प्राइम लाइफको साधारणसभा आज, १३.६८ प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारित गर्ने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा आज हुने भएको छ । कम्पनीको वार्षिक साधारण सभा आज पुस २४ गते, आइतबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे हुने भएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीको सभाले संचालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । सभाले बोनस सेयर वितरण पश्चात् हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्नेछ । कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समूहको सेयर लगानी अनुपात क्रमशः ६०ः४० रहेकोमा परिवर्तन गरी ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ एक आपसमा मर्जर गर्ने सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा पुस ७ गतेसम्म कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न सक्ने र सभामा भाग लिन सक्नेछन् ।

नेपाल इन्स्योरेन्सको लाभांश पारित, पूँजी बढाउन छिट्टै मर्जर गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको पुस २२ गते शुक्रबार बसेको ७४ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो । सभाले कम्पनीले आ.व.०७८/०७९ को नाफाबाट हाल कायम रहेको चुक्ता पूँजी एक अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको ८ प्रतिशतका दरले हुने बोनश सेयर र ०.४२११ प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम चैत्र मसान्त भित्र कम्पनीको चुक्ता पूँजी २.५ अर्ब पर्याउने सम्बन्धमा आवश्यक प्रक्रियाहरु अगाडी बढाई उपयुक्त बीमा कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको सहभागितामा स्थापित यस कम्पनीले बिगत ७६ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा सेवा दिँदै आएको छ । कम्पनीले देशभर छरिएर रहेको ६० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट बीमितहरुको सेवा दिइरहेको छ ।

लक्ष्मी र सनराइज बैंक मर्जरको तयारीमा, पुसभित्रै सम्झौता हुने सम्भावना कति ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको छलफल चलेको छ । दुई बैंकबीच मर्ज हुन लागि विभिन्न समयमा छलफल भएको र केही दिनमा प्रारम्भिक सम्झौता गर्ने तयारी रहेको बुझिएको छ । लक्ष्मी बैंक र सनराइज बैंकले आ–आफ्नो मर्जर समिति गठन गरेर काम गरिरहेका छन् । धेरै पटक दुई बैंकका मर्जर समितिबीच पनि छलफल भइसकेको बताइएको छ । दुवै बैंकका मर्जर समितिबीच विभिन्न समयमा वार्ता भएपनि निष्कार्षमा भने पुग्न सकेको छैन । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालले मर्जरको छलफल भइरहेको भएपनि निष्कर्शमा नपुगेको बताए । ‘मर्जर भन्ने बित्तीकै सम्भव हुँदैन, मर्जरका लागि छलफल अघि बढेको हो, धेरै विषयमा कुराकानी हुन बाँकी छ, दुवै बैंकले मर्जर समिति बनाएर काम गरिरहेका छौं, एमओयू भएपछि मात्रै संयुक्त मर्जर समिति बन्छ, सबै कुराहरुको टुंगो लागेको छैन,’ उनले भने । उनले दुवै बैंक समान हैसियतमा मर्ज हुने की नहुने भन्ने विषय टुंगो नलागेको बताए । स्वाप रेसियो डीडीए रिपोर्टमा निर्धारण गरिने उनको भनाइ छ । ‘राष्ट्र बैंकले दिएको लचतकता कति ओगट्ने भन्ने हुन्छ, ५ प्रतिशतसम्म तलमाथी भयो भने समान हैसियत हुन्छ, ५ प्रतिशत भन्दा बढी भयो भने जसको जति आउँछ त्यहि हिसावमा मर्ज हुन्छ, प्रि–डीडीए गरिएको छैन, वित्तीय डकुमेन्टहरु मात्रै अध्ययन भएको हो, सबै सम्पत्तिको मूल्याङ्कन गरेर मात्रै स्वाप रेसियो निर्धारण हुने हो,’ उनले भने । उनका अनुसार कुरा मिलेमा पुसभित्रै पनि मर्जरको सम्झौता हुन सक्छ ।

