ट्रम्पका ट्यारिफले अमेरिकालाई १३ ट्रिलियन डलरको नोक्सानी

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारका ६० भन्दा बढी देशहरू विरुद्ध ट्यारिफ (कर) बढाएका छन् । यसले विश्वभरिका सेयर बजारमा ठूलो गिरावट आएको छ र लगानीकर्ताहरूका खरबौं डलर डुबेका छन् । यसको सबैभन्दा ठूलो असर भने अमेरिकामै परेको छ ।  अमेरिकी टेक कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको छ । अहिले संसारमा कुनै पनि कम्पनीको मूल्यांकन ३ ट्रिलियन डलर छैन । केही समय अघिसम्म धेरै कम्पनीहरू यो सूचीमा थिए, तर अहिले ती सबै आफ्नो उच्च बिन्दुबाट निकै तल झरिसकेका छन् । १९ फेब्रुअरीदेखि अहिलेसम्म अमेरिकी सेयर बजारको कूल मूल्य १३ ट्रिलियन डलरले घटिसकेको छ । केवल ’म्याग्निफिसेन्ट ७’ भनिने प्रमुख ७ कम्पनीहरूले मात्र ५ ट्रिलियन डलरभन्दा बढी गुमाएका छन् । अमेरिकाको एसएन्डपी ५०० फ्युचर्स सूचकांक २२ प्रतिशतले घटिसकेको छ र बियर मार्केट (सामान्यतया बजारको पछिल्लो उच्च बिन्दुबाट २० प्रतिशतभन्दा बढीले घटेमा वा दुई महिनासम्म लगातार सूचीकृत कम्पनीको मूल्यमा गिरावट आएमा नेप्से परिसूचक लगातार घटेमा यस्तो अवस्थालाई बियर मार्केट भनिन्छ।) को क्षेत्रमा प्रवेश गरिसकेको छ ।  अमेरिकी बजारमा पछिल्ला ३२ दिनको अवधिमा प्रतिदिन औसत ४०० अर्ब डलर गुमाएको छ । ठीक ३२ दिनअघि एसएन्डपी ५०० ले ६ हजार १४७ अंकको नयाँ ऐतिहासिक उचाइ चुमेको थियो । आईफोन बनाउने कम्पनी एप्पलको सेयर मूल्यमा गत शुक्रबार ७.२९ प्रतिशत गिरावट आयो र यसको बजार मूल्यांकन २.८२९ ट्रिलियन डलरमा झ¥यो । यस्तै, माइक्रोसफ्ट अहिले २.६७५ ट्रिलियन डलरसहित विश्वको दोस्रो ठूलो कम्पनी बनेको छ ।  एआई चिप बनाउने कम्पनी एनभिडियाको मूल्यांकन घटेर २.३०१ ट्रिलियन डलरमा झरेको छ । यी सबै कम्पनीहरू पहिले ३ ट्रिलियन डलर क्लबको हिस्सा थिए । यस सूचीमा अमेजन अहिले १.८१२ ट्रिलियन डलरसहित चौथो स्थानमा छ । गुगलको मातृ कम्पनी अल्फाबेटको मूल्यांकन १.७८६ ट्रिलियन डलर छ । यसैगरी, साउदी अरामकोको १.७०१ ट्रिलियन डलर, मेटा प्लेटफम्र्सको १.२७८ ट्रिलियन डलर, बर्कशायर हैथवेको १.०६५ ट्रिलियन डलर र टेस्लाको ७७०.१३ अर्ब डलर रहेको छ।  

ट्रम्पका ट्यारिफमाथि पहिलो जवाफी कारबाही गर्न ईयू एकताको खोजीमा

