पहिलो हाफमै स्पेनको बलियो कमब्याक, ३ गोलको सानदार अग्रता

गाेलपश्चात सेलिब्रेट गर्दै लामिने यमाल ।

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को रोमाञ्चक भिडन्तमा स्पेनले खेलको पहिलो हाफमै बलियो पकड बनाएको छ । 

स्पेनले पहिलो ४५ मिनेटभित्रै विपक्षी टोलीविरुद्ध ३-० को सानदार अग्रता लिएको हो ।

खेलको सुरुवाती मिनेटदेखि स्पेनले लगातार विपक्षीको रक्षापंक्तिमाथि दबाब बढाएको थियो । मिडफिल्डको चुस्त पासिङ र फरवार्ड लाइनको उत्कृष्ट तालमेलका कारण स्पेनले पहिलो हाफमै तीन पटक बललाई जाली चुमाउन सफल भयो ।

खेलको १०औं मिनेटमै बार्सिलोनाका युवा स्टार लामिने यमालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

फरवार्ड मिकेल ओयार्जाबालले मात्र ३ मिनेटको अन्तरालमा लगातार दुई गोल गरे । उनले २१औं मिनेटमा टोलीका लागि दोस्रो र २४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-० को स्थितिमा पुर्याए ।

विश्वकपको समूह चरणमा नकआउट यात्रा बलियो बनाउन यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । 

दोस्रो हाफमा विपक्षी टोलीले पुनरागमनका लागि रणनीति बदल्ने प्रयास गर्नेछ भने स्पेन आफ्नो यो बलियो अग्रतालाई जितमा बदल्दै स्पष्ट ३ अंक जोड्ने दाउमा हुनेछ ।

पहिलो खेलमा स्पेन केप भर्डसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

Share News