बालुवाटारमा प्रदर्शन गर्ने इनफ इज इनअफ समूहका युवा पक्राउ
काठमाडौँ । इनफ इज इनअफ समूहले बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बढाइनुपर्ने तथा अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन् । साे प्रदर्शनमा ५२ जना अभियन्ताहरु पक्राउ परेको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्न थालिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । प्रदर्शनमा जाने क्रममा बाटोबाट नै प्रहरीले रन्जु दर्शना, आलोक सुवेदी, शशीबिक्रम कार्की, वृतान्त खनाल, सुदन गुरुङ लगायतलाई प्रहरीले पक्राउ गरिएको बताइएकाे छ ।
नेपाल टेलिकम सर्भर ह्याकः २४ हजार रुपैयाँ नोक्सान, अभियुक्त ५० हजार धराैटीमा छुटे
काठमाडौं । सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटर दिवाकर देउसाले नेपाल टेलिकमको २४ हजार रुपैयाँ नाोक्सान गरेको खुलेको छ । नेपाल टेलिकमको सर्भर ह्याक गरी रिचार्ज गर्ने देउजाले २४ हजार नोक्सान गरेको विभिन्न अनुसन्धानहरुले खुलाएको हो । देउसाले नेपाल टेलिकमका विभिन्न प्याकेजहरुमा नियन्त्रण राखेर आर्थिक लाभ लिएको प्रहरीले दावी गर्दै आएको थियो । विभिन्न समयमा आर्थिक चुहावट हुँदै आएको देखिएपछि नेपाल टेलिकमले असार १२ गते उजुरी गरेपछि सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । घटना बारे बुझ्दै जाँदा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले असार ३१ गते २८ वर्षीय देउसालाई धनकुटाबाट पक्राउ गरेको थियो । प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा देउजाले पटक–पटक पहुँच बनाएर नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गर्दै आएको साइबर ब्युरोले बताएको छ । ब्युरो स्रोतका अनुसार उनले टेलिकमका विभिन्न प्याकेज प्रयोग तथा बिक्री गरी २४ हजार जतिको रिचार्ज गरेका छन् । उनी त्यसबाट मासिक रुपमा लाभ लिँदै आएको ब्युरोले बताएको छ । विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि देउजालाई सो दिननै सीआइबीले नेपाल प्रहरी साइबर ब्युरोमा पठाएको थियो । सो मुद्दा काठमाडौं जिल्ला अदालतले हेरेको थियो । उनलाई काठमाडौं जिल्ला अदालतलबाट साउन १४ गते न्याधिश कमलप्रसाद पोखरेलको आदेशले ५० हजार रुपैयाँ धरौटीमा छोडेको छ ।
सुधिर बस्नेतले भने-निक्षेपको प्रमाण लिएर आउनुस्, पैसा लैजानुस्
