शाखा प्रबन्धकलाई सक्षम बनाउँदै मेरोमाइक्रोफाइनान्स, २ दिने गोष्ठी सम्पन्न

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शाखा प्रबन्धकहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा दुई दिने बृहत गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीको उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष कल्याण बिक्रम पाण्डेले वर्तमान चुनौतीपूर्ण आर्थिक परिवेशमा मन, वचन र कर्मद्वारा संस्थागत योगदान पुर्‍याउन कर्मचारीहरूलाई प्रेरित गरे । प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले प्रतिकूल आर्थिक परिस्थितिलाई आत्मसात गर्दै बजारमा प्रतिस्पर्धी रूपमा प्रस्तुत हुन शाखा प्रमुखहरू सक्षम बन्नुपर्ने आवश्यकता औँल्याए । गोष्ठीमा पूर्व बैंकर तथा मोटिभेटर अनिल केसरी शाह, लघुवित्त विज्ञ नुमनाथ पौडेल, तथा अन्तर्राष्ट्रिय मोटिभेशनल स्पीकर सौनक भट्टले प्रशिक्षण र सहजीकरण गरेका थिए । देशभरका १४९ शाखा, १९ अनुगमन कार्यालय, ७ प्रदेश कार्यालय र केन्द्रीय कार्यालयका विभिन्न विभाग प्रमुखसहित करिब २०० जनाको सहभागिता रहेको कार्यक्रममा कर्मचारीहरूको कार्यदक्षता र नेतृत्व विकासमा जोड दिइएको थियो ।

इसेवाको ‘झ्याप्पै ट्रान्सफर-च्याप्पै बोनस’ अफर : १ लाख जित्ने मौका

काठमाडौं । इसेवाले नयाँ अफर सार्वजनिक गरेको छ । 'झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस' नाम दिइएको यो अफर २०८२ साल वैशाख १० गतेदेखि २४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अफर अवधिभर इसेवाबाट बैंक वा सहकारी संस्थामा रकम ट्रान्सफर गर्ने हरेक प्रयोगकर्ता पुरस्कारका लागि स्वतः योग्य हुनेछन् । हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँ बोनस जित्ने मौका पाउने छन् भने एक जनाले १ लाख रुपैयाँको बम्पर बोनस जित्ने अवसर पाउने छन् । बैंक ट्रान्सफरका लागि क्युआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गर्न सकिनेछ । त्यसैगरी सहकारीमा रकम डिपोजिट गर्न पनि यस्तै विधि अपनाउन सकिनेछ । हाल इसेवामा देशभरका सबै प्रमुख बैंक तथा वित्तीय संस्था आबद्ध छन् । यसले प्रयोगकर्ताहरूलाई अनलाइन, मोबाइल बैंकिङ तथा एजेन्टमार्फत रकम लोड गर्न सजिलो बनाएको छ । डिजिटल कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउँदै आएको इसेवाले यो नयाँ अफरमार्फत प्रयोगकर्तालाई थप आकर्षित गर्ने र डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने लक्ष्य लिएको जनाएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध, डिजिटल भुक्तानी प्रणाली लागू

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को डिजिटल भुक्तानी प्रणालीमार्फत आफ्ना भुक्तानी कारोबार सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि सूर्यज्योति इन्स्योरेन्सको आन्तरिक प्रणाली एनसीएचएलको ‘नेशनल पेमेन्ट इन्टरफेससँग जोडिनेछ। यसमार्फत कम्पनीले विभिन्न डिजिटल भुक्तानी उपकरण प्रयोग गरेर सेवा प्रदान गर्न सक्नेछन् । अब सूर्यज्योतिले प्रिमियम संकलन, एजेन्ट कमिशन, कर्मचारी तलब, सेवा प्रदायक भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका कारोबार सोझै लाभग्राहीको बैंक खातामा गर्न सक्नेछ। भविष्यमा अन्य भुक्तानी सुविधा पनि क्रमिक रूपमा थपिने जनाइएको छ । यस प्रणालीमार्फत सदस्य संस्थाहरूले एनसीएचएल–आइपिएस र आरपिएस प्रणालीको प्रयोग गरी सजिलो, सुरक्षित र डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्न सक्नेछन् । नेपाल क्लियरिङ्ग हाउससँगको यो सहकार्यले सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिजिटल रूपान्तरण अभियानमा उल्लेखनीय टेवा पुग्ने विश्वास गरिएको छ ।