भारतीय ठूला व्यावसायिक घराना साइबर आक्रमणको खतरामा, नेपाली व्यवसायीलाई कति चुनौती ?
काठमाडौं । रिलायन्स, टाटा, अडानी, वेदान्तजस्ता भारतका ठूला औद्योगिक घरानाहरू साइबर आक्रमणको खतरामा परेका छन् । यी ठूला कर्पोरेट हाउसहरू मात्र होइन, अन्य धेरै कम्पनीहरू पनि यसको निशानामा छन् । जसमा मारुती सुजुकी इन्डिया, आरपीजी लगायत पर्छन् । ह्याकरहरू यी कम्पनीहरूमा प्रवेश गर्न तम्तयार अवस्थामा छन् । विज्ञहरूका अनुसार जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जनरल एआई) ले पनि साइबर आक्रमणको जोखिम बढाएको छ । कम्पनीहरूले यसलाई समाधान गर्ने तयारी गरिरहेकाे छन् । बाहिरिए धेरै घटना इकोनोमिक टाइम्सका अनुसार साइबर आक्रमणका धेरै घटना सतहमा आएका छन् । वर्षको सुरुमै ठूलो वित्त कम्पनी यसको शिकार भयो । कम्पनीको धेरै संवेदनशील वित्तीय जानकारी लीक भएको थियो । एक जानकार व्यक्तिले घटनालाई आन्तरिक रूपमा ह्यान्डल गरी चुपचाप पारिएकाे बताए । दोस्रो घटना हालचालै एउटा ठूलो इन्जिनियरिङ कम्पनीसँग भयो । यो कम्पनीले कच्चा पदार्थको आपूर्तिका लागि बैंक खातामा ठूलो रकम ट्रान्सफर गरेको थियो । तर, त्यो रकम सम्बन्धित कम्पनीकाे खातामा पुग्न सकेको छैन । कम्पनी फिसिङ आक्रमणको शिकार भएकाे थियो । ग्रान्ट थर्नटनका साइबर पार्टनर अक्षय गार्केलले रकम सात अंकमा रहेको जानकारी दिए । माइक्रोसफ्टमा आक्रमण विश्वको अग्रणी आईटी कम्पनी माइक्रोसफ्ट पनि साइबर आक्रमणबाट अछुतो रहन सकेको छैन । केही महिना ठूलोमात्रामा माइक्रोसफ्ट आईटी आउटेज भयाे । यसले विश्वभरका प्रणालीहरूलाई असर गर्याे । धेरै उडानहरू हुन सकेनन् । भुक्तानी प्रणालीदेखि आकस्मिक सेवासम्म ठप्प भए । विमानस्थलमा यात्रुको भीड थियो । त्रुटि समाधान गरेपछि बोर्डले व्यवस्थापनलाई उनीहरूको प्रणाली र डाटा कत्तिको सुरक्षित छ भनेर समीक्षा गर्न लगाएकाे थियाे । साइबर आक्रमणमा उल्लेखनीय वृद्धि पछिल्लो एक वर्षमा साइबर आक्रमण धेरै गुणाले बढेको उद्योगीहरूले बताएका छन् । योसँगै जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जनरल एआई) बढेसँगै साइबर आक्रमणको जोखिम पनि बढेको छ । चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजीमा भारत र सार्कका लागि प्रबन्ध निर्देशक सुन्दर बालसुब्रमण्यमले भारतीय संस्थाहरू पछिल्लो छ महिनामा प्रति हप्ता औसत ३ हजार २ सय ४४ साइबर आक्रमणमा परेकाे देखिएकाे जानकारी दिए । यो विश्वव्यापी औसतको लगभग दोब्बर हो । ठूला कम्पनीलाई ठूलो खतरा स्रोतका अनुसार ठूला कम्पनीहरू बढी जोखिममा छन् । साइबर आक्रमण रोक्नु बोर्ड र प्रमुख कार्यकारी अधिकृतको पहिलो प्राथमिकता भएको छ । रिलायन्स इन्डस्ट्रिज, अडानी ग्रुप, टाटा ग्रुप, वेदान्त, मारुती सुजुकी इन्डिया र आरपीजीजस्ता ठूला कम्पनीहरू साइबर आक्रमणको जोखिममा छन् । ठूला कम्पनीहरू किन निशानामा ? गार्केलले ठूला व्यापारिक घरानाहरू ह्याकरहरूका लागि लैनाे भैंसीजस्तै हुन् । तिनीहरूसँग धेरै डाटामात्र छैन, ठूलो ब्रान्ड प्रतिष्ठा पनि दाउमा छ । सम्पत्तिको आधार जति ठूलो हुन्छ, त्यति नै जोखिम बढी हुन्छ । साइबर आक्रमणविरुद्धमा के छ तयारी ? इन्भेस्टमेन्ट इन्फरमेसन एन्ड क्रेडिट रेटिङ एजेन्सी अफ इन्डिया (आईसीआरए)का अध्यक्ष अरुण दुग्गलले कम्पनीहरूमा साइबर आक्रमणको सामना गर्न धेरै प्रकारको तयारी भइरहेको बताए । उनले भने, ‘म जसकाे बाेर्डमा सहभागी छु, उनीहरूले साइबर अपराध र उल्लंघनसँग सम्बन्धित जोखिमबारे आफूलाई शिक्षित पारेका छन् । साथै उनीहरूलाई यस बारेमा धेरै राम्रो ज्ञान छ । अडिट कमिटीले जोखिम क्षेत्रमा बढी ध्यान दिइरहेका छन् ।’ भारतीय उद्योगीहरू ह्याकरको निशानामा पर्दा नेपाली उद्योगीहरू पनि त्यसको शिकार हुन्छन् कि भन्ने आँकलन पनि गर्न थालिएको छ । तर, नेपाली उद्योगी व्यवसायीहरूले आफ्ना वेवसाइटहरू सुरक्षित रहेको प्रतिक्रिया दिएका छन् ।
