अमेरिकाको अर्थतन्त्रलाई आँधीले हल्लायो, ३४ अर्ब डलर घाटा

काठमाडौं । अमेरिकामा हालै आएको मिल्टन आँधीले ठूलो क्षति पुर्‍याएकाे छ । यो अमेरिकाको इतिहासमा सबैभन्दा विनाशकारी आँधीमध्ये एक हो । आँधीका कारण आएको बाढी र तीव्र हावाका कारण करिब ३४ अर्ब डलरको क्षति भएको प्रारम्भिक अनुमान छ । यस आँधीका कारण फ्लोरिडामा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै मानिसहरूको घरमा समेत ठूलो क्षति पुगेको छ । मिल्टनभन्दा दुई हप्ताअघि आएको हेलेन आँधीले करिब ४७.५ बिलियन डलरको क्षति पुर्‍याएको थियो । तर मिल्टन सबैभन्दा विनाशकारी आँधीमध्येको एक हो । यसमा तीव्र हावाहुरीका कारण करिब २२ अर्ब डलरको नोक्सानी भएको छ भने बाढीका कारण ६ अर्ब डलरको नोक्सानी भएकाे बताइएकाे छ । हेलेनले फ्लोरिडाको तटीय क्षेत्रहरूमा पनि विनाश निम्त्याएकाे थियो । हेलेनकाे पीडाबाट मुक्त हुन नपाउँदै मानिसहरू मिल्टनकाे शिकार भए । यसले फ्लोरिडाको बीमा बजारलाई समस्यामा पारेको छ । फ्लोरिडामा प्रीमियम फ्लोरिडामा बीमा प्रिमियमहरू देशका बाँकी राज्यभन्दा धेरै छन् । सिटिजन्स प्रोपर्टी इन्स्योरेन्स कर्पोरेशन एक सरकार समर्थित गैर-लाभकारी घर बीमा कम्पनीसँग १३ लाख पाेलिसी छन् । यदि यो एक निजी कम्पनी भएको भए डुबिसकेकाे हुन्थ्याे । सरकारी कम्पनी भएकोले सबै दाबीहरू तिर्न सकोस् भनेर प्रिमियम अधिभार लगाउने अधिकार छ । तर यसले बीमा गर्ने व्यक्तिहरूमा बोझ बढाउने छ । एजेन्सी

सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि

काठमाडौं । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका बीच ब्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा कारोबार गर्दा यसको मागमा आएको वृद्धिले सुनको भाउ ह्वात्तै बढेको हो । सुन प्रारम्भिक एसियाली व्यापारमा शुक्रबार दुई हजार ७०४.८९ अमेरिकी डलरको सर्वकालिक उच्च बिन्दुमा पुगेको थियो। बिहीबार सुनको मूल्य प्रति आउन्स दुई हजार ६८८.८३ डलर कायम भएको थियो । इजरायलले गाजामा हमास र हालै दक्षिणी लेबनानमा हिजबुल्लाहसँग लडिरहेको बेला मध्यपूर्वको सङ्कटलाई लिएर सुन बजार प्रभावित भएको हो । केन्द्रीय बैङ्कहरूले ब्याजदर घटाउने उपाय अपनाउँदा यस वर्षको सुरुदेखि नै सुनको मूल्यमा ३० प्रतिशतको हाराहारीमा वृद्धि हुनपुगेको थियो । मूल्यमा देखिएको निरन्तरको वृद्धिले गर्दा सुन लगानीकर्ताका लागि थप आकर्षक सम्पत्ति बनेको छ । युक्रेनमा लामो समयदेखि चलिरहेको युद्धका बारेमा चिन्ताले व्यापारीहरूमा सुरक्षित लगानीको चाहना बढ्नुलाई स्वभाविक मानिएको छ ।

