काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा नारायण बहादुर कार्कीलाई नियुक्त गरेको छ ।
लघुवित्त सञ्चालक समितिको वैशाख २ गते बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सहायक महाप्रबन्धक कार्कीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कम्पनी सचिव जग्य प्रसाद पन्तका अनुसार उनलाई वैशाख ४ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरिएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालको पदावधि आज वैशाख ३ गते समाप्त भएको कम्पनीले जनाएको छ ।
यससँगै संस्थाको दैनिक सञ्चालन र व्यवस्थापनको जिम्मेवारी हालका लागि कामु सीईओ कार्कीले सम्हाल्ने भएका छन् ।