रोक्न लागेका हुन् । दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो ५० देखि ५५ रुपैयाँपुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना ६० देखि ६५ रुपैयाँ पर्दछ । लामिछानेले लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय सङ्कटमा परेको बताए । नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब रुपैयाँ लगानी रहेको भन्दै लामिछानेले लगानीको आधा हिस्सा बैंकको भएको बताए । सरकारले समयमानै सम्बोधन गर्न नसके यो व्यवसाय धारासाही हुने उनको भनाइ छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपाल सरकारले विगतका वर्षहरुमा विदेशबाट कच्चा पदार्थ आयात गर्दा भन्सार नलिने गरेकोमा आर्थिक वर्ष २०७६र ०७७ देखि भन्सार लिने गरेका कारण दानाको मूल्य वृद्धि भएको बताए । उत्पादन लागत दिन प्रतिदिन वृद्धि हुँदै जाने र उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेका कारण कुखुराजन्य क्षेत्रमा नकारात्मक प्रभाव परेको विष्टको भनाइ छ । उनका अनुसार कुखुराजन्य उत्पादनका सबै क्षेत्र पछिल्ला वर्षहरुमा लागत मूल्य धान्न नसक्दा सङ्कटमा परेका छन् । नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा रहेको छ । पछिल्ला वर्षमा कुखुरापालनको विस्तार देशैभरि भएको छ । यसबाट झण्डै दुई लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको तथ्याङ्क रहेको छ । रासस

मोष्ट एम्बिसस सिईओ अवार्ड वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भु पोखरेललाई

काठमाडौं । वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भु पोखरेल मोष्ट एम्बिसस सिईओ अवार्ड प्रदान गरिएको छ । सिईओ क्लब नेटवर्कले युएईमा आयोजना गरेको एक कार्यक्रममा सो अवार्डले सम्मान गरिएको हो । रस अल खाईमा चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रिजले आयोजना गरेको एनुअल सिईओ क्लब डिनर कार्यक्रममा पोखरेललाई युएईको रस अल खाईमा चेम्बर अफ कमर्शका अध्यक्ष मोहम्मद अली मुसावी अल नाओमीले सो अवार्ड हस्तान्तरण गरेका हुन् । विश्वकै सबैभन्दा ठुलो विजनेश नेटवर्कका रुपमा परिचित सिईओ क्लब नेटवर्कले पोखरेल लगाएत १० जना सिईओलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो । वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष पोखरेलको यो अवार्ड यस बर्षको दोश्रो अन्तराष्ट्रिय अवार्ड हो । पोखरेल ३ महिना अघिमात्र मलेशियाको क्वालालाम्पुरमा ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्डबाट सम्मानित भएका थिए । ईन्टरनेशनल मोटिभेसनल स्पिकरका रुपमा समेत परिचित पोखरेल बिजनेश टेलिभिजन नेपालका कार्यकारी अध्यक्ष समेत हुन् । सिईओ क्लबको सो कार्यक्रममा पोखरेलले ग्लोबल ईकोनोमिक सिफ्ट शिर्षकमा एउटा स्पिच पनि दिएका थिए । पोखरेलको स्पिच कार्यक्रममा सर्वाधिक रुचाईएको सिईओ क्लबका सदस्यहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका पोखरेलको नेतृत्वमा नेपालमा बिजनेश टेलिभिजन, ब्ल्याकहोल आईटि, काठमाडौं स्कुल अफ बैंकिङ एण्ड ईन्सुरेन्स लगायत दर्जन कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

सार्वजनिक शिक्षा सवलीकरण गर्ने तयारीमा सरकार: मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको बताएका छन् । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले नेपालमा पहिलोपटक शिक्षा नीति बनाएर शिक्षा विधेयक ल्याउन लागेको जानकारी दिए । मन्त्री पोखरेलले सबै नागरिकलाई सीप सिकाउने तवरले कार्यक्रम ल्याउन लागेको चर्चा गर्दै शिक्षकले आफ्नो सक्षमताको विकास गरेर सीपमूलक ज्ञान प्रवाह गर्नुपर्ने बताए । उनले शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राख्दै सरकारले १० वर्षमा शैक्षिक क्षेत्रमा सुधार ल्याइसक्ने दाबी गरे । मन्त्री पोखरेलले अङ्ग्रेजी भाषाको नाममा नेपाली भाषालाई कमजोर बनाउन नहुने तर्क गर्दै देशभरमा सरकारले पाँच हजार शिक्षक भर्ना गर्ने तयारीमा रहेको जानकारी दिए । “सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधान गर्न तीनै तहका सरकारको भूमिका अग्रणी छ”, मन्त्री पोखरेले भने, “दिगो विकासको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको सवलीकरण आवश्यक छ ।” उनले बुद्ध, सगरमाथा र पूर्वीय दर्शन बुझ्न र बुझाउन पनि शिक्षा नै माध्यम हुने उल्लेख गर्दै विसं २०८५ सम्ममा सबै नागरिकले आधारभूत शिक्षा लिइसक्ने गरी सरकार तयारीमा जुटेको जानकारी दिए । रासस

