सुधिर बस्नेतको सम्पति जफत सुरु, श्रीमतिको पौने ४ करोडको सेयर लिलामीमा

काठमाडौं । विवादास्पद व्यवसायी सुधिर बस्नेतको सम्पति लिलामी प्रक्रिया सुरु भएको छ । ग्लोबल आईएमई बैंकमा बस्नेतकी श्रीमति नितु थापा बस्नेतको नाममा रहेको संस्थापक तथा साधारण सेयर लिलामी प्रक्रिया अघि बढेको छ । ऋण असुली न्यायधिकरणले बस्नेतकी श्रीमतिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको संस्थापक र साधारण सेयर लिलामी गर्न लागेको हो । बस्नेतकी श्रीमतिको नाममा संस्थापक तर्फ १ लाख ३६ हजार २ सय ३३ कित्ता सेयर र साधारण तर्फको ५० हजार ३ सय ८७ कित्ता सेयर लिलामी गर्न लागेको हो । लिलामीबाट ३ करोड ८२ लाख, २७ हजार २ सय ४ रुपैंयाँ असुलिनेछ । ग्लोबल आईएमई बैंकको संस्थापक सेयरका लागि प्रति कित्ता मूल्य १८० रुपैंयाँ तोकिएको छ भने साधारण सेयरको मूल्य २७२ रुपैंयाँ तोकिएको छ । ग्लोबल आईएमई बैंकले आफ्नो ऋण नतिरेपछि बस्नेतको सेयर जफत गर्न ऋण असुली न्यायाधिकरणमा मुद्धा हालेको थियो । अबको १५ दिनभित्र ३ हजार रुपैंयाँको फारम खरिद गरेर आफुले खरिद गर्न चाहेको सेयरको १० प्रतिशत रकम धरौटी बुझाउनुपर्नेछ । व्यक्ति वा फर्म जो सुकैले लिलामिकोे सेयर खरिद गर्न सक्नेछन् ।

माघमा बिहे गर्ने हो ? बलिया र आकर्षक जुत्ता किन्न जानुस नेपाली जुत्ता घर

काठमाडौं । माघमा बिहे गर्ने सोँचमा हुनुहुन्छ ? साला सालीले जुत्ता तान्छन् भन्ने चिन्ता छ ? त्यसो भए जानुस नेपाली जुत्ता घर जहाँ पाइन्छ बिहेको सिजनका लागि नयाँ र आकर्षक जुत्ता । साला सालीले जुत्ता तानेपछि चिन्ता गर्नु पर्दैन किने भने नेपाली जुत्ता आकर्षकसँगै बलिया पनि छन जसमा पाइन्छ ६ महिनाको वारेन्टी पनि । त्यति मात्रै होइन ५० प्रतिशतसम्म छुट सुबिधा पनि उपलब्ध छ । नेपाली जुत्ताघरले स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित जुत्ताहरुमा बिभिन्न अवसर पारेर बिभिन्न सुबिधाहरु उपलब्ध गराउँदै आएको छ । जाडो महिना सुरु भएसँगै नेपालमा जुत्ता चप्पलहरुको माग बढ्ने गर्दछ । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । ‘माघ महिना बिहेका अवसर हो त्यसैले बिशेष अफर ल्याएका हौं’, जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले भने । नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ५ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् । पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् । बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् । नेपाली जुत्ताघरले नेपाली जुत्ताहरुको बजार प्रवद्र्धन र प्रतिष्पर्धी कम्पनीहरुको सहकार्यतामा जोड दिँदै आएको छ ।

करिब ९० प्रतिशत भटमास आयात, व्यावसायिक खेती प्रवद्र्धनकाे तयारी

काठमाडौँ । पोषणका हिसाबले महत्वपूर्ण अन्न मानिने भटमासको व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको छ । भटमासबाट विभिन्न खाद्यन्न उत्पादन गर्ने व्यवसायीसँगको सहकार्यमा व्यावसायिक भटमासखेती प्रवद्र्धनको योजना बनाइएको कृषि जैविक संरक्षण निर्देशनालयले जनाएको छ । निर्देशनालयका वरिष्ठ बालीविज्ञ प्रकाश आचार्यले अहिलेसम्म व्यावसायिक रुपमा खेती नहुँदा झण्डै ९० प्रतिशत भटमास आयात भइरहेको बताउँदै किसानले आफूलाई चाहिने जति भटमास रोपेपनि बेच्नकै लागि भने नरोप्ने जानकारी दिएका छन् । भटमासको उपयोगबारे किसानलाई बुझाउन, यसबाट तेल बनाउन र खाद्यन्नकै रूपमा प्रयोग गर्नाका लागि उत्पादनमा आकर्षित गर्न सके आयात कम हुने वरिष्ठ बालीविज्ञ आचार्यले उल्लेख गरेका छन्र । भटमासको उपयोग नेवार समुदायले बढी गर्छन् भने ग्रामीण क्षेत्रमा तरकारी र खाजाको रूपमा पनि यसको प्रयोग हुँदै आएको छ । शहरी क्षेत्रमा यसको प्रयोग पहिले भन्दा बढेकाले यसको आयात बढेको हो । किसानलाई कसरी थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्ने र कसरी बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउनपर्छ । निर्देशनालयले मुख्य बालीको प्रवद्र्धनसँगै रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिले जिल्ला कृषि विकास कार्यालय मार्फत कार्यक्रम सञ्चालन हुने गरेकामा अहिले कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत किसान लक्षित कार्यक्रम सञ्चालनमा ल्याउन पर्ने जानकारी दिए । रासस

