काठमाडौं । नेपाल बीमा प्राधिकरणले डिजिटल ट्र्याकिङ्ग प्रणाली लागू गर्ने भएको छ ।
प्राधिकरणले बीमा दाबी व्यवस्थापन प्रणालीलाई थप पारदर्शी, उत्तरदायी, प्रभावकारी एवं प्रविधिमैत्री बनाउन तथा बीमितलाई आफ्नो दाबीको अवस्थाबारे जानकारी प्राप्त हुने व्यवस्था सुनिश्चित गर्न यस्तो प्रणाली लागू गरेको जनाएको छ ।
प्राधिकरणले बीमा कम्पनीहरुलाई यस किसिमको डिजिटल ट्रयाकिङ्ग प्रणाली तीन महिनाभित्र लागू गर्न निर्देशन दिएको छ ।