काठमाडौ । ओरेयन्टल को-अपरेटिभ लिमिटेडले निक्षेपकर्तालाई प्रमाण लिएर आउन र पैसा फिर्ता लैजान भनेकाे छ । सहकारीका अध्यक्ष सुधिर बस्नेतले उक्त आग्रह गरेका हुन् । पीडितहरुको आधिकारीक प्रतिनिधि अध्यक्ष कुन्तिदेवी पोखरेलसँग २०७५ असार २६ गते त्रिपक्षीय सम्झौता र २०७६ वैशाख ३१ गते द्धिपक्षीय सहमति सम्झौता समेतको आधारमा जग्गा बेचेर निक्षेपकर्तालाई पैसा फिर्ता गर्न लागेकाे उनले बताएका छन् । ओरेयन्टल विल्डर कम्पनी घरजग्गा व्यवसाय डुबेपछि ओरेयन्टल सहकारी पनि संकटमा परेकाे थियाे । सहकारीमा बचत गर्नेले साँवा व्याज पाएका थिएनन् । ओरेयन्टल को-अपरेटिप साउन २९ गतेबाट ६० दिनभित्र निक्षेप दावी गर्न निक्षेपकर्तालाई सार्वजनिक सूचना नै जारी गरेकाे छ । निक्षेपकर्ताले सहकारीकाे वेवसाइटमा गइ निक्षेप रहेको शाखा, निक्षेप जम्मा गरेको खाता नम्बर, बचत रकम, सम्पर्क नम्बरसहितकाे फारम भर्ने आग्रह गरेकाे छ । काेभिड संक्रमणकाे जाेखिम रहेकाेले कार्यलयमा भिडभाड नगर्न र अनलाइनबाट निक्षेप दावी गर्न आग्रह गरिएकाे बस्नेतले बताए । निक्षेपको विषयलाई लिएर मुद्दामा गएका निक्षेपकर्तालाई अदालतकाे पैसला आएपछि मात्र भुक्तानी गर्ने उनले बताए । सहकारीका निक्षेपकर्ता र घरजग्गाकाे लागि अग्रिम भुक्तानी गरेका पीडितले उजुरी गरेपछि उनी लामाे समय जेलमा समेत परेकाे थिए । जेलबाट निष्किएपछि उनी व्यवसाय बचाउने प्रयासमा छन् ।
टेक्कन बाइकले चिनाएको मोटरहेड सर्भिस सेन्टर विस्तारमा आक्रामक बन्दैछः साइमन रसाइली
एसएलआर टेक्नो एण्ड ट्रेड कम्पनी द्वारा सञ्चालित मोटरहेडको मार्केटिङ म्यानेजर हुन् साइमन रसाइली । रसाइली अटो मोबाइल क्षेत्रमा विगत ६ वर्षदेखि कार्यरत छन् । विभिन्न समयमा महत्वपूर्ण जिम्मेवारी लिएर आवद्ध भएका रसाइली अहिले मोटरहेडमा आवद्ध भएर काम गरिरहेका छन् । कोरोना भाइरसको सन्त्रास उत्पन्न भएसँगै सामाजिक दुरी कायम गर्न पनि मानिसहरुको ध्यान निजी सवारी साधनमा गएछ । मोटरहेड पनि अटोमोबाइल क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सफल भएको छ । मोटरहेडको टेक्कन २५० मोटरसाइकलले लगातार ३५ हजार कुदाएर २०१४ मा विश्व रेकर्ड कायम गरी गिनिज बुकमा नाम लेखाएको छ ।मोटरहेड कम्पनीको हालको बजारको अवस्था, मोटर हेडले बिक्री गर्ने बाइक र कम्पनीको आगामी योजनाका बारेमा विकासन्युुजका सन्ताेष राेकायाले रसाइलीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानी । पछिल्लो समय मोटरहेड कम्पनीका केही मोटरसाइकलहरु ग्राहकले धेरै रुचाएका छन्, धेरैले खरिद पनि गरिरहेका छन्, यसभित्रको कथा के हो ? सुरुमा हामीले नेपालको भौगलिक बनावट र यहाँका ग्राहकलाई के चाहिन्छ भन्ने कुरा अध्ययन गर्यौं । ग्राहकहरुको त्यो चाहनालाई हामीले आपुर्ति गर्नको लागि हामीले मोटर हेडका बाइकहरु नेपालमा भित्र्याएका हौं । यो मोटर हेडका बाइकहरु नेपालमा ल्याएको पनि ३ वर्षभन्दा भयो । अहिलेको पनि हामीले ग्राहकको रोजाइलाई नै ध्यान दिन्छौं । ग्राहकले चाहेको र यहाँको भौलिक बनावट अनुसार चाहिने बाइकहरु हामीले आयात गर्दै आएका छौं । ग्राहकको चाहना अनुसार नै हामी अगाडि बढ्ने भएकोले हामीलाई ग्राहले रुचाएका हुन् । हामीले ३ महिनाभन्दा बढी समय लकडाउनमै व्यतित गर्नुपर्यो । अहिले बजार खुलेको पनि १ महिना भइसकेको छ । यो अवधिमा बजार विस्तार तथा व्यापार के कस्तो भइरहेको छ ? हामीले ४ महिना बन्दाबन्दीको अवस्थामा पनि हाम्रा ग्राहकलाई सेवा दिइरहेका थियौं ।