गायक प्रेमध्वज प्रधानलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड

काठमाडौं । रेडियो कान्तिपुरले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७६ बाट सम्मान गरेको छ । २१ औं नेसनल म्युजिक अवार्डका अवसरमा रेडियोले यो वर्ष वरिष्ठ गायक प्रधाननलाई सम्मान गरेको हो । सात दशकदेखि नेपाली सांगितिक क्षेत्रमा अनवरत रुपमा लाग्दै आएका प्रेमध्वजले आधुनिक, लोक, भजन, चलचित्र र नेपाल भाषा गरि विभिन्न विधामा सात सय भन्दा वढी गीतमा स्वर र संगित भरेका छन् । गायक प्रधानका धुम्तिमा नआऊ है, पर लैजाऊ फुलहरु, तारा मात्र हैन तिमीलाई, जस्ता दर्जनौ गीतहरु अहिले पनि उत्तिकै चर्चामा छन् । वरिष्ठ गायक प्रेमध्वजलाई रेडियो कान्तिपुरले १ लाख रुपैया नगद र ताम्रपत्र सहित सम्मान गरेको हो । प्रधानलाई सम्मान गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नेपाली सांगितिक क्षेत्रका नक्षत्रलाई सम्मान गर्न पाउनु रेडियो र समग्र कान्तिपुर मिडिया गु्रपकै लागि गौरव भएको बताए । २१ औं वार्षिक उत्सवको अवसरमा रेडियोले सांगितिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई समेत नेसनल म्युजिक अवार्डबाट सम्मान गरेको छ । वर्षभरि बजेका गीतहरु मध्येबाट उत्कृष्ट एक जनालाई अर्वाड प्रदान गरेको हो । यो वर्ष पुरुष पाश्व गायनतर्फ बनकी चरी गीतबाट रुपक डोटेल र महिला तर्फ जिन्दगीनै गीतबाट प्रविशा अधिकारी उत्कृष्ट भए । यसैगरि पप तर्फ अलि अलि गीतबाट प्रताप दास र समृद्धि राई म दामी छु गीतबाट उत्कृष्ट घोषित भए । आधुनिक गीततर्फ जिस्काँउथे गीतबाट सुमन कुमार श्रेष्ठ र सम्झनामा नआउ गीतबाट संगिता राना प्रदान उत्कृष्ट भए । लोक गीततर्फको अवार्ड यो वर्ष सालको पात टपरी हुनेबाट कलेन्द विश्वकर्माले जिते भने मुखैमा चिनी गीतबाट गायिका सुनिता दुलालले यो वर्ष नेसनल म्युजिक अवार्ड जितिन् । यो वर्षको पिपुल्स च्वाईस अवार्ड भने गलवन्दी च्यातियो गीतबाट प्रकाश सपुत र शान्ति श्री परियारले संयुक्त रुपमा प्राप्त गरे । युगलगीत तर्फ यो वर्ष कर्के नजर गीतबाट संजिव पराजुली र टीका प्रसांईले अवार्ड प्राप्त गरे । उत्कृष्ट व्याण्डको अवार्ड भने लाहुरे गीतबाट मन्त्र व्याण्डले जित्यो । उत्कृष्टि म्युजिक निर्देशकको अवार्ड कर्मा ग्याल्जेन बम्जनले बाबाको टोपी गीतबा जिते भने उत्कृष्ट गीतकारको अवार्ड कस्तो हाल गीतबाट विरेन्द्र पाठकले प्राप्त गरे । कस्तो दुरी गीतबाट बिक्रम बरालले नव गायकको उपाधी जिते । राष्ट्रिय गीत तर्फको अवार्ड भने नविर्स है गीतबाट चितमान गुरुङले प्राप्त गरे ।