मर्जरमा रहेका बैंकहरु धमाधम एकीकृत कारोबार गर्दै, कुन बैंकको कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिले पनि निरन्तरता दियो । सोही सुविधा प्राप्त गर्नका लागि झण्डै एक दर्जन बैंकहरुले मर्जर सम्झौता गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक मर्जर सम्झौता गरेका थिए । जसमध्ये कुमारी बैंक र एनसीसी बैंकले गत साता एकीकृत कारोबार सम्पन्न भइसकेको छ । अब बाँकी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंकले पनि एकीकृत कारोबारका लागि मिति तय गरेका छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ गते सोमबार गर्ने गरी मिति तय भएको ग्लोलब आइएमई बैंकका कम्पनी सचिव विष्णु बास्कोटाले जानकारी दिए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । दुवै बैंकले एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि ३ दिन अर्थात पुस २२, २३ र २४ गते सेवाहरु बन्द रहने भएका छन् । मर्जर पश्चात् ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्ने छन् । साथै, मर्जर पश्चात् बैंक अफ काठमाण्डूका सीईओ श्रवण लाल मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । मर्जरपश्चात् सञ्चालक समितिको अध्यक्षमा चन्द्र ढकाल बन्ने छन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी नियुक्त हुने सहमति भएको छ । यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेका दिन हुने भएको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको १ कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे बन्नेछन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघ १८ गते हुने भएको छ । वार्षिक साधारणसभा सम्पन्न भएको ३ साताभित्र एकीकृत कारोबार गर्ने तयारी बैंकको छ । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटीका अनुसार हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघको १८ गते गर्ने तयारी छ । ‘दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारणसभा बोलाएका छन्, वार्षिक साधारणसभाले पारित गरेको ३ साता भित्र अर्थात् माघ १८ गते एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छौं, यदि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति आउन ढिला र दोस्रो त्रैमासको दबाव भयो भने एक हप्ता ढिला हुन सक्छ, अन्ततः हामीले २५ गतेभित्र जसरी पनि एकीकृत कारोबार हुन्छ,’ उनले भने । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ । मर्जरपश्चात् बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समिति नै यथावत रहने भएको हो । मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंकका सीईओ सुनिल पोख्रेल मर्जरपश्चात् बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार पुस २६ गते मंगलबार हुने भएको छ । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । एकिकृत कारोबार प्रयोजनका लागि डाटा माईग्रेसन गर्न पुस २२ गते शुक्रबार राति १२ बजेदेखि पुस २६ गते बिहान पौने १० बजेसम्म दुवै बैंकको सम्पूर्ण सेवा बन्द रहने छ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका थिए ।

३१.५८ प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारित गर्न आँधिखोला लघुवित्तको साधारण सभा आह्वान

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले माघ १३ गते विहान साढे ११ बजे होटल गाउँवेशी, वालिङ स्याङ्जामा वार्षिक साधारण सभा बोलाएको हो । लघुवित्तको सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनार्थ माघ ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त र साधारण सभामा सहभागी हुन सक्नेछन् ।

किन ढिलाई भइरहेको छ हिमालयन-सिभिल बैंकको मर्जर ?

