स्वावलम्बन लघुवित्तको जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय साँखुले वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्यहरूका लागि ६ दिने जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न गरेको छ । ग्राहक सदस्यलाई उद्यमशील बनाइ उनीहरूको आर्थिक सामाजिक अवस्थामा सुधार ल्याउने उद्देश्यले काठमाडौंको साँखुमा ३० जना र जोरपाटीमा ३० जना ग्राहक सदस्य गरी जम्मा ६० जना सदस्यको सहभागीतामा तालिम सम्पन्न भएको थियो । तालिममा सदस्यहरूलाई सञ्चार गर्ने प्रभावकारी उपायहरू, निर्णय लिन सक्ने क्षमताको विकास, समय तथा तनाव व्यवस्थापन, व्यवसायलाई व्यवस्थित तरिकाले अगाडी लैजान अपनाउनुपर्ने रणनीति जस्ता विषयहरूमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि शंखरापुर नगरपालिकाका उपमेयर समिता श्रेष्ठले आफ्नो मनत्व्य राख्नु हुदै तालिम व्यवसाय संचालनमा अति उपयोगी भएकाले आफुले तालिमबाट सिकेका बिषय बस्तुहरुलाई अनिवार्य व्यवहारमा उर्तान आग्रह गरिन् । त्यसैगरी, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को वडा सदस्य मञ्जु पुडासैनीले लघुवित्तले गरिवी समाजमा सामुहिक दायित्वका आधारमा विना धितो कर्जा प्रवाह गरेका कारण महिलाहरूको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्न र ठुलो मद्दत गरेको बताइन् । शाखा कार्यालय साँखुका कार्यालय प्रमुख झबिलाल लामिछानेको संयोजकमा संचालन भएको तालिममा केन्द्रीय कार्यालयका नायब महाप्रबन्धक गोविन्द चापागाईंले तालिम पश्चात सिकेका कुराहरुलाई प्रभावकारी रूपमा व्यवहारमा उतारेमा पुनः अन्य तालिमहरू पनि सञ्चालनमा ल्याई ग्राहकवर्गलाई लाभान्वित हुने किसिमका सेवा प्रवाह गर्दै जाने विश्वास व्यक्त गरे । तालिमका सहभागीहरूले तालिम अत्यन्तै व्यवहारिक भएकोले आफूले सिकेका कुराहरू आफ्नो दैनिकीमा लागु गर्न सहज हुने बताए । तालिममा केन्द्रीय कार्यालय, इलाका कार्यालय तथा शाखा कार्यालयका प्रतिनिधिहरूको समेत सहभागीता रहेको थियो । तालिम विपीडब्लु नेपालका प्रशिक्षकहरूले दिएका थिए ।

यी हुन् एसियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन प्रतियोगिताका विजेताहरू

काठमाडौं । एशियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन २०२३÷२४ को ११औं कलाईडोस्कोप प्रतियोगिताका विजेताहरूको नाम घोषणा गरेको छ । एशियन पेन्ट्स नेपालद्वारा नेपाली प्रतिभाशाली आर्किटेक्टहरूको प्रतिभा प्रदर्शनी र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिकरूपमा कलाईडोस्कोप कार्यक्रमको आयोजना गर्दै आएको छ । कलाईडोस्कोप कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए, जसले एकसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए । प्रतियोगितामा आईओई पुल्चोक क्याम्पसकी छात्रा आयुषा कोइरालाले प्रथम स्थान हासिल गर्दै ७० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भइन् भने एक्मे इन्जिनियरिङ कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ इन्जिनियरिङका आशिष ओली क्रमशः द्वितीय र तेस्रो स्थानमा रहन सफल हुँदै क्रमशः ४० हजार र ३० हजार नगद पुरस्कारबाट पुरस्कृत भएका छन् । यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्नु हुने काठमाडौं इन्जिनियरिङ कलेजका बिपिन महर्जन र हिमालयन कलेज अफ इन्जिनियरिङका केवल लामाले नगद पुरस्कार १०÷१० हजार प्राप्त गरेका छन् । विजेताहरूलाई माननीय पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष निशा शर्माले समारोहका बीच पुरस्कारहरू प्रदान गरेका थिए । होटल म्यारियटमा आयोजना गरिएको सो पुरस्कार वितरण कार्यक्रममा अन्य विशिष्ट पाहुनाहरूको पनि उपस्थिति रहेको थियो ।

कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय दमक, झापामार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ । प्रशान्ति टोल विकास संस्थाको साधारण सभाअन्तर्गत संस्थालेलएक स्वच्छ वातावरण कायम गर्ने लक्ष्य लिई ‘प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन्’ भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सो गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ । बैंकका कोशी क्षेत्रका प्रमुख मोहनदत्त खनालले सो गमला उक्त संस्थाको अध्यक्ष ज्ञानबहादुर कार्कीलाई हस्तान्तरण गरे । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गमला हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए ।