संसारकै सबैभन्दा महंगा लिपस्टिक
नयाँ दिल्ली । सबैभन्दा महंगो र सस्तो वस्तुमा हाम्रो चासो रहने गरेको छ । धेरैलाई संसारका सबैभन्दा महंगो लिपस्टिकको बारेमा थाहा नहुनपनि सक्छ । यस्ता लिपस्टिकहरु विशेषगरि गूणस्तर र मूल्यका आधारमा चिनिन्छन् । एच. कोटर ब्युटी डायमण्ड लिपस्टिक भन्ने गरिन्छ यो लिपस्टिक किन्ने चाहना धेरैको हुन्छ तर यसको मूल्य सुनेपछि कतिको मुड परिवर्तन भएको छ । यो लिपस्टिक आउने बाकस नै पूर्णरुपमा हिराले बनेको हुन्छ । यसमा १२०० पिंक डायमण्ड लगाइएको हुन्छ । यो लिपस्टिकको मूल्य करिब एक लाख ४० हजार भारतिय रुपैयाँ पर्न आउछ । अब कुरा आउनसक्छ – यसलाई किन्ने कसले ? गार्लियन किसकिस गोल्ड एण्ड डायमण्ड लिपस्टिक यो लिपस्टिक सानदार बाकसमा करीब १५ सेड्समा आउछ । यसको बाकस शुद्ध सुनले बनेको हुन्छ र यसमा हिरा जडान गरिएको हुन्छ । यो बाकसको डिजाइनमा ११० ग्रामको १८ क्यारेट सुन र १९९ क्यारेट हिराको प्रयोगभएको पाइन्छ । यसको मूल्य करीब ४० लाख (भारु) छ । सिस्ले हाइड्रेटिङ लङ लास्टिङ लिपस्टिक निकै गुणवान, सानदार रङ र टेक्सचरको साथ आउने यो लिपस्टिकमा भिटामिन सी, ई र कैलेन्डुला युक्त हुन्छ ।। यसको मूल्य तीन हजार नौ सय भारु रहेको छ । ला प्रेरी सेलुलर लक्स लिपस्टिक यो ननस्टिकी (चिपचिपाहट रहित) र लङलास्टिङ लिपस्टक हो । यो लिमिटिड एडिसन रङमा पाइन्छ । यसको कभर सुनले बनेको हुन्छ । यसको मूल्य तीन हजार पाँच सय ८० भारु रहेको छ । गार्लियन रग जी जेवेल लिपस्टिक कम्प्याक्ट यो लक्जरी लिपस्टिक सुर्ख रातो रङमा पाइन्छ । यसलाई स्वस्थ र सुरक्षित ओठका लागि प्रयोग गर्न सकिन्छ । यसको मूल्य तीन हजार तीन सय २० भारु रहेको छ । कानेबो सेन्साइ इन्टेन्स लास्टिङ लिपस्टिक महंगो लिपस्टिकमा यसको नाम पनि प्रख्यात छ । यसमा भिटामिन र प्रोटिन पाइन्छ । जसले ओठको सौम्यतालाई कायम राख्न मद्दत गर्छ । यसको मूल्य दुई हजार ६ सय भारु रहेको छ । गिभेन्सी ले रोज रोज ड्रेसिङ लिपस्टिक उच्च गूणस्तरको यो लिपस्टिक छालाको खोलमा प्याक गरिएको छ । यो जस्तो रातो रंगको लिपस्टिक सायद नै पाइन्छ । यसको मूल्य दुई हजार तीन सय ४३ भारु रहेको छ । क्रस्टियन डायर रोज नम्बर ९९९ लिपस्टिक यो लिपस्टिकको सानदार प्याकेजिङले यसलाई सबैभन्दा महंगो लिपस्टिकको रुपमा परिचित बनाएको छ । यो ३२ सेड्समा आउनेगरेको छ । यसको मूल्य दुई हजार दुई सय १३ भारु रहेको छ । डोल्स एण्ड गब्बाना मोनिका भोल्युप्टस लिपस्टिक इटालियन ब्राण्डको यो लिपस्टिक तमाम आकर्षक फिचरका साथ आउने गरेको छ । बजारमा यो ब्राण्ड खासमा कस्मेटिक प्रडक्ट्सको रुपमा परिचित छ । यसको मूल्य करीब दुई हजार दुई सय भारु रहेको छ । इस्टि लाउडर प्योर कलर इन्भी स्कल्पटिङ लिपस्टिक भिटामिनयुक्त यो लिपस्टिकमा मुड बदल्नसम्मको क्षमता रहेको कम्पनीको दाबी छ । यसको मूल्य एक हजार नौसय भारु रहेको छ । नभभारतटाइम्सको अनलाइन संस्करणबाट भावानूवाद गरिएको ।