अपि पावरको ५ प्रतिशत बोनस पारित, चुक्ता पुँजीले १ अर्ब १९ करोड नाघ्याे

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले सेयरधनीलाई गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार सम्पन्न १५औं वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सोही अनुसार कम्पनीले आ.व २०७४/०७५ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर (कर बाहेक) दिने भएको छ । बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको ८.५ मे.वा. क्षमताको नौगडगाढ जलविद्युत आयोजना विगत ३ वर्ष देखी नाफामा संचालन भईरहेको छ । साथै, कम्पनीले प्रबद्र्धन तथा विकाश गरेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौताको मस्यौदामा हस्ताक्षर गरेको पनि कम्पनीले जनाएको छ । कम्पनीले विकास गरेको १८ मे.वा. आयोजनामध्ये १४ मे.वा. क्षमताका ४ वटा सोलार आयोजनाहरुको विद्युत खरिद विक्री सम्झौता सम्पन्न गरिसकेको छ र सोलार आयोजना निर्माणको लागी भारतको जेनेरल इलेक्ट्रिक कम्पनीसँग सोलार प्यानलहरु, इनभर्टर तथा अन्य आवश्य सामानहरु खरिद गर्ने सम्झौता पनि सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । कम्पनीले १ः२ बराबरको हकप्रद सेयर जारी गरी शोलार आयोजनाहरु, माथिल्लो चमेलिया जलविद्युत आयोजना तथा सिद्धकाली पावरले निर्माण गर्ने त्रिशुली गल्छी जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ । साधारणसभाले नियमन निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) सँग १ः२ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति छिटोभन्दा छिटो दिन आग्रह गरेको छ ।

सिद्धार्थ बैंकका सेयरधनीले १३ प्रतिशत लाभांश पाउने, पुँजी ८ अर्ब ८८ करोड नाघ्याे

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको सोमबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले कम्पनी संचालक समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले बैंकको चुक्ता पुँजीको ८.१६ प्रतिशतले नगद लाभांश(कर समेत) र ५ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ नाघ्ने छ । साथै, गत मंसिर मसान्तसम्ममा बैंकले १०६ अर्ब निक्षेप संकलन गरेको छ भने ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध अख्तियारको मुद्दा, १८ करोड मागदाबी

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । गैरकानूनी रुपमा १८ करोड भन्दा बढी आर्जन गरेको अभियोगमा सोमबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । खड्काले निजामित सेवामा रहँदा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दाबी सहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । खड्काले सात करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति पारिवार बाहेक अरु व्यक्तिको नाममा समेत राखेको अनुसन्धानका क्रममा खुलेको अख्यिारले अभियोग पत्रमा उल्लेख गरेको छ । खड्कासहित उनको सम्पत्ति लुकाउने कार्यमा संलग्न अन्य केहीविरुद्ध पनि मुद्दा दायर गरेको बुझिएको छ । उनी पदमा छँदा नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थ भण्डार गर्ने जग्गा खरिदका क्रममा व्यापक अनियमितता गरेको आरोप लागेको थियो।

