विकासन्युज

सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई डिशहोमकाे सहयाेग

काठमाडौं । डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा पहिरो प्रभावित स्थानियहरुलाई डिशहोमले राहत वितरण गरेको हो । पहिरो पिडित २८ घर परिवार लाई ४ लाख २० हजार रुपैयाँ रकम राहत स्वरुप उपलव्ध गराईएको छ । डिशहोमका स्थानिय वितरक र प्रतिनिधी पहिरोबाट अति प्रभावित जम्बु सम्म पुगेर उक्त सहयोग रकम स्थानिय परिवारहरुलाई उपलब्ध गराईएको छ । सामाजिक उत्तरदायित्वलाई मनन गर्दै डिशहोमले आफ्नो स्थापना काल देखिनै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ । एसईई तयारी कक्षा देखि लकडाउनको समयमा विद्यार्थिहरुको पढाईमा सहयोग हुने कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम टेलिभिजन कक्षा मार्फत प्रशारण गरिरहेको छ । नेपालको एक मात्र डि टि एच सेवा प्रदायक डिशहोमले ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य संगै सामाजिक उत्तरदायित्वका कामहरुलाई समेत तिब्र रुपमा अगाडी बढाइरहेको छ ।

सनराइज बैंक र हङ्गकङ्गको एटी सर्भिसेसबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र हङ्गकङ्ग स्थित एटी सर्भिसेस् मार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटी सर्भिसेस् मार्फत पैसा पठाउदा तुलनात्मक अधिकतम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ । एटी सर्भिसेस् मार्फत हङ्गकङ्गबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंक लि. का देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १० हजा। भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।

हाम्रो कार्यशैली ‘लकिरका फकिर’ जस्तो भयो: पाेखरेल

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली ‘लकिरका फकिर’ जस्तो भएको टिप्पणी गरेका छन् । मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका फकिर’ जस्तो कार्यशैली परिवर्तन गर्न नसकिए परिमाण आउन नसक्ने बताए । अहिलेको आवश्यकता व्यवहार, सोच र योजना ‘अपडेटेड’ गरेर आगाडी बढ्नुपर्ने रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो कार्यसम्पादन शैली ‘लकिरका फकिर’ जस्तो भयो । क्रिएटिभ ढंगले अगाडी बढ्न सकिएन भने त्यसले परिणाम दिन सक्दैन । क्रिएटिभ ढंगले जान अहिलेको आवश्यकता हो र यसै अनुसार अगाडी बढ्न आग्रह गर्दछु । अहिलेको आवश्यकता भनेको व्यवहार, सोच र योजना बेला बेला अपडेटेड गर्ने हो । त्यस्तो गर्न सकिएन भने व्यवहार, नीति र योजनाहरु आउटडेटेड हुन्छन् ।’ हरेक संस्था र व्यक्तिका व्यवहार, नीति र योजना ‘आउटडेटेड’ हुनबाट बचाउन ‘अपडेटेड’ हुनैपर्ने उनले बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगति हुन नसकेको बताए । राष्ट्रिय गौरबका आयोजनाहरु आर्थिक स्रोतका कारण रोक्ने अवस्था नहुने उनले बताए । आयोजनाहरुको काम अगाडी बढाएर छिटो सम्पन्न हुने अवस्थामा आवश्यक लगानीको व्यवस्थापनका लागि आयोगले पहल गर्ने उनले बताए । शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री र मन्त्रालय सचिवबीच आर्थिक वर्ष २०७७/०७८ मा रक्षा मन्त्रालयबाट गरिने मुख्य कार्यक्रम सम्बन्धि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै प्रधानसेनापति र रक्षासचिवबीच आर्थिक वर्ष २०७७/०७८ मा नेपाली सेना अन्तरगत कार्यान्वयन गरिने मुख्य कार्यक्रमहरु सम्बन्धि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

