निजी सुरुङदेखि अन्डरवाटर म्युजिक सिस्टमसम्म, यस्ता छन् बिल गेट्सको घरका रोचक तथ्य
काठमाडौं । अमेरिकी धनाढ्य बिल गेट्सले सन् १९७५ मा पल एलेनसँग मिलेर माइक्रोसफ्ट नामक सफ्टवेयर कम्पनी स्थापना गरेका थिए । बिल गेट्सको विश्वास गर्छन्– यदि तपाईं गरिब भएर जन्मिनुभयो भने त्यो तपाईंको गल्ती होइन, तर यदि तपाईं गरिबीमा मर्नुभयो भने त्यो तपाईंको गल्ती हो । बिल गेट्ससँग यति धेरै सम्पत्ति छ कि हरेक दिन दुबै हातले खर्च गरे पनि त्यो समाप्त हुँदैन । तर, के तपाईंलाई थाहा छ अर्बपति बिल गेट्सको बंगलामा धेरै सुविधाहरू छन्, जुन वासिङ्टनमा अवस्थित छ। वासिङ्टन ताल नजिकै रहेको उनको बंगलाको नाम शानाडु हो । करिब १.५ एकड (६६,००० स्क्वायर फिट) मा फैलिएको यो बंगलामा ७ सयनकक्ष, २४ बाथरुम, ६ वटा किचन, स्विमिङ पुल, २ हजार ३०० स्क्वायर फिटको रिसेप्शन हल र २ हजार ५०० स्क्वायर फिट व्यायामका लागि व्यवस्था गरिएको छ । सुन्दर इन्टेरियर भएको यो बंगला आधुनिक इलेक्ट्रोनिक प्रणालीले सुसज्जित छ। बिल गेट्सको बंगलामा यस्तो सुविधा छ जुन मुकेश अम्बानीको एन्टिलियामा पनि छैन । मुकेश अम्बानीको घर एन्टिलिया ४ लाख स्क्वायर फिटमा फैलिएको छ । एन्टिलियाको मूल्य करिब १५ हजार करोड रुपैयाँ छ । यदि बिल गेट्सको बंगलाको कुरा गर्ने हो भने यसको मूल्य करिब १०६६ करोड भारु हो । बिल गेट्सको यो बंगलामा अन्डरवाटर म्युजिक सिस्टमदेखि राजमार्ग जोड्ने सुरुङसम्मका सुविधाहरू छन् । शानाडु एक हवेली हो जुन लेक वासिङ्टनको किनारमा निर्मित छ। हाइटेक सिस्टम बिल गेट्सको घर निकै हाइटेक छ । घरभित्र स्क्वास कोर्ट र ट्राम्पोलिन कोठा छ । घरको सबै कुरा फोनबाट नियन्त्रित हुन्छ । शानाडुलाई राजमार्गसँग जोड्ने निजी सुरुङ छ । यस बंगलाको सबैभन्दा ठूलो विशेषता भनेको घरमा जुनसुकै बेला जो हिँडे पनि उनीहरूको पाइलाको दबाबका आधारमा परिवारका सदस्य वा सुरक्षाकर्मीले घरमा को–को छ भनी पत्ता लगाउन सक्छन् । घरमा बत्तीहरू स्वचालित रूपमा आउँछ र बन्द हुन्छ । घरमा जडान गरिएका स्पिकरहरूमा बज्ने संगीतले घरमा उपस्थित व्यक्तिलाई एक कोठाबाट अर्को कोठामा पछ्याउँछ । टिभी सेटदेखि एसी र बत्तीसम्म सबै पोर्टेबल टच प्याडबाट नियन्त्रण गरिन्छ । घर हेर्न आउने मानिसलाई घरभित्र पस्नुअघि निरीक्षणका लागि माइक्रोचिप दिइन्छ । एजेन्सी
इन्फोसिसले यसरी बढाइरहेको छ बेलायती प्रधानमन्त्री दम्पतीको सम्पत्ति
काठमाडौं । इन्फोसिसका कारण बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति बढ्दै गएको छ । दुई वर्षअघि बेलायती प्रधानमन्त्री र उनकी श्रीमती पहिलो पटक वार्षिक ‘सन्डे टाइम्स रिच लिस्ट’ मा परेका थिए । यो सूचीको सन् २०२४ संस्करणमा उनीहरू अझ माथि पुगेका छन् । उनीहरूको वरीयता उकालो लाग्नुको कारण इन्फोसिसको आकर्षक सेयर होल्डिङ हो । सुनक र अक्षता दुवै ४४ वर्षका छन् । यो जोडी गत वर्ष ६५ करोड १० लाख पाउन्डको अनुमानित सम्पत्तिका साथ सूचीको २७५औं स्थानमा थियो । अब यो सूची २४५औं स्थानमा उक्लिएको छ । योसँगै उनीहरू बेलायती प्रधानमन्त्री निवास ‘१० डाउनिङ स्ट्रिट’ लाई आफ्नो घर भन्ने सबैभन्दा धनी व्यक्ति बनेका छन् । अक्षता इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी हुन् । पतिभन्दा धेरै कमाउँछिन् अक्षता अक्षता मूर्तिले पति सुनकभन्दा धेरै कमाउने बताइन्छ । कारण फेब्रुअरीमा प्रकाशित वित्तीय विवरणलाई उद्धृत गर्दै २०२२–२३ मा सुनकले २ करोड २० लाख पाउन्ड कमाउने बताइएको थियो । जबकि, गत वर्ष मूर्तिले अनुमानित १ करोड ३० लाख पाउन्ड लाभांश कमाएकी थिइन् । अखबारको विश्लेषणअनुसार दम्पतीको सबैभन्दा मूल्यवान सम्पत्ति मूर्तिको बुबा नारायण मूर्तिद्वारा सहस्थापित बेंगलुरुमा रहेको आईटी कम्पनी इन्फोसिसमा मूर्तिको सेयर हो। टपमा हिन्दुजा परिवार बेलायतको धनी परिवारको वार्षिक संकलनमा भारतीय मूलको हिन्दुजा परिवारलाई फेरि शीर्ष स्थानमा राखिएको छ । सेन्ट्रल लन्डनमा आफ्नो ब्राण्डको नयाँ लक्जरी ओओओओ होटल खोलिएपछि उनले गत वर्ष आफ्नो सम्पत्ति ३७ अर्ब १ करोड ९६ लाख पाउन्ड कमाएका थिए । एजेन्सी
