केपी ओली सरकारद्धारा सिफारिस १४ राजदुतको नाम फिर्ता

काठमाडौं, २१ साउन । सरकारले अघिल्लो सरकारद्धारा फितारिस १४ जना राजदुतको नाम फिर्ता गरेको छ । अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दलिया कोटामा सिफारिस गरेका १४ राजदुतहरुको नाम प्रचण्ड सरकारले फिर्ता लिएको हो । शुक्रबार बसेको मन्त्रिपरिषदको दोश्रो बैठकले राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरेको हो । संसदीय सुनुवाई विशेष समितिमा प्रस्ताबित राजदूतहरुको सुनुवाई शुरु भइसकेको थियो । नाम फिर्ता गरिएका प्रस्तावित राजदुतहरुमा एमालेबाट महेन्द्रवहादुर पाण्डे, डा।खड्गवहावदुर केसी, नाराद भारद्वाज वाग्ले,डा।शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की छन् । त्यस्तै माओवादीका युवनाथ लम्साल, लक्की शेर्पा, महेन्द्र प्रसाद सिंह र पदम सुन्दास छन् । राप्रपा नेपालको कोटामा सिफारिस गरिएका निरन्जन थापा र भरतबहादुर रायमाझीको नाम पनि फिर्ता भएको छ । त्यसबाहेक खगेन्द्र बस्न्यात र शर्मिला पराजुली ढकालको नाम फिर्ता भएको छ ।

मेगा बैंकमा ७७ जनालाई जागिर खुल्यो, भदौ १ गतेभित्रै आवेदन पेश गर्नुपर्ने

काठमाडौं, १९ साउन । मेगा बैंक नेपालले ७७ जनाका लागि जागिर खुलाएको छ । बैंकले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै आवेदन मागेको हो । बैंकले मेनेजर २ जना, अफिसर २९ जना र ४६ जना एसिसटेन्ट लेभलका लागि आवेदन खुल्ला गरेको हो । बैंकले एक जना मेगा माइक्रो बैंकिङ मेनेजर र एक जना भैरहवा शाखाको लागि ब्राञ्च मेनेजर खोजेको छ । त्यस्तै, अफिसर लेभलका लागि कानुन, कर्जा, मानव संसाधन, पुर्वाधार फाइनान्सिङ लगायतको क्षेत्रका लागि ११ जना मागेको हो । बैंकले भदौं १ गतेभित्रै आवेदन पेश गरिसक्नुपर्ने जनाएको छ । अन्तिम छनौटमा परेका प्रतिष्पर्धीहरुले मेगा बैंकको काठमाडौं, नेपालगञ्ज, बिरगञ्ज, पोखरा, बुटवल, भैरहवा, सुनवल, तानसेन, नारायणगढ, तौलिहवा लगायतका क्षेत्रमा रहेका शाखाहरुमा काम गर्नुपर्नेछ ।

ज्योति विकास बैंकको विज्ञ सञ्चालकमा अधिकारी नियुक्त

काठमाडौं, १७ साउन । ज्योति विकास बैंकको विज्ञ सञ्चालकमा जगदिश्वरप्रसाद अधिकारी नियुक्त भएका छन् । साउन १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई दोश्रो कार्यकालका लागि विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारीको दोश्रो कार्यकाल साउन १३ गतेबाट सुरु भएको छ । उनले आगामी चार बर्षसम्म कम्पनीको विज्ञ सञ्चालकको जिम्मेवारी सम्हाल्नेछन् । कम्पनीले विज्ञ सञ्चालकमा अधिकारी रहेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको छ ।