अनलाइन कक्षाका लागि एनसेलले ल्यायाे विशेष याेजना

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ । कम्पनीले राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सनंं) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा उक्त याेजना ल्याएकाे हाे । एनसेलले यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो । यस सहकार्यले विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको छ । यस मासिक योजनामा विद्यार्थी तथा शिक्षक/शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्दछन् । विद्यार्थीले कर बाहेक मासिक रु २५० मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी/फोरजी डेटा, २ जिबी फोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्दछन् । एनप्याब्सन र प्याब्सनसँगको सहकार्यका बारेमा आफ्नो धारणा राख्दै एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘कोभिड–१९ ले शिक्षा क्षेत्र लगायत सबै क्षेत्रमा असर पारेको छ । साथै अध्ययन अध्यापनमा इन्टरनेट प्रविधिको प्रयोग बढेको छ । हामीसबै विस्तारै अबको ‘न्यु नर्मल’ सँग अभ्यस्त भइरहेका बेलामा दूरशिक्षा आवश्यकता बनेको छ र यसले प्रविधि र अनलाइन शिक्षाको महत्व स्पष्ट रुपमा दर्शाएको छ । देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र इ-लर्निङमा योगदान पुर्याउनका लागि एनप्याब्सन र प्याब्सनसँग सहकार्य गर्ने अवसर पाएकोमा हामी हर्षित छौं ।’ एनप्याब्सन र प्याब्सन दुवै संस्थाले यो सहकार्यले विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट इ-लर्निङमा सहयोग पुर्याउने बताएका छन् । एनप्याब्सनका अध्यक्ष ऋतु राज सापकोटाले भने “विद्यालयहरुमा पठनपाठन कहिले देखि संचालन हुने निश्चित नभएको हालको अवस्थामा अनलाइन माध्यमबाट विद्यार्थी र शिक्षक/शिक्षिकालाई अध्ययन अध्यापनमा सहयोग पुर्याउनका लागि एनसेलसँग यस विशेष योजनामा हातेमालो गर्न पाउँदा खुसी छौं ।” ‘कोभिड-१९ ले निम्ताएको यस महामारीले हालको शिक्षण प्रणालीलाई नाटकीय ढंगले परिवर्तन गरिदिएको छ र सिकाइका लागि विश्वव्यापी रुपमानै भर्चुअल लर्निङ्को ट्रेन्ड अप्रत्याशित रुपमा बढेको छ । विद्यालयहरुले हालका लागि भर्चुअल रुपमा नै कक्षाहरु संचालन गर्ने सरकारको नीतिमा यस सहकार्यले सहयोग पुर्याउने कुरामा हामी विश्वस्त छौं,’ प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भने । यस सहकार्यअनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो योजनाबाट फाइदा लिन सक्छन् । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।

सर्वाधिक परिणामको व्यापार लगानी गरेकाे आईएफसीले इन्भेष्टमेन्ट बैंकलाई सम्मान गर्याे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक(एनआईबीएल)ले विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) बाट ‘सर्वश्रेष्ठ साझेदार-२०१९, कम आय भएका आईडीए देशहरू, दक्षिण एसिया’ का रुपमा ‘सम्मानको पुरस्कार’ प्राप्त गरेको छ । बैंकले ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी)अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि उक्त पुरस्कार पाएको हो । आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनका लागि नेपाल इन्भेष्टमेन्ट बैंकसँग साझेदारी गरेको छ, जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउन सकेको र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पु¥याउन सकेको छ । आईएफसीको व्यापार लगानी (ट्रेड फाइनान्स) सहयोगले देशका ठूला (कर्पोरेट) र साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउनका साथै विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम तुल्याउँछ । यो सञ्जाल (नेटवर्क)ले चुनौतीपूर्ण बजारहरूमा कारोबारको सुविधा उपलब्ध गराउँछ, प्रतिस्पर्धात्मक लगानीलाई प्रबद्र्धन गर्छ र अभिकर्ता बैंकका लागि कम जोखिममा नयाँ प्रतिष्ठानहरूसँगको सम्बन्ध निर्माण गर्छ । अन्तर्राष्ट्रिय विकाश संघ(आईडीए इन्टरनेशनल डेभलपमेन्ट एशोसियसन), चरम विपन्नताको अन्त्य र साझा समृद्धि बढाउनका लागि निरन्तर संलग्न छ, विश्वकै तीव्र वृद्धि भइरहेको क्षेत्र दक्षिण एसियामा दिगो र समावेशी विकास, मानव पुँजी विकास तथा बहनशीलताका लागि यो महत्वपूर्ण छ । एनआईबीएलले आफ्ना ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन-युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

