सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबंदी कायम राख्ने योजना बनाएको बताएका छन् ।  इजरायल र लेबनानबिचको युद्धविराम सम्झौता पछि इरानले शुक्रबार स्ट्रेट अफ होर्मुज पुनः खोलेको छ, यद्यपि तेहरानले अमेरिकी नाकाबंदी जारी रहेमा होर्मुज जलमार्ग फेरि बन्द गर्ने धम्की दिएको छ । तेहरान र वासिङ्टनबीच यसअघि भएको युद्धविराम बुधबार समाप्त हुने भएको छ । युद्धविराम विस्तार हुन्छ कि हुँदैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारहरूलाई युद्धविराम विस्तार नगर्ने तर नाकाबंदी जारी राख्ने बताएका हुन् ।  यसअघि पाकिस्तानमा भएको वार्तामा अमेरिका र इरानका मागहरूबीच मुख्य भिन्नता भएका कारण सहमतिमा पुग्न असफल भएका छन् । ट्रम्पले पत्रकारहरूलाई इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूमा “कुनै शुल्क नलगाउने बताएका छन् । सामाजिक सञ्जाल ट्रुथमा उनले होमूज खोल्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ धेरै खुसी भएको बताएका छन् । आमामी मे महिनामा बेइजिङमा आयोजना गरिएको शिखर सम्मेलनलाई उल्लेख गर्दै ट्रम्पले चीनमा आफ्ना समकक्षी सी जिनपिङसँग विशेष र ऐतिहासिक भेटघाट हुने बताएका छन् । फेब्रुअरी– २८ देखि सुरु भएको युद्ध अन्त्य गर्ने योजना अन्तर्गत तेहरानले इरानमा भण्डार गरिएको युरेनियम संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्नु पर्ने कुरामा पनि ट्रम्पले जोएका छन् । यसअघि इरानको विदेश मन्त्रालयले आफ्नो युरेनियम कतै पनि हस्तान्तरण नगर्ने बताएको थियो । रासस

फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु

काठमाडौं । फिलिपिन्सको सुरक्षा बलले आफहरूलाई पक्राउ गर्ने प्रयासको प्रतिक्रीया गर्दा १० जना सशस्त्र इस्लामवादी उग्रवादीहरूको हत्या गरेको प्रहरीले जनाएको छ । मुख्यतया क्याथोलिक मुस्लिम बाहुल्याता भएको यस क्षेत्रमा प्रहरी र सैनिकहरूसँगको गोलीबारी भएको थियो ।  मृतक मध्ये मौटे-दौला इस्लामिया नामक सशस्त्र समूहका नेता आमेरोल मङ्गोरान्का पनि रहेको क्षेत्रीय प्रहरी रिपोर्ट गरेको छ । समुहले विद्रोही नेताकी श्रीमती र अन्य तीन महिलासहितको समूहसँग एक घण्टा लामो गोलीबारी भएको जनाइएको छ ।   आफुहरुको पक्षमा  कुनै हताहत नभएको  उल्लेख गर्दै  बन्दुक र विस्फोटकहरू बरामद गरेको सेनाले जनाएको छ । फिलिपिन्स सेनाको पहिलो इन्फेन्ट्री डिभिजनको रिपोर्टमा जनवरीमा चार जना सैनिकको ज्यान गएको र एक जना घाइते भएको घटनाको पछाडि यो समूह जिमेवार रहेको आशङ्का गरिएको छ । मारिएका बन्दुकधारीहरू मारावी घेराबन्दी र वर्षौंको हिंसाका लागि जिम्मेवार समुह  सञ्जालका रहेको, सैन्य एकाईका कमान्डर मेजर-जनरल येगोर बारोकिलोले विज्ञप्ति मार्फत पुष्टि गरेको छ ।   सन् २०१७ मे सयौं फिलिपिनो मुस्लिम लडाकुहरू साथै विदेशी लडाकुहरू मारावीको मिन्डानाओ सहर कब्जा गर्न सेनामा सामेल भएको जनाइएको छ ।   सरकारी फौजले गरेको रक्तपातपूर्ण घेराबन्दीको पाँच महिना पछि एक हजार भन्दा बढीको ज्यान गुमेको छ भने उग्रवादी समूहका वरिष्ठ नेताहरू मारिका छन् । 

युद्धविरामको अवधिमा ‘स्ट्रे अफ हर्मुज’ पूर्ण रूपमा खुला रहने

काठमाडौं । युद्धविरामको अवधिभर स्ट्रेट अफ होर्मुज पूर्णरूपमा खुला रहने भएको छ। इरानको विदेश मन्त्रालयले युद्धविरामको अवधिभर पूर्ण रुपमा होर्मुज सञ्चालन हुने घोषणा गरेको हो । इरानले युद्धविरामको अधवधिर होर्मुजमा कुनै अवरोध नहुने प्रष्ट पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी छ । युद्धविराम अप्रिल ८ देखि औपचारिक रूपमा सुरु भएको हो। पाकिस्तानको सक्रिय मध्यस्थतामा सम्भव भएको यो युद्धविरामको मुख्य उद्देश्य दुई देशबीच बढ्दो सैन्य तनावलाई कम गरी वार्ताको वातावरण सिर्जना गर्नु थियो ।  तर, अप्रिलको दोस्रो साता इस्लामावादमा भएको उच्चस्तरीय शान्ति वार्तामा कुनै ठोस सहमति जुट्न सकेन ।  इरानले आफ्नो परमाणु नीति र रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ हर्मुज’  माथिको आफ्नो अडान नछोडेपछि वार्ता विना निष्कर्ष टुंगिएको हो । दुई मुलुकबीच दोस्रो तहमा वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । यही सप्ताहान्तभित्र परिणामुखी वार्ता हुने अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दावी गरेका छन् ।