काठमाडाैं । सेवाग्राहीसँग घुस माग्ने भन्सार अधिकृतसहित पाँच जना विरूद्द विशेष अदालतमा आरोप पत्र दायर भएको छ । सेवाग्राहीसँग घुस माग गर्ने पाँच जना विरूद्द अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
मोरङकाे जहदा गाउँपालिका वडा नं. १ का कार्यवहाक वडा अध्यक्ष उमेशकुमार साह, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालय रुपन्देहीका लेखापाल रत्नेश्वर तिवारी, विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसमेत गरी २ जना र तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकको प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसमेत गरी ५ जना विरूद्द अदालतमा आरोप पत्र दायर गरिएको हो ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत बस्नेतले सेवा प्रवेश गरेदेखि मिति २०७६ असार मसान्तसम्म समग्र आय र व्यय तथा लगानीको अनुसन्धान गर्दा निज बस्नेतले गैरकानूनी रुपमा १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा बराबरको सम्पत्ति आर्जन गरेको अनुसन्धानका क्रममा खुलेको आयोगले जनाएको छ ।
भन्सार अधिकृतिका रुपमा रहँदा बस्नेतले आयातित सामानको भन्सार छुटाउदा व्यापारीसँग ठूलो मात्रामा घुस लिएको र त्यसबाट निजको आयभन्दा व्यय एक करोड ३५ लाख ३८ हजार ८१७ रुपैयाँ ९१ पैसा अधिक देखिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।
यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयमा कार्यरत लेखापाल रत्नेश्वर तिवारीले सेवाग्राहीसँग २५ हजार घुस अवस्थामा नियन्त्रणमा लिएको थियो। विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले गैरकानूनी सम्पत्ति आर्जन गरेको र क्यारिङ व्यवसायीसँग आयात गरीएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १७ लाख घुस लिएको तथ्य प्रमाणित भएको कारण उनी विरुद्ध पनि मुदा दायर भएको छ ।
मोरङ जहदा गाउँपालिका वडा नं १ का कार्यवहाक वडा अध्यक्ष उमेशकुमार साहले पनि यस्तै गैरकानुनी कार्य गरेकाे कारण उनी विरूद्द पनि मुद्दा दायर भएकाे बताइएके छ ।