इसुजु भी-क्रसको नयाँ संस्करण सार्वजनिक, मूल्य ७० लाख ९० हजार

काठमाडौं । नेपालका लागि इसुजु गाडीको अधिकृत बिक्रेता कन्टिनेन्ट ट्रेडिङ इन्टरप्राइजेज प्रालिले भी-क्रसको परिष्कृत संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । ७० लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको तथा २० वटा नयाँ फिचर थपिएको उक्त गाडीको बुकिङ खुलेको छ । नेपालभरका इसुजु डिलरबाट यो गाडी बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । ४-सिलिन्डर, कमन रेल, भिजिएस टर्बो इन्टरकुल्ड, २.५ लिटर डिजेल इन्जिनबाट सज्जित इसुजु भी-क्रसको परिष्कृत संस्करणको इन्जिनले १३४ एचपी र ३२० एनएम टर्क प्रदान गर्छ । पाँच स्पिड म्यानुअल गेरबक्स रहेको यो गाडीमा फोरह्विल ड्राइभ (सिफ्ट-अन-फ्लाई) मोड पनि उपलब्ध छ । इसुज गाडीहरु कम समस्या आउनेको अग्रपंक्तिमा पर्छन् । कम्पनीले ग्राहकलाई बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन देशभरका सहरी इलाकामा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको र यसलाई अझै सुदृढ बढाउँदै लगिने जानकारी दिएको छ । २०१९ इसुजु भी-क्रसको नयाँ भर्सन अगाडिपट्टि नयाँ ग्रिल र नयाँ स्वरुपमा आएको छ, जसमा बी-एलइडी हेडल्याम्प र क्रोम बेजेल सहितको फग ल्याम्प छन् । पछाडिपट्टि एलइडी टेल ल्याम्प र अपग्रेडेड क्रोम बम्पर छ । बाहिरी विशेषतामा १८ इन्चको डायमन्ड कट अलो ह्विल, रुफ-रेल र सार्क फिन एन्टेना छ । यसका साइड स्टेपहरु पनि पुनः डिजाइन गरी परिष्कृत गरिएका छन् । नयाँ इसुजु भी-क्रस प्यासिभ इन्ट्री एन्ड स्टार्ट स्टप (पिइएसएस) प्रणालीका साथ आएको छ । यो लाइफस्टाइल पिकअपको सुरक्षा विशेषतामा लचिलो र भार सीमित गर्ने सिटबेल्ट, गति संवेदनशील स्वचालित डोर लक, अगाडि सिटमा बस्ने व्यक्तिले सिट बेल्ट नबाँधेको खण्डमा सम्झाइदिने प्रणाली लगायत छन् । भारतको आन्ध्र प्रदेशमा रहेको इसुजु मोटर्स इन्डिया म्यानुफेक्चरिङ प्लान्टमा उत्पादित भी-क्रस सफायर ब्लु र सिल्की पर्ल ह्वाइट गरी थप दुई रङमा उपलब्ध छ । साबिकको रुबी रेड, टिटानियम सिल्भर, अब्सिडियन ग्रे, कस्मिक ब्ल्याक र स्प्लास ह्वाइट रङमा पनि यो गाडी उपलब्ध छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज बारे कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि दुई दशकभन्दा बढी समयदेखि नेपालमा विश्वविख्यात ब्रान्डका गाडी र हेभी उपकरणको कारोबारमा संलग्न छ । यसले कोमास्तु ब्रान्डको निर्माण र माइनिङ उपकरण, कियाको प्यासेन्जर भेइकल, ओटिस ब्रान्डको इलेभेटर, फुरुकावा ब्रान्डको ड्रिलिङ उपकरण, इसुजु ब्रान्डका गाडी लगायतको कारोबार गर्छ । विभिन्न उत्पादन कम्पनीहरुमा समेत लगानी गरेको कन्टिनेन्टल ग्रुप अन्तर्गत वित्त र हाउजिङ कम्पनी पनि छ । गुणस्तरीय वस्तु र सेवा प्रदान गर्ने लक्ष्य लिएको कन्टिनेन्टल ग्रुप अहिले नेपालको सुप्रसिद्ध व्यापारिक घरानामध्येको एक बनिसकेको छ ।