संसारको सबैभन्दा महंगो हिराको लिलामी, बढी मूल्यमा बिकेका पाँच बहुमुल्य रत्न
बिबिसी । भर्खरै हङकङमा एउटा दुर्लभ हिराको ७.१ करोड अमेरिकी डलर मूल्यमा लिलामी भएको छ । हिरासम्बन्धी बिक्रीमा यो नयाँ विश्व रेकर्ड कायम भइको छ । ‘पिंक स्टार’ नाम दिइएको अण्डा आकारको यो हिरा ५९.६ क्यारेटको छ । सन् २०१३ मा बिक्रीका लागि ल्याइएको यो हिरालाई खरीदकर्ताले किन्न मानेनन् । यसभन्दा पहिले महंगोमा बिक्री भएका पाँच हिरा गहना यस्ता छन् : ओपनहाइमर ब्लू सन् २०१६को मे महिनामा ओपनहाइमर ब्लू नामको हिरा ५.०६ अमेरिकी डलरमा किम्री भएको थियो । १४.६२ क्यारेटको यो हिरालाई जेनेभाको क्रिस्टी अक्सन हाउसले फोनको माध्यमबाट लिलाम गरेको थियो । हिराको खरीदकर्ताबारे भने कुनै जानकारी पाइएको छैन । ब्लू मून सन् २०१५ को नोभेम्बर महिनातिर एउटा औठीमा प्रयोग गरिएको १२.०३ क्यारेटको ब्लू मून हिराको लिलामी भएको थियो । हङकङका व्यपसायी जोसेफ लूले यसको लागि ४.८४ करोड डलर दिएका थिए । उनले आफ्नी सात वर्षकी छोरीकालागि त्यो हिरा किनेका थिए र त्यसलाई उनले ‘ब्लू मून अफ जोसेफाइन’ नाम दिएका थिए । सनराइज रुबी गाढा रातो रंगको २५.५९ क्यारेटको सनराईज रुबी नामको पत्थरलाई एक व्यक्तीलाई तीन करोड अमेरिकी डलर तिरेर किनेका थिए । सन् २०१५ मा सबैभन्दा महंगोमा बिकेको हिरापछि यो सबैभन्दा महंगो पत्थर थियो । नारंगी हिरा सन् २०१३को नोभेम्बरतिर क्रिस्टी अक्सन हाउसले संसारकै सबैभन्दा ठूलो हिराको लिलामी गरेको थियो । त्यस समयमा प्रति क्यारेटमा यो हिरा सबैभन्दा बढी मूल्यमा बिक्री ग्राफ पिंक २७.७८ क्यारेटको यो चमकदार गुलाबी रंगको हिरालाई अहिलेसम्म भेटिएका ठूला हिराहरुमा लिइन्छ । यसको लिलामट्ठ ४.६२ करोड डलरमा भएको थियो । सन् २०१०को नोभेम्बरतिर यो हिराको बिक्रीलाई सबैभन्दा महंगो मानिएको थियो । यसलाई ब्रिटानी डिलर लरेन्स ग्राफले किनेका थिए ।
विश्वव्यापिकरणको फाइदा र राष्ट्रवाद एवं संरक्षणवादकाे पीडा