पोखरा प्रिमियर लिगको रेस पार्टनरमा टिभिएस अपाचे सिरीज

काठमाडौं । नेपालका लागि टिभिएस मोटर साईकल तथा स्कुटरका आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले पोखरा प्रिमियर लिग (पीपीएल)को रेस पार्टनरको रुपमा टिभिएस अपाचे सिरीजलाई राखेकाे छ । रेस पार्टनरका निमित्त जगदम्बा मोटर्स् प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र पीपीएलका प्रबन्ध निर्देशक छुम्बी लामाबीच आपसी समझदारी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मंसिर २८ गते देखि पौष १२ गते सम्म चल्ने पीपीएलका लागि दोस्रो सिजनको खेल तालिका सार्वजनिक भइसकेको छ । पीपीएलमा विभिन्न ६ टिम बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाईटन, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लूज र काठमाडौं रोयल्स खेल्दै छन् । उद्घाटन खेल पोखरा पल्टन र काठमाडौं रोयल्सबीच हुन लागेको पीपीएल पौष १२ गतेकोे अन्तिम खेलपछि सकिने छ । हालै सम्पन्न भएको दक्षिण एसियाली खेलकुदमा नेपालको स्तरीय प्रर्दशनी निकै प्रशंसनीय रहेको उल्लेख गर्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “नेपालमा आयोजना गरिएको यस पालीको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालका खेलाडीहरुले हरेक विधामा निकै राम्रो प्रदर्शन गरे । धेरै भन्दा धेरै स्वर्ण पदक हात पार्न सफल भएका हाम्रा मेहनती र प्रतिबद्ध खेलाडीहरुको जोश र जाँगरले हामीलाई समेत प्रोत्साहित गरेको छ । तसर्थ, हामीले पनि नेपाली खेलकुद जगत्मा केही योगदान दिएमा नेपाली खेलकुदको भविष्य अवश्य सुनिश्चित हुने र प्रगतिको पथ तर्फ निरन्तर बढ्नेछ भन्ने विश्वासका साथ हामी पीपीएल सँग आवद्ध हुने निश्चय गरेका हौँ ।” टिभिएस मोटर साईकलका नेपालको निम्ति आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आफ्नो देशव्यापी डिलरहरुको सञ्जाल मार्फत बिक्री वितरण गर्दै आईरहेको छ । कम्पनीले सधै विभिन्न खेलकुदहरुलाई प्रायोजन गर्दै आएको छ भने विभिन्न प्रतियोगिताहरु सँग आवद्ध पनि हुदै आएको छ र भविष्यमा पनि यस्ता खेलकुदहरुलाई सधै प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएको छ ।

