काठमाडौं । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।
नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा साना/ठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ ।