अल्पाइन विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लालबहादुर थिङ नियुक्त

लालबहादुर थिङ, अल्पाइन विकास बैंकको सिइओ काठमाडौं, २३ कात्तिक । अल्पाइन विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लालबहादुर थिङ नियुक्त भएका छन् । गत कात्तिक १० गते बसको बैंकको ११७औँ बैंक सञ्चालक समितिको बैठकले थिङलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । थिङले कात्तिक १० गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म अल्पाइन विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

चीनद्वारा नौ देशका लागि राजदूत नियुक्त, नेपालका लागि यु होङ नियुक्त

चीन, २२ कात्तिक । चीनले नेपाललगायत विभिन्न नौ देशका लागि चिनियाँ राजदूत परिवर्तन गरेको छ । चिनियाँ नेसनल पिपुल्स कँग्रेसको स्थायी समितिले सिफारिस गर्न स्वीकृत दिएका राजदूतलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले नियुक्त गरेकाचीनको राष्ट्रिय व्यवस्थापिकाले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चीनले नेपालका लागि वु चुन्ताइको ठाउँमा यु होङलाई सिफारिस गरी पठाएइको छ । यसअघि गावनका लागि खटाइएका सु जिवेनको ठाउँमा हु चाङचुङलाई पठाएइको छ । यसैगरी नाइजरका लागि झाङ लिजुन, सियरालिअनका लागि वु पेङ, संयुक्त अरब इमिरेट्सका लागि नि जियान, मेसेडोनियाका लागि यिन लिसियान, फिनल्यान्डका लागि चेन ली, क्युबाका लागि चेन सी र डोमिनिकाका लागि लु कुनलाई नियुक्त गरिएको जनाइएको छ । रासस/सिन्ह्वा

राष्ट्रिय बाणिज्य बैंकमा १४ जनालाई जागिर खुल्यो

काठमाडौं, २३ कात्तिक । राष्ट्रिय बाणिज्य बैंकमा १४ जनाका लागि जागिर खुलेको छ । बैंकले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै बिभिन्न पदमा १४ जनाका लागि आवेदन मागेको हो । बैंकका अनुसार मुख्य प्रबन्धक एक जना, बरिष्ठ प्रबन्धक २ जना, प्रबन्धक ३ जना, सूचना प्रबिधी प्रबन्धक एक जना, उप प्रबन्धक ६ जना र लेखा तर्फको उपप्रबन्धक १ जनाको लागि आवेदन मागिएको हो । चाटर्ड एकाउण्टेन्टदेखि प्रमथ श्रेणीमा स्नातकोत्तर उतिर्णहरुले आवेदन दिन सक्नेछन् । मंसिर २९ गतेसम्म दरखास्त दिन सकिने बैंकले जनाएको छ ।