१५० सीसीको बेनेली मोटरसाइकल २ लाख ३० हजारमै, यस्ता छन् विशेषता

जम्मा दुई लाख ३० हजार रुपैयाँमा १५० सीसीको मोटरसाइकल, त्यो पनि ‘बेनेली’ को, विश्वास गर्नुहुन्छ ? एउटा इटालियन ब्राण्डको मोटरसाइकलको मूल्य त्यति मात्र पर्नु वास्तवमै आश्चर्य लाग्दो कुरा हो । आज हामी चर्चा गर्दैछौं ‘टिएनटि १५’ को । बेनेलीको नेपालका लागि आधिकारिक विक्रेता केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रा.लि.ले टिएनटि १५ लाई केहि महिना अघि नेपाली बजारमा सार्वजनिक गरेको थियो । टिएनटि १५ को डिजाइनको कुरा गर्नु पर्दा यो स्लिम लुकिङ्ग मोटरसाइकलको डिजाइन अरु ठूला बेनेली बाट प्रभावित भएको हो । झट्ट हेर्दा टिएनटि ३०० को जस्तो देखिने यसको हेडलाइट हामीले निकै आकर्षक रहेको पायौं । त्यसैगरी यस मोटरसाइकलको ट्याङ्क एक्स्टेन्सन प्यानल्स, सेम कलरमा रहेको वेली प्यान, स्प्लीट सिट्स र तल्लो साइडमा जडित बल्कि एग्जस्टले यस मोटरसाइकललाई थप एग्रेशिभ एवं स्पोर्टि बनाएको छ, जसले हरकोहिलाई मोटरसाइकल कुदाउँदा गर्वको महशुस गराउने छ । आम नेपालीले हिजोका दिनसम्म मोटरसाइकल किन्ने योजना बनाउँदा उसको प्राथमिकतामा कुनै इण्डियन अथवा जापनिज ब्राण्ड पर्ने गथ्र्यो । अन्य इन्टरनेशनल ब्राण्डको मोटरसाइकल त कसले पो किन्न सकोस् र । तर इटालियन ब्राण्ड बेनेलीले टिएनटि १५ बजारमा ल्याएदेखि भने उक्त कुरा एकादेशको कथा भइसकेको छ । बेनेली टिएनटि १५ मा जडान गरिएको इञ्जिन १४८ सीसीको सिङ्गल-सिलिण्डर एयर-कुल्ड इञ्जिन हो जसले १२.०६ बीएचपीको पावर र त्यसैगरी ११ एनएमको टर्क प्रदान गर्दछ । ५-स्पिड गियरबक्सले ट्रान्समिशन ड्यूटीको काम गर्ने यस मोटरसाइकलमा फ्युल-सप्लायरको काम भने कार्बुरेटरले गर्दछ । यस मोटरसाइकलमा सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल समावेश गरिएको छ जसमा स्पीडोमिटर, ओडोमिटर, ट्रिपमिटर, क्लक, फ्युल-गज, गियर-इन्डिकेटर लगायतका कुराहरु सजिलै हेर्न सकिन्छ । १७ इञ्चको अलोए व्हिल्स लगाइएको यस मोटरसाइकलका दुवै टायरहरु ट्युवलेस छन् भने अगाडिको चक्कामा डिस्क ब्रेक र त्यसैगरी पछाडिको चक्कामा ड्रम ब्रेक जडान गरिएको छ । यो ब्रेकिङ्ग १५० सीसीको मोटरसाइकलमा नराम्रो मानिँदैन । बजारमा हाल यो मोटरसाइकल ब्ल्याक, व्हाइट र रेड गरी ३ कलर अप्सनहरुमा उपलब्ध रहेको छ । कम्पनीले यो मोटरसाइकल ११० केएमपीएच प्लसको स्पिडसम्म कुद्न सक्छ र त्यसैगरी ५० प्लसको माइलेज दिन्छ भनी दावी गरेको छ । १६ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको यस मोटरसाइकलको लम्वाइ २०४० मिलिमिटर, चौडाइ ७८० मिलिमिटर र त्यसैगरी उचाइ भने १०७० मिलिमिटर छ । त्यसैगरी, यस मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स १८५ मिलिमिटर छ भने व्हिलबेस चाहिँ १२६० मिलिमिटर छ । बेनेली टिएनटि १५ अन्य ब्राण्डका १५० सीसीको मोटरसाइकलहरु भन्दा अत्यन्त कम मूल्यमा बजारमा आएको हुनाले कम्पनीले सो मोटरसाइकलले राम्रो पकड जमाउनेछ भनि विश्वास लिएको छ ।

सेवाग्राहीसँग घुस माग्ने भन्सार अधिकृतसहित पाँच जना विरुद्ध अदालतमा मुद्धा दायर

काठमाडाैं । सेवाग्राहीसँग घुस माग्ने  भन्सार अधिकृतसहित पाँच जना विरूद्द विशेष अदालतमा आरोप पत्र दायर भएको छ । सेवाग्राहीसँग घुस माग गर्ने पाँच जना विरूद्द अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । मोरङकाे जहदा गाउँपालिका वडा नं. १ का कार्यवहाक वडा अध्यक्ष उमेशकुमार साह, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालय रुपन्देहीका लेखापाल रत्नेश्वर तिवारी, विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसमेत गरी २ जना र तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकको प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसमेत गरी ५ जना विरूद्द अदालतमा आरोप पत्र दायर गरिएको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत बस्नेतले सेवा प्रवेश गरेदेखि मिति २०७६ असार मसान्तसम्म समग्र आय र व्यय तथा लगानीको अनुसन्धान गर्दा निज बस्नेतले गैरकानूनी रुपमा १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बराबरको सम्पत्ति आर्जन गरेको अनुसन्धानका क्रममा खुलेको आयोगले जनाएको छ । भन्सार अधिकृतिका रुपमा रहँदा बस्नेतले आयातित सामानको भन्सार छुटाउदा व्यापारीसँग ठूलो मात्रामा घुस लिएको र त्यसबाट निजको आयभन्दा व्यय एक करोड ३५ लाख ३८ हजार ८१७ रुपैयाँ ९१ पैसा अधिक देखिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयमा कार्यरत लेखापाल रत्नेश्वर तिवारीले सेवाग्राहीसँग २५ हजार घुस अवस्थामा नियन्त्रणमा लिएको थियो। विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले गैरकानूनी सम्पत्ति आर्जन गरेको र क्यारिङ व्यवसायीसँग आयात गरीएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १७ लाख घुस लिएको तथ्य प्रमाणित भएको कारण उनी विरुद्ध पनि मुदा दायर भएको छ । मोरङ जहदा गाउँपालिका वडा नं १ का कार्यवहाक वडा अध्यक्ष उमेशकुमार साहले पनि यस्तै गैरकानुनी कार्य गरेकाे कारण उनी विरूद्द पनि मुद्दा दायर भएकाे बताइएके छ ।