कसले पाउँछ टाटाको ७९ अर्ब भारु ? यी चार जनालाई दिइएको थियो जिम्मेवारी

काठमाडौं । टाटा समूहका अध्यक्ष रतन टाटाको निधन भएपछि उनकाे सम्पत्तिकाे विषयमा व्यापक बहस भइरहेकाे छ । उनले करिब ७ हजार ९ सय करोड भारुको सम्पत्ति छोडेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार  उनले आफ्नो वकिल साथी डारियस खम्बाटा र सहयोगी मेहली मिस्त्रीलाई आफ्नो वसियत अरूलाई सुम्पने जिम्मेवारी दिएका छन् । यसका लागि रतनले आफ्नी सौतेनी बहिनी शिरीन र डिएना जीजीभोयलाई पनि मनोनयन गरेका छन् । रतनको ८६ वर्षको उमेरमा ९ अक्टोबरमा निधन भएको थियो । उनका सौतेनी भाइ नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्ष बनेका छन् । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्समा टाटा ट्रस्टको ६६ % हिस्सेदारी छ । टाटा समूह देशको सबैभन्दा ठूलो औद्योगिक व्यावसायिक घराना हो । हुरुन इन्डिया रिच लिस्ट २०२४ का अनुसार रतन टाटाको टाटा सन्समा ०.८३ % सेयर थियो र उनको कुल सम्पत्ति ७ हजार ९ सय करोड भारु थियो । टाटा आफ्नो सम्पत्तिको ठूलो हिस्सा परोपकार र सामाजिक कल्याणमा दिन चाहन्थे । उनको कुल सम्पत्तिको झण्डै तीन चौंथाइ टाटा सन्समा रहेको उनको हिस्सेदारीमा जोडिएको छ । यसबाहेक टाटाले ओला, पेटीएम, ट्र्याक्सन, फर्स्टक्राइ, ब्लुस्टोन, कारदेखो, नगद कारो, अर्बन कम्पनी र अपस्टक्सलगायत करिब दुई दर्जन कम्पनीमा लगानी गरेको थियो । तर, तीमध्ये केही कम्पनीले आफ्नो सेयर बेचेका छन् । कहाँ-कहाँ छ लगानी ? रतनकाे घर मुम्बईको कोलाबामा थियो । साथै उनकाे अलिबागमा अरब सागरको तटमा हाेलिडे घर पनि थियाे । रतनकाे वसियतकाे विवरण पूर्ण रूपमा गाेप्य राखिएकाे छ । मेहली मिस्त्री रतन टाटाका विश्वासपात्र थिए र सर दोराबजी टाटा ट्रस्ट र रतन टाटा ट्रस्टका बोर्डहरूमा ट्रस्टी थिए । यी दुई ट्रस्टको टाटा सन्समा लगभग ५२ % हिस्सेदारी छ । समूहको सूचीबद्ध कम्पनीहरूमा टाटा सन्सको सेयरको बजार मूल्य लगभग १६.७१ लाख करोड भारु रहेकाे छ । जीजीभोय बहिनीहरू रतन टाटाकी आमा सुनुका छोरी हुन् । उनकी आमाको दोस्रो विवाह सर जमशेदजी जीजीभोयसँग भएको थियो । टाटाका दिदीबहिनीहरूले सधैं परोपकारी कार्यमा सक्रिय हुँदै आएका छन् । डायना सन् १९९० र २००० को सुरुमा रतन टाटा ट्रस्टको बोर्डमा ट्रस्टी थिइन् । टाटामा काम गर्ने एक स्रोतले स्वर्गीय रतन टाटा आफ्ना कान्छी बहिनीहरूसँग धेरै नजिक भएको जानकारी दिए । को हुन् मेहिल मिस्त्री ? रतन टाटाको वसियत (इच्छापत्र) तयार गर्न अधिवक्ता खम्बाटाले सहयोग गरेको स्रोतले जनाएको छ । करिब सात वर्षको अन्तरालपछि उनी गत वर्ष टाटाका दुई प्राथमिक ट्रस्टको ट्रस्टीको रूपमा फर्किए । उनले व्यावसायिक प्रतिबद्धता जनाउँदै २०१६ मा ट्रस्ट छोडेका थिए । नियमअनुसार मृतकको इच्छा कार्यान्वयन गर्न एकजना कार्यकारी हुनु आवश्यक छ । रतन टाटाले सन् २०२३ सम्ममा आफ्नो व्यक्तिगत लगानी वाहन आरएनटी एसोसिएट्स प्रालिमार्फत १८६ करोड भारु लगानी गरेका थिए । मिस्त्री र रतन टाटा आरएनटी एसोसिएट्सका दुई मात्र बोर्ड सदस्य थिए । मेहिल मिस्त्री टाटा सन्सका पूर्व अध्यक्ष दिवंगत साइरस मिस्त्रीका भाइ हुन् । टाटा सन्सको अध्यक्ष पदबाट साइरस मिस्त्रीलाई हटाउने विवादमा उनले रतन टाटालाई निरन्तर समर्थन गरेका थिए । उनी पछिल्ला वर्षहरूमा रतन टाटाको स्वास्थ्यको हेरचाहमा पनि संलग्न थिए । अक्टोबर २०२२ मा मिस्त्रीलाई टाटाका दुई ठूला ट्रस्टहरूको बोर्डमा समावेश गरियो । उनी एम. पल्लोन्जी ग्रुपका एक दर्जनभन्दा बढी कम्पनीको बोर्डमा छन् ।