सीईओसँग स्पष्टीकरण माग्दा सञ्चालकको राजीनामा, विवादको टायरमा हावा खुस्कियो

<p>काठमाडौं । सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनश शर्मा पौड्यालको राजीनामा माग गर्दा एक जना सञ्चालकले पद गुमाउनु परेको छ । विज्ञ सञ्चालक ओमकृष्ण जोशीले पदबाट राजीनामा दिएका छन् । स्रोतका आजको बसेको सञ्चालक समितिको बैठकमा विज्ञ सञ्चालक जोशीको राजीनामा पेश भएको छ । तर स्वीकृत भएको छैन । उता प्रमुख कार्यकारी अधिकृत पौड्यालले [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनश शर्मा पौड्यालको राजीनामा माग गर्दा एक जना सञ्चालकले पद गुमाउनु परेको छ । विज्ञ सञ्चालक ओमकृष्ण जोशीले पदबाट राजीनामा दिएका छन् ।

स्रोतका आजको बसेको सञ्चालक समितिको बैठकमा विज्ञ सञ्चालक जोशीको राजीनामा पेश भएको छ । तर स्वीकृत भएको छैन ।
उता प्रमुख कार्यकारी अधिकृत पौड्यालले पेश गरेको स्पष्टीकरण पनि बैठकमा पेस भएन । ‘अजेण्डामा पनि थिएन, अध्यक्षले विषय प्रवेश पनि गराउनु भएन’ स्रोतले भने ।

बोर्ड बैठकमा राजीनामा दिएको जोशी उपस्थित थिएनन, प्रमुख कार्यकारी अधिकृत पौड्याल सहभागि थिए ।

स्रोतका अनुसार बैठक सामान्य अवस्थामा झै विजनेशमा केन्द्रीत भएको छ । विभागीय प्रमुखहरुले आफ्नो प्रस्तुती पेश गरेका छन् ।

विवाद सकिएको हो ? भन्ने प्रश्नमा एक जना सञ्चालकले भने–‘टायरमा हावा खुस्किएपछि नगुडे जस्तै हो । तत्कालको लागि विवाद रोकियो भन्न पनि मिल्छ, हावा खुस्केर गुडेन भन्न पनि सकिन्छ ।’

नेकपाको एकता जस्तै सनराइज बैंकमा पनि एकता भएको उनकाे टिप्पणी छ ।

सम्बन्धित समाचार


सनराईज बैंकमा विवाद मोडियो, विज्ञ सञ्चालक जोशीको राजीनामा माग

अर्थमन्त्रीको शक्तिले सनराईज बैंकको बोर्ड विभाजित, सीईओको स्पष्टीकरण थन्कियो

सनराईज बैंकका सञ्चालकलाई कानुन पढाउँदै राष्ट्र बैंकले भन्यो-‘टेकओभर गर्नु नपरोस्’

राजीनामा नदिएपछि सनराईज बैंकका सीईओसँग स्पष्टीकरण माग, बर्खास्त गर्ने बोर्डको तयारी

Share News