अन्य क्षेत्रका डिलरहरु मार्फत सेवा दिन नसके पनि उपत्यकामा भने हामीले सेवा दिँदै आएका थियौं । हाम्रो कम्पनीबाट प्राविधिकहरुलाई जुनसुकै पनि समयमा सर्भिसका लागि तयार पारिरहेका हुन्थ्यौं । लकडाउनको समयमा पनि हामीले सर्भिसमा धेरै ध्यान दियौं ।यो बिचमा सबै नागरिकहरु घरभित्रै भएको कारणले पनि व्यापार त्यति हुन सकेन । लकडाउनमा सोरुमहरु त्यति खुलेका पनि थिएनन् । लकडाउन खुलिसकेपछि यो एक महिनाको अवधिमा अटो मोवाइल क्षेत्रमा दुई पाँग्रे सवारी साधनको माग बढेको अथार्त अफ रोड मोटरसाइकलहरुमा ग्राहकको चाहना बढेको हामीले पायौं । लकडाउनकाे समयमा व्यापार त्यति हुन सकेन तर अबकाे याेजना भने बजार विस्तारकाे छ । लकडाउनकाे समयमा पनि ग्राहकको सेवामा तल्लीन रह्यौं भन्नुभयो । सुरक्षाको बिधि के कसरी अपनाउनु भयो । अहिले पनि कसरी काम गरिरहनु भएको छ ? हामीले सुरक्षाको विधिलाई एकदमै प्राथमिकता दिइहरेका छौं । फिल्डमा खटिनेहरुको कोरोना परीक्षण गर्ने , विभिन्न समयमा स्यानिटाइजरको प्रयोग, माक्सको प्रयोग गरेर हामीले स्वास्थ्य सुरक्षा विधिहरु अपनाइरहेका छौं । ग्राहकहरुसँग पनि सामाजिक दूरी कायम गरेर हामीले सेवा सुविधाहरु दिइरहेका छौं । हाम्रो सर्भिस सेन्टरहरुमा पनि हामीले त्यसरी नै काम गरिरहेका छौं । अहिले सबैको ध्यान निजी सवारी साधनतर्फ गइरहेकाे छ । त्यसलाई मध्यनजर गर्दै विभिन्न कम्पनीहरुले पनि सवारी साधनमा स्कीम ल्याएका छन् । ती स्कीमहरुमा ग्राहकहरुको चासो कतिको छ ? यतिबेला सबैको व्यापार कम नै छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र नै संकटमा परेको अवस्था छ । यतिखेर नै धेरैले निजी सवारी साधन खरिद गर्ने चाहना पनि स्वभाविक राखेका छन् । तर वित्तीय अवस्थाले समस्या सिर्जना गरेको छ । निजी सवारी साधन खरिद गर्ने चाहना हुँदा हुँदै पनि त्यो चाहना वित्तीय अवस्थाले पुर्ति गर्न नसकिरहेको अवस्था छ। त्यही कुरालाई अध्ययन गरेर अर्थात बुझेर हामीले विभिन्न अफरहरु ल्याएका छौं । ग्राहकहरुका लागि वित्तीय व्यवस्थापन गरिदिएका छौं । त्यसैले ती स्कीमले ग्राहकहरुलाई धेरै नै सहज भएको छ । ग्राहकहरुले आफ्ना चाहना तथा आवश्यकता पुरा गर्ने उचित समय पनि यति बेला नै ठानिरहेका छन् । अहिले ग्राहकहरुका लागि मोटरहेडले के कस्ता स्कीम ल्याएको छ ? हामीले विभिन्न मोडेलहरुमा