अस्ट्रियाविरुद्ध अर्जेन्टिनाको २ गोल, मेसीले बनाए नयाँ कीर्तिमान

काठमाडौं । अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत सोमबार राति भएको खेलमा अस्ट्रियालाई २–० ले हराएको छ । दुबै गोल कप्तान लियोनेल मेसीले गरेका हुन् ।

खेलको सुरुवाती ९ औँ मिनेटमा मेसीले पेनाल्टी सदुपयोग गर्न नसके पनि बाँकी समयमा उनले उत्कृष्ट पुनरागमन गरे । 

३८ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो गाेल गरेसँगै  उनले जर्मनीका मिरोस्लाभ क्लोसको १६ गोलको कीर्तिमान पछि पार्दै १७ गोल पुर्याएका थिए ।

खेलको अन्तिम समय अर्थात् इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

दुई गोल गरेसँगै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानलाई थप उचाइमा पुर्याएका छन् । उनले विश्वकपमा गरेको कुल गोल सङ्ख्या १८ पुगेको छ । 

डालसस्थित रंगशालामा उपस्थित समर्थकहरू यो ऐतिहासिक क्षणपछि उत्साहले झुमेका थिए । 

जारी विश्वकपमा मेसीले ५ गोल गरिसकेका छन् । 

यसअघि पहिलो खेलमा अल्जेरियालाई ३–० ले हराउँदा मेसीले ह्याट्रिक गरेका थिए । 

Share News