पुनःनिर्माण मन्त्रालयद्धारा १४७१८ द्वन्द्व पीडितलाई तालिम
काठमाडौं, १३ साउन । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले द्वन्द्वपीडित १४ हजार ७१८ जनालाई सीपमूलक तालिम उपलब्ध गराएको छ । मन्त्रालयद्वारा व्यावसायिक रुपमा सिलाइबुनाइ, सौन्दर्य कलासम्बन्धी, फर्निचर, प्लम्बिङ, हाउस वायरिङलगायत तालिम उपलब्ध गराइएको हो । मुलुकमा सशस्त्र द्वन्द्वका समयमा सरकार तथा विद्रोही पक्षबाट पीडित भएका नागरिकलाई सीपमूलक शिक्षा दिएर उनीहरुलाई जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले व्यावसायिक तालिम प्रदान गरिएको मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद खरेलले बताए। उनले ती व्यावसायिक तालिम दिनका लागि मन्त्रालयले करिब रु चार करोड ६ लाख खर्च गरेको जानकारी दिए । मुलुकमा विसं २०५२ देखि करिब १० वर्ष सशस्त्र द्वन्द्व भएको थियो । रासस
नेपाल बैंकमा ८१ जनालाई जागिर खुल्यो
काठमाडौं, १३ साउन । नेपाल बैंक लिमिटेडमा ८१ जनाका लागि जागिर खुलेको छ । बैंकले बिहिबार सार्वजनिक सूचना प्रकाशित गर्दै खल्ला तथा समावेशी कोटामा ८१ जनाका लागि दरखास्त आव्हान गरेको हो । बैंकले प्रकाशित गरेको सूचना अनुसार उप प्रबन्धक(कानुन) एक जना, सहायक प्रबन्धक(आइटी) खुल्लामा ३ जना, महिला, आदीवासी/जनजाति र मधेशी एक/एक जनाका लागि जागिर खुलेको हो । त्यस्नै आइटीकै बरिष्ठ सहायक खुलला तर्फ ६ जना मागिएको छ भने महिला २, आदीवासी/जनजाति, मधेशी र दलित एक/एक जनाका लागि दरखास्त आव्हान गरिएको छ । सहायक तर्फ खुल्लामा ३५ जना, महिला ९ जना, आादिवासी/जनजाति ८ जना, मधेशी ६ जना, दतिल ३ जना र अपांग तथा पिछडिएको क्षेत्रबाट एक जनाका लागि दरखास्त आव्हान गरिएको हो । व्यवस्थापन तथा अर्थशास्त्र विषयमा स्नातक गरेकादेखि कम्प्युटर तथा सूचना प्रबिधी बिषयमा बिसिआइएस, बिआइएम बराबरको कोर्ष तथा कानुनमा स्नातकोत्तर गरेकाले आवेदन दिन सक्नेछन् । नेपाल बैंकले १५ दिनभित्र आवेदन भरिसक्न भनेको छ ।
लगानी बोर्डको सदस्यमा सिएनआई अध्यक्ष हरिभक्त शर्मा नियुक्त
काठमाडौं, १२ साउन । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष हरिभक्त शर्मा नेपाल लगानी बोर्डको सदस्यमा नियुक्त भएका छन् । लगानी बोर्डको हालै बसेको बैठकबाट उनी उक्त बोर्डको सदस्यमा नियुक्त भएका हुन् । परिसंघका अध्यक्ष शर्मा व्यवसायिक रुपले उद्योगपति भएपनि पूर्वाधार विकास, औद्योगिकीकरण र समष्ठिगत अर्थतन्त्रका बारेमा गहन अध्ययन गर्ने प्राज्ञिक व्यक्तित्व पनि हुन् । उक्त बोर्डमा अध्यक्ष शर्माको प्रतिनिधित्वबाट निजी क्षेत्रको प्रवद्र्धन, प्रत्यक्ष बैदेशिक लगानीको आकर्षण, मुलुकको पूर्वाधार विकास र विस्तारमा थप सहयोग पुग्ने परिसंघले जनाएको छ ।