चीनको सिनजियाङमा विश्वकै अग्लो बाँध निर्माण हुँदै
काठमाडौं । उत्तरपश्चिमी चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा दासिक्सिया जल नियन्त्रण परियोजना निर्माण भइरहेको छ । नोभेम्बर २०१९ मा निर्माण सुरु भएको थियो । यो २४७ मिटर अग्लो रहेको बताइएको छ । चाइना गेजुबा ग्रुप कम्पनी लिमिटेडले सिन्जियाङको अक्सु नदीको माथिल्लो भागमा पानी नियन्त्रण परियोजनाको निर्माण गरेको छ । जुन पूरा भएपछि विश्वको सबैभन्दा अग्लो बाँध हुने अपेक्षा गरिएको छ ।
रतन टाटाले छोड्नेबित्तिकै टाटा समूहमा ठूलो परिवर्तन, कसलाई हुन्छ फाइदा ?
काठमाडौं । भारतीय उद्योगपति रतन टाटाको निधन भएको केही दिनमात्रै बितेकाे छ । उनको स्थानमा उनका सौतेनी भाइ नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेका छन् । टाटा समूह भारतको सबैभन्दा ठूलो औद्योगिक व्यावसायिक घराना हो । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्समा टाटा ट्रस्टको करिब ६६ प्रतिशत हिस्सेदारी छ । बजार पूँजीकरणको आधारमा भारतको दोस्रो ठूलो कम्पनी आइटी दिग्गज टाटा कन्सल्टेन्सी सर्भिसेज र बेलायती लक्जरी कार निर्माता जगुआर ल्यान्ड रोभरको स्वामित्व राख्ने टाटा मोटर्सजस्ता फर्महरूमा टाटा सन्स सबैभन्दा ठूलो एकल सेयरधारक हो । टाटा सन्सको नेटवर्थ १६५ बिलियन डलर रहेकाे छ । यसबाट टाटा ट्रस्टको महत्त्व अनुमान गर्न सकिन्छ । नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेपछि यसमा महत्त्वपूर्ण परिवर्तन भएको छ । बिजनेस पत्रिका मिन्टको रिपोर्टअनुसार सर रतन टाटा ट्रस्ट र सर दोराबजी टाटा ट्रस्टका ट्रस्टीकाे स्थायी सदस्य बनेका छन् । यसअघि निश्चित अवधिका लागि नियुक्ति हुने गरेको थियो । दुवै ट्रष्टको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । अक्टोबर ११ मा ६७ वर्षीय नोएल टाटालाई टाटा ट्रस्टको अध्यक्ष बनाएपछि ट्रस्टको यो दोस्रो बैठक थियो । टाटा सन्समा सर रतन टाटा ट्रस्टको २७.९८ प्रतिशत र सर दोराबजी टाटा ट्रस्टको २३.५६ प्रतिशत हिस्सेदारी छ । यसको मतलब यी दुवै ट्रस्टको टाटा सन्समा ५० प्रतिशतभन्दा बढी हिस्सेदारी छ । भारतीय सञ्चारमाध्यमका अनुसार सर रतन टाटा ट्रस्ट र सर दोराबजी टाटा ट्रस्टका सबै सदस्यहरू अब स्थायी सदस्य हुनेछन् । अहिलेसम्म उनीहरूकाे कार्यकाल तीन वर्षका लागि मात्रै थियो । सर रतन टाटा ट्रस्ट १९१९ मा र सर दोराबजी टाटा ट्रस्ट १९३२ मा स्थापित भएको थियो । रतन टाटाको इच्छा सर रतन टाटा ट्रस्टमा सात सदस्य छन् भने सर दोराबजी टाटा ट्रस्टमा छ सदस्य छन् । नोएल टाटासँगै पूर्वरक्षा सचिव विजय सिंह, वेणु श्रीनिवासन, मेहली मिस्त्री र वकिल डारियस खम्बाटा दुवै ट्रस्टमा सामेल छन् । मेहली मिस्त्री र डारियस खम्बाटा स्वर्गीय रतन टाटाका निकट मानिन्छन् । रतन टाटाले आफ्नो इच्छा पूरा गर्ने जिम्मेवारी मेहली मिस्त्री र डारियस खम्बाटालाई सुम्पिएका छन् । रतन टाटाले लगभग ७ हजार ९०० करोड भारु सम्पत्ति छोडेका छन् । एजेन्सी यो पनि पढ्नूहोस् : कसले पाउँछ टाटाको ७९ अर्ब भारु ? यी चार जनालाई दिइएको थियो जिम्मेवारी