स्कीम ल्याएका छौं । हामीले स्क्याम्बलर र एमएच १५० मा २० हजार रुपैयाँ छुट दिएका छौं । यस्तै,टेक्कन, एक्स–ट्रक,स्पोर्टस् एमएच २०० लगायत चार मोडेलहरुमा १५ हजार नगद छुट दिएका छौं । यसका साथ साथै अहिलेको परिस्थिती बुझेर ग्राहकहरुका लागि १ लाख रुपैयाँको निःशुल्क कोभिड–१९ बीमा गर्ने गरेका छौं । त्यसपछि १ वषको रोड ट्याक्स, फुल हेल्मेट र बाइकको बीमा हामी गर्ने गरेका छौं । ग्राहकहरुले पनि यी स्कीमहरु मन पराएका छन् । यो स्कीमहरु कहिले सम्मको लागि हो ? हामीले साउन मसान्तसम्मको लागि यी स्कीमहको समयावधि राखेका छौं । पहिले लकडाउन भरिनै स्कीम गर्ने योजना बनाएका थियौं । अब लकडाउन समाप्त भएसँगै साउन मसान्तसम्मका लागि यी स्कीम ल्याएका छौं । यी स्कीमहरु सकिने बित्तिकै फेरि हामी चाडपर्व लक्षित स्कीमहरु ल्याउने योजनामा छौं । कोरोना भाइरस आउनु भन्दा अगाडिको समय र अहिलेको समयमा ग्राहकको आवागमन के कस्तो छ ? पहिलेको भन्दा अहिले ग्राहकको संख्यामा अवश्य पनि कमि आएको छ । अहिले पहिलेको भन्दा ३०/४० प्रतिशत ग्राहक मात्र आइरहेका छन् । अहिले सहज वातावरण नभएको कारणले पनि हुन सक्छ होला ग्राहक त्यति धेरै आउने गरेका छैनन् । तपाईहरु बजारमा जानुहुन्छ । ग्राहकको मनसाय पनि बुझ्नुहुन्छ । अहिलेको यो बजार सामान्य अवस्थामा पुग्न कति समय लाग्ला ? अहिलेको यो परिस्थितीमा बजार सामान्य अवस्थामा पुग्न कति समय लाग्छ भन्न एकदमै गाह्रो छ । किनकि अहिले पनि कोरोना भाइरसको जोखिम अझै पनि कायम नै छ । यदि अहिले नै कारोना भाइरस न्यूनिकरण भएपनि अझै बजार पहिलेकै अवस्थामा पुग्न एक वर्ष लाग्न सक्ने अवस्था छ । बजारमा मोटरहेड जस्ता धेरै बाइक बिक्रेता कम्पनीहरु छन् । आम ग्राहकहरुले मोटरहेडकै बाइक मात्र किन रोज्ने । यसको विशेषता के छ ? सर्वप्रथम त हामीले ग्राहकको मनोविज्ञान र खरिद गर्न सक्ने क्षमता बुझ्नु पर्छ । हाम्रा ग्राहकहरु पनि धेरै हाई लेभलका हुनुहुन्न । हामी नर्मली एउटा जागिर गर्ने मानिस हौं । हामीले नेपालीहरुको चाहना आवश्यकतालाई मध्येनजरलाई ध्यानमा राखेर अर्थात बुझेर बाइकहरु आयात गरिरहेका छौं । नेपाली बजारमा जुन फ्याम्ली इनकमलाई आधार बनाएर नै हामीले बाइक आयात गदै आएका छौं । एउटा न्युन वर्गको मानिसले पनि बाइक चलाउन सक्ने कुरालाई ध्यानमा राखेर हामी बाइक ल्याउने र खरिद गर्ने काम गरिरहेका छौं । तपाईहरुले कति मोडेलका बाइकहरु बिक्री गरिरहनु भएको छ ? हामीले अहिले ६ मोडेलका बाइकहरु बिक्री गरिरहेका छौं । छ वटा मोडेल नै डट सेग्मेन्टका बाइक हुन् । केही बाइकहरु अफ रोड र केही अन रोडका लागि हामीले ल्याएका छौं । केही बाइक दुवै खालका विशेषता भएका पनि छन् । ६ वटा मोडेलहरुमा