ग्रीनलाईफ हाइड्रोपावरले १८ करोडकाे आईपीओ बिक्री गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १८ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार हाइड्रोले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेडमार्फत सो मात्राको आईपीओ बिक्री गर्ने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले दिन थाल्यो ३ प्रतिशतमै कर्जा, कसरी लिने ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ३‍.३३ प्रतिशत ब्याजदरमै कर्जा दिन सुरु गरेको छ । बैंकले सरकारले ल्याएको एकीकृत सहुलियत कर्जा कार्यक्रमसँग सम्बन्धित परियाेजना धिताेमा प्रदान गरिने कर्जाकाे वितरण आजबाट सुरु गरेकाे हाे । सोमबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले  भीमप्रसाद अधिकारीलाई शिक्षित युवा स्वरोजगार कर्जा र रजनी आयुलाई उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाको चेक हस्तान्तरण गरेर कर्जा कार्यक्रमको सुरुवात गरेका थिए । बैंकले भुकम्पपीडितहरुको निजी आवास निर्माण, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परिचालन कर्जा, दलित समुदाय विकास कर्जा, महिला उद्यमशील कर्जा र व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकको कर्जामा ३.३३ प्रतिशत र महिला उद्यमशीलता कर्जामा २.३३ प्रतिशत ब्याजसहित अधिकतम ५ कराेडसम्म कर्जा उपलब्ध गराउनेछ । राष्ट्रिय वाणिज्य बैंकको हाल आधार ब्याजदर ६.३३ प्रतिशत छ । त्यसमा २ प्रतिशतसम्म ब्याज प्रिमियम थप गर्न पाउने नियम छ । सरकारले त्यसमध्ये महिला उद्यमशीलता कर्जामा ६ प्रतिशत र अन्य कर्जाको हकमा ५ प्रतिशत ब्याज अनुदान दिँदा ऋणीले क्रमशः २.३३ प्रतिशत र ३.३३ प्रतिशत कायम रहन गएको हो । कसरी लिने कर्जा ? राष्ट्रिय वाणिज्य बैंकले भुकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका लागि अधिकतम ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि अधिकतम ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि अधिकतम १० लाख, दलित समुदाय विकास कर्जाका लागि अधिकतम १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि अधिकतम ५ करोड रुपैंयासम्मको कर्जा दिने व्यवस्था गरेको छ । जसका लागि आफूले लिन चाहेको कर्जाको प्रकार, रकम र आवश्यक कागजातसहित आफ्नो नजिकको शाखामा आवेदन दिनुपर्नेछ । आवेदकले बैंकले उपलब्त्र गराएको कर्जा फाराम भरी बैंकले नै उपलब्ध गराएको परियोजना प्रस्ताव ढाँचाअनुसारको प्रस्ताव पेश गर्नुपर्नेछ भने व्यक्तिगत प्रयोजनका लागि व्यक्तिगत प्यान र संस्थागत प्रयोजनको लागि फर्म वा कम्पनीको स्थायी लेखा नम्बर आवश्यक हुन्छ । कर्जा परियाेजनाकाे प्रकार र माग गरिएकाे रकमका अाधारमा किस्ताबन्दीमा उपलब्ध हुनेछ । के के चाहिन्छ कागजात ?

नेप्से ६ अंकले बढ्दा नेपाल बैंकको ८ करोड बढीको सेयर कारोबार

काठमाडौं । बजारमा नेप्से परिसूचक ६.६७ अंकले उकालो लागेर ११७७.४६ अंकमा पुगेको छ । सामान्य अंकले बढेको सोमबारको बजारमा कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । सो दिन १४८ कम्पनीको ३० करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३०८ रुपैयाँ रहेको छ । त्यस्तै, एनसीसी बैंक, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स र प्रभु बैंकको एक करोड बराबरको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी जीवन बीमा समूहकोे सूचक ९२ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा ८२, होटल १७ र माइक्रोफाइनान्स ११ अंकले बढेका छन् भने बाँकी समूह सामान्य एकल अंकले बढेका छन् । उत्पादनमूलक र अन्य समूह क्रमशः १२ र ०.०४ अंकले घटेका छन् ।

सुर्खेतमा सिटिजन्स बैंकको कर्णाली प्रादेशिक कार्यालय स्थापना

काठमाडौं । सिटिजन्स बैंकले कर्णाली प्रदेश (प्रदेश नं.६) को प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा कर्णाली प्रदेशका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटाशाखाहरु (डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड रसिमिकोट तथा सुर्खेत)बाट व्यापार विस्तारका गरेका छन् । कर्णाली प्रदेशमा रहेका १० जिल्ला मध्ये ५ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव ३० लाख ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । कर्णाली प्रदेशको हुम्लाको सिमिकोटमा २०६८ सालमा र डोल्पामा २०७१ सालमा शाखा खोलिनु यसका केहि अनुपम उदहारणहरु हुन । मानसरोवर जाने पर्यटकहरुको सहजताको निम्ति यसै वर्ष बैंकले हुम्लामा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले प्रादेशिक कार्यालयहरु प्रदेश नं १ को विराटनगरमा, प्रदेश नं २ को वीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमार प्रदेश नं ५ को नेपालगंजमा, आफ्नै सुविधा सम्पन्न भवनमा स्थापना गरिसकेको छ । सिटिजन्स बैंकको ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कार्यकर्तालाई माधव नेपालको निर्देशनः सरकारको बचाउमा लाग्नुस्

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको आरोप लगाएका छन् । उनले यस्ता दुष्प्रचारको पछि नलागी कार्यकर्तालाई दृढतासाथ सरकारको बचाउ गर्न आह्वान गरे । नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा हतास र निरासाको प्रवृत्ति बढेको भन्दै दुष्प्रचारबाट बच्न कार्यकर्तालाई आग्रह गरे । नेकपाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विरोधीले सरकारको काम नै देख्न नसकेर सरकारले अधिनायकवाद ल्याउन खोजेको आरोप लगाइ रहेको बताए । नेता नेपालले भन्छन, “वर्तमान सरकारको काममा केही कमीकमजोरी हुनसक्छ तर सरकारको नियतमा बेइमानी छैन ।”नेता नेपालले दुई वर्षभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारी रहेको बताए ।

