इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्य बढ्यो

काठमाडौं । इजरायलले इरानमाथि आक्रमण गरेको घोषणा गरेसँगै तेलको मूल्य बढेको छ । आक्रमणको खबर आएपछि बेन्चमार्क ठेक्का सम्झौताअन्तर्गत ब्रेन्ट क्रुड र निमेक्स लाइट स्वीटको मूल्यमा १० प्रतिशतभन्दा बढी वृद्धि भएको हो । इरान र इजरायलबीचको भिडन्तका कारण इरानबाट तेल आपूर्तिमा अवरोध आउन सक्ने व्यापारीहरूलाई चिन्ता छ । कच्चा तेलको मूल्यवृद्धिले खाद्यान्नदेखि लिएर सवारी साधनमा इन्धन भर्ने खर्चसम्म सबै क्षेत्रमा असर पार्छ । इरानले आगामी दिनमा जवाफी कारवाही गर्ला कि नगर्ला भन्नेबारे व्यापारीहरूले चासोपूर्वक हेरिरहेको विश्लेषकहरूले जनाएका छन् । आक्रमणमा परी इरान रिभोल्युशनरी गार्डका प्रमुख हुसैन सलामीको इजरायली आक्रमणमा मृत्यु भएको छ । इरानी सरकारी सञ्चारमाध्यमले यो खबर पुष्टि गरेको हो। उनी ती केही उच्च अधिकारीमध्ये पर्छन्, जो इजरायलको आक्रमणमा मारिएका छन्। इरानी सरकारी टेलिभिजनले इजरायली आक्रमणमा मारिएका दुई वरिष्ठ परमाणु वैज्ञानिकहरूको नाम सार्वजनिक गरेको छ । यीमध्ये परमाणु ऊर्जा संगठनका पूर्व प्रमुख फिरेदून अब्बासी र तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची रहेका छन् । इजरायलले इरानका परमाणु कार्यक्रमसँग सम्बन्धित केन्द्रहरू र अन्य सैन्य क्षेत्रलक्षित गरी आक्रमण गरेको जनाएको छ ।  इरानी सरकारी टेलिभिजनले नतांज परमाणु केन्द्रमा नयाँ विस्फोट भएको खबर दिएको छ । यो परमाणु केन्द्र तेहरानदेखि करिब २२५ किलोमिटर दक्षिणमा रहेको छ ।

विश्वभर १२ करोड ३२ लाख मानिस विस्थापित, घर फर्किनेको संख्या बढ्दै

जेनेभा । विश्वव्यापी रूपमा आफ्नो घरबाट जबरजस्ती विस्थापित व्यक्तिहरूको सङ्ख्या रेकर्ड उच्चबाट थोरै घटेको तर ‘असमर्थनीय रूपमा उच्च’ रहेको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ । सन् २०२४ को अन्त्यमा विश्वभरका १२ करोड ३२ लाख मानिस जबरजस्ती आफ्नो घरबार छोडेर विस्थापित भएका छन् । तर यो सङ्ख्या सिरियालीहरू वर्षौंको उथलपुथल पछि घर फर्कन थालेकाले यस वर्षको अप्रिलको अन्त्यमा १२ करोड २१ लाखमा झरेको छ । करिब २० लाख सिरियाली भारतबाट वा युद्धग्रस्त देशभित्र विस्थापनबाट घर फर्कन सक्षम भएका छन् । तर युएनएचसिआरले विश्वव्यापी रूपमा कसरी ठूला द्वन्द्वहरू भए यसले यो आँकडा फेरि बढ्ने छ कि छैन भनेर निर्धारण गर्ने चेतावनी दिएको छ । एजेन्सीले विश्वव्यापी रूपमा युद्ध, हिंसा र उत्पीडनबाट विस्थापित मानिसहरूको सङ्ख्या ‘असहनीय रूपमा उच्च’ भएको बताएको छ । 'हामी अन्तर्राष्ट्रिय सम्बन्धमा तीव्र अस्थिरताको समयमा बाँचिरहेका छौँ, आधुनिक युद्धले गम्भीर मानव पीडाले चिह्नित नाजुक, कष्टप्रद परिदृश्य सिर्जना गरेको छ', शरणार्थीका लागि संयुक्त राष्ट्र उच्चायुक्त फिलिपो ग्रान्डीले भने, 'हामीले शान्तिको खोजी गर्ने प्रयासलाई दोब्बर बनाउनुपर्छ र शरणार्थी र आफ्नो घरबाट भाग्न बाध्य भएका अन्यका लागि दीर्घकालीन समाधान खोज्नुपर्छ ।' – सुडानले सिरियालाई उछिन्ने – विस्थापनका मुख्य चालकहरू सुडान, म्यान्नमा र युक्रेनमा जस्तै फैलिएको द्वन्द्वका रूपमा रहेको युएनएचसिआरले आफ्नो प्रमुख वार्षिक ग्लोबल ट्रेन्ड्स प्रतिवेदनमा भनेको छ । सिरियामा सन् २०११ मा गृहयुद्ध सुरु भएको थियो तर सन् २०२४ को डिसेम्बरमा सिरियाका राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाइयो । यस वर्षको पहिलो महिनाहरूमा घर फर्कने सिरियालीहरूको सङ्ख्या बढेको प्रतिवेदनले जनाएको छ । मे महिनाको मध्यसम्ममा पाँच लाखभन्दा बढी सिरियाली असदको पतनपछि देशमा फिर्ता आएको अनुमान गरिएको छभ ने अनुमानित १२ लाख आन्तरिक विस्थापित मानिसहरू नोभेम्बरको अन्त्यदेखि आफ्नो मूल क्षेत्रमा फर्केका छन् । युएनएचसिआरको अनुमानअनुसार सन् २०२५ को अन्त्यसम्ममा १५ लाख सिरियाली विदेशबाट र २० लाख आप्रवासी स्वदेश फर्कन सक्छन् । सुडान अहिले एक करोड ४३ लाख शरणार्थी र आन्तरिक रूपमा विस्थापितसँग विश्वको सबैभन्दा ठूलो जबरजस्ती विस्थापन अवस्था हो । यसपछि सिरिया एक करोड ३५ लाख, अफगानिस्तान एक करोड तीन लाख०.३ मिलियन) र युक्रेनमा ८८ लाख छ । 'सन् २०२५ को बाँकी अवधिमा धेरै मुख्य परिस्थितिहरूको गतिशीलतामा निर्भर हुनेछ', वार्षिक प्रतिवेदनले भन्यो, 'यसमा विशेष गरी कङ्गो लोकतान्त्रिक गणतन्त्र, सुडान र युक्रेनमा शान्ति, वा कम्तीमा लडाइँमा रोक लगाउन सम्भव छ कि छैन भन्ने कुरा समावेश छ ।' यो अफगानिस्तान र सिरियामा फिर्ताको अवस्था सुधार हुन्छ कि हुँदैन भन्ने कुरामा पनि निर्भर गर्दछ । रासस