टेक्कन, स्ट्र्याम्बलर, एक्स–ट्रक, स्पोर्टस्, एमएच १५० र एमएच २०० रहेका छन् । यी ६ वटा मोडेलहरु मध्ये सबैभन्दा चलेको अर्थात ग्राहकले मन पराएकाे मोडेल चाहिँ कुन हो ? आजभन्दा ३ वर्ष अगाडि हामीले नेपालमा एउटा मोडेल मात्र भित्र्याएका थियौं । जुन टेक्कन बाइक हो । टेक्कन बाइकलाई ग्राहकहरुले एकदमै रुचाउनु भएको छ । त्यो बाइकको लेभल हेर्दा त्यसको नेपालमा १२/१३ लाख रुपैयाँ हुनु पर्थ्यो । तर, हामीले त्यसलाई भित्र्याउँदा खेरि साढे ३ लाख रुपैयाँ परेको थियो । ग्राहकले रुचाएर नै एउटा मोडेलले मात्र हुँदैन र उनीहरुको नै चाहनाले हामीले अरु मोडेलहरु पनि भित्र्याएका हौं । अहिले हाम्रा सबै बाइकहरु ग्राहकले मन पराएका छन् । टेक्कन बाइकको विषेशता के हो ? टेक्कन बाइक अफ रोड र अन रोडका लागि एकदमै राम्रो छ । त्यसको पफमेन्स पनि रामो हुन्छ । सबैलाई चलाउन पनि सहज हुन्छ । बाइकको पछाडि बस्न पनि सकिन्छ । पछिल्लो समय मानिसहरुमा सोचको पनि विकास हुँदै गएको छ । अहिले मानिसहरु घुम्न पनि रुचाउँछन् । नेपालको भोगलिक बनावट अनुसार हाम्रा ग्राहकले पनि एकदमै मन पराएका छन् । यो बाइकको माग पनि धेरै छ । यी ६ वटै माडेलहरुको मूल्य चाहिँ कस्तो छ ? अहिले टेक्कन बाइकमा धेरे अपग्रेड गरेर ल्याएका छौं । पहिले ३ लाख ५० हजार रुपैयाँ थियो । अहिले त्यसको मूल्य ३ लाख ९२ हजार रुपैयाँ मात्र छ । यस्तै, स्क्राम्बलर २५० को ४ लाख ५० हजार, स्पोर्टस् २५० को ३ लाख ६५ हजार, एक्स–ट्रक २५० को ३ लाख ८० हजार, एमएच २०० एक्स को ३ लाख ७२ हजार र एमएच १५० आरको २ लाख ८८ हजार रुपैयाँ मूल्य रहेको छ । यो ३ वर्षको अवधिमा १३ वटा डिलर स्थापना गरिसकेका छौं । अहिले ती १३ वटै डिलरहरुमा सर्भिस सेन्टर विस्तार भइसकेका छन् । मोटरहेड कम्पनीको आगामी योजना के छ ? मोटरहेड कम्पनीले बितेको समय र वर्तमान समयलाई मध्य नजर गरेर कम्पनीले काठमाण्डौंमा सहज र उचित वातावरणमा आफ्ना ग्राहकहरुलाई बिक्रिपछिको सेवा दिनको निम्ति विभिन्न ठाउँहरुमा सर्भिस सेन्टर सँगै पार्टस् उपलब्ध गराउने र ग्राहक सन्तुष्टि वरकरार राख्न दलजन शक्ति परिचालन गर्ने लक्ष लिएको छ । यसका साथै मोटरहेड संगको हरेक यात्राहरुलाई सुरक्षित र सहज बनाउन कम्पनीले राजमार्गका विभिन्न स्थानहरुमा आधिकारिक सर्भिस तथा पार्ट्सको सेवा उपलब्ध गराउन आवश्यक प्रक्रिया पनि सुरु गरिसकेको छौं । यस्तै, हामीले रोड साइड एसिस्ट्यान्स सेवा पनि कम्पनी लागिरहेको छ । कुनै पनि ठाउँमा कुनै पनि बेला असहज स्थिति आउन नदिन कम्पनीले आफ्ना दक्ष प्रविधिका चेलीलाई तयार राखि ग्राहकको अनुरोध अनुरुप सेवा प्रदान गर्ने व्यवस्थामा पनि कम्पनी लागि परेको हुन्छ ।
एनआरएन इन्फ्रास्टक्चरको आईपीओ आजदेखि खुल्यो, कति भर्ने ?