१ करोड ९५ लाख प्रयोगकर्ता भएकाे टेलिकम हाँक्ने जिम्मा डिल्लीराम अधिकारीलाई

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । संगीता पहाडी अर्याल, र बुद्धिप्रसाद आचार्यलाई पछि पार्दै अधिकारीले टेलिकम हाँक्ने जिम्मा पाएका हुन् । अधिकरी हाल टेलिकममै दशौं तहमा कार्यरत थिए । अधिकारीले प्रबन्ध निर्देशकको जिम्मा पाएको अधिकारी निकट स्रोतले पुष्टि गरेको छ । प्रबन्ध निर्देशकका लागि पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, डा बिमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्यय र संगिता पहाडी आचार्य गरी ११ जनाले निवेदन दिएका थिए । यी मध्ये ३ जनाको नाम मन्त्री परिषदमा पेश भएको थियो । सञ्चार तथा सूचना मन्त्रालयले प्रबन्ध निर्देशक नियुक्तिको लागि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेकी थिइन् । समितिले आवेदकको योजना, शैक्षिक योग्यता, व्यवसायिक अनुभवलाई आधार मानेर ३ उत्कृष्ट व्यक्तिको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सिफारिस भएका तीन जनामध्ये एकलाई मन्त्रीपरिषदले अधिकरीलाई टेलिकम हाक्ने जिम्मा दिने तयारी गरेकाे हो। गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि सो पद रिक्त रहको छ । राजभण्डारीले आफ्नो बर्खास्तीको निर्णय गैरकानूनी भएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम आदेश नदिएपछि सरकारलाई नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटो खुलेको थियो । नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याङ्क अनुसार हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन्, जुन कूल प्रयोगकर्ताको ४० प्रतिशत हो । कूल १५ अर्ब चुक्ता पूँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ, जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो । हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि नेपाल टेलिकम प्रमुख कार्यकारी नहुँदा दैनिक प्रशासनिक कार्यमा समेत असर परेको स्रोतको दाबी छ ।

एउटै माछाकाे मूल्य ३५ करोड, सबैभन्दा महंगाेमा विक्री

काठमाडौं । जापानको टोकियोमा टुना माछाको रु ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ रहेको छ । यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।“टुना किङ” को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गरेका थिए । यस अघि सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य रहेको थियो । पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउने जापानमा सुसी रेष्टुराँका मालिक कियोशीले बताएका छन् । रासस/ एएफपी

कमजोर जलविद्युत् कम्पनीको आइपिओ, लगानीकर्तालाई छैन फाइदा

काठमाडौँ । यही बिहीबारदेखि म्याग्दीमा आयोजनास्थल रहेको घलेम्दी हाइड्रोपावरले साधारण शेयर बिक्री गरेको छ । सो कम्पनीले १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर बिक्री शुरु गरेको छ । सो कम्पनीको वित्तीय अवस्था कमजोर रहेको भन्दै इक्रा नेपालले ग्रेड पाँच दिएको छ । त्यो भनेको कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ । सो कम्पनीको शेयर खरीद गर्नेले चालू आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चार रुपैयाँ ७७ पैसा मात्रै रहेको छ । यस्तै आगामी आवमा सो कम्पनीको शेयर खरिद गर्नेले प्रतिशेयर दुई रुपैयाँ ३२ पैसा मात्रै आम्दानी गर्नेछन् । सो आयोजनाको प्रति मेगावाट लागत २३ करोड छ । कम्पनीले पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यो त एउटा उदाहरण मात्रै हो । चालू आवमा नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनमुति दिएका अधिकांश जलविद्युत् कम्पनीको वित्तीय अवस्था कमजोर रहेको पाइएको छ । वित्तीय रुपमा कमजोर रहेका कम्पनीको शेयर खरीद गर्दा नाफा हुन्छ भनेर लगानी गरेका लगानीकर्तालाई भने त्यसले कुनै फाइदा दिँदैन । गत भदौमा कालिका पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर बिक्री गर्यो । सो कम्पनीको शेयर धितोपत्र बजारमा हाल प्रतिकित्ता १०० मा खरीद बिक्री भइरहेको छ । सो कम्पनीको वित्तीय अवस्था हेरेको इक्रा नेपालले वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार दिएको थियो । सो कम्पनीको शेयरमा लगानीकर्ता ओइरिए र लगानी गरे तर दोस्रो बजारमा शेयरको अवस्था दुरुहपूर्ण रहेको छ । यस्तै इस्र्टन हाइड्रोपावर कम्पनीले पनि ग्रेड पाँच पाएको छ । सो कम्पनीले पनि निकट भविष्यमा नै साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । यस्तै केही समय पहिले दोलखा र रामेछापवासीलाई साधारण शेयर बिक्री गरेको हिमालयन ऊर्जा विकास कम्पनीको पनि इक्रा नेपालले रेटिङ गर्यो । सो कम्पनीले वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार प्रदान ग¥यो । सो कम्पनीले आयोजना प्रभावितलाई नौ लाख ९० हजार कित्ता साधारण शेयर बिक्री गर्यो । आयोजना प्रभावितले शेयर आवेदनमा उल्लेख्य सहभागिता पनि जनाए । सो कम्पनीलाई धितोपत्र बोर्डले गत असोज २ गते साधारण शेयर बिक्रीको अनुमति दिएको थियो । यस्तै इलाममा आयोजनास्थल रहेको जोशी हाइड्रोपावरले पनि बोर्डबाट साधारण शेयर बिक्रीको अनुमति पायो । स्थानीय आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा उल्लेख्य सहभागिता नपाएको सो कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्दा भने राम्रै सहभागिता पायो । कम्पनीले १६ लाख ९० हजार ४७० कित्ता साधारण शेयर बिक्री गरेको थियो । सो कम्पनीको पनि वित्तीय अवस्था खराब रहेको भन्दै ग्रेड पाँच पाएको छ । बोर्डले चालू आवको हालसम्म विभिन्न नौ जलविद्युत् कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा गत मङ्सिर २७ गते साधारण शेयर बिक्रीको अनुमति पाएको युनिभर्सल पावर कम्पनीले ९६ लाख ६१ हजार ६१० कित्ता शेयर बिक्रीको तयारी गरेको छ । यस्तै शिवश्री हाइड्रोपावरले पनि आयोजना प्रभावितलाई पहिलो चरणमा साधारण शेयर बिक्री गर्दैछ । सो कम्पनीले आयोजना प्रभावितलाई २१ लाख ३५० कित्ता र सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता शेयर बिक्री गर्नेछ । यस्तै हालैमात्र शेयर बिक्रीको अनुमति पाएको पाँचथर पावर कम्पनीले १९ करोड २५ लाख बराबरको १९ लाख २५ हजार कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ । यस्तै यही पुस १७ गते साधारण शेयर बिक्रीको अनुमति पाएका ग्रीनलाइफ हाइड्रोपावरले १८ करोड बराबरको १८ लाख कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ । यस्तै बोर्डमा अनुमतिको प्रतीक्षामा १२ जलविद्युत् कम्पनी रहेका छन् । ती कम्पनीले पनि ढिलो चाँडो साधारण शेयर बिक्रीको अनुमति पाउने छन् । त्यसमा रसुवागढी, साञ्जेन जलविद्युत् कम्पनीबाहेक अरु सबै कम्पनी निजी क्षेत्रले लगानी गरेका हुन् । इक्रा नेपाल र केयर नेपालको रेटिङलाई मान्ने हो भने अनुमति पाएका र अनुमतिको प्रतीक्षामा रहेका अधिकांश जलविद्युत् कम्पनीको वित्तीय अवस्था सन्तोषजनक देखिँदैन । साधारण शेयरमा लगानी गर्नेले नाफा कमाउनसमेत लामो समयसम्म प्रतीक्षा गर्नुपर्ने देखिन्छ । शेयर विश्लेषक निरव पुडासैनीका अनुसार धितोपत्र बजारमा शेयरको मूल्य बढ्ने अवस्थामा लगानीकर्ताले नाफा पाउन सक्ने अवस्था रहन्छ तर तत्कालका लागि पनि वित्तीय अवस्था खराब रहेका कम्पनीबाट शेयर लगानीकर्ताले भने प्रतिफल पाइहाल्ने अवस्था भने रहँदैन । बजार पूँजीकरण वृद्धि भएको अवस्थामा शेयरलगानीकर्तालाई केही नाफा भने हुनसक्ने टिप्पणी गर्दै उनले जलविद्युत् कम्पनीको हकमा भने प्रसारण लाइन र अन्य भौतिक पूर्वाधार छन् कि छैनन् भन्ने विषयले पनि अर्थ राख्ने बताए । यस्तै, शेयर बजारका अर्का जानकार प्रकाश तिवारी पनि कमजोर वित्तीय अवस्था भएका जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्दा लगानीकर्तालाई तत्काल कुनै फाइदा नहुने बताउँछन् । साधारण शेयर बिक्री गर्ने तयारीमा रहेका र चालू आवमा शेयर बिक्री गरेका कम्पनीमध्ये करीब ६६ प्रतिशत हिस्सा जलविद्युत् कम्पनीको नै छ । ती कम्पनीको वित्तीय अवस्था कमजोर त छँदैछ । त्यसमाथि पनि केही आयोजनाले तोकिएअनुसारको विद्युत् उत्पादनसमेत गर्न सकेका छैनन् । आयोजनाको लागतसमेत अस्वभाविक रुपमा बढी रहेको छ । यस्तो अवस्थामा लगानीकर्तालाई सहजरुपमा नाफा कमाउने अवस्था भने कमजोर नै हुने तिवारीको टिप्पणी छ । रासस