काठमाडौं । सिभिल बैंकलाई गाभ्न हिमालयन बैंकअन्तिम चरणमा रहेपनि एकीकृत कारोबार भने पुस मसान्तभित्र नहुने भएको छ । बैंकको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गर्न ढिला भएका कारण एकीकृत कारोबार पनि ढिला हुने भएको हो । वार्षिक साधारणसभा सम्पन्न भएको ३ साताभित्र एकीकृत कारोबार गर्ने तयारी बैंकको छ । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटीका अनुसार हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघको १८ गते गर्ने तयारी छ । ‘दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारणसभा बोलाएका छन्, वार्षिक साधारणसभाले पारित गरेको ३ साता भित्र अर्थात् माघ १८ गते एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छौं, यदि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति आउन ढिला र दोस्रो त्रैमासको दबाव भयो भने एक हप्ता ढिला हुन सक्छ, अन्ततः हामीले २५ गतेभित्र जसरी पनि एकीकृत कारोबार हुन्छ,’ उनले भने । मर्जर प्रक्रियामा रहेका अन्य बैंकको तुलनामा हिमालयन बैंकको एकीकृत कारोबार २/३ हप्ता मात्रै ढिला हुने उनले बताए । पुस मसान्तभित्र मर्जर प्रस्ताव पारित भएपनि एकीकृत कारोबार भने सम्भव नरहेको उनको भनाइ छ । हाल मर्जरको सम्झौता गरेका बैंकहरुमध्ये सबैभन्दा पहिले मर्जर सम्झौता गरेका हिमालय र सिभिल बैंकले एकीकृत कारोबार गर्न ढिलाई गर्दा धेरैले शंसय पैदा गरेका छन् । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडेको हिमालयन बैंकले पछि सिभिल बैंकलाई गाभ्नका लागि सम्झौता गरेको थियो । अन्तिममा मर्जर सम्झौता गरेका कुमारी र एनसीसी बैंकबीच एकीकृत कारोबार भइसक्दा पनि सुरुमा सम्झौता गरेको हिमालयन र सिभिलबीच अहिलेसम्म एकीकृत कारोबार गर्ने मिति तय नहुँदा धेरैले संशय पैदा गर्नु स्वभाविक हो । सञ्चालक समिति र व्यवस्थापन समूह हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ । मर्जरपश्चात् बन्ने हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । मर्जर पश्चात् हिमालयन बैंकको सञ्चालक समिति नै यथावत रहनेछ । ‘हिमालयन बैंकको सञ्चालक समिति एक वर्षसम्म निरन्तर हुन्छ, अर्को साधारण सभा नहुञ्जेलसम्म त्यहि सञ्चालक समिति मान्य हुन्छ, एक वर्ष पछि चुनाव हुन्छ, त्यसपछि सिभिल र हिमालयन दुवै बैंकबाट भन्ने हुँदैन, सबै आ–आफ्नो हिसावमा सञ्चालक बन्छन्, एक वर्षका लागि हामीले त्याग गरेको हो,’ बोगटीले भने । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंकका सीईओ सुनिल पोख्रेल मर्जरपश्चात् बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । दुवै बैंकका कर्मचारीहरुको पनि व्यवस्थापन भइसकेको सञ्चालक बोगटीले बताए । मर्जरपश्चात् कर्मचारीहरुले खाइपाइ आएको सेवा सुविधामा कुनै घटुवा नहुने उनको भनाइ छ । ‘कर्मचारीमा सम्झौता भएको छ, कुनै पनि कर्मचारीका पद घटुवा र सेवा सुविधामा कुनै कम हुँदैन, सिभिल बैंकले सीईओपछिको पहिलो वरियता पाउने सहमति भएको छ, सिभिल बैंकबाट सुनिल पोख्रेल वरिष्ठ डीसीईओ बन्नुहुन्छ, उहाँलाई चित्त नबुझेको खण्डमा भिआरएस ल्याउँछौं, दोस्रो वरियतामा बस्न स्वीकार गर्नु भएन भने सुनिल जीका लागि भिआरएस लिएर बाहिरिनुहुन्छ,’ उनले भने । राष्ट्र बैंकका सुविधा पाउने अपेक्षा हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार पुस मसान्तभित्र सम्पन्न हुने सम्भावना टरेको छ । मर्जर पश्चात् हिमालयन बैंकलाई राष्ट्र बैंकले दिने सुविधा के हुने भन्नेमा स्पष्ट हुन सकेको छैन । सिभिल बैंकका सञ्चालक बोगटी मर्जरपश्चात् राष्ट्र बैंकले दिने सेवा सुविधा आफूहरुले पनि पाउनेमा ढुक्क छन् । राष्ट्र बैंकले सेवा सुविधा दिने र नदिने उसको निर्णयमा भर परेपनि सहानुभूति राखेर दिन सक्ने उनको भनाइ छ । उनका अनुसार सरकारले आर्थिक वर्ष २०७८/७९ को असारभित्र मर्जर सम्झौता गरेका बैंकहरुलाई कर छुट दिने व्यवस्था गरेको थियो । सोही अनुसार आफूहरुले असार भित्र नै मर्जर सम्झौता गरेको र सेवा सुविधा पाउनेमा ढुक्क रहेको उनले बताए । ‘असार मसान्तभित्र हामीले एमओयू गरेको हुँदा कर छुट पाउँछौं, अघिल्लो आर्थिक वर्षको बजेटमा आर्थिक वर्ष २०७८/७९ भित्र मर्जर सम्झौता गरेका बैंकहरुलाई सेवा सुविधा दिने भनेको छ, त्यो सुविधा हामीले पाउँछौं,’ उनले भने । मर्जरमा किन ढिला भयो ? हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । एमओयू गरेको सम्झौता असार मसान्तमा राष्ट्र बैंकमा निवेदन दिएका थियो । तर, राष्ट्र बैंकले ढिला गरी साउन २३ गते मात्रै स्वीकृति दियो । ३ महिनाको समय थप गरेर कात्तिक २३ गतेसम्म थपेको थियो । उक्त अवधिमा मर्जर प्रक्रिया पुरा नभएको भन्दै फेरी कात्तिक २३ गतेका दिन ३ महिनाको समय अर्थात् माघ २३ गतेसम्मम्याद थपका लागि राष्ट्र बैंकमा निवेदन दिएको थियो । तर, राष्ट्र बैंकले पुस मसान्तसम्मको लागि मात्रै समय दिएको छ । हिमालयन बैंक र सिभिल बैंकको डियू डेलिजेन्स (डीडीए) रिपोर्ट ढिला भएका कारण मर्जर प्रक्रिया ढिला भएको सञ्चालक बोगटीले बताए । सार्थ उनले दुवै बैंकको गत वर्षको वित्तीय विवरण राष्ट्र बैंकले ढिला स्वीकृति दिएका कारण पनि मर्जर प्रक्रियामा ढिलाइ भएको बताए । प्रारम्भिक सम्झौता अनुसार हिमालयन बैंक र सिभिल बैंक १००ः८१ को स्वाप रेसियोमा मर्ज हुने भनिएको थियो । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुने भनिएको थियो । तर, दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन तथा व्यावसायिक अवसरहरू, व्यावसायिक प्रतिष्ठा, कर्मचारीहरूको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिती, मुनाफा वितरणको इतिहास, पछिल्लो सेयर बजार मुल्य समेतका आधारमा १०० बराबर ८०.२८ स्वाप रेसियो निर्धाण गरिएको छ । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ । ‘स्वाप रेसियो १००ः८१ भनेर जेन्टलमेन सम्झौता भएको थियो, ८०.२८ पाउनु भनेको प्वाइन्ट ९ कम पाउनु हो, डीडीए अडिटरले दिएको हामीले मान्नै पर्छ र राष्ट्र बैंकले पनि मान्नुपर्ने हुन्छ, अब हामीले केही गर्न सक्दैनौ,सबै स्वीकार गर्नुपर्छ,’ उनले भने ।