विश्वव्यापिकरणको पक्षमा म पूँजीवादी भएको कुरा मैले अंगिकार गर्नुपर्छ । मेरो विचारमा धर्म, देश र मानिस बीचको क्रमश अन्तरसम्बन्धको प्रकृया नै हाम्रो समयको सबैभन्दा सकारात्मक विकास हो । तर अहिले जनवादीले अमेरिकाको नेतृत्वलाई अति आर्थिक राष्ट्रवाद र संरक्षणवादको संज्ञा दिएको छ । र कैयौं मुलुकमा बढ्दो जनवादी असन्तुष्टीलाई पुरा गर्न कथित नयाँ नीतिहरुको आवश्यकता साझा बहसको विषय बन्ने गरेको छ । मैले यो धरतीमा पाइला टेक्दा विश्वको जनसंख्या दुई अर्ब पचास करोड थियो । म स्पष्ट रुपले मेरो स्मरण गर्न चाहन्छु त्यतिबेला धेरै मानिसहरु भोकमरी, धनी-गरिब बीचको अन्तर र सबै कुरा सखाप हुने कुरा सोचेर डराउथे । अहिले हामी सात अर्ब पचास करोड जनसंख्या माझ छौं र पूर्णरुपमा गरिबी द्रुत रुपमा घटेको छ र धनी र गरिब बीचको दुरी पनि घटेको छ । विश्वभर मानिसको औषत आयु ४८ वर्षबाट बढेर ७१ वर्ष पुगेको छ र प्रति व्यक्ति आय दर पनि पाँच सय प्रतिशतले बढेको छ । पछिल्लो २५ वर्षको अवधी हेर्दा मानवताले उत्कृष्ट समय बिताएको सहर्ष स्वीकार्न सकिन्छ । सन् १९९० देखिको मूल्यांकन गर्दा गरिबी ४७ बाट १४ प्रतिशतमा झरेको छ भने शीशु मृत्युदर आधा कममा झरेको छ । प्रतिव्यक्ति अम्दानी ५०० प्रतिशतले बढेको छ । यति छेडे अविधिमा यति धेरै परिवतर्न विगतमा कहिल्यै भएके थिएन । त्यस्तै अन्य सूचकांकले पनि चहकिलो चित्र कोरेको छ । विगतका तुलनामा युद्ध मैदानमा मारिनेको संख्या पनि घटेको छ जसको हामीसँग तथ्यांक छ । केही वर्षअगाडी पनि जनप्रतिनिधि सरकारको संख्या पनि क्रमश बढ्दो छ । यी चमत्कारी प्ररिवर्तनको आशिंक रुपमा श्रेय विज्ञान तथा प्रविधिलाई जान्छ । यद्दपी कम्तीमा व्यापार तथा लगानीबाट बढ्दो आर्थिक अन्तरक्रियालाई पनि यसको कृतज्ञता मिल्छ । संक्षिप्तमा दशकौंको उपलब्धीको मुख्य कारण विश्वव्यापिकरण नै हो । विगतमा प्राय व्यापारलाई विकसित मूलुकहरुमा उद्योग बन्द गर्ने र कर्मचारीलाई विस्थापित गर्ने जस्ता गलतरुपमा आरोप लगाइयो । तर वास्तवमा पुराना कारखानालाई नयाँ प्रविधिले विस्थापित गरेर उत्पादनशीलतामा सुधार ल्याएको छ र समाजको पूँजीलाई पनि विस्तार गरेको छ । त्यसबाहेक, वास्तविकरुपमा वा कल्पितरुपमा होस् बढ्दो असमानताका कारण व्यापार भन्दा प्रविधिमा जोड दिनु आवश्यक छ । अहिलेका किसान शताब्दी पहिलेका जस्ता छैनन् । ती उद्योगका पुस्ताहरु सहरोन्मुख क्षेत्रको विकासमा लागिपरेका छन् । केहि दशक पहिले त्यहा रोजगारीको कल्पना समेत गर्न सकिदैनथ्यो । अहिले तिनले त्यही रोजगारी पाएका छन् । विश्वव्यापिकरणको स्थापना हुनुअगाडि विश्वका अधिकांश मानिसको अवस्था नाजुक, कष्टकर र छोटो आयुको थियो । र अहिले पनि विश्वव्यापिकरण विरोधीहरु विगतलाई सम्झेर रुने कराउने