काठमाडौं । माघमा बिहे गर्ने सोँचमा हुनुहुन्छ ? साला सालीले जुत्ता तान्छन् भन्ने चिन्ता छ ? त्यसो भए जानुस नेपाली जुत्ता घर जहाँ पाइन्छ बिहेको सिजनका लागि नयाँ र आकर्षक जुत्ता । साला सालीले जुत्ता तानेपछि चिन्ता गर्नु पर्दैन किने भने नेपाली जुत्ता आकर्षकसँगै बलिया पनि छन जसमा पाइन्छ ६ महिनाको वारेन्टी पनि । त्यति मात्रै होइन ५० प्रतिशतसम्म छुट सुबिधा पनि उपलब्ध छ ।

नेपाली जुत्ताघरले स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित जुत्ताहरुमा बिभिन्न अवसर पारेर बिभिन्न सुबिधाहरु उपलब्ध गराउँदै आएको छ ।
जाडो महिना सुरु भएसँगै नेपालमा जुत्ता चप्पलहरुको माग बढ्ने गर्दछ । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । ‘माघ महिना बिहेका अवसर हो त्यसैले बिशेष अफर ल्याएका हौं’, जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले भने ।
नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ५ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् ।

पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् ।
बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् । नेपाली जुत्ताघरले नेपाली जुत्ताहरुको बजार प्रवद्र्धन र प्रतिष्पर्धी कम्पनीहरुको सहकार्यतामा जोड दिँदै आएको छ ।