धितोपत्र बोर्डले पनि दियो मेगा र इन्भेष्टमेन्ट बैंकलाई मर्जरको अन्तिम स्वीकृती

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डले मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरकाे अन्तिम स्वीकृती दिएकाे छ । बाेर्डले धिताेपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ काे दफा ८ काे उपदफ (४) बमाेजिम अन्तिम स्वीकृती दिएकाे हाे । मेगा र नेपाल इन्भेष्टमेन्टले मर्जरको अन्तिम स्वीकृतीको लागि धितोपत्र बोर्डलाई संयुक्त रुपमा पुस ११ गते पत्र पठाएको थियो । राष्ट्र बैंकको गत बिहीबार बसेको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेदेखि हुँदैछ ।

पुसभित्र एकीकृत कारोबार गर्न नसक्ने बैंक थप समय माग्न पुगे राष्ट्र बैंक, मर्जरको सुविधा के हुन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीति पहिलो त्रैमासको समीक्षमार्फत् पनि निरन्तरता दियो । उक्त समय सकिन अब १० दिन मात्रै बाँकी छ । मर्जर गरेपछि छुट पाइने अपेक्षासहित बैंकहरु मर्जरका लागि तम्सिए । नबिल बैंकले गत वर्ष नै नेपाल बङ्गलादेश बैंकलाई गाभेर राष्ट्र बैंकको सेवा सुविधा लगायतका छुट उपभोग गरिसकेको छ । चालु आर्थिक वर्षमा झण्डै एक दर्जन बैंकहरुले मर्जर सम्झौता गरे । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक मर्जर सम्झौता गरेका थिए । जसमध्ये कुमारी बैंक र एनसीसी बैंकले गत साता एकीकृत कारोबार गरिसकेका छन् भने अन्य बैंक पनि एकीकृत कारोबार गर्ने तयारीमा रहेका छन् । यी बैंकले राष्ट्र बैंकको सेवा सुविधा पाउनका लागि भएपनि पुस मसान्तभित्र एकीकृत कारोबार गरिसक्नुपर्नेछ । तर, हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार पुस मसान्तभित्र सम्पन्न हुने सम्भावना टरेको छ । मर्जर पश्चात् हिमालयन बैंकले राष्ट्र बैंकले दिने सुविधा के हुने भन्नेमा स्पष्ट हुन सकेको छैन । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटी मर्जरपश्चात् राष्ट्र बैंकले दिने सेवा सुविधा आफूहरुले पनि पाउनेमा ढुक्क छन् । राष्ट्र बैंकले सेवा सुविधा दिने/नदिने उसको निर्णयमा भर परेपनि सहानुभूति राखेर दिन सक्ने उनको भनाइ छ । उनका अनुसार सरकारले आर्थिक वर्ष २०७८/७९ को असारभित्र मर्जर सम्झौता गरेका बैंकहरुलाई कर छुट दिने व्यवस्था गरेको थियो । सोही अनुसार आफूहरुले असार भित्र नै मर्जर सम्झौता गरेको र सेवा सुविधा पाउनेमा ढुक्क रहेको उनले बताए । ‘असार मसान्तभित्र हामीले एमओयू गरेको हुँदा कर छुट पाउँछौं, अघिल्लो आर्थिक वर्षको बजेटमा आर्थिक वर्ष २०७८/७९ भित्र मर्जर सम्झौता गरेका बैंकहरुलाई सेवा सुविधा दिने भनेको छ, त्यो सुविधा हामीले पाउँछौं,’ उनले भने । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् पुस मसान्तभित्र एकीकृत कारोबार गरेपछि नियामकीय सुविधा दिने भनेर व्यवस्था गरेको छ । पुस भित्र हिमालयन र सिभिल बैंकले मर्जरका सम्पूर्ण प्रक्रिया सम्पन्न हुने भएकाले आफूहरु राष्ट्र बैंकको सुविधा पाउने बोगटीको धारणा छ । ‘हामीले असारमा एमओयू गरेको हो, एमओयू गरेको सम्झौता असार मसान्तमा राष्ट्र बैंकमा निवेदन दिएका थियौं, राष्ट्र बैंकले साउन २३ गते मात्रै स्वीकृति दियो, ३ महिनाको समय थप गरेर कात्तिक २३ गतेसम्म थप्यौ, फेरी हामीले कात्तिक २३ गतेका दिन ३ महिनाको समय अर्थात्  माघ २३ गतेसम्मको अवधि दिनुपर्थ्याे  तर, पुस मसान्तसम्मको लागि मात्रै समय दिएको छ,’ उनले भने । काम गर्दा एकीकृत कारोबार गर्न एक/दुई हप्ता ढिला भएको हुनाले त्यो सुविधाबाट हिमालयन बैंक बञ्चित गर्न नहुने उनको भनाइ छ । किनभने पुस मसान्तभित्र बैंकको तर्फबाट गर्नुपर्ने सबै काम सम्पूर्ण काम टुङ्ग्याउने उनले बताए । हामीले राष्ट्र बैंकले दिने सेवा सुविधा पाँउँछौ भन्ने अपेक्षा गरेको उनको भनाइ छ । ‘राष्ट्र बैंकले दिने सेवा सुविधा थप