हिमालयन लाइफको निमित्त सीईओमा दिनेशबहादुर अमात्य नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशबहादुर अमात्यलाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कम्पनी सचिव विकास बस्नेतका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि साउन ११ गतेदेखि लागू हुने गरी अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ ।

अमात्य यसअघि कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । अब उनले कम्पनीको नियमित व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन् । 

Share News