किम जोङ उन र पुटिनबीच वार्ता, रणनीतिक साझेदारी विस्तारमा सहमति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनाबद्ध भेटअघि उत्तर कोरियाली नेता किम जोङ उन र पुटिनले आफ्नो गहिरिएको सम्बन्ध र युक्रेनविरुद्धको युद्ध प्रयासहरूबारे छलफल गर्न फोन वार्ता गरेको दुवै देशको राज्य सञ्चारमाध्यमले बुधबार जनाएका छन् । मङ्गलबारको कुराकानीमा पुटिनले रुसको कुर्स्क सीमा क्षेत्रमा युक्रेनी आक्रमणलाई रोक्न रुसी सेनासँग लडाइँ गर्दा उत्तर कोरियाली सेनाले देखाएको ‘बहादुरी, वीरता र आत्मबलिदानी भावना’ को प्रशंसा गरेको उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । क्रेमलिनलाई उद्धृत गर्दै रुसको तास समाचार एजेन्सीका अनुसार, पुटिनले किमसँग शुक्रबार अलास्कामा हुने निर्धारित ट्रम्पसँगको आफ्नो आसन्न वार्ताहरूको जानकारी पनि साझा गरे । उत्तर कोरियाली रिपोर्टहरूले ट्रम्पको भेटघाटबारे उल्लेख गरेनन् । केसिएनएका अनुसार दुवै नेताले गत वर्ष शिखर सम्मेलनमा हस्ताक्षर गरेको रणनीतिक साझेदारी सम्झौता अन्तर्गत ‘सबै क्षेत्रमा’ सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गर्दा किमले पुटिनलाई प्योङयाङले ‘भविष्यमा पनि रूसी नेतृत्वले गर्नुपर्ने सबै उपायलाई पूर्ण समर्थन गर्नेछ’ भने । रुसको युक्रेन आक्रमणपछि, किमले कूटनीतिक अलगावबाट निस्कने र वासिङ्टनसँग टकराव गर्ने देशहरूसँग सम्बन्ध विस्तार गर्ने लक्ष्य राख्दै मस्कोलाई आफ्नो विदेश नीतिको प्राथमिकता बनाएका छन् । उनको सरकारले उत्तर कोरियाको आणविक कार्यक्रमलाई कम गर्ने उद्देश्यले कूटनीति पुनः सुरु गर्ने वासिङ्टन र सियोलको घोषित इच्छालाई खारेज गरेको छ । यो सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालमा भएको असफल शिखर सम्मेलनपछि लिकबाट बाहिर भएको थियो । दक्षिण कोरियाली मूल्याङ्कनअनुसार, उत्तर कोरियाले गत शरद ऋतुदेखि रुसमा करिब १५ हजार सैनिक पठाएको छ र युक्रेनविरुद्ध पुटिनको युद्ध प्रयासहरूको समर्थनमा तोपखाना र ब्यालिस्टिक मिसाइल लगायत ठूलो मात्रामा सैन्य उपकरणहरू पनि आपूर्ति गरेको छ ।  किमले हजारौँ सैन्य निर्माण कामदार र डिमाइनरहरू रुसको कुर्स्क क्षेत्रमा पठाउन पनि सहमति जनाएका छन् । यो तैनाथी दक्षिण कोरियाली गुप्तचरका अनुसार छिट्टै हुनसक्छ ।  

रुसी सेनाले विदेशी कपडा लगाउन नपाउने

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार सन् २०२६ देखि देशको सशस्त्र सेनाका लागि विदेशी निर्मित कपडा र सम्बन्धित उपकरण खरिदमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । ‍आदेशअनुसार सन् २०२६ जनवरी १ देखि रुसी सशस्त्र बलका लागि सबै बर्दी र अन्य कपडा वस्तुहरू रुसी कम्पनीहरूले उत्पादन गर्नुपर्नेछ भने उत्पादन सुविधाहरू देशभित्र अवस्थित छन् । सन् २०२७ सम्ममा कपडा र बुनेको सामग्रीहरू घरेलु रूपमा निर्माण गरिनु पर्ने आदेशमा उल्लेख छ ।   यो उपायको उद्देश्य सेनाको आवश्यकताका लागि विदेशी निर्मित कपडा र सामग्रीको खरिदलाई पूर्ण रूपमा बहिष्कार गर्नु रहेको आदेशमा भनिएको छ । सैन्य कपडा, बर्दी, प्रतीक चिह्न, भित्री वस्त्र, ओछ्यान, विशेष कपडा, जुत्ता, उपकरण र सेनेटरी वस्तुहरू समावेश छन् । त्यस्ता आपूर्तिहरू रुसी राज्य रक्षा आदेश प्रणाली मार्फत खरिद गरिन्छ ।  

चिलीमा ७ करोड ४० लाख वर्ष पुरानो स्तनपायी जीवाश्म फेला

काठमाडौं । वैज्ञानिकहरूले चिलीको प्याटागोनियामा डायनासोरको समयमा बाँचेको साना मुसाको आकारको स्तनपायीको जीवाश्म फेला पारेका छन् । ‘येउथेरियम प्रेसर’को तौल ३० देखि ४० ग्राम (लगभग एक औंस) को थियो र माथिल्लो क्रिटेसियस कालमा करिब सात करोड ४० लाख पहिले बस्थे । यो दक्षिण अमेरिकाको यस क्षेत्रमा फेला परेको सबैभन्दा सानो स्तनपायी हो, जुन युगमा यो गोन्डवाना भनेर चिनिने महाद्वीपीय भू–भागको हिस्सा थियो । चिली विश्वविद्यालय र चिलीको मिलेनियम न्युक्लियस अनुसन्धान केन्द्रका प्रारम्भिक स्तनपायीहरूमा वैज्ञानिकहरूको टोलीको नेतृत्व गर्ने हान्स पुशेलले भने, ‘जीवाश्ममा एउटा दाँतसहितको बङ्गाराको सानो टुक्रा र अन्य दुई दाँतका मुकुट र जरा छन् ।’ यो खोज यस महिना बेलायती वैज्ञानिक पत्रिका प्रोसिडिङ्स अफ द रोयल सोसाइटी बी मा प्रकाशित भएको थियो। अनुसन्धानकर्ताहरूले सान्टियागोबाट करिब तीन हजार किलोमिटर ९एक हजार आठ सय ६४ माइल० दक्षिणमा चिलीको म्यागालेन्स क्षेत्रको रियो डे लास लास चिनस उपत्यकामा यो जीवाश्म फेला पारेका हुन् । उनीहरूका अनुसार सानो मुसासँग मिल्दोजुल्दो भए पनि ‘येउथेरियम प्रेसर’ एक स्तनपायी थियो जसले प्लेटिपस जस्तै अण्डा दिएको हुनुपर्छ वा यसको बच्चालाई कङ्गारू वा ओपोसम जस्ता थैलीमा बोकेको हुनुपर्छ । यसको दाँतको आकारले यसको खानामा सम्भवतः अपेक्षाकृत कडा तरकारीहरू थिए भन्ने देखाउँछ । आफूसँग सहअस्तित्व भएका डायनासोरहरू जस्तै यो सानो स्तनपायी पनि क्रिटेसियस कालको अन्त्यमा करिब छ करोड ६० लाख वर्ष पहिले अकस्मात् लोप भयो ।