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयर (आईपीओ) आज(साउन १६ गते) देखि बिक्री खुला भएको छ । संस्थाले सर्वसाधारणमा ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । संस्थाले हाल कायम रहेको जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । हाल संस्थाको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर बिक्रीमा राखेको हो । जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरिने संस्थाले जानकारी गराएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । इच्छुक सर्वसाधारणले आजदेखि छिटोमा साउन २१ गते बैंकिङ समयसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मकाे लागि आवेदन दिन पाउने छन्। यदि संस्थाले माग गरेजति आवेदन नपरेमा ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ । साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि केयर रेटिङ्गस् नेपालले ‘केयर-एनपी आईपीओ ग्रेड ४’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत भन्दा तल रहको बुझाउँछ । सम्बन्धित समाचारः एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानी गर्नुस्, प्रतिफल सुनिश्चित छः सीईओ खतिवडा
निजी अस्पतालमा कोरोना उपचार खुला, उपचार शुल्क दैनिक १५ हजार
काठमाडौं । सरकारले कोभिड–१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई कोभिड–१९ को उपचार गर्न दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार सङ्क्रमित व्यक्ति र अस्पतालको सहमतिमा उपचार गर्न पाउनेछन् । सरकारले नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि हालसम्म मुलुकभर २५ वटा अस्पताललाई कोभिड–१९ को उपचार गर्न अनुमति दिएको थियो । यसरी उपचार गर्दा सामान्य लक्षण भएका सङ्क्रमितसँग प्रतिदिन तीन हजार ५००, मध्यम खालको अवस्था भए प्रतिदिन सात हजार रुपियाँ र जटिल तथा गम्भीर अवस्थाका बिरामीका लागि १५ हजार रुपियाँ शुल्क लिने गरी उपचार गर्ने व्यवस्था गरेको छ । यसैगरी कोरोना उपचारका लागि सूचीकृत नभएका अस्पताल शंकास्पद बिरामीको पिसीआर जाँच गर्नुपर्ने अवस्था भएमा तोकिएको शुल्कमा सम्बन्धित अस्पतालले १० प्रतिशत नबढ्ने गरी सेवा शुल्क लिन पाउने निर्णय गरेको उनले जानकारी दिए । मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षणका लागि न्यूनतम शुल्क पाँच हजार ५०० तोकिएको छ । जसअनुसार सूचीकृत नभएका निजी अस्पतालले रु ६ हजार ५० भन्दा बढी लिन पाउने छैनन् । यसरी सङ्कलित गरिएको नमूना निजी अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सूचीकृत गरिएका अस्पताल वा प्रयोगशालामा मात्र परीक्षणका लागि पठाइने छ । जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड–१९ परीक्षणका लागि सूचीकृत गरिएका प्रयोगशालालाई स्वीकृत निर्देशिकाअनुसार सशुल्क दिने व्यवस्था गरेको छ । यसैगरी परीक्षण गरिएको व्यक्तिको नतिजा तथा व्यक्तिगत विवरण व्यवस्थापन गर्नुपूर्व नै सार्वजनिक भएर सर्वसाधरणमा त्रास र रोग सार्ने सम्भावना हुने तथा सम्बन्धित सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा नआउनेजस्ता समस्या देखिएकोले कुनै पनि प्रयोगशालालाई विवरण सार्वजनिक नगर्न मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले व्यक्तिको विवरण सार्वजनिक गर्ने प्रयोगशालाको कोभिड–१९ परीक्षण खारेज गर्ने बताए । उपत्यका प्रवेश गर्ने २४ जनामा सङ्क्रमण यसैगरी मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन वटा नाकामा कोभिड–१९ को परीक्षण थालेको छ । तीन हजार ४७३ जनामा परीक्षण गर्दा २४ जनामा मात्र सङ्क्रमण देखिएको उनले जानकारी दिए । उनका अनुसार नागढुङ्गामा तीन, फर्पिगमा १०, साँगामा ११ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले उपत्यका प्रवेश गर्ने सबै मानिसको नमूना सङ्कलन गरेको छ । अहिलेसम्म आठ हजार ४०१ जनाको नमूना सङ्कलन गरेको छ । रासस
सीईओसँग स्पष्टीकरण माग्दा सञ्चालकको राजीनामा, विवादको टायरमा हावा खुस्कियो
काठमाडौं । सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनश शर्मा पौड्यालको राजीनामा माग गर्दा एक जना सञ्चालकले पद गुमाउनु परेको छ । विज्ञ सञ्चालक ओमकृष्ण जोशीले पदबाट राजीनामा दिएका छन् । स्रोतका आजको बसेको सञ्चालक समितिको बैठकमा विज्ञ सञ्चालक जोशीको राजीनामा पेश भएको छ । तर स्वीकृत भएको छैन । उता प्रमुख कार्यकारी अधिकृत पौड्यालले पेश गरेको स्पष्टीकरण पनि बैठकमा पेस भएन । ‘अजेण्डामा पनि थिएन, अध्यक्षले विषय प्रवेश पनि गराउनु भएन’ स्रोतले भने । बोर्ड बैठकमा राजीनामा दिएको जोशी उपस्थित थिएनन, प्रमुख कार्यकारी अधिकृत पौड्याल सहभागि थिए । स्रोतका अनुसार बैठक सामान्य अवस्थामा झै विजनेशमा केन्द्रीत भएको छ । विभागीय प्रमुखहरुले आफ्नो प्रस्तुती पेश गरेका छन् । विवाद सकिएको हो ? भन्ने प्रश्नमा एक जना सञ्चालकले भने–‘टायरमा हावा खुस्किएपछि नगुडे जस्तै हो । तत्कालको लागि विवाद रोकियो भन्न पनि मिल्छ, हावा खुस्केर गुडेन भन्न पनि सकिन्छ ।’ नेकपाको एकता जस्तै सनराइज बैंकमा पनि एकता भएको उनकाे टिप्पणी छ । सम्बन्धित समाचार सनराईज बैंकमा विवाद मोडियो, विज्ञ सञ्चालक जोशीको राजीनामा माग अर्थमन्त्रीको शक्तिले सनराईज बैंकको बोर्ड विभाजित, सीईओको स्पष्टीकरण थन्कियो सनराईज बैंकका सञ्चालकलाई कानुन पढाउँदै राष्ट्र बैंकले भन्यो-‘टेकओभर गर्नु नपरोस्’ राजीनामा नदिएपछि सनराईज बैंकका सीईओसँग स्पष्टीकरण माग, बर्खास्त गर्ने बोर्डको तयारी
फेरि काेराेनाकाे जाेखिम बढेसँगै सरकारकाे अर्काे एक्सन, अब काठमाडाैंमा राति प्रवेश गर्न नपाइने
काठमाडौं । गृह मन्त्रालयले काठमाडाैं प्रवेशमा राेक लगाएकाे छ । मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको हाे । नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको जनाएकाे छ । दिउँसोको समयमा भने सवारी पास लिएका मानिस आवत–जावत गर्न सकिने बताइएकाे छ । उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र पास बिना आवागमन पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ । निर्णय कार्यान्वयन गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई गृहले विशेष निर्देशन दिएको छ ।