काठमाडौं । सरकारले चैत ११ गतेदेखि जारी लडाउनको अन्त्य गरेको छ । कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताइएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गतेको मध्यरातदेखि लागु हुनेगरी बन्दाबन्दी अन्त्य गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधीमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मनोवैज्ञानिक त्रास कम गर्नका लागि आज रातिबाट लागु हुनेगरी बन्दाबन्दीको अन्त्य गरे पनि जोखिमको अवस्था हेरेर कतै निषेधित क्षेत्र घोषणा गर्न सकिने खतिवडाको भनाइ छ ।