गरेको पाइन्छ । तिनीहरु अमेरिका, रुस वा इस्लामलाई तथाकथित ‘महान’ बनाउन चाहन्छन् । प्रत्येकले एक अर्काको विरुद्य आवाज उठाउने गर्छन् तर तिनीहरुले विश्वव्यापिकरणको उपहास गरिरहेका छन् । सन् २००८ को आर्थिक मन्दी लगायतका वर्षमा आर्थिक अवस्था निश्चितै अनुकुल थिएन तर समग्र क्षेत्रमा अहिले रोजगारी र आर्थिक क्षेत्रमा सकारात्मकरुपमा उलटपुलट भएको छ । युरोपली क्षेत्रमा जिडिपिको उल्लेखनिय मात्रामा वृद्धि भइरहेको छ र आगामी वर्षहरुमा पनि बढ्ने संकेत देखिएको छ । त्यस्तै अमेरिकाको अर्थतन्त्रपनि राम्रो भएको छ । बेरोजगारी पाँच प्रतिशतले कम छ र आय पनि बढ्दो छ । पक्कैपनि धेरै समाजले अप्रत्याशितरुपमा परम्परागतरुपमा असुरक्षित महसुस गर्नुपरेको छ। बाह्य शक्ति जस्तो कि बसाइसराइले शान्ति र स्थिरताको परम्परागत स्रोतलाई नष्ट पार्छ भन्ने धेरै मानिसलाई के विश्वास दिलाइएको छ । यस्तो सोचले विश्वका सबैभन्दा असुरक्षित मानिसलाई गम्भिररुपमा आतंकित पारेको छ । सन् २०३० सम्ममा चरम गरिबीलाई लुप्त पार्ने संयुक्त राष्ट्र संघको (युएनएसडि) अभियान व्यापार, प्राविधिक आविष्कार र अन्तराष्ट्रिय सहकार्यमार्फत हुने निरन्तर आर्थिकवृद्धिमा पूर्णरुपमा निर्भर छ । व्यापार अवरोध खडा गर्ने, डिजिटल व्यापारिक प्रणाली अपनाउने र स्वतन्त्र विश्वलाई नष्ट पार्ने प्रयत्न जस्ता कामले अफ्रिका लगायत विभिन्न अविकसित क्षेत्रका विभिन्न चरम गरिबलाई नोक्सान पुर्याएको छ । यसले पश्चिम भरजिनियाका कोइला खानीका मजदुरलाई पनि असर पारेको छ । बलियाले सधै आफ्नो व्यवस्था मिलाउछ तर कमजोरले गनगने संरक्षणवादको भार बहन गर्नुपर्छ जसले विश्वव्यापिकरणको सुविधालाई खेर फाल्छ । विश्व यस वर्ष ड्याभोसमा भएको आर्थिक सम्मेलनको वार्षिक बैठकमा चिनियाँ राष्ट्रपति सि जिङपिङबाहेक अरु पश्चिमी व्यापारी नेतृत्वले विश्वव्यापिकरणको सराहना गरेन । कम्युनिष्टहरुले नै विश्वव्यापिकरणमा विश्वास राखिरहेको बेला पूँजीवादीहरुले गुमाएको अवस्था छ । यो विचित्र छ र विगतको क्रियाकलाप र अहिलेको तथ्यसँग नितान्त फरक छ । हामीले प्रकृयाको सराहना गर्नुपर्ने अनेक कारणहरु छन् । केहि दशक अगाडि कल्पना गर्न नसकिने अवस्थाको समृद्धि पाएका छौं । विश्वव्यापिकरणको वकालत र प्रतिकृयावादी गुनासाहरुको विरोध गर्न हिचकिचाउन जरुरी छैन । हामीले उज्ज्वल भविष्य प्राप्त गर्न सक्छौं तर यसलाई विगतमा खोज्नु भएन । (बिल्ट स्विडेनका पूर्व प्रधानमन्त्री तथा विदेश मन्त्री हुन् र उनकाे विचार प्रोजेक्ट सिन्डिकेटबाट अनुबाद गरिएकाे हाे ।)