टेकअफको क्रममै हुन्छन् धेरै विमान दुर्घटना, ६ वर्षमा ८१३ दुर्घटना हुँदा १५०० भन्दा बढीको मृत्यु

काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा एयर इन्डियाको यात्रुबाहक विमान टेकअफ गर्ने क्रममा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान दुर्घटना हुँदा २ किलोमिटर टाढासम्म बाक्लो धुवाँ देखिएको थियो । लन्डन जानका लागि टेकअफ गर्ने क्रममा विमान नजिकको बस्ती क्षेत्रमा खसेको हो ।  विमानमा क्रू सदस्यसहित २४२ जना सवार थिए । मृत्यु हुनेको संख्या भने खुल्न सकेको छैन । भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव भने निकालिएको छ । एयर इन्डियाको उक्त जहाजले गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो । २४२ जना यात्रुमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए । अनुमान गरिएको छ कि एयरपोर्टबाट टेकअफ गरेलगत्तै एयर इन्डियाको बोइङ  एआई- सेभेन्टीन वानको इन्जिन फेल भयो । पाइलटसँग निर्णय लिनको लागि मात्र १ मिनेट समय थियो, तर विमान अत्यधिक होचो उचाइमा हुँदा रुखमा ठोक्किएको थियो । विमानको पछाडिको भाग ठोक्किएपछि आगो लागेको अनुमान गरिएको छ । यद्यपि यसबारे जाँच भइरहेको छ । टेकअफको क्रममा सबैभन्दा धेरै विमान दुर्घटना हरेक वर्ष सयौं विमान दुर्घटना भए पनि हवाई यात्रा सबैभन्दा सुरक्षित मानिन्छ । पछिल्ला ७ वर्षमा औसतमा हरेक वर्ष २०० विमान दुर्घटनाहरू भएका छन् । एभीएसन सेफ्टीका अनुसार टेकअफ र ल्यान्डिङको क्रममा सबैभन्दा धेरै दुर्घटना हुने गर्छन् ।  २०२३ मा १०९ दुर्घटनामध्ये ३७ टेकअफ र ३० ल्यान्डिङको बेला भएका थिए । एयर इन्डियाको यो दुर्घटना पनि टेकअफको क्रममा नै भएको हो । वास्तवमा टेकअफ वा ल्यान्डिङकै बेला प्रायस् इन्जिन फेल हुने गर्छ । ६ वर्षमा ८१३ विमान दुर्घटना, १५०० भन्दा बढीको ज्यान गयो एविएसन सेफ्टी संस्थाको तथ्यांकअनुसार सन् २०१७ देखि २०२३ सम्म विश्वभर ८१३ विमान दुर्घटना भइसकेका छन्। तीमध्ये १,४७३ यात्रुले ज्यान गुमाएका थिए । सबैभन्दा धेरै दुर्घटना ल्यान्डिङको बेला हुने गरेका छन् । ती सात वर्षमा ल्यान्डिङको बेला २६१ दुर्घटना भएका थिए भने २१२ उडानको क्रममा । यस अवधिमा भारतमा १४ वटा विमान दुर्घटना भएका छन् । पाइलटको गल्ती- सबैभन्दा ठूलो कारण डब्ल्यूकेडब्ल्यू डटकममा प्रकाशित रिपोर्ट अनुसार पाइलटको गल्ती नै सबैभन्दा ठूलो दुर्घटनाको कारण हो । पाइलटले लामो तालिम, यान्त्रिक ज्ञान र हात-आँखाको तालमेलसहित सुरक्षित उडान सुनिश्चित गर्नुपर्ने हुन्छ । उडान योजना, मौसमको मूल्यांकन र सम्भावित परिवर्तनको अनुमान गर्नु पाइलटका लागि अनिवार्य हुन्छ । युरोपियन ट्रान्सपोर्ट सेफ्टी काउन्सिल