सार्वजनिक भयो टाटाको जीवनी ‘रतन टाटा : अ लाइफ’, के-के छन् किस्सा ?
काठमाडौं । यो घटना सन् २००८ को हो । टाटाको नानो कारखानालाई लिएर पश्चिम बंगालमा विरोध प्रदर्शन भइरहेको थियो । अन्ततः कारखानालाई सिंगुरबाट गुजरातको साणन्दमा सार्नुपर्यो। टाटा समूहका अध्यक्ष रतन टाटाका लागि यो चुनौतीपूर्ण अवस्था थियो । तर, रतन टाटाको धैर्य, बल, साहस र दूरदर्शिताको अन्तिम परीक्षा सन् १९८८ मा भएकाे थियाे । त्यतिबेला मजदुरहरूले हिंसात्मक हड्ताल गरेका थिए । टाटा मोटर्सका अध्यक्ष रतन टाटाका लागि यो उनको जीवनको सबैभन्दा एक्लो समयमध्येकाे एक थियाे । रतन टाटाको जीवनी ‘रतन टाटा: अ लाइफ’ हालै सार्वजनिक भएको छ, जसमा लेखक तथा पूर्वआईएएस अधिकारी थोमस म्याथ्यूले एनडीटीभीलाई दिएको अन्तर्वार्तामा यी कुराहरू उल्लेख गरेका छन् । यो पुस्तक हार्परकोलिन्स इन्डियाले प्रकाशित गरेको हो । सबैभन्दा राम्रो देखिने उद्योगपतिमध्ये एक थिए टाटा म्याथ्युले पुस्तकमा टाटालाई पहिलो पटक १९९४-१९९५ मा भेटेकाे उल्लेख गरेका छन् । टाटाले १९९१ मा टाटा सन्सको अध्यक्षको पदभार ग्रहण गरेका थिए । उनी सायद सबैभन्दा राम्रो देखिने उद्योगपतिहरूमध्ये एक थिए… छ फिट अग्लो, खैरो आँखा । ‘मलाई याद छ, १९९५ को एक सोमबार उहाँ मेरो अफिसमा आउनुभयो– म त्यतिबेला उद्योगमन्त्रीको निजी सचिव थिएँ… उहाँ भित्र आउँदा ग्रीक भगवान् कोठाभित्र पस्नुभएको जस्तो लाग्यो । तर उनको नम्रताले मलाई प्रभावित बनायो । त्यसयता हामी सम्पर्कमा रह्याैं । म्याथ्यु भन्छन्- टाटाको बाल्यकाल खासै राम्रो थिएन म्याथ्यूका अनुसार जीवनी ‘सामान्य व्यक्तिको जटिलताहरू हाइलाइट गर्ने’ प्रयास हो । पूर्व आईएएस अधिकारीले टाटाको ‘बालापन राम्रो नभएकाे बताएका छन् तर उनको प्रारम्भिक जीवनमा सबैभन्दा बलियो शक्ति उनको हजुरआमा लेडी नवाजबाई टाटा थिइन् । आमाबाबु अलग हुँदा स्कूलमा निन्दा बाल्यकालमा रतन टाटाका आमाबाबु अलग भए, जसले गर्दा उनलाई धेरै पीडा सहनुपर्याे । उनीमाथि विद्यालयमा निन्दामात्र नभइ सामाजिक बहिष्कारमा समेत परे । तर, दृढ साेच भएका उनी हजुरआमाको संरक्षणमा चुनौतीलाई राम्राेगरी सामना गरे । टाटाले आकाशमा इन्जिन बन्द गरेर काे-पेसेन्जरलाई डराउने गर्थे टाटाले न्यूयोर्कको रिभरडेल नामक विद्यालयमा पढेका थिए । स्कुल पढेपछि उनले मेकानिकल इन्जिनियरिङ पढे । म्याथ्युका अनुसार उनको उडानसँग सम्बन्धित धेरै कथाहरू प्रसिद्ध छन् । टाटाले आकाशमा इन्जिन बन्द गरेर सहयात्रुहरूलाई डराउने गर्थे । कुकुरलाई असाध्यै माया गर्थे रतन टाटा १२ वर्षकाे हुँदा उनले फक्स टेरियर पाएका थिए र उनले त्यो कुकुरलाई धेरै नै मन पराउँथे तर उनकी हजुरआमाले त्यो कुकुरलाई कहिल्यै मन पराइनन् । तर जब टाटा आफ्नो स्कुलिङको क्रममा अमेरिका गए, तब उनकी हजुरआमाले कुकुरप्रति रुचि