गर्नुपर्छ, असार मसान्तसम्म म्याद थप्नुपर्छ भन्ने हाम्रो माग हो, हिमालयन बैंकलाई सेवा सुविधा दिन्छ भन्नेमा ढुक्क छौं, अलिकति ढिला चाँडो हुँदैमा नदिने भन्ने हुँदैन,’ उनले भने, ‘राष्ट्र बैंकको बोर्डले स्वीकृति दिएपुग्छ, संसदबाटै पारित गर्नुपर्छ भन्ने हुँदैन, त्यसैले हामीलाई राष्ट्र बैंकले सहानभूति राखेर दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’ हिमालयन बैंक र सिभिल बैंकले मर्जर प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएका छन् । उक्त साधारण सभाले मर्जर प्रस्ताव पारित गरेपछि मात्रै एकीकृत कारोबार अघि बढ्नेछ । उनका अनुसार हिमालयन र कुमारी बैंकबीच माघ १८ गतेभित्र एकीकृत कारोबार हुने सम्भावना छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी रहेको छ । राष्ट्र बैंकले दिएका सेवा सुविधा प्राप्त गर्ने गरी नै दुवै बैंकबीच मर्जर सम्पन्न गर्न लागेको प्रभु बैंकका सञ्चालक रमेशसिंह खड्का बताउँछन् । उनका अनुसार पुस मसान्तभित्र एकीकृत कारोबार गर्न सम्भव भएर मर्जर सम्झौता गरेको हो । सुरुवाती चरणमा ढिला भएकाले केही ढिलाइ हुन भएको उनको भनाइ छ । तोकिएको सीमा भित्र एकीकृत कारोबार सम्भव भएन भने सेवा सुविधाका लागि समय थप माग्ने उनले बताए । ‘राष्ट्र बैंकले मर्जरको समय थप गर्नुपर्छ, यदि एकीकृत कारोबार भएन भने राष्ट्र बैंकले समय थप गर्नुको विकल्प छैन, हामीहरुले पनि माग गर्न सक्छौं, काम गर्दै जाँदा परिस्थिती अनुसार राष्ट्र बैंकले निर्णय गर्नुपर्छ, कुनै परिबन्ध आए समय थप्नु पर्छ, नेपालमा केही भन्न सकिँदैन, नियम बनाउँछन् पछि स्थगीत भएका उदाहरण छन्,’ उनले भने । समय कम भएकाले एकदमै टाइट अवस्थामा आफूहरु रहेको उनको भनाइ छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकको बोर्ड बैठक साताको एक दिन अनिवार्य बस्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरणदेखि लिएर मर्जरका लागि अन्तिम स्वीकृति दिनका लागि भएपनि साताको एक दिन राष्ट्र बैंकको बोर्ड बैठक बस्ने गरेको राष्ट्र बैंक स्रोतले बतायो । मेगा बैंकका सञ्चालक गोपाल खनालका अनुसार राष्ट्र बैंकले दिएका सेवा सुविधा पाउनका लागि पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने तयारी छ । तर, राष्ट्र बैंकले दिएका सेवा सुविधाहरु थोरै भएको उनको भनाइ छ । ‘राष्ट्र बैंकले त्यति धेरै सेवा सुविधा केही पनि दिएको छैन, लाभांशमा कर छुट, सीआरआरमा छुट, सीडी रेसियोमा छुट दिने भनेको छ, त्यो छुट दिँदा धेरै फाइदा हुँदैन, मर्जर गरेपश्चात् दिएको सहुलियत र सेवा सुविधा वाहा गर्ने किसिमको छैन,’ उनले भने, ‘मर्जर प्रक्रियामा सामान्यतया १०/१५ करोड रुपैयाँ खर्च हुन्छ, ठूलो बैंक हुँदा झनै गाह्रो छ ।’ नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट मर्जरमा जोड दिएका कारण धमाधम बैंक तथा वित्तीय संस्थाहरु मर्ज भइरहेको बताउँछन् । राष्ट्र बैंकले दिएका सेवा सुविधा र सहुलियत पुस मसान्तपछि थप हुन्छ की हुँदैन भन्ने प्रश्नको उनले कुनै प्रतिक्रिया दिन चाहेनन् । राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनलाई जुन हिसावले प्रोत्साहन गरेको छ त्यो स्प्रिटलाई बैंक तथा वित्तीय संस्थालाई पच्छ्याइरहेको प्रवक्ता भट्टले बताए । ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुदृढिकरणलाई उच्च महत्व दिएको छ, बैंकहरुले त्यसलाई पच्छ्याइ रहेका छन्, उनीहरुको स्प्रिटलाई महत्वका साथ लिइएको छ,’ उनले भने, ‘पुस मसान्त भित्र एकीकृत कारोबार गर्न नसक्ने बैंक तथा वित्तीय संस्थाले सेवा सुविधा पाउने नपाउने भन्ने विषयमा केही भन्न सकिन्न, यो विषयमा केही छलफल भएको छैन ।’ उनका अनुसार अहिले पुस भित्र कारोबार गरे मात्रै सेवा सुविधा पाउने भनिएको हो । राष्ट्र बैंकको बोर्डले समय सीमा थप गर्ने विषयमा छलफल भइ नसकेको उनको भनाइ छ ।