साताको शेयर बजारः एक अर्ब ६६ करोडको कारोबार, बजार ओरालो लाग्ने क्रममा

काठमाडौँ । धितोपत्र बजारमा यो साता एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ । गत साताको तुलनामा यस साता बजारमा कारोवार मापक नेप्से परिसूचक मात्रै घटेन, कारोवार रकममा समेत गिरावट आएको छ । साताको पहिलो दिन एक हजार २०४ दशमलव ५४ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन अर्थात् यही पुस १९ गतेसम्म २६ बिन्दुले घटेर एक हजार १७८ दशमलव शून्य एक बिन्दुमा झरेको छ । यस साता कूल १६८ कम्पनीको ४६ लाख ५४ हजार १३० कित्ता शेयर खरिद बिक्री भएका छन् । आइतबार कूल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयर ४५ करोड ४२ लाख ८४ हजार ३९३ मूल्यमा खरिद बिक्री भए । यस्तै सोमबार १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता शेयर ४० करोड तीन लाख १२ हजार ३८५ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ओरालो लागेको बजार मङ्गलबार पनि थामिएन । सो दिन १५६ कम्पनीको छ लाख ८९ हजार ७२० कित्ता शेयर २२ करोड ८५ लाख ४३ हजार ४१५ मूल्यमा खरिद बिक्री भएको थियो । बुधबारपनि बजारको अवस्था उस्तै रह्यो । उक्त दिन पाँच दशमलव ४२ बिन्दुले घटेर बजार एक हजार १८० दशमलव ४३ बिन्दुमा झर्यो । सो दिन १५४ कम्पनीको सात लाख ५१ हजार ४११ कित्ता शेयर २५ करोड ७६ लाख सात हजार १६६ मूल्यमा खरिद बिक्री भएको थियो । साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झर्यो । कूल १५८ कम्पनीको सात लाख ९७ हजार ६१३ कित्ता शेयर २७ करोड ६९ लाख ५६ लाख ३०१ मूल्यमा खरिद बिक्री भएको थियो । समग्रमा यस साता बजार ओरालो लाग्ने क्रममा नै रह्यो । शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता धितोपत्र बजारमा यस साता शेयर कारोवारका आधारमा बैंक तथा वित्तीय संस्थाको नै बाहुल्यता रहेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको यस साताको कारोवार विवरणमा बैंक तथा वित्तीय संस्था नै अग्रस्थानमा रहेको पाइएको हो । बढी शेयर कारोवार भएका उत्कृष्ट दश संस्थामध्ये पहिलो स्थानमा नेपाल बैंक लिमिटेड रहेको छ । सो बैंकको ३०२ कित्ता शेयर कारोवार भयो । यस्तै दोस्रोमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक रहेको छ । सो बैंकको २४७ कित्ता शेयर कारोवार भए । तेस्रोमा जनता बैंक रहेको छ । उक्त बैंकको १५४ कित्ता शेयर कारोवार भयो । प्रभु बैंकको १४२, एनएमबी बैंकको १४०, मेघा बैंकको १२९, ग्लोबल आइएमइ बैंकको १०२ कित्ता शेयर कारोवार भयो । यस्तै अपि पावर कम्पनी ९७, नेशनल लाइफ इन्स्योरेन्स ९३ र नेपाल लाइफ इन्स्यारेन्सको ९० कित्ता शेयर कारोवार भए । यस्तै बजार पूँजीकरणमा यस साता नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रह्यो । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंक, नवील बैंक, स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआइ बैंक र एनएमबी बैंक विगतमा जस्तै बजार पूँजीकरणका आधारमा उत्कृष्ट दश कम्पनीका रुपमा रहे । स्टकका अनुसार यस साता चौतारी लघुवित्त वित्तीय संस्थाको मात्रै शेयर सूचीकरण भयो । सो संस्थाको १८ लाख ६० हजार कित्ता साधारण शेयर सूचीकृत भयो ।

कालीमाटीपछिको ठूलो तरकारी बजार भक्तपुरमा, श्यामसुन्दरले किन लगानी गरे ६ करोड ५० लाख ?

