
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले सेयरधनीलाई गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार सम्पन्न १५औं वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सोही अनुसार कम्पनीले आ.व २०७४/०७५ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर (कर बाहेक) दिने भएको छ । बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको ८.५ मे.वा. क्षमताको नौगडगाढ जलविद्युत आयोजना विगत ३ वर्ष देखी नाफामा संचालन भईरहेको छ ।
साथै, कम्पनीले प्रबद्र्धन तथा विकाश गरेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौताको मस्यौदामा हस्ताक्षर गरेको पनि कम्पनीले जनाएको छ । कम्पनीले विकास गरेको १८ मे.वा. आयोजनामध्ये १४ मे.वा. क्षमताका ४ वटा सोलार आयोजनाहरुको विद्युत खरिद विक्री सम्झौता सम्पन्न गरिसकेको छ र सोलार आयोजना निर्माणको लागी भारतको जेनेरल इलेक्ट्रिक कम्पनीसँग सोलार प्यानलहरु, इनभर्टर तथा अन्य आवश्य सामानहरु खरिद गर्ने सम्झौता पनि सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले १ः२ बराबरको हकप्रद सेयर जारी गरी शोलार आयोजनाहरु, माथिल्लो चमेलिया जलविद्युत आयोजना तथा सिद्धकाली पावरले निर्माण गर्ने त्रिशुली गल्छी जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ । साधारणसभाले नियमन निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) सँग १ः२ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति छिटोभन्दा छिटो दिन आग्रह गरेको छ ।