आईपीएल २०२५ : फाइनलमै अर्बौंको कारोबार, कराडौंको पुरस्कार र कार उपहार
काठमाडौं । विश्वव्यापी रुपमा चर्चा हुने इण्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणको विजेता रोयल च्यालेन्जर्स बेंगलुरु बनेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो । बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो । हालसम्म फाइनलको यात्रा तय गरे पनि बेंगलुरुले उपाधी हात पार्न सकेको थिएन । तर, त्यस पटक उपाधि जित्न सफल बन्यो । फाइनल खेल जितेसँगै बेंगलुरुले २० करोड भारतीय रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता पञ्जाव किंग्सले १२ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको छ । अन्य धेरै खेलाडीले खेलका क्रममा देखाएको उत्कृष्ट पफर्मेन्सका आधारमा पुरस्कृत भएका छन् भने कतिले उपहार पाएका छन् । भारतीय सञ्चार माध्यमले फाइनलमै अर्बौको कारोबार भएको उल्लेख गरेका छन् । फाइनल खेल भएको रेन्द्र मोदी स्टेडियम, अहमदाबाद कुल १ लाख ३२ हजार सिट क्षमताको हो । सर्वसाधारणका लागि फाइनल खेलमा १५ सय रुपैयाँदेखि १० रुपैयाँसम्म टिकट मूल्य निर्धारण गरिएको थियो । आयोजकले टिकट बिक्रीबाट सवा २ अर्ब रुपैयाँ आम्दानी भएको अनुमान गरेको छ भने विज्ञापन आम्दानी सवा एक अर्ब हुन सक्ने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । ८० लाख रुपैयाँ पुरस्कार प्रायोजनबाट आम्दानी हुनेछ । यसरी आईपीएलको १८औं संस्करणको फाइनल खेलमा साढे ३ अर्ब बढीको आम्दानी भएको हुन सक्ने अनुमान गरिएको छ भने कुल पुरस्कार राशिमा ३३ करोड, समापन समारोह व्यवस्थापनमा १५ करोड, प्रसारण उत्पादन तथा कर्मचारीका लागि १५ करोड, सुरक्षा, सरसफाइ तथा व्यवस्थापनमा १० करोड गरेर कुल ७०/७३ करोड खर्च भएको हुन सक्ने अनुमान आयोजकको छ । फाइनल खेलमा मात्रै पौने ३ अर्ब रुपैयाँ नाफा भएको सक्ने अनुमान आयोजकको छ । आईपीएल अवधिको आम्दानी भने ५० अर्ब बढी भएको हुन सक्ने अनुमान भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
प्राकृतिक प्रकोपबाट अष्ट्रेलियाको १.४ अर्ब अमेरिकी डलरको क्षति
काठमाडौं । सरकारी तथ्याङ्कअनुसार प्राकृतिक प्रकोपले २०२५ को पहिलो महिनामा अष्ट्रेलियाली अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुर्याएको छ । प्रकाशित एक विश्लेषणमा, संघीय कोषले २०२५ को पहिलो पाँच महिनामा प्राकृतिक प्रकोपले आर्थिक गतिविधिमा २.२ अर्ब अष्ट्रेलियाली डलर (१.४ अर्ब अमेरिकी डलर) को गिरावट आएको बताएको छ । मे महिनाको अन्त्यसम्मको पाँच महिनाको अवधिमा, अष्ट्रेलियाका पूर्वी तटीय राज्यहरू न्यु साउथ वेल्स र क्वीन्सल्याण्ड व्यापक ऐतिहासिक बाढीबाट प्रभावित भए र मार्चमा ल्यान्डफल गर्दा अल्फ्रेड ५० वर्षमा दक्षिणपूर्वी क्वीन्सल्याण्डमा पुग्ने पहिलो चक्रवात बन्यो । देशका अन्य भागहरू पनि यस अवधिमा गम्भीर आँधीबेहरी, चक्रवात र झाडी डढेलोबाट प्रभावित भए ।
विश्वको आर्थिक वृद्धि दर सन् २०२५ र २०२६ मा घट्ने अनुमान
काठमाडाै‌ं । आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी) ले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार सन् २०२४ मा अनुमान गरिएको ३.३ प्रतिशतको विश्व आर्थिक वृद्धि दर आगामी वर्षहरूमा घट्दै सन् २०२५ र २०२६ मा २.९ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदनमा उल्लेख गरिएअनुसार, सन् २०२५ मे महिनासम्म कायम रहेका भन्सार शुल्कका दरहरू यथावत् रहने प्राविधिक मान्यताको आधारमा यस पटकको प्रक्षेपण गरिएको हो, यद्यपि केही कानुनी विवादहरू अझै जारी छन्। ओईसीडीले यदि हाल देखिएका प्रवृत्तिहरूमा अन्तर्राष्ट्रिय व्यापारमा देखिएको असहजता, कर्जा तथा लगानीको पहुँचमा कडाइ, उद्योग तथा उपभोक्ताको भरोसा कमजोर हुँदै जानु र नीतिगत अनिश्चितता-निरन्तरता पाएमा विश्वको आर्थिक सम्भावनामा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ।