साताको शेयर बजारः एक अर्ब ६६ करोडको कारोबार, बजार ओरालो लाग्ने क्रममा

<p>काठमाडौँ । धितोपत्र बजारमा यो साता एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ । गत साताको तुलनामा यस साता बजारमा कारोवार मापक नेप्से परिसूचक मात्रै घटेन, कारोवार रकममा समेत गिरावट आएको छ । साताको पहिलो दिन एक हजार २०४ दशमलव ५४ बिन्दुमा रहेको नेप्से परिसूचक साताको [&hellip;]</p>

काठमाडौँ । धितोपत्र बजारमा यो साता एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ । गत साताको तुलनामा यस साता बजारमा कारोवार मापक नेप्से परिसूचक मात्रै घटेन, कारोवार रकममा समेत गिरावट आएको छ ।

साताको पहिलो दिन एक हजार २०४ दशमलव ५४ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन अर्थात् यही पुस १९ गतेसम्म २६ बिन्दुले घटेर एक हजार १७८ दशमलव शून्य एक बिन्दुमा झरेको छ । यस साता कूल १६८ कम्पनीको ४६ लाख ५४ हजार १३० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

आइतबार कूल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयर ४५ करोड ४२ लाख ८४ हजार ३९३ मूल्यमा खरिद बिक्री भए । यस्तै सोमबार १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता शेयर ४० करोड तीन लाख १२ हजार ३८५ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

ओरालो लागेको बजार मङ्गलबार पनि थामिएन । सो दिन १५६ कम्पनीको छ लाख ८९ हजार ७२० कित्ता शेयर २२ करोड ८५ लाख ४३ हजार ४१५ मूल्यमा खरिद बिक्री भएको थियो ।

बुधबारपनि बजारको अवस्था उस्तै रह्यो । उक्त दिन पाँच दशमलव ४२ बिन्दुले घटेर बजार एक हजार १८० दशमलव ४३ बिन्दुमा झर्यो ।

सो दिन १५४ कम्पनीको सात लाख ५१ हजार ४११ कित्ता शेयर २५ करोड ७६ लाख सात हजार १६६ मूल्यमा खरिद बिक्री भएको थियो ।

साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झर्यो ।

कूल १५८ कम्पनीको सात लाख ९७ हजार ६१३ कित्ता शेयर २७ करोड ६९ लाख ५६ लाख ३०१ मूल्यमा खरिद बिक्री भएको थियो । समग्रमा यस साता बजार ओरालो लाग्ने क्रममा नै रह्यो ।

शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता

धितोपत्र बजारमा यस साता शेयर कारोवारका आधारमा बैंक तथा वित्तीय संस्थाको नै बाहुल्यता रहेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको यस साताको कारोवार विवरणमा बैंक तथा वित्तीय संस्था नै अग्रस्थानमा रहेको पाइएको हो ।

बढी शेयर कारोवार भएका उत्कृष्ट दश संस्थामध्ये पहिलो स्थानमा नेपाल बैंक लिमिटेड रहेको छ । सो बैंकको ३०२ कित्ता शेयर कारोवार भयो । यस्तै दोस्रोमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक रहेको छ ।

सो बैंकको २४७ कित्ता शेयर कारोवार भए । तेस्रोमा जनता बैंक रहेको छ । उक्त बैंकको १५४ कित्ता शेयर कारोवार भयो । प्रभु बैंकको १४२, एनएमबी बैंकको १४०, मेघा बैंकको १२९, ग्लोबल आइएमइ बैंकको १०२ कित्ता शेयर कारोवार भयो ।

यस्तै अपि पावर कम्पनी ९७, नेशनल लाइफ इन्स्योरेन्स ९३ र नेपाल लाइफ इन्स्यारेन्सको ९० कित्ता शेयर कारोवार भए । यस्तै बजार पूँजीकरणमा यस साता नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रह्यो ।

यस्तै नेपाल इन्भेस्टमेन्ट बैंक, नवील बैंक, स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआइ बैंक र एनएमबी बैंक विगतमा जस्तै बजार पूँजीकरणका आधारमा उत्कृष्ट दश कम्पनीका रुपमा रहे । स्टकका अनुसार यस साता चौतारी लघुवित्त वित्तीय संस्थाको मात्रै शेयर सूचीकरण भयो । सो संस्थाको १८ लाख ६० हजार कित्ता साधारण शेयर सूचीकृत भयो ।

Share News