भक्तपुर । काठमाडौँ कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कूल छ करोड ५० लाख लगानीमा शुरु हुन लागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङ समेतको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोटमा आफ्नै कृषक बाबु श्यामबहादुर र आमाले अथक मेहनतले उब्जाएको एक मुठा फर्सीको मुन्टा बिचौलियाले १० मा किनेर एक किलोमिटर पर गठ्ठाघरमा ३० मा बिक्री गरेको देखेपछि बिचौलियाको दलाली अन्त्य गर्ने अठोटका साथ तरकारी बजार निर्माण गर्न आफू जुटेको नेकपाका भक्तपुर जिल्ला कमिटी सदस्य एवं युवानेता श्यामसुन्दर बस्नेतले बताए । मध्यपुरथिमिको चारदोबाटो, गठ्ठाघर र सूर्यविनायकको बालकोटको मुख्य सडकबाट तरकारी बजारमा जान सक्ने गरी दुईतर्फी पक्की सडकसमेत विस्तार गरी बस्नेतले १३० सटर र १५० स्टल गरेर २८० तरकारी पसल रहने गरी तरकारी बजार निर्माण गरेका हुन् । आगामी माघे सङ्क्रान्तिलाई लक्षित गरेर यही पुस २५ गतेदेखि सस्तोमा तरुल बिक्री शुरु गर्ने र माघ १ गतेदेखि सबै तरकारी पाउने गरी सञ्चालन गरिनेछ भने पसल राख्न ७० प्रतिशत सटर स्टल बुकिङ भइसकेको छ । “कृषकलाई बजार खोज्न नपर्ने र उपभोक्तालाई सस्तो मूल्यमा ताजा तरकारी उपलब्ध गराउने लक्ष्य छ”, बस्नेतले भने, “म राजनीतिक मात्रै होइन, सामाजिक मान्छे पनि हुँ, कृषकले मरिमरि गरेको मेहनत र दुःखको मूल्य नतिर्ने र बिना लगानी ३०० प्रतिशतसम्म नाफा खाने बिचौलियाको अन्त्य गर्ने लक्ष्यले मैले बजार सञ्चालनमा ल्याएको हुँ ।” “कालीमाटी र बल्खुलगायतका अन्य तरकारी बजारभन्दा सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउने, कृषकको मेहनतअनुसार उचित मूल्य दिएर गाउँगाउँबाट तरकारी सङ्कलन गर्ने गरी व्यवस्था गरिएको छ”, उनले भने । भक्तपुरको चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी सङ्कलन गर्न चारवटै नगरपालिकाको प्रत्येक वडामा एक तरकारी सङ्कलन केन्द्र खोलिने उल्लेख गर्दै सञ्चालक बस्नेतले तत्कालका लागि १८ स्थानमा सङ्कलन केन्द्र खोलिने बताए । बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादित विभिन्न प्रकारका तरकारी, पिठा, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोवार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने उनको भनाइ छ । बजारको सुरक्षा व्यवस्था पनि चुस्त बनाउन तरकारी बजार प्रवेश गर्न दुई मुख्यद्वारमा र बजारभित्र २४सैँ घण्टा सुरक्षागार्डको व्यवस्था गरिएको छ भने बजारभित्र १८ सिसी क्यामरा जडान गरिएको छ । विसं २०५२ देखि विद्यार्थी राजनीति शुरु गरेर तत्कालीन एमाले भक्तपुरको प्रचार विभाग प्रमुख हुँदै हाल नेकपाको जिल्ला कमिटी सदस्यको रूपमा राजनीतिमा उनी विगत १८ वर्षदेखि कृषि पेशामा समेत संलग्न रहँदै आएका छन् । तरकारी बजार र सङ्कलन केन्द्रबाट प्रत्यक्षरुपमा १०० जनाभन्दा बढीलाई युवा विद्यार्थीलाई रोजगारी प्राप्त हुने तथा प्रत्येक पसलमा गरी करीब ८०० ले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाउने सञ्चालक बस्नेतले बताए । रासस

बैंकको व्याजदर घटाउन निर्यातकर्ताको माग

काठमाडौँ । नेपाली निर्यातकर्ताको प्रतिनिधिमूलक संस्था नेपाल निर्यात परिषद्ले बैंकको चर्को व्याजदरले निर्यातजन्य उद्योग बन्द हुने अवस्था सृजना भएको गुनासो गर्दै त्यसलाई घटाउन माग गरेका छन् । यही पुस २२ गते राजधानीमा आयोजना हुने निकासी दिवसका सन्दर्भमा परिषद्ले पत्रकार सम्मेलन गरी सात प्रतिशत व्याज तिर्ने गरी लिइएको व्याज १५ प्रतिशत पुगेकाले बैंकको व्याज घटाउन सरकारबाटै प्रयास हुनुपर्नेमा जोड दिएको छ । परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले निर्यातकर्ताले धेरै समस्या झेल्नुपरेको दुखेसो गर्दै चर्को व्याजदरले निकासीजन्य उद्योग थला परेका बताए । उनले औद्योगिक व्यवसाय ऐन, बोनस ऐन, मदिरा ऐन र उपभोक्ता ऐन निजी क्षेत्रमैत्री नभएको मर्का सुनाउँदै तिनको संशोधन अपरिहार्य भएको बताए । परिषद्ले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा आगामी आइतबार राजधानीमा हुने विशेष छलफलमा निकासी प्रवद्र्धनका निम्ति सरकारले उपलब्ध गराएका सहुलियत, करका प्रावधान, सामाजिक सुरक्षा कोष, भन्सारका जटिलता र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने प्रवद्र्धनात्मक मेलाबारे विचारविमर्श हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बैद्य माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई दले कालोमोसो

काठमाडौँ । मोहन बैद्य नेतृतवको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमा कालोमोसो दलेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् । वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै कालोमोसो दलिएको बैद्य माओवादीका कार्यकर्ताले जनाए । प्रतिनिधि सभा अन्तरगत लेखा समितिले गठन गरेको उपसमितिले कंसाकारलाई कारबाहीको सिफारसि गरेको थियो ।