दक्षिण कोरियाको रोजगारी दरमा वृद्धि
कोरिया । गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण कोरियाको रोजगारी बढ्दै गएको तथ्याङ्क कार्यालयको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ । स्टेटिस्टिक्स कोरियाका अनुसार अप्रिलमा १५ वर्ष वा सोभन्दा बढी उमेरका कार्यरत व्यक्तिको सङ्ख्या एक वर्षअघिको आँकडामा दुई लाख ६१ हजारले बढेर दुई करोड ८६ लाख ९३ हजार पुगेको छ । वृद्धवृद्धाको कामबाट उच्च प्रभावित यो सङ्ख्या अघिल्लो महिना एक लाख ७३ हजारमा पुगेपछि अप्रिलमा तीव्र गतिमा बढेको हो । समग्र रोजगारी विस्तार वृद्धवृद्धाद्वारा भएको थियो । अप्रिलमा ६० वर्ष वा सोभन्दा बढी उमेर समूहका लागि रोजगारीको सङ्रख्या वार्षिक आधारमा अप्रिलमा दुई लाख ९२ हजार भएको छ तर २० देखि ४० वर्ष उमेर समूहका मानिसका लागि ७७ हजार र ९० हजारले सङ्कुचित भएको छ । लगातार पाँचौँ महिना बढ्दो प्रवृत्ति कायम राख्दै उत्पादकहरू बीच रोजगारीको सङख्या गत महिना एक लाखले बढेको छ । स्वास्थ्य तथा समाज कल्याण सेवा, सूचना तथा सञ्चार उद्योगमा रोजगारी क्रमशः ९३ हजार तथा ६८ हजारले बढेको छ । शिक्षा सेवामा रोजगारी गुमेको छ । थोक र खुद्रा क्षेत्रका ४९ हजार र ३९ हजारले रोजगारी गुमाउनु परेको छ । नियमित कर्मचारीहरूको सङ्ख्या दुई लाख ९३ हजार तथा अनियमित कर्मचारीहरूको सङ्ख्या दुई लाख पुगेको छ तर गत महिना दैनिक मजदुरहरूको सङ्ख्या भने एक लाख ४७ हजारले घटेको छ । कामदारहरू भाडामा लिने स्व-रोजगार गर्नेहरूको सङ्ख्याया अपरिवर्तित रहेको छ भने कर्मचारीहरू बिना स्व-रोजगार गर्नेहरूको सङ्ख्या ९४ हजारले पछि हटेको थियो । यसै क्रममा १५ वर्ष वा सोभन्दा बढी उमेरका लागि रोजगार दर अप्रिलमा शून्य दशमलव तीन प्रतिशतले बढेर ६३ प्रतिशत पुगेको छ भने १५ देखि ६४ वर्षका लागि ओइसीडी-विधि भर्ना दर शून्य दशमलव छ प्रतिशतले बढेर ६९ दशमलव छ प्रतिशत पुगेको छ । अप्रिलमा बेरोजगारीहरूको सङ्ख्या आठ लाख ८५ हजार पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८१ हजारले बढी हो । बेरोजगारी दर शून्य दशमलव दुई प्रतिशतले बढेर तीन प्रतिशत पुगेको छ । विस्तारित बेरोजगारी दर अप्रिलमा शून्य दशमलव तीन प्रतिशतले घटेर आठ दशमलव आठ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २९ वर्ष उमेर समूहका लागि एक दशमलव चार प्रतिशतले घटेर १६ दशमलव एक प्रतिशत भएको छ । आधिकारिक बेरोजगारी दरले ती व्यक्तिहरूलाई मापन गर्दछ जो तुरुन्तै कामका लागि उपलब्ध छन् तर सक्रिय रूपमा जागिर खोज्ने प्रयासका बावजुद विगत चार हप्तादेखि जागिर पाउन असफल भएका छन् । श्रम न्यून उपयोग सूचक भनिने विस्तारित बेरोजगारी दरदलाई जागिर खोज्नबाट निरुत्साहित हुनेहरू, पूर्ण-समय काम गर्ने इच्छा विरुद्ध अंशकालीन काम गर्ने र कलेज स्नातकपछि जागिर प्राप्त गर्न तयारी गर्नेहरूलाई आधिकारिक बेरोजगारी दरमा मापन गरिन्छ । नोकरी खोज्ने कुनै इच्छा नभएको आर्थिक रूपमा निष्क्रिय जनङ्ख्या अप्रिलमा एक वर्ष अघिको तुलनामा एकलाख ७४ हजारले घटेर एक करोड ५९ लाख ६१ हजार भएको छ । गत महिना निरुत्साहित रोजगारी खोज्नेहरूको सङ्ख्या ४५ हजारदेखि तीन लाख ६९ हजारसम्म बढेको छ । रासस