समता र स्वरोजगार लघुवित्तबीच भयाे मर्जर सम्झौता

काठमाडौं । समता लघुवित्त र स्वरोजगार लघुवित्तबीच मर्जर सम्झौता भएको छ । बनेपामा केन्द्रिय कार्यालय रहेको समता लघुवित्त र स्वरोजगार लघुवित्तबीच सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झदारीपत्रमा हस्ताक्षर भएको हो । योसँगै दुई लघुवित्तको संस्थापक सयरधनीहरुको मर्जर नभएसम्मको लागि सेयर कारोबार रोक्का हुने भएको छ । संस्था मर्जर हुने सम्बन्धी निर्दशिका २०७९ को दफा ३ र ७ बमोजिम संस्थापक सेयरधनीहरुको सेयर रोक्का हुने भएको हो । समता लघुवित्तको २२ जना र स्वरोजगार लघुवित्तको ८ जना संस्थापक सयरधनी रहेका छन् ।

एकीकृत कारोबार २७ गते, मर्जरपछि को-को बन्दैछन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक ?

काठमाडौं । मर्जरपश्चात् बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समीतिको टुंगो लागेको छ । मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकीकृत कारोबार पश्चात् बन्ने सञ्चालक समितिको टुंगो लागेको एक मर्जर कमिटि सदस्यले बताए । मर्जरपश्चात् बन्ने बैंकको सञ्चालकमा इन्भेष्टमेन्ट बैंकबाट ४ जना र मेगा बैंकबाट ३ जना सञ्चालक बन्ने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडेलाई बनाउने सहमति भएको छ । उनी हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष समेत हुन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ । साथै एकीकृत कारोबारको मिति पनि तय भइसकेको छ । पुस २७ गते दुवै बैंकबीच एकीकृत कारोबार हुने मेगा बैंकका सञ्चालक गोपाल खनालले जानकारी दिए । ‘नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेका दिन हुन्छ, सञ्चालक समितिको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा लगायतका सबै व्यवस्थापन भइसकेको छ, राष्ट्र बैंकले अन्तिम स्वीकृति दिइसकेको छ, अब एकीकृत कारोबारको तयारीमा जुटेका छौं,’ उनले भने । राष्ट्र बैंकको गत बिहीबार बसेको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । स्वाप रेसियो तलमाथि भएपनि दुवै बैंकका कर्मचारीको सेवा सुविधा र पदीय हैसियत भने समान हुने खनालले बताए । दुई बैंकबीच कर्मचारीको समायोजनको विषय खासै समस्या नरहेको उनको भनाइ छ । ‘अहिले कर्मचारीको जुन सेवा सुविधा र पद छ, कायमै रहन्छ, हामीले स्ववेच्छिक अवकास प्याकेज (भिआरएस) ल्याउनु पर्ने आवश्यकता छैन, अन्य बैंकहरुमा देखिएको जस्तो विवाद हाम्रोमा छैन,’ खनालले विकासन्युजसँग भने, ‘कर्मचारीको सेवा सुविधा र खाइपाई आएको सुविधा घटाउन पाइएन, हाल कार्यरत पद पनि घटाउन मिल्दैन, अन्य सबै व्यवस्थापन गर्न सहज भएको छ, हामीले कुनै भिआरएस लागू गरेको छैन । कर्मचारीलाई मिलाएर लैजान्छौं ।’ हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् उपत्यका भित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यका बाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय २०२ र एटीएम संख्या २७९ वटा पुग्नेछन् । जुन सबैभन्दा बढी शाखा हुने बैंकको सूचीमा तेश्रो हो । त्यस्तै, कर्मचारी संख्या ३ हजार ३१५ जना, एक्स्टेन्सन काउण्टर ५९ र ग्राहक संख्या झण्डै ३० लाख पुग्नेछन् । मर्जरपश्चात् जगेडा कोष १९ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब ४६ अर्ब ८५ करोड रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब १९ अर्ब ४४ करोड रुपैयाँ पुग्नेछ र

प्रभु र सेञ्चुरीको मर्जरले राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्शियल बैंकको मर्जरले अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । प्रभु बैंक र सेञ्चुरी बैंक १ बराबर १ अनुपातमा मर्ज हुन लागेको हो । दुवै बैंकले आफ्नो साधारणसभाबाट एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरिसकेका छन् । मर्जरपछि प्रभु बैंकका हालका सिइओ अशोक शेरचन नै सिइओ बन्ने छन् भने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरी बैंकको तर्फबाट तीन जना हुने छन् । हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बैंकको चुक्ता पूँजी २२ अर्बभन्दा बढी पुग्नेछ ।