काठमाडौं । युरोपेली आयोग (ईयू) का देशहरू आगामी दिनहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्यारिफहरू विरुद्ध एकीकृत मोर्चा प्रस्तुत गर्ने प्रयास गर्दैछन् । उनीहरूले सम्भवतः डेन्टल फ्लसदेखि डायमण्डसम्मका २८ अर्ब डलर बराबरका अमेरिकी वस्तुहरूमा लक्षित प्रतिकारात्मक कदमहरू स्वीकृत गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस्तो कदमले ईयूलाई चीन र क्यानडासँग मिलेर अमेरिकाविरुद्ध प्रतिशोधस्वरूप ट्यारिफहरू लगाउने पंक्तिमा ल्याउनेछ, जुन केही व्यक्तिहरूले विश्वव्यापी व्यापार युद्धमा परिणत हुने चिन्ता व्यक्त गरेका छन् । यसले अर्बौं उपभोक्ताका लागि सामानहरू महँगो बनाउनेछ र विश्वभरिका अर्थतन्त्रहरूलाई मन्दीमा धकेल्न सक्छ । २७ राष्ट्रीय ईयू समूहले स्टील, एलुमिनियम, गाडीहरूमा २५ प्रतिशत आयात शुल्क र अन्य लगभग सबै सामानहरूमा बुधबारदेखि २० प्रतिशत 'पारस्परिक' शुल्कको सामना गर्नुपर्नेछ । ट्रम्पका ट्यारिफहरूले ईयूका अमेरिका निर्यात गरिने लगभग ७० प्रतिशत वस्तुहरूलाई असर पार्नेछन्- जुन गत वर्ष कुल ५३२ अर्ब युरो (५८५ अर्ब डलर) को बराबरमा थियो- र यसमा अबसम्म तामा, औषधी, अर्धचालक काठजस्ता वस्तुहरू बाँकी छन् । ईयूको व्यापार नीति समन्वय गर्ने युरोपेली आयोगले सोमबार साँझ सदस्य देशहरूलाई ट्रम्पका स्टील र एलुमिनियम ट्यारिफहरूको जवाफस्वरूप अमेरिकी उत्पादनहरूमा अतिरिक्त शुल्क लगाउने वस्तुहरूको सूची प्रस्ताव गर्नेछ, जुन व्यापक पारस्परिक शुल्कभन्दा फरक हुनेछ । उक्त सूचीमा अमेरिकी मासु, अन्न, वाइन, काठ, लुगा साथै चेविङ गम, डेन्टल फ्लस, भ्याकुम क्लिनर र ट्वाइलेट पेपर समावेश हुने छ । एक वस्तु जसले ईयूमा विवाद निम्त्याएको छ, त्यो हो बोर्बन (अमेरिकी रक्सी) । आयोगले यसमा ५० प्रतिशत ट्यारिफ प्रस्ताव गरेको छ, जसको जवाफस्वरूप ट्रम्पले ईयूको मदिरामा २०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका छन् । वाइन निर्यात गर्ने फ्रान्स र इटालीले चिन्ता व्यक्त गरेका छन् । स्वतन्त्र व्यापारमा आधारित ईयू अर्थतन्त्रले ट्रम्पलाई वार्तामा ल्याउने दबाव कायम राख्न प्रतिक्रिया दिनुअघि व्यापक समर्थन जुटाउन चाहन्छ । लक्सेम्बर्गले सोमबार बिहान ट्रम्पले ट्यारिफ घोषणा गरेपछि पहिलो ईयू–स्तरीय राजनीतिक बैठक आयोजना गर्नेछ, जसमा २७ सदस्य राष्ट्रका व्यापार मन्त्रीहरू छलफलमा सहभागी हुनेछन् । ईयूका कूटनीतिज्ञहरूका अनुसार बैठकको मुख्य उद्देश्य एकीकृत सन्देश दिनु हो– अर्थात् अमेरिकासँग वार्ताको चाहना व्यक्त गर्दै आवश्यक परेमा प्रतिकारात्मक कदम चाल्न तयार रहेको सन्देश । 'ब्रेक्सिटपछि हाम्रो सबैभन्दा ठूलो डर दुईपक्षीय सम्झौताहरू र एकताको विघटन थियो, तर तीन–चार वर्षको वार्तामा त्यो भएन । यहाँ फरक विषय भए तापनि सबैले साझा व्यापार नीतिमा चासो देख्छन्,’ एक ईयू कूटनीतिज्ञले भने । प्रतिशोधात्मक ट्यारिफहरू ईयू सदस्यहरूबीच जवाफ कसरी दिने भन्नेमा विविध धारणा छन् । फ्रान्सले ट्यारिफभन्दा परको उपाय अपनाउनु पर्ने भनेको छ भने राष्ट्रपति एमानुएल माक्रोंले युरोपेली कम्पनीहरूले अमेरिकाभित्र लगानी निलम्बन गर्न सुझाव दिएका छन् । अमेरिकामा झण्डै एक तिहाइ निर्यात गर्ने आयरल्याण्डले 'गम्भीर र सन्तुलित’ प्रतिक्रिया दिन आग्रह गरेको छ भने तेस्रो ठूलो अमेरिकी निर्यातकर्ता इटालीले प्रतिकार गर्नु नै उपयुक्त हो कि होइन भन्नेमा प्रश्न उठाएको छ । 'यो एक जटिल सन्तुलन हो । कारबाही धेरै नै हल्का भए अमेरिका वार्तामा आउँदैन, तर धेरै कडा भए झनै तनाव बढ्न सक्छ,' एक कूटनीतिज्ञले भने । अहिलेसम्म वासिङ्टनसँगका वार्ताहरू सफल भएका छैनन् । ईयू व्यापार प्रमुख मारोस सेफकोविचले शुक्रबार अमेरिकी समकक्षसँगको दुई घण्टा लामो कुराकानीलाई 'खुल्ला’ भन्दै अमेरिकी ट्यारिफहरू ’हानिकारक र अन्यायपूर्ण’ भएको बताएका छन् । प्रारम्भिक ईयू ट्यारिफहरू बुधबार मतदानमा लगिने छन् र जबसम्म ईयूका १५ सदस्य राष्ट्रहरूले जसले ईयूको ६५ प्रतिशत जनसंख्या प्रतिनिधित्व गर्छन्, उनीहरूले जबसम्म विरोध गर्दैनन् तबसम्म ती स्वीकृत हुनेछन् । यी दुई चरणमा लागू हुनेछन्- पहिलो भाग अप्रिल १५ मा र बाँकी एक महिनापछि । युरोपेली आयोग अध्यक्ष उर्सुला भन डेर लायनले पनि ट्यारिफको प्रभाव मूल्यांकन गर्न र आगामी कदम निर्धारण गर्न सोमबार र मंगलबार स्टील, गाडी र औषधि उद्योगका सीईओहरूसँग छुट्टाछुट्टै छलफल गर्नेछिन् । अमेरिकामा मन्दीको आशंका, चीनलाई विश्वमा राज गर्ने मौका  

अमेरिकामा दादुराबाट अर्को बच्चाको मृत्यु, ६५० जना बिरामी

  काठमाडौं  । अमेरिकाको दक्षिण–पश्चिमी क्षेत्रमा दादुराको प्रकोपले अर्को बच्चाको ज्यान लिएको छ । अधिकारीहरूले आइतबार अत्यधिक सङ्क्रामक दादुरा रोग फैलिँदै गर्दा अहिलेसम्म करिब छ सय ५० जना सङ्क्रमित भएको बताएका छन् । 'भर्खरै दादुरा भएको पत्ता लागेको एक विद्यालय उमेरका बच्चाको निधन भएको खबर सुनेर हामी निकै दुःखी छौँ', टेक्सासको मेडिकल सेन्टर, युएमसी हेल्थ सिस्टमका उपाध्यक्ष आरोन डेभिसले भने । उक्त बच्चाले अस्पतालमा ‘दादुरा जटिलताहरू’ को लागि उपचार प्राप्त गरिरहेको भन्दै उनले बच्चालाई ‘दादुरा विरुद्धको खोप लगाइएको थिएन र कुनै अन्तर्निहित स्वास्थ्य समस्या थिएन’ भने । अमेरिकाले वर्षौंको सबैभन्दा खराब दादुरा प्रकोपसँग जुझिरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले खोपको महत्त्वलाई कम आँक्ने आफ्नो विगतको बयानबाजीले स्वास्थ्य विज्ञहरूलाई चिन्तित बनाएको छ । तथापि केनेडीले आइतबार एक्समा ‘दादुरा फैलन रोक्ने सबैभन्दा प्रभावकारी तरिका एमएमआर खोप हो’ भनेर लेखेका छन् । उनले आफ्नो स्वास्थ्य तथा मानव सेवा ९एचएचएस० विभाग र रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरू (सिडिसी) ले टेक्सासमा खोप वितरणलाई सहयोग गरिरहेको बताए । बच्चाको परिवारलाई सान्त्वना दिन टेक्सास गएको बताउने केनेडीले आइतबारसम्म ‘२२ राज्यमा दादुराका छ सय ४२ पुष्टि भएका मामिलाहरू र तीमध्ये चार सय ९९ टेक्सासमा’ रहेको पनि उल्लेख गरे । एयर फोर्स वानमा पत्रकारहरूको प्रश्नको जवाफमा ट्रम्पले प्रकोपलाई ‘अहिलेसम्म हामीले कुरा गरिरहेको कुराको तुलनामा सापेक्षिक रूपमा सानो सङ्ख्या’ भनेर कम आँकेको देखिन्थ्यो । तर उनले थप विवरण नदिई यदि यो ‘बढ्दै गयो भने हामीले धेरै कडा कारबाही गर्नुपर्नेछ’ भने । खोपको महत्त्व  सिडिसीले अलास्कादेखि फ्लोरिडासम्मका साथै न्युयोर्क सहरमा फैलिएका मामिलाहरू रेकर्ड गरेको छ । टेक्सासले फेब्रुअरीको अन्त्यमा पहिलो पटक दादुराबाट बच्चाको मृत्यु भएको रिपोर्ट गरेको थियो । लगभग एक दशकमा यस रोगबाट पहिलो अमेरिकीको मृत्यु भएको थियो । गत महिना न्यु मेक्सिकोका एक वयस्कको मृत्युलाई पनि सिडिसीले दादुरासँग सम्बन्धित मृत्युका रूपमा वर्गीकृत गरेको थियो । सिडिसीले अप्रिल ३ मा भनेअनुसार सिडिसीले गणना गरेका दादुराका अधिकांश मामिलाहरू – ९७ प्रतिशत – दादुरा विरुद्ध खोप नलगाएका बिरामीहरू हुन् । तीमध्ये एक सय ९६ जना पाँच वर्ष मुनिका, दुई सय ४० जना ५–१९ वर्षका र थप एक सय ५९ जना २० वर्ष वा सोभन्दा बढी उमेरका थिए भने अन्य केही अज्ञात उमेरका थिए । ‘प्रकोप’ लाई तीन वा बढी सम्बन्धित मामिलाका रूपमा परिभाषित गर्ने सिडिसीले सन् २०२५ मा अहिलेसम्म छ वटा प्रकोप रेकर्ड गरेको छ । पुष्टि भएका मामिलामध्ये करिब ९३ प्रतिशत ती प्रकोपहरूसँग सम्बन्धित छन् । 'तुलनात्मक रूपमा सन् २०२४ मा १६ प्रकोप रिपोर्ट गरिएको थियो र ६९ प्रतिशत घटनाहरू (दुई सय ८५ मध्ये एक सय ९८) प्रकोपसँग सम्बन्धित थिए', यसले आफ्नो वेबसाइटमा भन्यो । 'यो दुर्भाग्यपूर्ण घटनाले खोपको महत्त्वलाई जोड दिन्छ', टेक्सासको युएमसी हेल्थ सिस्टमका डेभिसले पछिल्लो मृत्युको बारेमा इमेलमा भने, 'हामी सबै व्यक्तिलाई आफ्नो र व्यापक समुदायको रक्षा गर्न आफ्नो खोपहरूसँग अद्यावधिक रहन प्रोत्साहित गर्दछौँ ।' रासस