त्रिभुवन विमानस्थल नयाँ सेवा सुविधाका साथ सञ्चालन हुन्छः मन्त्री भट्टराई

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार विमानस्थलको निरिक्षण गरेका मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधा सहित विमानस्थल सञ्चालनमा आउने बताएका हुन् । कोभिड १९ का कारण चार महिना सम्म विमानस्थल बन्द रहँदा धेरै पूर्वाधारहरु निर्माण भएको मन्त्री भट्टराईले बताए । उनले विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाइएकाले अव अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुने बताए । । त्यस्तै १५ सय क्षमताको प्रस्थान हल निर्माण गर्ने कार्य पनि सम्पन्न भइसकेको उनले बताए । । लकडाउनको अवधिमा विमानस्थलमा पार्किङ स्थलहरु पनि थपिएका छन् । जसले गर्दा आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्थालाई केही हदसम्म कमगर्ने विश्वास समेत मन्त्री भट्टराईले बताए । यसअघि विमानस्थलमा जहाज पार्किङ कम हुँदा आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्था रहेको थियो । विमानस्थलमा लगेज बेल्टहरु पनि थपिएका छन् । यस्तै समानान्तर ट्याक्सी वे निर्माण गर्ने, थप २२/२३ वटा जहाज पार्किङ स्थल निर्माण गर्ने र नयाँ टर्मिनल भवनहरु निर्माण गरिने समेत मन्त्री भट्टराईले बताउ । उनले अराइभल हलको निर्माण कार्यपनि सम्पन्न भइसकेको बताए । उनले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण भएकाले विमानस्थलमा आउने पर्यटक र नेपाली नागरिकले नयाँ अनुभुति गर्न पाउने बताए । सरकारले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । त्यसैले विमानस्थलको अवस्था निरिक्षण गर्न मन्त्री भट्टराई विमानस्थल पुगेका थिए । उनले भौतिक दुरी कायम गरी विमानस्थल सञ्चालन गर्ने सम्बन्धमा आवस्यक तयारी पुरागर्न विमानस्थल प्रशासनलाई निर्देशन दिएको समेत बताउनुभयो । विमानस्थले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर प्रस्थान हललाई आधा क्षमतामा मात्रै उपायोग गरी सञ्चालन गर्ने योजना बनाएको छ ।

यातायात क्षेत्रकाे डिजिटल भुक्तानीमा फड्को मार्दै एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंकले यातायात क्षेत्रमा डिजिटल भुक्तानी च्यानल प्रवर्द्धन गर्न एन-क्लाउड प्राइभेट लिमिटेडसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले सम्पर्क रहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु गर्नेछ । यस परियोजनाको शुरुवात किपु बस सेवा प्रा.लि. सँग हुनेछ जहाँ यात्रुहरूले बस भाडा कार्डको प्रयोग गरी सम्पर्क रहित भुक्तानी गर्न सक्नेछन् । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुनिल के.सी. र एन-क्लाउडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् । कोभिड-१९ को प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता सामाजिक दूरी कायम गर्न मद्दत पुर्याउन यातायात क्षेत्रमा यस परिवेशमा प्रदान गरिएकोे पहिलो प्रयास हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगदबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । बैंकले चाँडै नै अन्य बस समितिसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीको लागी अन्य बस अपरेटरहरूसँग पनि सहकार्य शुरू गर्ने उद्देश्य लिएको छ । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई विद्युतीय वित्तीय सेवाहरु छनौट गर्न सहयोग पुर्याउने सुरक्षित वातावरण तयार पार्नु हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।