नेपाल इन्भेष्टमेन्ट र मेगाले मर्जरकाे लागि राष्ट्र बैंकबाट पायाे अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि बैंकलाई एकिकृत कारोबारको बाटो खुल्ने छ । दुवै बैंकको पुस ७ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुने सहमति दुई बैंकबीच भएको छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ हुनेछ । मर्जरपछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहने छ ।

ग्लोबल आईएमई बैंकलाई मर्जरको अन्तिम स्वीकृति, नाममा बीओके नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू(बीओके)लाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको १४ पुस बिहीबार बसेको सञ्चालक समितिको बैंठकले दुई बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको हो । यस्तै, एकिकृत कारोबारको लागि दुवै बैंकको साधारणसभाबाट पारित गरिएको ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ नाम भने परिवर्तन भएको छ । दुवै बैंकले अब ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । यसअघि प्रस्ताव गरिएको बैंकको नाममा बैंक शब्द नभएको भन्दै राष्ट्र बैंकले नयाँ नाममा ल्याउन भनेको थियो ।

मर्जरपछि कुमारी बैंकको नयाँ संचालक समिति गठन, अध्यक्षमा अमिर प्रताप राणा

काठमाडाैं । मर्जरपछि कुमारी बैंककाे नयाँ संचालक समिति गठन भएकाे छ । आइतबार कुमारी र एनसीसी बैंककाे कुमारी बैंककाे नाममा एकिकृत काराेबार सुरु भएपछि नयाँ  संचालक समिती पनि गठन भएकाे हाे । नयाँ संचालक समितिकाे अध्यक्षमा अमिर प्रताप राणा चुनिएका छन् । यस्तै, संचालकहरुमा उपेन्द्र केशरी न्यौपाने (एनसीसी पूर्व अध्यक्ष), चन्द्र बास्तोला (एनसीसी), इमान सिङ लामा (एनसीसी), कृष्ण प्रसाद ग्यवाली (कुमारी) र महेश पोख्रेल (कुमारी) चुनिएका छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक भएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल र कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत भएका छन् । नवनियुक्त अध्यक्ष अमिर प्रताप राणाले मर्जर पश्चात् रिजल्टमा फोकस गर्ने बताएका छन् ।  उनले आफ्नो नेतृत्वमा रहेको बोर्डले बैंकलाई सहि संचालन गर्न निर्देशन दिने बताए । ‘हिजोका दिनमा दिएको प्रतिफलभन्दा बढी प्रतिफल दिनेछौं, बैंकको ब्याज नै धेरै भएकाले त्यो भन्दा धेरै प्रतिफल दिन सक्षम हुनेछौं,’ उनले भने । यस्तै, उनले एकीकृत कारोबार पश्चात् कुमारी बैंक चौथो पोजिसनमा हुने र त्यसलाई नम्बर वान बनाउन लाग्ने बताए ।

मर्जर पश्चात् कुमारी बैंकले ठूलो फड्को मार्छ : अध्यक्ष सुनिल केसी

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यवाहक अध्यक्ष सुनिल केसीले मर्जर पश्चात् कुमारी बैंकले ठूलो फड्को मार्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ वर्षको शुभ साइतमा एकिकृत कारोबारले थप उत्साह छाएको बताए । अध्यक्ष केसीले कुमारी र एनसीसी सबैभन्दा छोटो ६५ दिनमै एकीकृत कारोबार गर्न सफल हुन धेरै ठूलो फड्कोभएको बताए । उनले नेपालको बैंक क्षेत्रमा थपिएको चुनौती मर्जरले सहज हुने बताए । उनले कुमारी र एनसीसी बैंकको मर्जरमा बैंकर संघले पुर्ण सहयोग गर्ने पनि बताए ।    

प्रभु बैंकले पारित गर्यो लाभांश र मर्जर प्रस्ताव, चुक्ता पूँजी साढे १३ अर्ब पुग्यो

काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २१औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गरेको हो । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६.५० प्रतिशत बोनश सेयर र १.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व, ०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । यस्तै, सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको गत आ.व. २०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । सभाले सेञ्चुरी कमर्सियल बैंकको १०० कित्ता सेयर बराबर प्रभु बैंकको १०० कित्ता सेयर प्रदान गर्ने गरी सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतीबाट पारित गरेको छ । यस्तै, सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।सभाले ६.५० प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको छ । प्रभु बैंकले ६३ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १९४ वटा एटिएम तथा २१७ वटा शाखा कार्यालयहरु सहित देशभर बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

कुमारीसँग मर्जरमा रहेको एनसीसी बैंकका सेयरधनी धमाधम सेयर बिक्री गर्दै, प्रतिकित्ता १ सय रुपैयाँ

