काठमाडाैं । सरकारले शैक्षिक संस्थाहरुलाई विद्यार्थी भर्ना र परीक्षा संचालन गर्न अनुमति दिएकाे छ । सोमबारको मन्त्रिपरिषद निर्णय सुनाउँदै प्रवक्ता युवराज खतिवडाले लामो समय बन्द रहेको विद्यालयहरु भने बन्द नै रहने तर भदौ १ गते बाट विद्यार्थी भर्ना र परीक्षाको तयारी गर्न भने सरकारले छुट दिएको बताए ।
यस्तै, सरकारले होटल, रेष्टुराँ खोल्न अनुमति दिएको छ। तर त्यहाँ सामुहिक भोज, ठूलो समूहमा भेला भने हुन भने पाइने छैन। सरकारले लुज लकडाउनलाई निरन्तरता दिँदै शैक्षिक संस्था, प्रदर्शनी, भेला, पार्टी प्यालेस, जिम खाना, धार्मिक र सामाजिक स्थल अर्को मिति नभनेसम्म बन्द रहने जनाएको छ ।