विकसित भएकाे थियाे । रतन टाटाको निधन ९ अक्टोबर २०२४ मा भारतको सबैभन्दा पुरानो व्यापार समूहका प्रमुख रतन टाटाको ९ अक्टोबर २०२४ मा निधन भएकाे थियाे । उनले ८६ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिए । उनी सन् १९६२ मा पारिवारिक व्यवसायमा सामेल भएका थिए। याे पनि : १० हजार करोड बराबर भारूको वसियत चार जना, बम्बई उच्च अदालतबाट प्रमाणित हुने को थिए उद्योगपति टाटासँग १५ करोड घुस माग्ने मन्त्री ? सौतेनी भाइ बने रतन टाटाको उत्तराधिकारी, नोएलले सम्हाले १ खर्ब ६५ अर्ब डलरको सम्पत्ति
अस्ट्रेलियामा बढ्दै गएको मानव शोषणविरुद्ध लड्न विशेष संघीय प्रहरी परिचालन
काठमाडौं । बढ्दो मानव बेचबिखन र शोषण विरुद्ध लड्न अस्ट्रेलियाली संघीय प्रहरी (एएफपी) का विशेष अधिकारीहरूलाई देशभरका समुदायहरूमा खटाइएको छ । नयाँ मानव शोषण सामुदायिक अधिकारीहरूले मानव बेचबिखन र अनलाइन बाल यौन शोषण रोक्नको लागि जोखिममा परेका समुदायहरूलाई लक्षित शिक्षा प्रदान गर्ने एएफपीले जनाएको छ । दासत्व, जबरजस्ती विवाह र जबरजस्ती श्रमसहित मानव बेचबिखनका ३८२ वटा घटनाहरू थिए । जुन ३० मा समाप्त भएको आर्थिक वर्ष २०२३–२४ मा ३४० भन्दा बढी रिपोर्ट गरिएको थियो । एएफपीको नेतृत्वमा रहेको अस्ट्रेलियन सेन्टर टु काउन्टर चाइल्ड एक्सप्लोइटेसनलाई अनलाइन बाल यौन शोषणको रिपोर्टले २०२२–२३ मा ४० हजार २३२ र २०२३–२४ मा ५८ हजार ५ सय बढी शोषणमा परेको बताएको छ ।
सिभिल इन्जिनियरिङकाे क्षेत्रमा प्रवेश गर्दै गौतम अडानी, कसमा छ नजर ?
काठमाडौं । भारतीय अर्बपति गौतम अडानीले आफ्नो व्यवसायलाई तीव्र गतिमा विस्तार गरिरहेका छन् । यही सिलसिलामा उनी अब सिभिल इन्जिनियरिङकाे क्षेत्रमा हात हाल्ने तयारीमा छन् । अडानी समूहले इन्जिनियरिङ दिग्गज आईटीडी सिमेन्टेशन इन्डियाको ७३ % सेयर ५ हजार ७५९ करोड भारु (६८५ मिलियन डलर) मा किन्न चाहेकाे जनाइएकाे छ । यसले समूहलाई इन-हाउस इन्जिनियरिङ, खरीद र निर्माण (इपीसी) र सिभिल इन्जिनियरिङ क्षमताहरू प्रदान गर्नेछ । अडानी परिवारको पूर्ण स्वामित्वमा रहेको नवीकरण एक्जिम डीएमसीसीले आईटीडी सिमेन्टेसनको प्रवर्द्धक इटालियन थाई डेभलपमेन्ट पब्लिक कम्पनीसँग ४६.६४ % सेयर अर्थात् ८ करोड १ लाख सेयर प्रति सेयर ४०० भारुमा खरिद गर्न सम्झौता गरेको छ । यो सम्झौता ३ हनार २ सय ४ करोड भारुको छ । मेरीटाइम स्ट्रक्चर र इन्जिनियरिङ गतिविधिमा अग्रणी कम्पनी आईटीडी सिमेन्टेसनले सेयर बजारमा राखेकाे एक फाइलिङले यस्तो जानकारी दिएको हो । यसपछि अल्पसंख्यक सेयरधनीहरूबाट थप २६ % अर्थात ४४.७ मिलियन सेयर प्रति सेयर ५७१.