काठमाडौं । नेपाल क्रेडिट कमर्स (एनसीसी) बैंकका संस्थापक सेयरधनीहरु धमाधम सेयर बिक्री गरिरहेका छन् । एनसीसी बैंकका संस्थापक सेयरधनीहरुले संस्थापक समूहको १० लाख ३९ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका ७ जना संस्थापक सेयरधनीहरुले आफ्ना नाममा रहेको सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक ठाकुर प्रसाद गौतमले १९ हजार १४७ कित्ता, नरेन्द्रलाल जोशीले ६२ हजार ८८० कित्ता, दिपक रत्न शाक्यले ३ लाख १५ हजार १३ कित्ता, खेमनाथ डल्लाकोटीले १ लाख ८९ हजार ६९८ कित्ता, कोष राज वन्तले ४ लाख २६ हजार ९६२ कित्ता, सुदिप पौडेलले ५ हजार ४७० कित्ता र देव बहादुर खत्रीले २० हजार ३३४ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले माघ १६ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि तोकिएको अवधिभित्र उक्त सेयर संस्थापक सेयरधनीहरुले खरिद नगरे अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ । कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेको एनसीसी बैंकका सेयरधनीहरु भने बाहिरिने भएका हुन् । कुमारी बैंक र एनसीसी बैंकबीच पुस १७ गते एकीकृत कारोबारको मिति तय भएको छ ।

मुक्तिनाथ विकास बैंकले तोक्यो साधारण सभा र बुक क्लोजको मिति, लाभांश र मर्जर मुख्य एजेण्डा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले १६ औं वार्षिक साधारण सभा पुस ३० गते विहान १० बजे पोखरा कास्कीमा बोलाएको छ । बैंकको साधारण सभाले लाभांश सहित अन्य प्रस्ताव पनि पारित गर्नेछ । बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित गत असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र वैकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ । सभाले बैंकको गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको हाल कायम चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८२६.८४ रुपैयाँ बाट बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी ६ अर्ब ४२ करोड ९ लाख २७२.५१ रुपैयाँ पुर्याएर प्रबन्धपत्र संशोधन गर्नेछ । मुक्तिनाथ विकास बैंकसँग गाभिनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अक्तियारी दिने प्रस्ताव पारित गर्नेछ । बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्दा निकायबाट फेरबदल गर्न निर्देशन आएमा सोही अनुसार थपघट, परिमार्जन, संशोधन तथा सच्याउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ । यस्तै, काठमाण्डौको लाजिम्पाटमा निर्माणाधीन केन्द्रीय कार्यालय भवनको विषयलाई पनि साधारण सभामा एजेण्डा बनाइएको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीले मात्र लाभांश प्राप्त र साधारण सभामा सहभागीता जनाउ सक्नेछन् ।

सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांशसँगै मर्जरको प्रस्ताव पारित गर्ने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले पुस २९ गतेको लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गते बिहीबार बसेको संचालक समितिको बैठलके २१ औं साधारण सभा बोलाएको हो । सभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश ९.४७३७ प्रतिशत लाभांश पारित गर्नेछ । समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ०.४७३७ नगद लाभांश र ९ प्रतिशत बोनस प्रस्ताव गरेको थियो । यस्तै, सभाले प्रिमियर इन्स्योरेन्ससँगको मर्जर सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्ने बताइएको छ । वार्षिक साधारण सभाको लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरको छ । यसार्थ पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएको कम्पनीको सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

लाभांश र मर्जर प्रस्ताव पारित गर्न प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारण सभा, स्वाप रेसियो १:१

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) नेपालले २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको वार्षिक साधारण पुस २९ गते ११ बजे, लिसारा रिसेप्सन, भगवती बाहाल, नक्साल, काठमाडौंमा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षको २०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले कम्पनीको प्रबन्ध पत्र र नियमावलीको नियम संशोधन गर्नेछ । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स गाभ्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । प्रिमियर इन्स्योरेन्समा सिद्धार्थ इन्स्योरेन्स गाभिए पश्चात् बन्ने ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । प्रिमियर इन्स्योरेन्समा सिद्धार्थ इन्स्योरेन्स गाभ्ने सम्बन्धी प्रारम्भिक सहमति पत्र र अन्य काम कारवाहीहरु अनुमोदन गर्नेछ र दुवै कम्पनी गाभ्ने/गाभिने प्रयोजनको लागि चल अचल सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन र अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएका सेयर अनुपात १ः१ स्वीकृत गर्नेछ । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने र मर्जर सम्बन्धी बाँकी कार्य गर्न अन्तिम स्वीकृति प्रदान गर्ने र डीडीए प्रतिवेदन तयार गर्न नियुक्त गरेको लेखापरीक्षक, मूल्याङ्गनकर्तालाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्नेछ । दुवै कम्पनी एक आपसमा गाभिए पछि आपसी सहमतीमा केन्द्रिय कार्यालयको व्यवस्थापन गरिने भएको छ । मर्जरपश्चात् संस्थापक र सर्वसाधारण सेयर स्वामित्व प्रतिशत फेरबदल गर्नु पर्ने भएमा संस्थापक सेयर ५१ प्रतिशत र सर्वसाधारण शेयर ४९ प्रतिशत कायम गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २२ गतेदेखि साधारण सभा हुनेदिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस २१ गतेसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभा र लाभांश प्राप्त गर्नसक्ने छन् ।