क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसामुक्त प्रवेश अनुमति
बेइजिङ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागु गरेको छ । राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीहरूद्वारा प्राप्त पर्यटक समूहहरूले साङ्घाई, तियान्जिन, ग्वाङ्झाउ, सान्या लगायत १३ वटा चिनियाँ सहरका बन्दरगाहमार्फत बिना भिसा चीन प्रवेश गर्न सक्नेछन् । चीनको बसाइमा १५ दिन रहने पर्यटकहरू त्यहाँ हुँदा तिनीहरूले तटीय प्रान्तहरू, नगरपालिकाहरू र स्वायत्त क्षेत्रहरू साथै बेइजिङ भ्रमण गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । यसैगरी सात क्रुज पोर्टहरू, डालियान, लियानयुङ्गाङ, वेनझोउ, झोउसान, ग्वान्झाउ, शेन्जेन र बेइहाईमा ५४ देशका नागरिकहरूका लागि भिसा–मुक्त ट्रान्जिट पोर्टका रूपमा तोकिएको छ । यस कदमले चीनको भिसा–मुक्त पारवहन नीतिअन्तर्गत क्रुज जहाजमार्फत बन्दरगाहहरूबाट विदेशी यात्रुहरूको पारवहन र प्रस्थानलाई सहज बनाउने छ ।
अस्ट्रेलियाको मुद्रास्फीति ३ प्रतिशतभन्दा कम हुने अनुमान
काठमाडौं । अष्ट्रेलियाको मुद्रास्फीति दर २०२४ को अन्त्य सम्ममा ३ प्रतिशतभन्दा कम हुने अनुमान गरिएको छ । ट्रेजरीले जारी गरेको प्रक्षेपण अनुसार मुद्रास्फीति डिसेम्बरसम्म २.७५ प्रतिशत र २०२५ को अन्त्यसम्ममा २.५ प्रतिशतमा झर्नेछ । ट्रेजरी प्रक्षेपणहरूले मुद्रास्फीति अष्ट्रेलियाको रिजर्व बैंकको लक्ष्य ब्यान्डमा २–३ प्रतिशतको ब्यान्डमा फिर्ता आउनेछ देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सको पछिल्लो तथ्याङ्कअनुसार मार्चको अन्त्यसम्मको १२ महिनामा मुद्रास्फीति ३.६ प्रतिशत थियो । जुन सन् २०२३ को डिसेम्बरको अन्त्यसम्ममा ४.१ प्रतिशत थियो । ट्रेजरी तथ्याङ्कले आगामी दुई वर्षको आर्थिक वृद्धि प्रक्षेपणलाई पनि डाउनग्रेड गरेको छ । कुल गार्हस्थ्य उत्पादन अब २०२४–२५ आर्थिक वर्षमा २ प्रतिशत र २०२५–२६ मा २.२५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । जुन डिसेम्बरको पूर्वानुमानमा २.२५ र २.५ प्रतिशतले घटेको छ ।
चीनमा क्याम्पस बदमासीलगायत मुख्य मुद्दाविरुद्ध लड्न अभियान सुरु
चीन । चीनले आधारभूत शिक्षामा क्याम्पस बदमासी र अत्यधिक गृहकार्य जस्ता मुख्य मुद्दालाई सम्बोधन गर्न राष्ट्रव्यापी अभियान सुरु गरेको छ । शिक्षा मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको परिपत्रअनुसार यो अभियान यस वर्षको अन्त्यसम्म चल्ने र मुख्यतया सुरक्षा उल्लङ्घन, दैनिक व्यवस्थापनमा अव्यवस्था र सङ्कायको लापरवाहीलगायतका समस्याको नियमन र सुधारमा केन्द्रित रहने छ । परिपत्रमा आधारभूत शिक्षामा १२ नकारात्मक अभ्यासको विस्तृत सूची पनि रहेको बताइएको छ । यसमा विद्यार्थीको निर्धारित १० मिनेटको ब्रेकमा अतिक्रमण र बदमासी व्यवहारलाई बेवास्ता, विद्यार्थी छनोट गर्ने उद्देश्यले विभिन्न परीक्षा आयोजना गर्ने अनिवार्य शिक्षा संस्थाहरू समावेश छन् । रासस