६८ भारुमा खरिद गर्ने खुला प्रस्ताव हुनेछ । यदि खुला प्रस्तावमा पूर्ण रूपमा सदस्यता लिइएको छ भने अडानी समूहले आईटीडी सिमेन्टेसनको ७३ % हिस्सेदारीको लागि लगभग ५ हजार ७ सय ५९ करोड भारु तिर्नेछ । याे अदानी समूहको सन् २०२४ मा गरिएकाे १२ औं अधिग्रहण हुनेछ । ईटीले आफ्नो सेप्टेम्बर २० काे एडिसनमा अदानी-आईटीडी ट्रान्जेक्सनकाे बारेमा सबैभन्दा पहिला रिपोर्ट दिएकाे थियाे । कम्पनीले के गर्छ ? आईटीडी सिमेन्टेसनले दिल्ली र कोलकाता मेट्रो परियोजनाबाहेक जवाहरलाल नेहरु पोर्ट ट्रस्ट र तुतिकोरिन, हल्दिया, मुन्द्रा र विझिनजाम बन्दरगाहहरूमा काम गरेको छ । यो सम्झौता अडानीका लागि निकै फाइदाजनक हुने विश्वास गरिएको छ । किनभने यसको पोर्टफोलियोमा बन्दरगाह, पूर्वाधार, शक्ति र घरजग्गा समावेश छ । यसकाे पहिलेदेखि नै जलविद्युत र मरिनकाे साथसाथ ५ सय ९४ किलोमिटर लामो गंगा एक्सप्रेसवे टोल रोड परियोजनामा अडानीसँग व्यापारिक सम्बन्ध छ । मेरीटाइम स्ट्रक्चर आईटीडी सिमेन्टेशनको अर्डर बुकको ३४.५% हिस्सा छ । यो वर्ष कम्पनीको सेयर हालसम्म ८६.८२ प्रतिशतले बढेको छ । जुलाईमा कम्पनीले स्टक एक्सचेन्जलाई आफ्ना प्रवर्द्धकहरूले डिस्इन्भेष्टमेन्ट (विनिवेश- सरकारी हिस्सेदारी बेच्ने प्रक्रिया) सम्भावना खोजिरहेको र बिक्री प्रक्रिया प्रारम्भिक चरणमा रहेको बताएको थियो । शुक्रबार आईटीडी सिमेन्टेसनको मार्केट क्याप ९ हजार १५२.८४ करोड भारु थियो । साताको अन्तिम दिन बीएसईमा २.६५ प्रतिशतले घटेर कम्पनीको सेयर ५३२.८० भारुमा बन्द भएकाे थियाे । अबुधाबीको एक कम्पनी र आरपीजी ग्रुपको केईसी इन्टरनेशनल पनि यो कम्पनी किन्न दौडमा रहेको बताइएको छ । यस्ताे छ कम्पनीकाे इतिहास भारत स्वतन्त्र हुनुअघि आइटीडी सिमेन्टेशनको बेलायतसँग सम्बन्ध थियो । भारतमा याे कम्पनी नौ दशकदेखि सञ्चालन हुँदै आएको छ । यस अवधिमा यसको स्वामित्व धेरै पटक परिवर्तन भएको छ । मेरिटाइम स्ट्रक्चरबाहेक यस कम्पनीसँग विमानस्थल, जलविद्युत, सुरुङ, औद्योगिक भवन तथा संरचना, राष्ट्रिय राजमार्ग, पुल तथा फ्लाईओभर, जग र विशेष भवन निर्माणमा विशेषज्ञता रहेको छ । कम्पनीले आफ्नो पोर्टफोलियोमा पम्प भण्डारण र विशेष जलविद्युत परियोजनाहरू पनि थपेको छ । आईटीडी सिमेन्टेसनले यस आर्थिक वर्षमा नयाँ हाइड्रो र पम्प भण्डारण परियोजनाहरूबाट ५ हजारदेखि ६ हजार करोडको टेन्डर जित्ने अपेक्षा गरिएको छ । कम्पनीले जुन त्रैमासिकमा एक हजार ५३ करोड भारुभन्दा बढीको अर्डर सुरक्षित गर्याे, यसको कुल अर्डर बुक १८ हजार ५ सय ३६ करोड छ । यसमा सरकारी ठेक्काको हिस्सा ४८ प्रतिशत, निजी क्षेत्रको ३५ प्रतिशत र सार्वजनिक क्षेत्रको १७ प्रतिशत रहेको छ । देशका १३ राज्यमा कम्पनीकाे उपस्थिति रहेको छ । यसले श्रीलंका र बंगलादेशमा पनि काम खोजिरहेको जनाइएकाे छ । यस हप्ताको सुरुमा अडानी समूहले सीके बिरला समूहको सिमेन्ट कम्पनी ओरिएन्ट सिमेन्ट ८ हजार एक सय कराेड भारुकाे इक्विटी मूल्यमा खरिद गर्ने घोषणा गरेको थियो । (एजेन्सीहरूकाे सहयाेगमा )