अनुसार ९० प्रतिशत विमान दुर्घटना प्राविधिक समस्याका कारण हुन्छन् । खराब मौसममा पाइलट भ्रमित पाइलटले उडान योजना राम्रोसँग नगरेको, खराब मौसममा फसेको वा समस्याको अनुमान गर्न नसकेको अवस्थामा दुर्घटना हुन सक्छ । कहिलेकाहीं बादलमा उडान गर्दा पाइलट आईएफआरअन्तर्गत भ्रमित हुन सक्छन्, जसले विमानको नियन्त्रण गुमाउने सम्भावना बढाउँछ । क्रू सदस्यहरूको ककपिटमा हुने गल्ती ठूला विमानहरूमा ककपिट रिसोर्स म्यानेजमेन्ट अत्यन्तै महत्त्वपूर्ण हुन्छ । यो अन्तर्गत कामको विभाजन, सञ्चार र आत्मविश्वासपूर्ण निर्णय प्रक्रियाको तालमेल आवश्यक पर्छ। यदि ककपिट रिसोर्स म्यानेजमेन्ट कमजोर भयो भने दुर्घटना सम्भावना उच्च हुन्छ । एयर ट्राफिक कन्ट्रोलरको लापरबाही एयर ट्राफिक कन्ट्रोलरले हवाई यातायातको सुरक्षित सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् । यदि कन्ट्रोलरले गलत सूचना दिए वा उचाइको व्यवस्थापन नगरे, टक्कर हुनसक्छ । दुर्घटनापछि एटीसी डाटालाई छिटो संकलन गर्नु आवश्यक हुन्छ । मौसम पनि एउटा मुख्य कारण मौसम विमान दुर्घटनाको ठूलो कारक हो । मौसमको जानकारी पायलट र एयर ट्राफिक कन्ट्रोल दुबैको जिम्मेवारी हो। यदि गलत जानकारी वा योजना बिना उडान भयो भने दुर्घटना सम्भव हुन्छ । विमानको खराब मर्मतसम्भार विमानको मर्मतसम्भार कडाइका साथ गरिनुपर्छ । एफएआर अनुसार आवश्यक निरीक्षणको पालना आवश्यक हुन्छ । दुर्घटनापछि विमानमा यान्त्रिक समस्या थियो कि थिएन भन्ने बुझ्न जाँच अत्यावश्यक हुन्छ । डिजाइनमा समस्या विमानको इन्जिन, पंख, उपकरण आदि राम्रोसँग डिजाइन नभए दुर्घटना हुनसक्छ । यस्तो डिजाईन उत्पादनमा पठाउनु अगाडि परीक्षण गर्नु जरुरी हुन्छ । खराब डिजाइनले दुर्घटना निम्त्याउन सक्छ । आईएफआर र भीएफआर भनेको के हो ? भीएफआरमा पाइलटले बाह्य दृश्यको आधारमा उडान गर्छन्, जबकि आईएफआरमा ककटपिट उपकरणहरूमा निर्भर हुनुपर्छ ।  आईएफआर उडानका लागि पायलटले उपकरण जस्तै अल्टिमिटर, एअरस्पीड, हेडिङ इन्डिकेटर आदिको प्रयोग गर्छन् । यी बुझ्नाले दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुन्छ । जीपीएस पनि कारण हुनसक्ने बादल लागेको अवस्थामा ल्यान्डिङ गर्न आईएलएस वा जीपीएस अप्रोच आवश्यक हुन्छ । यदि ग्लाइड स्लोप पथ पालना भएन भने टक्करको सम्भावना हुन्छ । आईएफआर तालिमले यस जोखिमलाई कम गर्छ । बर्ड स्ट्राइकको असर ट्राभल राडरअनुसार विश्वभर दैनिक १५० बर्ड स्ट्राइकको औसत छ । अमेरिका मात्रैमा बर्सेनि १४ हजारजति बर्ड स्ट्राइक हुन्छन् । २०१६-२०२१ का बीच २ लाख ७३ हजार बर्ड स्ट्राइकको घटना रिपोर्ट भएका छन् । अनुमान गरिन्छ कि ८० प्रतिशत बर्ड स्ट्राइक रिपोर्ट नै हुँदैनन् ।