समायोजनले कुनैपनि कर्मचारीको वृत्ति विकास रोकिँदैन: मन्त्री पण्डित

काठमाडौँ । सरकारले कुनैपनि राष्ट्र सेवकको वृत्ति विकासलाई नरोक्ने गरी कर्मचारी समायोजन अध्यादेश विधेयक, २०७५ ल्याएको स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै कर्मचारीलाई सहजरूपमा सेवा सुविधा तथा वृत्ति विकासका लागि मन्त्रालयले विशेष ध्यान दिएको बताए । आधिकारिक टे«ड युनियनसँग पनि समायोजनका बारेमा छलफल भएको र उहाँहरूले पनि सहमति जनाएको जानकारी दिँदै मन्त्री पण्डितले अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत हुँदासम्म सबै समस्या समाधान हुने विश्वास व्यक्त गरे । नागरिकलाई स्थानीय तहमा नै सहजरूपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ कर्मचारी व्यवस्थापन गर्न लागेको भन्दै अवसर र जिम्मेवारीको समेत बाँडफाँट गरेर काम गर्ने संस्कार बसाल्न लागिएको बताए । सङ्घीय सरकारको मूल्य र मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न उक्त अध्यादेश ल्याइएको मन्त्री पण्डितको भनाइ थियो । मन्त्री पण्डितले प्रदेश र स्थानीय तहसँग जोडिएका अन्य कानूनसमेत छिट्टै सदनमा प्रस्तुत गर्ने जानकारी दिए । सङ्घीयता कार्यान्वयनका सम्बन्धमा जोडिएका सबै नियम तथा कानून निर्माणमा सरकारले ध्यान दिएकोसमेत उनको भनाइ थियो । राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

प्राधिकरणको नाफा ७ अर्बभन्दा बढी, चालु आवमा ३८ अर्ब ११ करोड बजेट विनियोजन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पछिल्ला वर्षमा निरन्तर नाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणले स्थापनापछि पहिलोपटक आव २०६८/६९ मा नाफा आर्जन गरेको थियो । पछिल्ला वर्षमा पनि निरन्तररूपमा आर्जन गर्दै सात अर्बभन्दा बढी नाफा पुर्याएको छ । प्राधिकरणको २०औँ वार्षिकोत्सवका अवसरमा हालै सार्वजनिक गरिएको प्रतिवेदनअनुसार आव २०७३/७४ सम्मको कूल सञ्चित नाफा सरकारलाई बुझाउने लाभांशबापतको रकम कट्टा गरेपछि ७ अर्ब ३७ करोड ५६ रुपैयाँ लाख पुगेको छ । सो नाफाको आधारमा महालेखा परीक्षकबाट प्रमाणित आव २०७२/७३ सम्मको वित्तीय विवरणबमोजिम सरकारको शेयर लगानीको लाभांशबापत छुट्याइएको रकम एक अर्ब ६३ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आव २०७४/७५ मा छ अर्ब २३ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त आवका लागि प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक पाँच अर्ब ४९ करोड ४३ लाख रुपैयाँ प्रक्षेपण गरेकोमा ७४ करोड १६ लाख रुपैयाँ वृद्धि भई छ अर्बभन्दा बढी आम्दानी गर्न सफल भएको हो । चालू आव २०७५/७६ मा प्राधिकरणले ३८ अर्ब ११ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटमध्ये पूँजीगत खर्चतर्फ ३४ अर्ब २५ करोड चार लाख रुपैयाँ तथा कार्य सञ्चालनतर्फ तीन अर्ब ८६ करोड ६५ लाख रुपैयाँ निर्धारण गरिएको छ । आव २०७४/७५ मा क्यानले पूँजीगत खर्चतर्फ ३२ अर्ब ६५ करोड १४ लाख रुपैयाँ र कार्य सञ्चालनतर्फ तीन अर्ब ५३ करोड १५ लाख रुपैयाँ गरी जम्मा ३६ अर्ब १८ करोड २८ लाख रुपैयाँ व्यय अनुमान गरिएकोमा पूँजीगत खर्च १७ अर्ब तीन करोड ९४ लाख र कार्य सञ्चालन खर्च दुई अर्ब २२ करोड ८० लाख रुपैयाँ गरी जम्मा १९ अर्ब २६ करोड ७५ लाख रुपैयाँ खर्च भएको क्यानले जनाएको छ । चालू आव २०७५/७६ को स्रोततर्फ आम्दानी पाँच अर्ब ९६ करोड ९३ लाख रुपैयाँ, विमानस्थल विकास शुल्क दुई अर्ब ६४ करोड ५० लाख रुपैयाँ एवं ऋण, शेयर तथा अनुदानबाट २० अर्ब ८५ करोड रुपैयाँ गरी जम्मा २९ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ हुने अनुमान गरिएको क्यानले जनाएको छ । प्राधिकरणले मूल्य अभिवृद्धि कर, साँवा ब्याज भुक्तानी र लाभांशबापतको रकम गरी जम्मा तीन अर्ब २४ करोड ८९ लाख रुपैयाँ सरकारलाई भुक्तानी गरी राजश्वमा उल्लेखनीय योगदान गरेको जनाएको छ । रासस